शशीशेखर घिमिरे

विश्व वातावरण दिवस,उनिहरु र तारेहोटल
[2014-06-06 오전 11:45:00]

विश्व वातावरण दिवस अर्थात जुन ५ । प्रत्येक वर्ष झै यसवर्ष पनि मनाईदैछ । दिवसको अवसरमा आज विभीन्न कार्यक्रम भैरहेका छन् । तर औपचारीक्तामा सीमित वनेको वातावरण दिवसको दिन गरिदै आएका कार्यक्रमको सार्थक्ता र प्रभावकारीतामा यतिखेर प्रश्न उठ्न थालेको छ । वातावरण संरक्षणको लागि भन्दै सयौको संख्यामा संस्थाहरु स्थापना भएका छन् । तर तिनको उपल्वधी शून्यको हाराहारीमा देखिन्छ । सिवाय उनिहरुको ध्याउन्न सरकारी र गैह्रसरकारी रकममा तर मार्नु वाहेक देखिन्न । प्रदुषणको चपेटामा हाम्रो धेरै नदिनालाहरु कुरुप वन्दै गएका छन् । तर वातावरणको क्षेत्रमा कार्यरत सस्थाहरुको मौनता हेर्दा लाग्छ उनिहरु वातावरणको नाम भजाएर व्रम्हलुट गर्न तल्लीन छन् । तथ्याङक केलाउने हो भने वातावरण क्षेत्रको सुधारको लाथि करोडौ रकम भित्रीरहेको छ । तर पनि हाम्रा नदिनालाहरु प्रदुषण मुक्त रहन नसक्नुमा कमजोरी कस्को ? वाग्मती मात्र हैन आज उपत्यका र वाहिरका नदिनालाहरु क्रमश प्रदूषणको चपेटावाट मुक्त रहेन् । उपत्यकाकै कुरा गर्ने हो भने टुकुचा,विष्णुमति,मनोहरा,गोदावरी,नक्खु जस्ता चर्चित खोलाहरुको अवस्था भनिरहनु पर्ने छ्रैन ।

मानविय अतिक्रमणको चपेटामा परेका नदिनालाई हामीले वचाउन सकेनौ,हामीले तिनको अस्तत्वि मै संकट उत्पन्न हुने गरि फोहोर विर्सजन गर्ने आधारको रुपमा नदिनालालाई प्रयोग गऱ्यौ । प्रदुषणको कुरा उठाईरहदा दोष हामीले अरुलाई दिन खोजेको हैन,कमजोरी हामी आफैको हो । वाग्मतीको दूराअवस्थामा चिन्तीत भएर हामीले वाग्मती वचाउ अभियान संञ्चालन गर्दै छौ, तर सफा गर्दै जाने र फेरि हामीले फोहोर मिसाउन थाल्यौ भने त्यसले सफाई अभियानको सार्थकता कति र किन भन्ने विषयमा पनि प्रश्न चिन्ह्र उठ्न सक्छ । नदिनालाहरुको प्रदुषणले त्यहा आश्रित जैविक प्राणीमा त असर गऱ्यो नै संगसंगै उक्त स्थानको सौन्र्दयतामा समेत हस आएको पक्का छ । वाग्मती वरिपरि पुग्दा नाक थुनेर हिड्नुपर्ने नियतीको विकास हामी आफैले गऱ्यौ ।

लगभग ३८ ,चालीस साल तिर वाग्मतीको पानीमा माछा मारेर जिवीकोपार्जन गर्न अभ्यस्त ललितपुर डुकुछाप आसपासका दनुवार जातिको पेशालाई विस्थापीत गऱ्यौ । लुगाधुन र नुहाउन सक्ने वाग्मतीको पानीलाई हामीले छुन त के हेर्न समेत नहुने वनायौ । हामीले नदि प्रदुषण गरयौ,नदिको स्रोतहरुको सरंक्षण गर्न सकेनौ, त्यसैले त पूर्खाहरुले वडो मिहीनेतका साथ निर्माण गरेको ढुगेंधाराहरु वचाउन सकेनौ । आज वाग्मती कै झै रुप उपत्यकाका अन्य स्थानका नदिनालाका पनि भएका छन् । उपत्यक वाहिरको कुरा गर्दा कुनै समयको कलकल त्रिशुली नदि आज त्यो अवस्थामा रहेन् । त्रिुशलीलाई दोहोन गरेर भुडि भर्न पल्केका भूमाफियाहरुले त्रिशुलीलाई वाकि राखेनन् । वालुवा निकाल्दै जादा आज त्रिशुली प्रदुषित वन्दै गएको छ । उपत्यका वाहिरीने र भित्रीने नाकाको छैवैमा सुन्दर त्रिशुलीको विचरण गर्दै हिड्ने दिन अव रहेन् । उता कालीगण्डकीको अवस्था पनि फरक छैन् । त्याहा समेत मानवीय अतिक्रमणको चपेटाले काली गण्डकीलाई ध्वस्त वनाउदै लगेको समाचाहरु वढ्न थालेका छन् । उदाहरण प्रशस्त छन् सवैको चर्चा गर्न असम्भव छ, तर जुन ५ आज विश्व वातावरण दिवसको दिन जुन ताामझामका साथ वातावरण दिवस मनाईदै छ त्यसले तारे होटलहरु भरिएका होलान् ,विज्ञहरुले सुझाव दिदै होलान् र त्यसमा लागीपरेकाहरु ओठे चिन्तन प्रकट गर्दै होलान् । वर्षौ वर्ष सम्म हामीले धेरै वातावरण दिवस मनायौं । हामीले हाम्रा प्रदुषित नदिनाला देखाएर थुप्रै डलर भित्रायौं ।

तर पनि खै हाम्रा नदिनालाहरु सफा र सुग्घर भएका ? जलपर्यटनले ठूलो योगदान गरेको हाम्रो जस्तो मुलुकमा साहसीक जलयात्राको संभावना कै कारण पर्यटकहरु भित्रीरहेका छन् । तर त्रिशुली जस्ता नदिहरु क्रमश भूमाफिायहरुको कमाउ क्षेत्र वन्दै जाने हो र त्यस प्रति सम्वन्धीत पक्षले उदासीनता साधिनै रहने हो भने भोली त्रिशुली ,त्यहाको रयाफ्टिङ र पर्यटकलाई तस्वीरमा हेरेर कुनै समय त्रिशुलीमा पनि रयाफ्टिङ गरिदो रहेछ भन्ने अवस्थाको सीर्जना नहोला भन्न सकिन्न । वातावरणको नाममा भित्रीने पैसा कहा गयो ? त्यसको वारेमा खोजी गरिएन भने अवस्था अर्झै विकराल वन्दै जाने पक्का छ । हुन त वातावरणको क्षेत्रमा उपल्वधी न्यून भैरहेको छ भनिरहदाा वातावरणको क्षेत्रमा दत्तचित्र भएर लागि परेका संघसंस्था पनि नभएका हैन्न । उनिहरुको कार्यलाई हामीले स्वागतयोग्य मान्न सक्नु पर्छ । गर्नेहरुलाई प्रोत्साहन दिनसक्नुपर्छ । नराम्रो भनेर औला ठडाईरहदा राम्राहरुलाई पुरुस्कृत गर्नसक्नुपर्छ । सवैलाई एउटै आखाले हेर्नु अवश्य नै राम्रो नहोला । वातावरण विज्ञानमा उच्च शिक्षा लिएका युवा जनशक्तिहरुको सुझावलाई ,उनिहरुले पहिचान गरेका समस्या, उपायहरुलाई सरकारी स्तरले सम्वोधन गर्न सक्नुपर्छ ।

वातावरण विज्ञलाई एकदिन दिवसको दिन वोलाएर उनको विचार सुनाएर मात्र नपुग्ने भएको छ । उनिहरुको सुझावलाई सरकारी स्तरवाट प्रभावकारी ढंगवाट अघि वढाउन सक्नुपर्छ । यसो भनिरहदाा भलै त्यस खाले प्रयास यसअघि नभएका हैनन् । तर परिणाममुअि नतिजा आउन सकेको छैन् । त्यसैलेत उनिहरुलाई अझ धेरै परिचालीत गर्दै अघि वढ्न सक्नु पर्छ । अन्यथा वातावरण विज्ञानमा उच्च शिक्षा लिएका जनशीकतहरु सरकारी अकंमर्णयताका कारण मुलुक छोडेर विदेश जानु पर्ने नियती सीर्जना हुनु घातक हुनसक्छ । चेतना भया ।



Nick Name     
comment   




कोरियामा बृहत सांगितीक कार्यक्रम २०७६ भव्य रुपमा सम्पन्न


नेपाली सम्पर्क समितिका कोरियाका निवर्तमान अध्यक्ष शाह ठगीमा मुछिन्दै....












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com