शशीशेखर

के हुदैछ संविधानसभामा ?
[2014-06-27 오후 5:03:00]

संविधान सभाको पहिलो निर्वाचनले आमजनतालाई संविधान दिन नसकि त्यसै विघटन हुन पुग्यो । यो संगै आम जनतामा निराशा चुलिएको सर्वविदीत नै छ । देश संविधानविहीन हुदाा मुलुक जुन गतिमा अघि वढ्न पर्ने हो त्यो हुन सकेन । देशमा संविधान नहुदा मुलुक सम्रग पक्षमा अस्थीरताको चंगुलमा भासिदै गयो । देश र जनतालाई संविधान दिन भनेर गरिएको पहिलो संविधानसभाको विघटनले राज्यको करोडौ ढुकुटी सकियो । न देश संविधान पाउने अवस्थामा पुग्यो न ठूलो धनराशी नै सदु्प्रयोग भयो । संविधानसभाको अवसानले चिन्ता वढायो । ठूलो संर्घषका साथ प्राप्त गरेको गणत्रन्तको भविष्यमा नै संकट पो आउने हो कि भनेर सर्वत्र निराशाको वादल छायो । पहिलो संविधानसभाको विघटन हुनुको प्रमुख दोष दलका नेता र मुख्यतय तिनका सभासदलाई गयो ।

यसरी एकचोटी अवतरण हुन नपाउदै दुर्घटनामा परेको संविधानसभाको निर्वाचनलाई सभासदहरुले मिलेर विघटन गरे भन्दा फरक पर्ला र ? सभासदहरुले उठाएको मुद्यामा देखिएको मतैक्यताको कारण सभासदहरु लाचार वन्दै संविधानसभालाई विघटन गर्न पुगेको तितो यर्थाथ करोडौ जनताले भुल्न सकेका छैनन । भलै पहिलो संविधानसभा निर्वाचन जुन कारण र कमजोरीले विघटन भएपनि मुलुकमा पुन दोश्रो संविधान सभा निर्वाचन गरियो । संविधानसभामा जनताहरु उत्साहित भएर फेरि पनि मतदान गरे । परिणाम आयो । सभासदहरुलाई जनताले वानेश्वरको संविधानसभा भवनको टिकट काटिदीय । तर यतिखेर जुन म्यानेडेट पाएर सभासद संविधानसभामा पुगे ,सो अनुसार काम हुन सकेको देखिदैन ।

भलै यो प्रसंग कोटाईरहदा संविधानसभामा केहि महत्वपूर्ण काम हुदै नभएका हैनन् तर जुन गतिमा हुनुपर्ने हो त्यसअनुसार काम नहुदा जनता एकचोटी फेरि विगत दोहोरीने हो कि भन्ने शंकामा रहेका छन् । ईतिहासमा एक युगमा आउने संविधानसभा एकचोटी मात्र आएन ,दुई चोटी आयो । जनता यस अर्थमा भाग्यमानी रहे । तर जनताले गरेको अपेक्षा अनुसार काम नहुदा जनता उदास छन् । संविधानसभामा भोट माग्न जनताको घर पुगेका नेताहरु सभासद भएलगतै संविधानसभाको भवना त पुगे तर उनिहरुले संविधान वनाउन कसरी मिलेर अघि वढ्दै छौ भनेर जानकारी दिन आफना मतदाता समक्ष वेलावखत पुग्नु आवश्यक छ की छैन ? प्रश्न सभासदहरुको लागी ।

संविधान अर्थात कानून नुहदा मुलुकमा विकृती र विसगती वढ्दो छ । नियमसंगत किसीमले कमै काम हुने गरेका छन् । सभासदहरुलाई माथि पुराउन जनता भरयाङ वने तर सभासदहरुले जनताको योगदानलाई अवमूल्यन गरिएको हो कि भन्ने भान पर्दै गएको छ । विगतलाई ठूलो भुल सम्झेर र वर्तमानमा सभासदहरु अघि वढ्न सकेनने भने अवस्था घातक हुने पक्का छ । जनता भनिरहेका छन् हामीलाई संविधानसभाको तेश्रो निर्वाचनमा भाग लिने कुनै रहर छैन् ।



Nick Name     
comment   




कोरियामा बृहत सांगितीक कार्यक्रम २०७६ भव्य रुपमा सम्पन्न


नेपाली सम्पर्क समितिका कोरियाका निवर्तमान अध्यक्ष शाह ठगीमा मुछिन्दै....












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com