लोकनारायण सुवेदी

स्वाधीन अर्थतन्त्रका लागि सहकारीको सान्दर्भिकता
[2014-03-24 오후 10:28:00]

बिश्वमा सहकारी आन्दोलन पूाजीवादी शोषणको मारबाट बच्दै आफ्नै क्षमता, श्रम र सीपको सामुहीक सदुपयोगबाट आफ्नो पारिवारिक र सामुदायिक जीवनलाई सहज किसिमले सुचारुरुपमा सञ्चालन गर्ने हेतुले आरम्भ भएको यसको उद्भवको इतिहासले प्रष्ट पार्दछ ।यस हिसावले हेर्दा सहकारीको अन्तर्यमा शोषणबाट मुक्तिको कुरा अन्तरनिहीत छ । यसले मजदुर र किसानमाथिको निर्मम शोषण र दीनहीन अबस्थाबाट उनीहरुलाई सामुहीकरुपमा माथि उठाउन र समाजको प्रगतिशील रुपान्तरणमा सहयोग पुर्‍याउन यसको आरम्भ भएको प्रष्ट छ । यस क्रमबाट अघि बढ्दै गएको सहकारी आज बिश्वब्यापीरुपमा बहु आयामिक अभियानको रुपमा बिकसित भएको छ । कृषि, उद्योगधन्धा, सामाजिक सेवाका संस्थाहरु सबैतिर यो ब्यापक फैलिएको छ । यसले स–सानो पूाजीलाई पनि परिचालन गर्ने र सकृय बनाउने हुादा सामाजिक प्रगति र गतिशीलतामा यसले मद्दत पुर्‍याउादै आएको छ ।

बैज्ञानिक समाजवादका प्रणेता माक्र्स र एंगेल्सहरुले कम्युनिष्ट पार्टीको घोषणापत्र प्रकाशन गर्नुभन्दा पहिलादेखि नै यूरोपमा आधुनिक सहकारी अभियानको आरम्भ भएको यसको इतिहास छ । खाशगरी पूाजीवादी ब्यबस्थाले मानिसलाई नाफा कमाउने बस्तुकोरुपमा मात्र हेर्न थालेकोले मानिसहरुमाथि निर्मम शोषण, अन्याय र अत्याचार बढ्दै गए पछि माक्र्स र एंगेल्सहरुभन्दा पहिले नै काल्पनिक समाजवादीहरुले पूाजीवाद अति ब्यक्तिबादी, स्वार्थी र नाफाखोर भएर अघि बढ्न थलेकोले त्यसकै बिकल्पमा सहकारीको प्रादुर्भाब भएको र यसले समानता र सहकार्यको भावना बिकसित गरेको हो । त्यसो गर्ने चिन्तकहरुमध्ये रबर्ट ओवेन एकज प्मुख चिन्तक थिए। त्यसैले उनलाई ‘सहकारी आन्दोलनको पिता’को रुपमा पनि चिनिन्छ । उनी एउटा सिल्पकार परिवारमा जन्मिएका भए पनि उनले आफ्नो मेहनत र समर्पणका कारण छोटो समयमा नै प्रशस्त सम्पत्ति पनि आर्जन गरेका थिए । उनी स्कटल्याण्डको ल्यूनेलार्कमा सुती कपडा कारखानको प्रवन्धक पनि बने । त्यहा उनले श्रमिहरुको हक हितमा सुधारका केही कामहरु पनि गरे र केही सफलता पनि हासिल गरे । त्यस क्रममा नै उनले ‘समाजको नया दृष्टिकोण’ तथा ‘नयाा नैतिक संसारको पुस्तक’ जस्ता कृतिहरु पनि लेखे ।

ती पुस्तकको प्रकाशनबाट उनले खाशगरी मजदुरुहरुमा सामुहीक भावना,सामुहीक उत्पादन, सामुहीक बितरण, ब्यक्तिगत लाभ र संकीर्ण स्वार्थको समाप्ति, प्राकृतिक श्रोत साधनमाथि सामुहीक स्वामित्व, सम्पत्तिको न्यायपूर्ण बितरण जस्ता महत्वपूर्ण बिचारहरुको प्रवाह गरेका थिए । उनले यो बिचार मात्रै दिएका होइनन् त्यसलाई ब्यवहारमा खरो उतार्नमा पनि लागी परे । उनले श्रमिकहरुका लागि १२ सयजना सम्मको सामुहीक बस्ती बसाल्ने, बाल बच्चाहरुको सामुहीक स्याहार सुसार गर्ने, मजदूरहरुका छोराछोरीहलाई उचित किसमले पढ्ने ब्यवस्था गर्ने जस्ता महत्वपूर्ण कदमहरु चाले । १८३२ मा नै उनले लण्डनमा सहकारी डिपोको रुपमा ‘नेशनल इक्वेटेवल लेबर एक्स्चेञ्ज’ पनि गठन गरे । त्यसमा श्रमिकहरु सदस्य बन्न सक्तथे । ओबेनल त्यसमा मुद्राको सट्टा श्रम सिक्का पनि प्रचलनमा ल्याए । वास्तवमा आदर्श बस्ती निर्माण र श्रम सिक्काको प्रचलनका कदमहरु चाल्दा उनले सबै मानिसहरु इमानदार हुन्छन् भन्ने मान्यता र बिश्वासका आधारमा चालेका थिए । उनको सुती कपडा कारखाना सफल भए पनि आदर्श बस्ती र श्रम सिक्काको प्रणाली भने सफल हुन सकेन । त्यसमा कयौ मानिसहरु ठग र बेइमान निस्किए । फलत: उनको आदर्श बिचार ब्यवहारमा असफल साबित भयो । तर पनि उनले त्यतिबेला जे जस्तो आदर्श चिन्तन गरे त्यो मानब जातिको इतिहासमा एउटा प्रेरणादायी कुरा बनेर रहेको छ ।

फ्रान्सका चाल्र्स फुरियर यस्तै अर्का चिन्तक थिए । उनी एउटा गरीब कपडा ब्यापारीका सन्तान थिए । आफ्ना बाबुले जस्तै उनी पनि कपडा बोकेर डुल्दै बेच्न पनि हिडेका थिए । उनले ‘सार्वभौम सद्भाव’ जस्ता किताव लेखेर समाजमा मानिसहरुले इच्छा अनुसार २००–४०० जनासम्मको समूह खडा गरेर सामुहीक श्रम गर्ने र सामुहीक लाभ लिने कुरामा बिशेष जोड दिएका थिए । उत्पादन बृद्धि गर्न सामुहीक श्रमले मद्दत गर्दछ भन्ने बिश्वास उनको थियो । त्यसै क्रममा उनले श्रमिकहरुलाई सहकारीको मालिक बनाउने धारणा अघि सारेका थिए । यद्यपि उनी ब्यक्तिगत सम्पत्तिको उन्मूलन गर्नुपर्ने पक्षमा थिएनन् । यसको बिपरीत उनी श्रमिकहरुलाई पूाजीपति बनाएर बर्ग अन्तरबिरोधको समस्यालाई समाधान गर्न चाहन्थे ।

तर उनका योजनाहरु पनि रबर्ट ओबेनका जस्तै असफल भएर गए । त्यसैगरी सेण्ट साइमन नामका फ्रान्सका अर्का प्रसिद्ध चिन्तकले पनि पूाजीवादी बिकृति र शोषणबाट मुक्त हुन सामुहीक भावनामाथि नै जोड दिएका थिए । यी माथि उल्लिखित तीनजना काल्पनिक समाजवादी चिन्तकहरुका अतिरिक्त बिभिन्न देशहरुमा यस्तै बिभिन्न ब्यक्तित्व र समूहहरुले पनि सहकारी आन्दोलनलाई अघि बढाउन भूमिका खेलेका थिए ।

बिश्व सहकारी आन्दोनलको यो इतिहासमा रोचडेली समूहको नाम बिशेषरुपमा उल्लेखनीय छ । बृटेनको रोचडली नगरका निवासीहरुले १८३० मा ‘सहकारी समाज’ गठन गरेका थिए । १८४० को दशकमा त्यतिबेलाको बृटेनमा आर्थिक मन्दी, अनिकाल र अभाव ब्याप्त थियो । त्यस्तो बेलामा सहकारी समाजले सहकारीका सदस्यहरुलाई घर किन्ने वा घर बनाउने, रोजगारी सिर्जना गर्ने, करारमा जमिन लिएर खेती गर्ने,अनि सदस्यहरुलाई बस्तु तथा सेवा उपलब्ध गराउने जस्ता निक्कै महत्वपूर्ण काम गर्‍यो । यो रोचडेली समूहले ठूलो मेहनत गरेर केही हदसम्म सफलता पनि प्रापत गर्‍यो । जर्मनका फाञ्ज सुल्झ र एफ डब्लु रेफिसनको पहलमा १८४९ मा ‘बचत तथा ऋण सहकारी संस्था’ स्थापना भयो । जर्मनी यसरी पहिलो ऋण सहकारी संस्थाको जन्मदाता बन्न गयो । यस प्रकार समय बित्दै जाादा बिश्वभरी नै बिभिन्न सहकारी संस्थाहरु खुल्दै जान थाले ।

सहकारीहरुको निर्माण सफलता र असफलताको यही क्रममा बैज्ञानिक समाजवादका प्रणेता माक्र्स र एंगेल्सले बिश्व सहकारी आन्दोनलको निकै गहिरोसाग अध्ययन गरे र दृढतापूर्वक सहकारी आन्दोलनको पक्षमा खडा भए । माक्र्सले त सहकारीलाई त्यस्तो ‘नया उत्पादन पद्धति’ ठान्दथे जुन पद्धतिले ‘अन्तत: सम्पूर्ण पूाजीवादी संस्थाहरुलाई बिस्थापित गर्ने’ उनले बिश्वास गरेका थिए । उनले सहकारीको स्वामी स्वयम मजदुर नै हुनुपर्ने कुरामा जोड दिएका थिए र सहकारीमा काम गर्दा मजदुरहरुमाथिको शोषण रोकिने मात्र नभएर आफ्नै सहकारीमा काम गर्दा प्राप्त हुने खुशी र स्वतन्त्रताको अनुमूति मजदुरहरुले गर्न सक्तछन् भन्ने मान्यता राख्दथे । तर माक्र्स र एंगेल्सले पूाजीवादी सरचनाभित्रै सहकारीको बिकास गरेर समाजवादमा रुपान्तरण गर्न सकिन्छ भन्ने कुरालाई भने पटक्कै स्वीकार गरेनन् । उनीहरुले त शोषणमा आधारित पूाजीवादी ब्यस्थालाई बदल्नै पर्ने र त्यसका लागि बलको प्रयोग लगायत सबै उपायहरु गर्नुपर्ने कुरामा जोड दिएका थिए ।

त्यतिबेला प्रुधो, लासाल र ओबेनका समर्थकहरुले मजदुर बर्गको क्रान्तिकारी संघर्षमा निकै ठूलो भ्रम खडा गरेका थिए । राजनीतिक दल, बर्ग संघर्ष, ट्रड यूनियन र हडताल आदि बिना नै सहकारी पद्धतिबाट पूाजीवादी राज्य ब्यबस्थालाई सुधार्न सकिन्छ भन्ने प्रुधोको धारणा थियो । लासालले पनि पूाजीवादी सरकारकै मातहतमा सहकारी संगठन निर्माण गर्दै गएर सामाजवाद ल्याउने भनेका थिए । तर कार्ल माक्र्सले मजदुर बर्गको वास्तबिक मुक्ति बर्गीय राजनीतिक सत्ता प्राप्तिको बाटोबाट मात्र सम्भव छ र सहकारी त त्यसको महत्वपूर्ण सहयोगी माध्यम सक्छ भन्ने कुरा अघि सारेका थिए । माक्र्सबादका अनन्य अनुयायी एवं बिश्वमा पहिलो समाजवादी क्रान्तिका प्रणेता तथा प्रयोक्ता लेनिनले पनि ‘सहकारीता’लाई ‘समाजवाद’को संज्ञा दिएका थिए । तर कुनै पनि माक्र्सवादीहरुले सहकारी आन्दोलनलाई बर्ग र बर्ग संघर्षकै एउटा उपजको रुपमा लिन्छन् । यसलाई बर्गसंघर्षबाट बेग्लै मान्दैनन् ।

लेनिनले १९१७ को समाजवादी क्रान्तिभन्दा पहिला मजदुरहरुको सहकारी गठन र परिचालमा जोड दिएका थिए । त्यस्ता सहकारीहरुमध्ये आम जनतासाग पार्टीको सम्वन्ध बलियो बनाउन र पूाजीवादी सत्ताका बिरुद्ध बैधानिक संघर्ष गर्ने थलोकोरुपमा पनि त्यसलाई परिचालन गरेकाथिए । क्रान्ति सम्पन्न भए पछि समाजबाद निर्माणको एउटा सशक्त माध्यमकारुपमा सहकारीलाई रुसमा अघि बढाइएको थियो । चीनमा पनि १९४९ माओको नेतृत्वमा नया जनवादी क्रान्ति हुनु पूर्वनै युद्ध कालमै पनि सहकारीहरुलाई कम्युनिष्ट पार्टीको अगुवाईमा सञ्चालन गरी जनतासाग पार्टीलाई जोड्ने माध्यमकोरुपमा परिचालन गरिएको थियो । क्रान्तिपछि एउटा छुट्टै राष्ट्रिय सहकारी आयोग गठन गरी यो आन्दोलनलाई अगाडि बढाउने कामलाई अझ बब्यस्थित गरिदै लगियो ।

यसरी बैज्ञानिक समाजवादका पक्षधरहरुले सहकारीलाई जनता र राष्ट्रको हित सम्वद्र्धन र प्रगतिका लागि एउटा सशक्त माध्यमका रुपमा उपयोग गरिनु पर्दछ र यो बहुसंख्यक जनताको हित साधक अभियानकोरुपमा बिकसित र परिमार्जित हुनु पर्दछ भन्ने कुरामा निरन्तर जोड दिएको पाइन्छ । यसमा आइरहेका र आउन सक्ने अपचलन, बिकृति र बिसंगतिबाट सहकारीलाई जोगाएर सामुहीक तथा सामुदायिक हितमा प्रयुक्त गर्न सक्ने नीति तयार गरी सहकारी सञ्चालन र त्यसको अनुगमनमा निरन्तर ध्यान केन्द्रित गर्ने हो भने सानो ठूलो पूाजी परिचालन गरी सामाजिक–आर्थिक रुपान्तरणमा यसको भूमिकालाई अत्यन्तै सकारात्मकरुपमा अघि बढाउन सकिन्छ भन्ने कुरा बिश्वमा बिकसित देशहरुका सहकारीले दिएको योगदानबाट स्पष्ट हुन्छ ।

तर यसलाई केवल नाफा कमाउने माध्यमकोरुपमा लिइयो भने यो सहकारीको मूल्य मान्यता र पद्धति बाहिर पुग्दछ त्यहा ठगी, अपचलन र बेइमानीका जन बिरोधी हर्कतहरुले अड्डा जमाउने गर्दछन् भन्ने कुरा त हाम्रै देशको सहकारी अभियानभित्र पनि प्रष्टै देखिएको छ । अत सहकारी मूल्य मान्यतामा आधारित: जन हितकारी सहकारी आन्दोलन आजको हाम्रो राष्ट्रिय आवश्यकता हो । यसरी मात्र ‘सहकारीको मूल मन्त्र आत्मनिर्भर अर्थतन्त्र’ भन्ने कुरालाई सकार पार्न सकिन्छ र राष्ट्रलाई समृद्ध पाररे नयाा बिकसित उच्चाईमा पुर्‍याउन सहकारीको उपयोग गर्न सकिन्छ । नेपालमा सहकारीको महासम्मेलन हुन लागेको बेलामा यसको उद्भवको इतिहास र यसको आवश्यकता बारे प्रष्ट हुनु जरुरी छ ।



Nick Name     
comment   




कोरियामा बृहत सांगितीक कार्यक्रम २०७६ भव्य रुपमा सम्पन्न


नेपाली सम्पर्क समितिका कोरियाका निवर्तमान अध्यक्ष शाह ठगीमा मुछिन्दै....












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com