शशीशेखर घिमिरे

यातायातको विकृति
[2014-05-20 오후 5:41:00]

तपाई आफनो यातायात संग सम्वन्धीत कुनै पनि कामको सिलसिलामा यातायात ब्यबस्था बिभाग पुग्दा त्यहाभित्रको दुराअवस्था वुझन् धेरै वेर कुर्न पर्दैन् । यातायात कार्यालयको परिसर भित्र पुग्ने वितीकै त्यहा रहेका विचौलिया अर्थात सिधा भाषामा भन्नुपर्दा दलालहरुले अनौठो प्राणीलाई जस्तो व्यवहार गर्न पुग्छन् । भष्टाचारको जालोमा लिप्त यातायात व्यवस्था कार्यालयमा वातावरण सेवाग्राही अनुकूल छैन् । मानौ यातायात व्यवस्था भित्र पुग्ने जोकोही सर्वसाधारण निरीह्य प्राणी हुन् र उनिहरु सवैको उद्दार गर्न वसेका हामी नै हौं भन्ने जस्तो भान त्यहाभित्रका दलालहरुले गदैृ आएका छन् । यदि तपाई दलालहरुले के सहयोग गरौ भनेर सोधेको प्रश्नलाई सुनेको नसुने झै गरि अघि वढ्न खोज्नु भयो भने तपाईहरुलाई त्यहा भित्रका दलाल अर्थात एजेन्टहरुले खाउला झै व्यवहार गर्छन् ।

सवारीको जुनसुकै काम गर्न खोज्दै हुनुहुन्छ वा ईजाजत पत्रको लागी पहिलो चोटी यातायात व्यवस्था कार्यालय एकान्तकुना पुग्नु भयो भने त्यहाभित्रको निस्सासीदो वातावरणले तपाईलाई कति वेला वाहिर निक्लौ भन्ने वनाउछ । व्यवस्था कार्यालय भित्र चुल्ठे,मुन्देहरुले यातायातको कर्मचारीको आडमा कमाउ धन्दा चलाईरहेका छन् । तिनै दलालहरुको आडमा यातायातका कर्मचारीहरु दिन डहादै नदेखिने गरि मोटाई रहेको वर्षौ भयो । हिजो सामान्य जीवन विताउन मुश्किल भएका यातायातका कर्मचारीहरुको आज लोभलाग्दो जीवन वन्नुमा केहि हो भने सीधा अर्थमा यातायातभित्रको मौलाउदो भष्टाचारको विगविगी नै हो । तपाई व्यवस्था विभाग भित्र कर्मचारी प्रशासन शाखामा पुग्नु भयो भने तपाईले त्यहा आफूले सोधेको प्रश्नको जवाफ सहज ढ्रगंले पाउनु हुन्न । कर्मचारीको व्यवहारले कायल वनाउछ ।
पाईला पाईलामा ठगीको प्रयास हुने गरेको छ । यातायात कार्यालयमा ।

यातायातको कर्मचारीको मिलेमतोमा दलालहरुको कमाउ धन्दाको वारेमा वोल्ने कोहि देखिन्न । पीडित पक्षहरु मौन वस्नु पर्ने नीयती छ । त्यहाको वेथीतिको वारेमा जस्ले विरोध गर्न खोज्छ उसले जुनुसुकै वेला जस्तो सुकै व्यवहारको सामना गर्न पर्ने हुन्छ । किनकी यातायातका अधिकाश चुल्ठेमुन्देहरु उपत्यकाका गुण्डाका नाईकेका आसेपासेहरु रहेका हुन्छन् । त्यसैले त उनिहरुको दादागीरि यातायात व्यवस्था कार्यालयमा ठाडो देखिन्छ । एक अर्थमा भन्नुपर्दा एकान्तकुनाको यातायात व्यवस्थ कार्यालय भष्टाचारीको क्रीडास्थल हो भन्दा फरक पर्ने देखिदैन् । अर्कोतिर विचौलियाहरुले ईजाजत पत्र नविकरण गरिदीने वहानामा थुप्रै सर्वसाधारणको पैसा असुलेका छन् अनि कतिले नक्कली ईजाजत पत्र निकालीदिने भन्दै हजारौ पैसा दिने गरेका छन् । यसरी कमाउ धन्दाको लागी उद्गम थलोको रुपमा विकास भैरहेको यातायात कार्यालयको गतिवीधिका विरुद्ध अख्तियारले छापा मार्ने समेत गरेको छ ।

यसको निरन्तरता स्वरुप आईतवार यातायातमा फेरि छापा मारेको छ । दलाल संगको मिलेमतोमा नक्कली सवारीको ईजाजत पत्र वनाउने,पैसा खाएर रुट ईजाजत प्राप्त दिने आदी कार्यका कारण यातायात व्यवस्था विभागका निमीत प्रमुख सहित १२ जना अख्तियारको फन्दामा परे । कार्यालय प्रमुख कै संलग्नतामा सेटिङ मिलाएर अनियमितता गरेको आरोपमा सेवाग्राहीको व्यापक गुनासोको आधारमा अख्तियारले छापा मारेको हो । कर्मचारीहरुलाई भष्टाचारको मातले घमण्डी वनाईसकेको उनिहरुको आनीवानीले वताउने गरेको छ ।

सेवागाह्रीलाई सेवा दिन सरकारको नुन खाएर वसेका कर्मचारीहरुको दरिद्रताले एकचोटी यातायात पुगेको मानिस अर्को चोटि हतपत्त जाने जोखिम मौल्दैन् । व्यवस्थीत छैन् यातायात कार्यालय, त्यहा भित्रको अस्तव्यस्तता सवारी साधन पाकिङ देखि नै शुरु हुन्छ । पाकिङ रकम उठाएर पेट भन्र्र तल्लीनहरुले सवारी पाकिङमा समेत झमेला दिने गरेका छन् । कर्मचारी फाटमा समेत एउटा व्यीक्तलाई खोज्न पऱ्यो भने सहज भेटिदैन । एउटा व्यक्तिलाई खोज्दा धेरै कोठा चाहार्नु पर्ने अवस्था छ । सेवाग्राहीलाई सजिलो होस् भन्ने हेतुले राखिएका नागरिक वडापत्र त छ , तर त्यसको वारेमा कमै सेवाग्राही जानकार हुन्छन् । अन्तयमा दलालहरुको चाकरी गरेर काम लिने वातावरणको सर्जिना हामी आफै सभ्य र शिक्षीत वाट समेत भएको छ । यसले दलालहरुलाई प्रोत्साहन गरेको छ अनि नियमसंगत सरकारी काम हुन सकेको छ्रैन् । सुचना पाटीहरु छैन । सेवागा्रहीहरुलाई अलमलमा पारेर दलालको फन्दामा पारेर काम गराउने र सो वापत रकममा तर मार्ने भन्ने ध्याउन्न नै यातायातमा देखिन्छ ।

सेवाग्राहीसंग कस्तो व्यवहार गर्नु पर्छ भन्ने न्यूनतम मर्यादा समेत नभएका कर्मचारीहरुको वर्चस्व यातायात व्यवस्था कार्यालयमा देखिन्छ । लामो र झण्झटिलो लाईन वस्नु पर्छ, चाहे तपाइ जे सुके काम परेर जानुस् । अनि नविरकरण गर्न लागेको सरकारी दस्तुर तिरेर मात्र पुग्दैन् । आफूले लागेको दस्तुर वुझाईसकेपछि पनि तपाईले नियमपूर्वक त्यो फिर्ता पाउन कर्मचारीको गोडा मोलाइ नै गर्नुपर्नु नियती सेवाग्राहीको छ ।

अर्को तिर सरकारी काम कहिल्य जाला घाम भन्ने उखान समेत ठयाम्मै मेल खान्छ यातायातमा । कर्मचारीहरुमा ढिलासुस्ती छ, काम चोर प्रवृति छ । यि र यस्तै प्रवृतिले आक्रान्त छ यातायात व्यवस्था कार्यालय । यसको दीर्घकालीन उपचार खोजीएन भने अवस्था छन् विकराल हुन सक्छ । चेतना भया । सम्वन्धीत निकायलाई ।



Nick Name     
comment   




कोरियामा बृहत सांगितीक कार्यक्रम २०७६ भव्य रुपमा सम्पन्न


नेपाली सम्पर्क समितिका कोरियाका निवर्तमान अध्यक्ष शाह ठगीमा मुछिन्दै....












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com