शशीशेखर

क्रिकेटमा कलह
[2014-04-12 오후 10:31:00]

राजधानीमा नेपाली राष्ट्रिय क्रिकेट टोलीको दर्जनौ गुनासाले भरिएका पोकाहरु पत्रकार सामु पोखिए । सम्मेलनमा क्रिकेट टोलीले आफना असन्तुष्टि जाहेर गरे । उनिहरुले विरोधका कार्यक्रम सार्वनजिक गरे । उनिहरुले नेपाल क्रिकेट संघ क्यानको पूरै व्यवस्थापनप्रति आपती जनाए । यसरी हेर्दा टोलीको पीडाहरु दर्जनौ देखिए । नेपाल क्रिकेट संघ क्यानको नेतृत्व र पुरै व्यवस्थापन प्रति उनिहरुको आपती देखियो । उनिहरुले नेतृत्व परिवर्तनको माग गरे । आफना मागहरु सम्वोधन नभएसम्म कुनै पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता नखेल्ने उद्घोष गरे । टि २०,२० विश्वकप खेलेर स्वदेश फर्केको छोटो अवधीमा नै क्रिकेट टोलीले पत्रकार सम्मेलन गरेर विरोध जनाएको खवर सार्वजनिकले खेलप्रेमीहरु निराश वने ।

क्यानको पुरै संरचना हेरफेर नहुदा सम्म खेल वहिष्कार गर्ने पत्रकार सम्मेलनमा राष्ट्रिय टोलीका कप्तान पारस खड्काले उद्घोष नै गरे । पारसले क्रिकेट संघसाग पटक–पटक भएका वार्ता र मौखिक सहमतिबाट समाधान ननिस्किएपछि बाध्य भएर प्रतियोगिता नखेल्ने घोषणा गर्नुपरेको बताए । यो घोषणाले नेपाली क्रिकेटको भित्री रुप कस्तो रहेछ भन्ने तथ्यलाई उजागर गरेको छ । राष्ट्रिय खेलाडीहरुले काठमाडौं र पोखरामा सञ्चालन भइरहेको एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता बहिष्कार गरे । क्यानको नेतृत्वले खेलाडीहरुको समस्या समाधान गर्न नसकेको र क्रिकेटको विकासमा पुरै उदासीनता देखाएको खेलाडीहरुको आरोप छ ।

एकीकृत माओवादीका तर्फवाट क्यानको अध्यक्ष भएका टंक आङबुहाङ नेतृत्वले क्रिकेटको विकासमा केही गर्न नसकेको जिकिर गर्दै खेलाडीहरुले नेपाल सरकारसग समग्र व्यवस्थापन परिवर्तनको माग गरे । उनीहरुले क्यानको नेतृत्वसग अब वार्तामा नबस्ने भन्दै समस्या समाधानका लागि सरकारको ध्यानाकर्षण गराए । आफूहरुको माग प्रति सरकारी उदासीनता रहिरहने हो भने केहि दिन पछि मलेसियामा हुने एसीसी प्रिमियर क्रिकेट प्रतियोगिता नजाने उनिहरुको चेतावनी छ ।

क्यानको लापरबाहीले लाखौं विदेशी सहयोग जरिवाना बापत तिर्नुपरेको भन्दै राष्ट्रिय क्रिकेट खेलाडीहरुले क्रिकेट संघको आर्थिक अपारदर्शतिाबारे पनि औला ठड्याएका छन् । उनिहरुले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई सत्यतथ्य छानवीनको लागी अख्त्यिार सक्रिय हुन समेत आग्रह गरेका छन् । यस्तै विविध समस्याले आक्रान्त देखिन्छ नेपाली क्रिकेट । खेलाडीहरुले आफूहरुले पछिल्लो सात महिनादेखि तलव पाउन नसकेको विषयमा पनि आपती जनाएका छन् । खेलाडीहरुले किन र के कारणले तलव पाउन नसकेको हुन् भन्ने तर्फ पदाधीकारीले चित वुझदो जवाफ दिन सक्नु पर्छ । कारण तलब नपाएको असन्तुष्टिमा खेलाडीहरुले पछिल्ला तीनवटा अन्तराष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउादको भत्ता समेत नपाएको बताएका छन् । खेलाडीहरुले किन तलव पाउन सकेनन् ।

यसको चुरोको मुल कुरो के हो ? यस तर्फ गम्भीर भएर अघि वढ्न सक्नु पर्छ । सत्यतथ्य वाहिर आउनु पर्छ । नेपाली क्रिकेट राष्ट्रिय क्रिकेटको क्यालेण्डरमा नभएको एक दिवसीय क्रिकेट प्रतियोगिता सञ्चालन गरेर संघले सबै क्षेत्रीय तथा युवा खेलाडीहरुलाई भ्रममा राख्न खोजेको खेलाडीहरुको आरोप छ । उनीहरुले विश्वकप जस्तो ठूलो प्रतियोगिता खेल्दा समेत गुणस्तरहीन खेल सामाग्री दिइएको, खेलाडीहरुलाई व्यक्तिगत प्रायोजन सम्झौता गर्न नदिइएको, क्यानको आर्थर्ीक हरहिसाव अपारदर्शी भएको जस्ता दर्जनौं कारणले खेल बहिष्कार गर्न बाध्य हुनुपरेको समेत जनाएका छन् । यसरी हेर्दा अव नेपाली क्रिकेटका दर्जनौ चुनौतिलाई चिर्दै नेपाली क्रिकेटलाई अघि वढाउन सकिएन भने समस्याका पहाड थपिदै जाने निश्चीत छ ।

क्रिकेटमा राजनीति गरेर दुहुन पल्केकाहरुले नेपाली राष्टिय टोलीको पीडालाई चाडोभन्दा चाडो समस्या समाधानको लागी लाग्नुपर्ने देखिन्छ । अन्यथा विश्व स्तरमा फड्को मारिरहेको नेपाली राष्टिय क्रिकेटले भोली नेपाली खेल पदाधीकारीको लाचारी र अकर्मणयताका कारण प्रगतीमा वाधा पुग्नु दुखद देखिन्छ । खेल खेलैरै वाच्न सक्ने आधारहरु छैन भनेर चर्चा परिचर्चा हुने गरेको समयमा नेपाली क्रिकेटले जुन लोभलाग्दो उचाई चुम्दै अघि वढिरहेको छ, त्यसको निरन्तरताको लागी सम्वन्धीत पक्ष चुक्नु लाजमर्दो हुने देखिन्छ । तलव नपाएको गुनासो खेलाडीहरुको छ । व्यवसायीक ढंगवाट खेलाडीहरुलाई तत्काल तलव दिएर वाच्ने वातावरण वन्नु पर्छ । खेल खेलाडीहरुले खेल्ने हो,राजनीति गर्नेले न क्रिकेटको व्याट समाउन जान्छ न वलिङ नै । खेल खेलाडीले खेल्छ ,दर्शकले ताली पिट्छ र खेलाडीलाई उत्साह जगाउाछ । खेललाई अघि वढाउन त्यससंग सम्वन्धीत पदाधीकारीले वातावरण तय गर्छ । उसको त्यो दायीत्व हो ।

तर नेपाली क्रिकेट खेलाडीको आरोप र आक्रोश हेर्दा पदाधीकारीहरु चुकेको देखिन्छ । कम गुणस्तरीय खेल स्रामार्गी दिएर विश्वकपमा सहभागीता जनाउनु पर्ने अवस्थामा खेलाडीहरुले खेद प्रकट गरेका छन् । खेलाडीहरुको आरोप छ, क्यानको नेतृत्वप्रति । उनिहरुले क्यानको अध्यक्ष प्रति तेष्र्याएको आरोप सहि हो र नेपाली क्रिकेट खेलाडीहरुको विरोध झुट हैन भने खेलको सहि विकास गर्न असक्षम नेतृत्वलाई पदमा वसिरहने कुनै नैतिक अधिकार नहुनु पर्ने हो । तर विडम्वना यो मुलुकमा असक्षमलाई नै राजनीतिक आडमा नियुक्ती गरिने परम्पार रहेको छ । योवाट पछि हट्न नसक्ने हो भने नेपाली क्रिकेटको विकास भन्दा पनि विनाह तर्फ लाग्ने देखिन्छ । सरोकारवालाहरुले खेलाडीहरुको मागप्रति मौनता साधेर नै वस्ने हो भने अवस्था परिणाममुखि नहुने देखिन्छ ।





Nick Name     
comment   




कोरियामा बृहत सांगितीक कार्यक्रम २०७६ भव्य रुपमा सम्पन्न


नेपाली सम्पर्क समितिका कोरियाका निवर्तमान अध्यक्ष शाह ठगीमा मुछिन्दै....












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com