Pardeshi Aatma

फर्केका प्रवासीलाई राजनीतिमा भन्दा विकासमा लगाउने तयारी होस्
[2014-05-25 오전 12:31:00]

हरेक प्रवासी नेपालीले निश्चित समय प्रवास बसाई पछि स्वदेश फर्केर विभिन्न पेशा ब्यबसाय गरेर बाकी पारिवारिक जिन्दगी बिताउने तथा आफ्नो अनुभव शिप र कलाको माध्यमबाट देश र समाजको बिकासमा टेवा पुर्याउने सोच राख्छ । त्यस्तै योजनाको परिकल्पना गरेर प्रबासी जीवनको अन्त्य गर्दै स्वदेश फर्कने निर्णय गरेको हुन्छ । तर स्वदेश फर्केपछिको अवस्था अलि फरक हुने गर्छ । जुन अवस्थालाई गहिरिएर अध्ययन नगर्ने हो भने स्वदेश फिर्ता पछि निस्कने परिणामले प्रबास बाट लगानी, अनुभव, शिप र कला लिएर ढुक्कसंग नेपाल फर्केका राष्ट्र निर्माणका बलिया खम्बा युवा शक्तिमा निरासको अवस्था पैदा हुन सक्छ । यस्तो अवस्था आएमा समाज र देशको लागि सबै भन्दा दुखद अवस्था हुने छ ।

यस्तो परिणाम निम्त्याउने मुख्य कारकतत्व नेपालको गैरजिम्मेवार राजनीतिक शक्ति र त्यसले सिर्जना गरेको अराजक परिस्थिति हो । प्रवासबाट फर्केर कुनै उधोग ब्यबसाय शुरु गर्नको लागि स्थान रोज्न देखि सो स्थान सम्म सडक खुलाउन, सामानको ढुवानी गर्न, कच्चा पदार्थ ल्याउन, उत्पादित समान बजार पुर्याउन, कामदारको नियुक्ति गर्न, बत्ति पानीको व्यवस्था गर्न लगायत हरेक क्रियाकलापमा स्थानीय राजनीतिक दलको आश्रयमा रहेका युवा संगठनसंग आबद्ध गुन्डा, लुटेराहरुको चित्त बुझाउन सक्नु पर्दछ ।जुन ठाउं मा जुन दलको प्रभाव छ त्यहाँ त्यहि दलको र कतै सबै दलको त्यो शक्तिलाई चित्त बुझाउन सकिएन भने कि त योजना छाडेर भाग्नु पर्छ कि त ज्यान जोखिम मा राखेर काम शुरु गर्नु पर्छ । काम शुरु गरे पनि कम गर्ने मजदुरले नै राजनतिक शक्तिको आडमा विभिन्न माग राखेर उद्योग बन्द गराउने संस्कृति नेपालीले सिकी राखेको छ । प्रवासबाट केहि सिकेर केहि गरौ भन्ने उदेश्यले फर्किएका नेपालीले आफ्नो अनुभव र लगानी प्रयोग गर्न खोज्नु स्वाभाविक नै हो ।

दुई चार बर्ष विदेश गएर आउदैमा ठुलो हुन खोज्छस यो क्षेत्रमा सबै काम हाम्रो इसारामा चल्छ भनेर आफ्नो व्यहोरा देखाउने राजनीतिक गुन्डाहरुको धम्की भाषा र त्यहि अनुसार काम गर्न दबाबको ओइरो लाग्ने छ । जुन समस्याको उजुरी गर्ने र न्याय दिलाउने निकाय नेपालमा छैन धेरै जसो सरकारी निकाय तिनै राजनीतिक शक्तिको आडमा नै टिकेको हुन्छ । उनीहरुकै मिलेमतोमा भ्रस्टाचार गर्ने र खाने कुरामा मात्र सम्झौता हुने गर्छ । पैसा हुने र घुस दिन सक्नेको सबै कुरा सुनुवाई हुन्छ ।गरिब र घुसको बिरोध गर्नेले सधै अन्याय सहेर बाच्नु पर्ने नेपालको वर्तमान अवस्था यथावत रहने छ । यो अवस्थाको तुरुन्त अन्त्य गर्नको लागि देश प्रति चिन्तित सबै नेपालीले सचेत हुन जरुरि छ । सरकार र सरकारी सबै निकाय राजनीतिक भागबन्डालाई सहमतिमा टुंग्याएर राष्ट्रलाई आर्थिक बिकाशमा लगाउन ध्यान केन्द्रित गर्न टट्कारो आवश्यकता भएको छ । यदि यसरि राज्यलाई राजनीतिक निकास दिन सम्भव नहुने हो भने अब प्रवासी नेपालीहरुले स्वदेशमा आफ्नो भूमिका सक्रिय पार्न जरुरि हुने छ ।

राजनीतिक अराजकताबाट राहत पाउनको लागि प्रवासबाट फर्केका नेपाली हरुको बीच छलफल र बहस चल्ने छ । सबै प्रबासबाट फर्केका नेपालीहरुलाई एक ठाउमा ल्याउन राष्ट्र बिकासको लागि योजना तर्जुमा गर्न तथा अबरोध हुन आउने राजनीतिक अराजकताको बिरोधमा दबाब सिर्जना गर्न प्रबास बाट फर्केकाहरुको संगठनहरु निर्माण हुने छन् । प्रबासबाट फर्केकाहरुको मजदुर संघ, किसान संघ, ब्यापारी संघ, पत्रकार संघ, बुद्धिजिबी संघ, मानब अधिकार संघ, महिला संघ, अपाङ्ग संघ लगायत विभिन्न पिडितहरुको संघको साथमा लगानी गर्ने संस्थाहरुको आफ्नो आफ्नो काम र आवाज लिएर नेपालमा स्थापित हुने अवसर खोज्ने छन् ।

प्रबासमा रहुन्जेल नेपालको अर्थतन्त्र धान्ने अनि नेपाल आएर राजनीतिक दलबाट असुरक्षित हुने पनि तिनै प्रबासी नेपाली हुन सक्दैनन ।यस्तो असह्य हुने गतिबिधि फर्केका प्रबासीले भोग्नु पर्यो भने बिश्व भरका प्रवासीले थाहा पाउनु पर्छ र प्रतिक्रिया पठाएर स्वदेश फर्केका प्रवासीको सम्मान गर्नु पर्छ । राजनीतिक दल र तिनका पालन पोषणमा हुर्कदै गएका चोरी, तस्करी, गुन्डागर्दी, भ्रस्टाचार आदिको बिरुद्धमा संसारभर रहेका प्रवासीले दबाब सिर्जना गराउन सक्नु पर्छ । पलायन भएका शिक्षित र दक्ष नेपालीलाई नेपाल फर्के लगत्तै सम्मान जनक स्थापित हुने र राज्यको अनियमितता हुने सरकारी निकायमा हस्तक्षेप गरि नेतृत्व दिने खालको भूमिका निर्वाह गर्न सके मात्र अबको नेपालमा उन्नति र विकास गराउन सम्भव देखिन्छ ।



Nick Name     
comment   




कोरियामा बृहत सांगितीक कार्यक्रम २०७६ भव्य रुपमा सम्पन्न


नेपाली सम्पर्क समितिका कोरियाका निवर्तमान अध्यक्ष शाह ठगीमा मुछिन्दै....












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com