Weekly Nepal

पर्शुराम युगको अन्त्य भयो – केपी शर्मा ओली
[2014-05-11 오후 12:57:00]

तत्कालीन राजतन्त्रको दमनमा परेर विभाजित अवस्थामा रहेको कम्युनिष्ट आन्दोलनलाई एकताको शंखघोष गर्दै नयाँ ढंगले पार्टी, विचार निर्माण गर्ने काम झापा आन्दोलनकै पहलमा एकताका प्रयासहरुलाई अघि बढाइएको थियो। २०३२ सालको विन्दुमा पार्टीलाई पुर्या्उने काम पनि झापा आन्दोलनले नै गरेको हो। त्यसैले झापा आन्दोलनले मुलुकको लोकतान्त्रिक आन्दोलनलाई समेत झकझक्याउने वा उठाउने काम गरेके थियो। त्यसैले झापा आन्दोलनले भरेको बान्की, त्यसले दिएको आँट सबैले मुक्त कण्ठले प्रशंषा गर्नु पर्ने हुन्छ। २०३२ सालको विन्दुबाट उठेर हामीले एउटा संघर्ष र वलिदानको इतिहास यो ठाउँसम्म ल्याएका छौँ। ती संघर्ष र बलिदानको इतिहासका क्रममा हामीसँग अनुभवका चाङहरु छन्। ती अनुभव पनि लिएर हामी आएका छौँ।

ती अनुभवका आधारमा हामी नेकपा एमालेको नवौँ महाधिवेशनलाई एउटा कोशेढुंगाका रुपमा अगाडि बढाउन चाहन्छौँ। हाम्रा विगतका केही महाधिवेशन फलदायी हुन सकेनन्। चौथौ महाधिवेशनले नयाँ नीतिहरुका साथमा हाम्रो पार्टीलाई डोर्याँयो । धेरै उपलव्धीपूर्ण हुन सकेन होला। तर, वामपन्थी र गैरवामपन्थीशक्तिका बीचमा एकता ल्याउँने आधार, निरङ्कुश राजतन्त्र र त्यसको विरोधमा लोकतान्त्रिक शक्ति तयार गर्ने आधार निर्माण गर्योक जसले पञ्चायविरोधी आन्दोलन गर्न सहयोग पुग्यो। निरङ्कुश राजतन्त्रलाई संवैधानिक राजतन्त्रमा झार्न,पञ्चायती व्यवस्थाको अन्त्य गरी बहुलीय व्यवस्था कायम गर्न पनि त्यसले सहयोग गर्योर। त्यही महाधिवेशनले अघि सारेको जनताको वहुदलीय जनवादको नीतिलाई पाँचौ महाधिवेशनमा सैद्धान्तिकृत गर्यो। पाँचौ महाधिवेशनले उल्लेख्य उपलव्धी हाँसिल गर्यो।

छौटौँ महाधिवेशनले खासै दुरगामी काम गर्न सकेन। तर,उक्त महाधिवेशनले अनावश्यक विवादको अर्थ छैन भन्ने कुराको सङ्केत गर्योम। दुर्भाग्यवश त्यही बेला भएको पार्टी विभाजनका कारण त्यसलाई संस्थागत गर्न सकिएन्। सातौँ महाधिवेशनले ३ महिना पनि नटिक्ने नीति लियो। लोकतान्त्रिक विधि र पार्टीमा बहुपदीय संरचनाको पनि सातौँ महाधिवेशनले विरोध गर्योक। तर, आठौँ महाधिवेशनमा ती–ती कुरा आवश्यक भयो। यस अर्थमा भन्दा सातौँ महाधिवेशन समयको गति लिन नसक्ने सहाधिवेशन भयो। पार्टीलाई एक ढिक्का बनाएर लैजाने कुरामा पनि उक्त महाधिवेशन असफल रहयो। समयानुकुल नीति पनि उक्त महाधिवेशनले दिन सकेन। यस्ता खालको कमजोरी सातौँ महाधिवेशनमा रहे।

आठौँ महाधिवेशनमा हामी फेरि बैचारिक रुपमा एक ठाउँमा पुग्यौँ। उक्त महाधिवेशन लोकतान्त्रिक विचार, लोकतान्त्रिक अभ्यास, लोकतान्त्रिक आन्दोलनको क्षेत्रमा, राष्ट्रियतको आन्दोलनका सर्न्दभमा अगुवा पार्टी हो भन्ने देखाउन सफल भयो। त्यति मात्र होइन सबैलाई आश्चर्य चकित बनाउँदै आठौँ महाधिवेशले लोकतान्त्रिक विधि अपनायो। अहिले हामी नवौँ महाधिवेशनको नजिकमा छौँ। हामीले स्थापित गरेका ती मान्यताहरुलाई अझ स्पष्ट, अझ प्रखर कस्तो बनाएर लैजना सकिन्छ। यो वारेमा सोच्न आवश्यक छ। सामूहिक नेतृत्व लोकतान्त्रिक विधि, संस्थागत निर्णयको परिपाटी, पार्टीलाई एकतावद्ध बनाउने जस्ता कुरालाई कसरी व्यवहारमा प्रकट गर्ने यो नवौँ महाधिवेशनको चुनौती हो। पार्टी भित्र योग्यता, क्षमता, योगदान भएका र सक्रिय व्यक्तिलाई जिम्मेवारी दिने परिपाटी कसरी स्थापना गर्ने, कसैलाई लाखा र कसैलाई पाखा नवनाउँने परम्पराको थालनी गर्ने कुराको चुनौती पनि हाम्र्रा सामू छ। सातौँ महाधिवेशन अघि राता आँखे जनवादको चर्चा थियो। अव कसैले पनि राताआँखेजनवादको शिकार हुनु नपरोस भन्ने कुराको थालनी गर्ने चुनौति पनि हामीलाई छ। हामी आगामी महाधिवेशनबाट नमस्कारले पार्टी चलाउने होइन काम र क्षमताले पार्टी चलाउने थिति वसाल्न चाहन्छौँ।

हामी कुराको अध्यावधिक होइन,व्यवहारको अध्यावधिक चाहन्छौँ। आगामी दिनमा कम्युनिष्ट आन्दोलनमा रहेका कमीकमजोरी हटाएर जान जरुरी छ। कम्युनिष्टका नाममा घोलेर खाएका विचारहरुको अव काम छैन। हामी त्यस्ता अवशेषको अन्त्य चाहन्छौँ। आजको कम्युनिष्टको अविभारा पुरा गर्न सक्ने शक्ति निर्माण गर्न चाहन्छौँ। त्यसका लागि एमाले पङ्क्ति तयार हुनुपर्छ। त्यसैले हामीले आगामी दिनमा अरु पार्टीमा भोट दिएका र अरुपार्टीका मान्छेहरुलाई एमालेमा आकर्षित गर्नेतिर ध्यान दिन जरुरी छ। त्यो विश्वास उनीहरुलाई पनि दिन सक्नुपर्छ। त्यसैले एमालेले आगामी दिनमा लोतान्त्रिक आन्दोलनको नायकका रुपमा विकास गराउन सक्नु पर्छ। आगामी नवौँ महाधिवेशन त्यसमा केन्द्रित हुनु पर्छ। हामीले नवौँ महाधिवेशनमा नेतृत्व निर्माण पनि त्यही ढङ्गको गर्नुपर्छ। म कुनै विषयमा अनावश्यक दन्तवजान गर्ने, इतिहाँसलाई उल्ट्याउने पक्षमा छैन। त्यसको कुनै अर्थ छैन। महाभारतको इतिहास हेर्ने हो भने त्यहाँ पनि अविभारा सकिएपछि विदा भएका थुप्रै दृष्टान्त छन्।

अविभारा सिद्धिएपछि विदा लिनु अनिवार्य छ। बञ्चरो चलाएर सबैलाई सखाप पार्ने पर्शुरामले पनि आफ्नो जमाना गएको महसुस गरेको थियो। पर्शुरामले आफ्नो वञ्चरो चल्न छाडेपछि अव रामको युग सुरु भयो भन्ने स्वीकार गरेको थियो। अहिले केहीले आफ्नो वञ्चरो चल्न छाडेको बेला पनि अव म वञ्चरो चलाउँछु भन्ने चाहना राख्नुको कुनै औचित्य छैन। भूमिका एक अवधि वा समयका लागि हुन्छ। त्यसले हामीले पार्टीलाई अध्यावधिक गर्न चाहेका छौँ। सँधैभरी थोत्रा कुरा लिएर मात्र पार्टी चल्दैन । हामी आजका चुनौतिको सामना गरेर देशलाई नयाँमा अगाडी बढाउन चाहन्छौँ।



Nick Name     
comment   




कोरियामा बृहत सांगितीक कार्यक्रम २०७६ भव्य रुपमा सम्पन्न


नेपाली सम्पर्क समितिका कोरियाका निवर्तमान अध्यक्ष शाह ठगीमा मुछिन्दै....












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com