लोकनारायण सुवेदी

कार्ल माक्र्सको पूाजी एक्काइसौ शताब्दीमा पनि सान्दर्भिक
[2014-05-27 오전 12:35:00]

आजभन्दा १४७ बर्ष पहिला कार्ल माक्र्सको अमर कृति ‘दास क्यापिटल’ को पहिलो खण्ड जर्मन भाषामा छापियो । मूल जर्मनीमा यसको एक हजार प्रति मात्र पााच बर्षको समयमा बिक्न सक्यो । यसको अग्रेजी अनुबाद आउन २० बर्ष लाग्यो । त्यस पछि यसको बिक्री पनि निक्कै बढ्यो । सेप्टेम्बर १८४७ देखि निरन्तर छापिने गरेको त्यस बेलाको साप्ताहिक पत्रिका ‘दि इकोनोमिस्ट’ मा माक्र्सको देहावशानको धेरै दिनपछि १९०७ मा मात्र यसको उल्लेख गरिएको पाइन्छ ।

माक्र्सको जीवन कालमा ‘पूाजी’ अर्थात ‘दास क्यापिटल’को पहिलो खण्ड मात्र छापियो । उनको देहावसान पछि उनका अनन्य मित्र तथा सहयोगी एंगेल्सले पाूजीका तीनवटा अन्य खण्डहरु (यदि अतिरिक्त मूल्यको सिद्धान्त अर्थात् ‘थ्योरी अफ सरप्लस भ्यालु’लाई पनि यसमा सामेल गर्ने हो भने) को सम्पादन तथा प्रकाशन गरे ।

वास्तवमा माक्र्सले सामन्तबादबाट पूाजीवाद तर्फ संक्रमणको प्रकृयालाई बिस्तारपूर्वक उल्लेख गरेका छन् । यसमा आदिम सञ्चयको प्रकृयामाथि उनले बिशेष रुपमा प्रकाश पारेका छन् । गाउबाट शहरतर्फ पलायन भइरहेका मजदूरहरुमाथि उनले बिशेष ध्यान केन्द्रित गरेका छन् जुन मजदूरहरुको कुनै निजी सम्पत्ति थिएन । उनीहरुसाग केवल मेहनत गर्ने क्षमता मात्र थियो । पूजीपतिहरुले आफ्ना कल कारखानाहरुमा ती मजदूरहरुलाई काममा लगाए र तिनबाट उत्पन्न मूल्यहरुको अधिकांश हिस्सा हडप गर्ने गर्दथे । हुन पनि मजदूरहरुले आफ्नो पेट पाल्नका लागि त्यतिबेला अत्यन्तै कठिन थियो ।यसकारण उनीहरुले आफ्ना पत्नीहरु र स–साना बाल बालिकाहरुलाई पनि काममा लगाउन बिवश हुनु परिरहेको थियो । यी सबै कुरा माक्र्सका घनिष्ठ मित्र एंगेल्सका ती कितावहरुमा देख्न सकिन्छ जुन कुरा त्यतिबेला उनले इङ्गल्याण्डका मजदूर बर्गको स्थितिका बारेमा लेखेका थिए ।

अब त्यसभन्दा धेरै पछि अर्थात् हालैका घटनाहरुलाई नियालौ । फ्रान्सका अर्थशास्त्री थोमस पिकेट्टीले आफु ४३ बर्षको हुादा एउटा किताव लेखे । जसको शीर्षक छ : क्यापिटल इन द ट्वेण्टी फस्र्ट सेञ्चुरी’ अर्थात ‘एक्काइसौ शताब्दीमा पूाजी’। त्यसको प्रकाशन गत बर्ष भयो र हालै गएको मार्च महिनामा त्यसको अग्रेजी अनुवाद पनि हार्डभर्ड यूनिभर्सिटी प्रेसबाट आयो । त्यसको अनुबादकर्ता हुन आर्थर गोल्ड ह्याम्मर ।

पश्चिमा बिश्वमा बढ्दो आर्थिक बिषमतामाथि लेखिएको यो एउटा अतुलनीय किताव मानिएको छ । भनिरहनु नपर्ला कि पिकेट्टीले माक्र्सको अध्ययनलाई अगाडि बढाए । उनको किताव ६९६ पृष्ठको छ । अमेरिकामा आज यो कितावले उधूम मच्चाएको छ र कुनै पनि उपन्यासभन्दा बढी बिक्री यो किताबको भइरहेको छ । किताबमा आर्थिक बिषमतामा निरन्तर भइरहेको बृद्धिलाई रेखाङ्कित गरेर त्यसलाई आजको बिश्वको सबैभन्दा ज्वलन्त समस्या भनिएको छ ।

बर्षौंसम्म अमेरिकीहरु भन्दै आए कि आर्थिक बिषमताको समस्या यूरोपेली समस्या हो, जहा सम्पन्न र बिपन्नहरुका बीचको खाडल निरन्तर बढ्दै गइरहेको छ । अमेरिकामा बाहिरबाट आएका मानिसहरुले पनि धनबान बन्ने ‘अमेरिकी सपना’देख्न सक्तछन् र तिनलाई यसरी सम्पन्नताको दिशामा अघि बढ्न कुनै रोकावट हुादैन । कुनै बेला साइमन

कुज्नेत्सले ‘कुज्नेत्स बक्र(कुज्नेत्स कर्भ)को माध्यमले यो कुरा बताउने कोशिश गरेका थिए कि औद्योगिकरणको आरम्भमा आर्थिक बिषमता बढ्छ तर अगाडि गएर यो बिषमता तीब्ररुपले घट्नेगर्दछ । सन् १९७१ मा कुज्नेत्सलाई नोबल पुरस्कारले सम्मानित पनि गरिएको थियो । उनको यो प्रकृयालाई ‘घण्टी’(बेल)को आधारमा देखाइएको थियो । त्यसमा के भनिएको थियो भने गाउाबाट लगातार मजदूरहरु शहर आउने भएकाले मजदूरहरुको कुनै कमी हुदैन । यसकारण पूाजीपतिले उनीहरुलाई कमभन्दाकम मजदूरी दिन्छन् र मजदूरहको कसाकसी या मोलतोल गर्ने क्षमता धेरै कम हुन्छ । तर काल क्रममा एकातिर जहा रोजगारीको अवसर बढ्छ त्यही गाउाबाट शहर आउने मजदूरहरुको संख्या घट्छ र तिनको मोलतोल गर्ने क्षमता बढ्छ । परिणामस्वरुप राष्ट्रिय आयको बितरणले बिषमतालाई घटाउादछ । कुज्नेत्स बक्र ‘घण्टी’ अर्थात् अग्रेजी अक्षर ‘यू’लाई उल्टाउदा प्राप्त हुन्छ ।
पिकेट्टीले कुज्नेत्सको यो बक्र सिद्धान्तलाई खारेज गरिदिए ।उनका अनुसार बस्तुत: राष्ट्रिय आयको बितरण अग्रेजी अक्षर ‘यू’लाई सिधा राख्नाले प्राप्त हुन्छ । आयको बितरणको बिषमता निरन्तर बढ्दै जान्छ । पिकेट्टीले तथ्यांकहरु प्रस्तुत गर्दै बताएका छन् कि १९७० को दशकमा पछि आयको बितरणमा आएको बिषमता पुन: बढ्न लाग्यो । १९८० को दशकपछि अमेरिका, जापान र यूरोपमा मात्र होइन, बरु अन्यत्रपनि आयको बितरणको बिषमतामा बृद्धि हुन थालेको छ । स्पष्टत: यसरी पिकेट्टीले कुज्नेत्स बक्रलाई नकारी दिए । उनले तथ्यांक अघि सार्दै बताए कि आयको बितरणको बिषमतालाई ‘यू’को माध्यमले देखाउन सकिन्छ । आरम्भमा आय बितरणमा बिषमता निश्चयनै घटेको देखिन्छ । तर केही समय पछि यो बिषमता निरन्तर बढ्दै नै जान्छ ।

अर्थशास्त्री पिकेट्टीको के मान्यता छ भने पूाजीवादको कालखण्डमा बिषमता घट्ने कुरा कसैले दावी गर्न सक्तैन। कीन्सद्वारा कल्याणकारी राज्यलाइ बढावा दिने कार्य पहिलो र दोश्रो बिश्व युद्ध तथा श्रमिक आन्दोलन त्यतिबेला सबल हुनुको परिणामस्वरुप नै १९१४ देखि १९७४ बीच लागेको थियो कि बिषमता कम भइरहेको थियो ।तर त्यसयता नब उदारबादको बाटो लिए पछि बिषमता तीब्रगतिले बढ्न थालेको छ र त्यो लगातार बढ्दै नै गएको छ ।
श्रम सुधारको नाममा मजदूर संगठनहरको शक्ति घटाउने काम गरिदै आएको छ । पिकेट्टीले औंल्याएका छन् कि पूाजीलाई प्राप्त हुने प्रतिफल सामान्यतया आर्थिक सम्बृद्धिको दरभन्दा बढी हुने गर्दछ। यसै कारण काल क्रममा धनबान या पूजीपतिहरुको सम्पत्ति बढ्दै जान्छ जसबाट समाजमा आर्थिक बिषमतामा लगातार बृद्धि हुदै जान्छ । पिकेट्टीको के सुझाव छ भने सम्पत्तिमाथि सारा संसारमा भूमण्डलीय कर(ट्याक्स)को प्रावधान हुनु पर्दछ। जसबाट बिश्वब्यापीरुपमा ब्याप्त बिषमतालाई कम गर्न सकियोस् । उनको के दावी पनि छ भने बिषमतामा बृद्धिको कारण समाजमा अस्थिरता पैदा हुन्छ । कतिपय मानिसहरु के मान्दछन् भने सम्पत्तिको पुनर्बितरणका कारण आर्थिक समृद्धि पूर्णरुपले प्रभावित हुनेछ तर पिकेट्टीले यस कुराको खण्डन गर्दछन्।

आफ्नो निक्कै मोटो कितावमा पिकेट्टीले तीन कुरामा बिशेष जोड दिएका छन् । पहिलो कुरा, बितेको तीन सय बर्षको कालखण्डमा यूरोप र अमेरिकासाग जोडेर ती तथ्यांकका आधारमा समाजमा ब्याप्त आर्थिक बिषमतालाई मापन गर्ने कोशिश गरियो । यसमा उनले के पनि रेखाङ्कित गरेका छन् भने १९१४ देखि लिएर १९७० सम्मको कालखण्ड अनेक कारणले गर्दा यसको अपवाद रह्यो । मैले ती कारणहरुको उल्लेख पहिला नै पनि गरिसकेको छु जसबाट आर्थिक बिषमतामा तीब्र बृद्धि भएन । तर बिराशतमा प्राप्त भएको सम्पत्तिले यो बिषमतालाई बढाउनमा ठूलो योगदान दियो । १९५० को दशकमा फान्समा बिरासतमा मानिहरुलाई सफल घरेलु उत्पादनको पााच प्रतिशतभन्दा पनि कम प्राप्त भयो जबकि १९७० को दशकमा १५ प्रतिशतभन्दा कम प्राप्त भयो

दोश्रो ध्यान दिनैपर्ने कुरा छ कि पाूजीवाद सम्बन्धि एउटा सिद्धान्त प्रस्तुत गरेका छन् जसले बिषमतासाग जोडिएका बिभिन्न कारणहरुलाई प्रष्ट पार्दछन् ।उनले स्पष्ट शब्दमा भनेकाछन् कि सम्पत्तिको बितरणमा ब्याप्त बिषमता समाजका लागि धेरै नै घातक हुनेछ ।उनले के चेतावनी पनि दिएकाछन् भने हामीले नबउदारबादको जुन बाटो पक्रिएका छौ त्यो घातक सिद्ध हुनेछ । ‘दि इकोनोमिस्ट’(३ मई २०१४)का अनुसार उनको प्रमुख दाबी के भने स्वतन्त्र बजार ब्यवस्थाको स्वभाविक प्रकृति सम्पत्तिको केन्द्रिकरणलाई बढावा दिनेहुन्छ । किनभने सम्पत्ति र लगानीमा प्राप्त हुने प्रतिफलले आर्थिक समृद्धिको दर उच्च हुन्छ । दुइटा बिश्वयुद्धहरु, महामन्दी र उच्च करहरुले बीसौ शताब्दीमा सम्पत्तिमा मिल्ने प्रतिफल कम गरिदिएको थियो, जबकि उत्पादकता र जनसंख्यामा तीब्र बृद्धिले आर्थिक सम्बृद्धिलाई प्रोत्साहित गर्‍यो ।अगाडि गएर जनसंख्यामा बृद्धहरुको संख्या बढी हुनाले आर्थिक समृद्धिको दर सुस्त हुन सक्तछ । अनि त्यसबाट पूजीका लागि मिल्ने प्रतिफल बढ्न सक्तछ । यो निष्कर्शमा पिकेट्टी बितेको जमानको तथ्यांकका आधारमा पुगेका हुन् ।

उनले जुन तेश्रो कुरा औंल्याएका छन् त्यो हो पूाजीमाथि प्रगतिशील भूमण्डलीय कर लगाउने सुझाव ।यसको पनि उल्लेख पहिला नै भइसकेको छ । कतिपयले यो सुझावलाई अब्यवहारिक मान्दछन् र खारेज गर्न पनि थालेका छन् । पिकेट्टीको पुस्तकको समीक्षा गर्दै नोबेल पुरस्कारले सम्मानित पाल क्रुगम्यानले ‘द न्यूयोर्क रिभ्यू अफ बुक्स(मई ८) मा यो प्रश्न प्रस्तुत गरेका छन् कि हामी एउटा नया सुनौलो युगमा किन पुगिसकेका छौं । स्मरण होस कि यस्तो पहिलो सुनौले युग अमेरिकामा १८६० को दशकमा शुरु भएर पहिलो बिश्वयुद्धसम्म चल्दै रह्यो । त्यतिबेला नबोदित पजीपतिबर्ग जसलाई ‘‘रबर ब्यारेन्स’’ भनिन्छ, तिनले अमेरिकालाई बेहचक लुटे । क्रुगम्यानको के मान्यताछ भने तत्काल लाग्दछ कि पुरानो कालखण्ड फिर्ता आइरहेको छ । किनभने एक प्रतिशत जनसंख्याकै हरेक ठाउमा चल्ती छ। पिकेट्टी र उनका सहयोगीहरुले त्यस्ता साफ्किीय प्रबिधिहरुलाई प्रस्तुत गरेका छन् जसको आधारमा हामीले सुदूर अतीतदेखि लिएर अहिलेसम्मको आया र सम्पत्तिको संकेन्द्रणको अनुमान लगाउन सक्तछौं । यद्यपि कतिपय अर्थशास्त्रीहरु यस कुरालाई लिएर क्रुद्ध पनि छन् ।

उदाहरणका लागि शिकागो बिश्वबिद्यालयका अर्का नोबल पुरस्कारबाट सम्मानित प्रो. रबर्ट लुकासले आय र सम्पत्तिको बढ्दो केन्द्रिकरणलाई औंल्याउने कुरालाई घातक मानेकाछन् । उनी के चाहन्छन् भने त्यतातिर ध्यान दिइनु हुदैन ।क्रुगम्यान मान्दछन् कि पिकेट्टीले साच्चै नै एउटा उत्कृष्ट किताव लेखेका छन् । यस किताबको दृष्टि फलक धेरै नै बिस्तृत छ । उनी बाल्जाक र जेन अस्टिनका औपन्यासिक कृतिहरुको पनि उल्लेख गर्दछन् ।बाल्जाकको किताव ‘ओल्ड गोरियो’ र ‘सीजर बिरोत्यु’ तथा आशेनको कृति ‘मेन्सफिल पार्क’को बिशेषरुपले उल्लेख गर्दछन् । सन् १९८० को दशक पछि आर्थिक सम्बृद्धिको प्रतिफल समाजका उपरी तहमा बसेका केही मुठ्ठीभर मानिसहरुलाई मात्र प्राप्त भयो जबकि तल्लो तहमा रहेका मानिसहरुको स्थिति अझ खस्किदै र बिग्रदै गयो । कर्पोरेट सेक्टरको मुनाफामा अतिमन्दीको कालक्रम शुरु भए पछि तीब्र गतिले बृद्धि भएको छ ।पाूजीमाथि प्राप्त हुने प्रतिफल श्रमिकहरुलाई प्राप्त हुने आयको तुलनामा कयौ गुणा बृद्धि भएको छ । यसले दास क्यापिटलको सान्दर्भिकता र महत्वलाई अझ उजागर गरिदिएको छ ।







Nick Name     
comment   




कोरियामा बृहत सांगितीक कार्यक्रम २०७६ भव्य रुपमा सम्पन्न


नेपाली सम्पर्क समितिका कोरियाका निवर्तमान अध्यक्ष शाह ठगीमा मुछिन्दै....












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com