शशीशेखर

पूर्वाञ्चल विश्वविद्यालय नै लाचार
[2014-05-21 오후 4:49:00]

पटक पटक विवादको घेरामा तानिएको पूवाञ्चल विश्वविद्यालय फेरि एकचोटी विवादीत बनेको छ । कहिले प्रश्न पत्र आउट त कहिल्य विक्री, विश्वविद्यालयका सदावाहार समस्या हुन् । साथै एक विषयमा परिक्षा दिादा अकै विषयमा लब्धांक पत्र आउने, पास भएका फेल हुने, फेल भएका पास हुने जस्ता गम्भीर त्रुटि पनि नभएका होइनन् । विश्वविद्यालय भित्रका भ्रष्ट कर्मचारीको कारण पटक पटक विवादमा तानिदै आएको छ ।

तपाई विश्वविद्यालयको काठमाण्डौ सम्पर्क कार्यालय सिनामंगल मा नै पुग्नु भयो भने पूवाञ्चल विश्वविद्यालयवाट सम्वन्धन पाएका कुनै न कुनै कलेजका विद्यार्थीहरुले कि त त्यहा तालावन्दी गरिरहेका हुन्छन् कि धर्ना दिईरहेका हुन्छन् । कि, कुनै न कुनै समस्या लिएर विद्यार्थी सो परिसरमा भौतारि रहेका हुन्छन् । फेरि एकचोटी विराटनगरमा केन्दीय कार्यालय रहेको पूवाञ्चल विश्वविद्यालयले आफना मातहत अन्र्तगतका कलेजहरुले वुझाउनुपर्ने सम्वन्धन शुल्क नवुझाएको भन्दै देशैभरका सताईस कलेजको परिक्षाफल नै स्थगीत गरेको छ । भलै आफनो नियम कानूनमा रहेर विश्वविद्यालयमा सम्वन्धीत रहेका कलेजहरुले किन वुझाउन आनाकानी गरिरहेका छन् सम्वन्धन शुल्क भन्ने प्रश्न पनि उत्तिकै सल्वलाएको छ । आखिर किन कलेजले मौनता साधेको हो विश्वविद्यालयको आग्रहमा ? त्यसको वारेमा खोजी हुनु स्वाभाविक नै हो ?

तर अहिल्यै समवन्धनको कुरा उठाएर विद्यार्थीहरुको परीक्षाफल नै स्थगीत गर्न लागी परेको विश्वविद्यालयको कमजोरी यस अघि पनि त देखिएकै हो । उसको निक्मापन यतिखेर आएर वाहिर आएको छ,जुन वेला विश्वविद्यालयले विद्यार्थीह्रुको परिक्षाफल नै स्थगीत गरेर कलेजलाई सजाया दिएको छ । यसवाट शिक्षाको क्षेत्रमा व्यापार गर्न पल्केका एकाध पक्षलाई त फाईदा भयो होला अर्थात विश्वविद्यालयलाई सम्वन्धन वापत दिनुपर्ने नविकरणयीय शुल्क नतिरेर केहि राहात त भयो होला तर त्यसको असर हजारौ विद्यार्थीको भविष्यमाथि पर्न गयो । नेपालीमा एउटा उखान छ साढेको जुधाई वाच्छाको मिचाई । हो, त्यहि नियती भोग्न वाध्य भएका छन विद्यार्थीहरु ।

यतिखेर पूर्वाञ्चल विश्वविद्यालय अन्र्तगत सम्वन्धन पाएका उपत्यका र वाहिरका सताईस कलेजका विविए तेस्रो र पाचौ सेमेष्टर तथा विविए र विसीएस प्रथम वर्षको परिक्षार्थीहरु मर्कामा परेका छन् । पूर्वाञ्चल विश्वविद्यालय अन्तर्गत सञ्चालित कलेजमा अध्ययनरत विद्यार्थीले कलेज प्रशासनले भने अनुरुपको नियम कानून पालना गरे । उनीहरुले समयमा नै कलेजमा बुझाउनुपर्ने विभिन्न शीर्षकका रकम समेत बुझाए । विश्वविद्यालयले तोकेको मापदण्ड पुरा गरे । परिक्षामा समाबेश भए । तर जब परिक्षाफल प्रकाशनको समय आयो तब विद्यार्थी आश्चर्यमा परे । जबकी सबै प्रक्रिया पुर्‍याएका उनीहरुको परिक्षाफल प्रकाशनमा विश्वविद्यालयले स्थगित गर्‍यो ।

क्याम्पसहरुले सम्बन्धन शूल्क नबुझाएको विश्वविद्यालयले विविए तेस्रो र पाचौ सेमेस्टर तथा विविएस् र विविएस प्रथम बर्षको परिक्षाफल रोकेको हो । २७ वटा विभिन्न कलेजमा अध्ययनरत सयौ विद्यार्थी यतिबेला तनाबमा छन । अहिल्य आएर विश्वविद्यालयले जुन निर्णय लियो त्यस अघि उसले कलेजहरुलाई सम्वन्धन शुल्क नविकरणको वारमा किन झक्झकाएन् ? यस अघि सम्वन्धन शुल्कको कुरा किन उठेन । विश्वविद्यालयको लाचारी र अर्कमण्तयता अहिल्य वाहिर आएको छ । विश्वविद्यालयको कमजोरी र समस्या केलाउदै जाने हो भने लामै फेहरिस्त निस्कन सक्छ । अव समवन्धन वापतको रकम नवुझााउदा चपेटामा परेको विद्यार्थीहरुको भविष्य के होला ? विश्वविद्यलय र त्यस अन्र्तगत रहेका कलेजहरुको दोहोरो जुहारीमा विद्यार्थीहरु पिसीदै गएका छन् । वेलामा परिक्षा हुन नसक्दा सम्रग उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीको भविष्यमा प्रभाव पर्ने देखिन्छ । उनिहरु आफनो योजना अनुसार शैक्षिाक गतिवीधि वढाउन नसक्ने अवस्थामा देखिन्छन् । त्यसो त विश्वविद्यालयले अहिल्य आएर सम्वन्धन वापतको नविकरण शुल्क नवुझाएको भन्दै कलेजहरुको परिक्षाफल नै स्थगीत गरेर वसेको छ, त्यो आफैमा हास्यस्यापद देखिन्छ । किनभने आफना मातहत अन्र्तगतका कलेजहरुलाई नियम र कानूनमा वाध्न नसक्नु विश्वविद्यालयको लाचारी हो । आफूले जन्माएको सन्तानलाई आफनो नियन्त्रणमा राख्न नसक्ने अनि छिमेकीलाई देखाएर घर भित्र हुल्दीन, खान दिन्न भन्नुको अर्थ के ?

विश्वविद्यालयको अहिल्यको गतीविधी यहि हो । परिवर्तित सरकार संग विश्वविद्यालयमा व्रम्हलुट हुने गरेको छ । भौतिक सम्पति क्षति हुदैछ । विराटनगरको गोठगाउामा रहेको पूर्वाञ्चल विश्वविद्यालय समस्याका पहाड लिएर अघि वढिरहेको छ । विश्वविद्यालय राजनीतिक दलहरुको क्रीडास्थल वनिरहेको छ । उता विश्वविद्यालयले समवन्धन दिने वेलामा नै यति यति वर्षमा नविकरण समवन्धन शुल्क लाग्छ त भनेकै थियो होला ? तर कलेजहरु किन वलपूर्वक अघि वढिरहेका छन् ? साथै कलेजहरुले पनि विश्वविद्यालयको नियमकानून मान्न किन आनाकानी गरिरहेका हन् भन्ने वारेमा पनि सत्यतथ्य वाहिर आउनुपर्छ । कलेजहरुले अभिभावकको ढाडै सेक्ने गरी मोटो रकम लिने तर विश्वविद्यालयको ऐन नमान्ने कारण के हो ? यसरी नेपालमा शैक्षिक संस्थाहरुमा हुने गरेको यस खाले विकृतीले क्रमश: नेपाली उच्च शिक्षण संस्थाहरुप्रति आम सर्वसाधारणको विश्वसनीयता गुम्दै जाने पक्का छ । यता त्रिभुवन विश्वविद्यालयको अध्ययन पद्धतीमा वढ्दो राजनीतिक गतीविधी, नियमीत पढाईको अभाव त्यहा कार्यरत अध्यापकहरुको सरकारीमा भन्दा निजी शिक्षालयहरुमा आर्कषणले भने जस्तो शिक्षाको अभावमा नेपाली विद्यार्थीहरुले समयसापेक्ष शिक्षा लिन सकेका छैनन् ।

उता नाम चलेका नीजि उच्च शिक्षालयहरुले यसरी सम्वन्धन शुल्क वुझाउन गरेको आनाकानीले अन्तत: विद्यार्थी र अभिभावक नै मारमा परेका छन् । अभिभावकले आफनो सन्तानको उज्वल भविष्यको कामनामा नीजि शिक्षण संस्थाहरुमा ठूलो रकम खर्चिदै छन् । विद्यार्थीहरुले पनि सुन्दर भविष्यको कामनामा नीजि शिक्षण स्स्थाप्रति आकर्षित भैरहेका छन् । तर कलेज प्रशासनले गर्ने व्यवहारको शिकार अनाहकमा विद्यार्थीहरु वन्न पुगेका छन् । किन वलिको वोको वनाईदै छ विद्यार्थीहरुलाई । यसरी कलेजहरुमा समस्या निम्तीदै जाने हो भने भोली नेपालका उच्च शिक्षालयहरुमा विद्यार्थीको उपस्थीति घट्दै जाने पक्का देखिन्छ । यसैत अस्थीर राजनीतिले समस्या निम्ती रहेको समयमा मुलुकको शिक्षा क्षेत्रमा समस्याहरुलाई कलेजहरुले पनि नियमसंगत ढंगमा सम्वन्धन रकम तिर्नु पर्ने भए तत्काल तिरीदिए सवै पक्षको राम्रो हुने देखिन्छ । अन्यथा कलेजहरुले विश्वविद्यालयको उर्दिलाई वेवास्ता गरेर मेरो गोरुको वाह्रै टक्का भन्ने उखान झै अघि वढ्न खोजे त्यसको परिणाम तत्काल नदेखिएपनि भोलि घातक हुने अवश्य छ ।

पछिल्लो समय नेपाली उच्चशिक्षालयहरुको अन्र्तराष्टिय स्तरमा मापदण्ड र वातावरणमा पढाई हुने भनेर परिचीत हुदै गएका उच्चशिक्षालयहरुका वेलावखत देखिने विकृतिले नेपाली विद्यार्थीहरु अध्ययनको उद्देश्यले युरोप,अमेरिका लगायत दक्षिण एशियाकै कतिपय मुलुक जाने संख्या वढमा त्यसको असर सम्रग मुलुकमा पर्ने निश्चीत छ । साथै नेपालको शिक्षण सस्थाहरुले सीर्जना गरेको रोजगारमा समेत प्रत्यक्ष वा परोक्ष रुपमा हानी हुने देखिन्छ । उसैत यस क्षेत्रमा पछिल्लो समय देखिएको उच्च शिक्षण संस्थाहरुको छोटोसमयमा हुने गरेको स्वामित्व परिवर्तनले शिक्षण संस्थाहरुको छवि धुमिल वनाउदै लगेको अवस्थामा यस खाले गतीविधीलाई रोक्न सक्नुपर्छ । कलेजहरु विश्वविद्यालयको नियम कानून र परिधीमा नरहेन हो भने यस्ता कलेजहरुको सम्वन्धन माथि नै विश्वविद्यालयले भोलि सोच्ने वातावरण वन्न नसक्ला भन्न सकिन्न ।



Nick Name     
comment   




कोरियामा बृहत सांगितीक कार्यक्रम २०७६ भव्य रुपमा सम्पन्न


नेपाली सम्पर्क समितिका कोरियाका निवर्तमान अध्यक्ष शाह ठगीमा मुछिन्दै....












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com