प्रकाश सिलवाल

एसएलसी : सुनौलो ढोका कि फलामे ढोका ?
[2014-03-19 오전 12:37:00]

नजिकिएको एसएलसी परीक्षालाई समाजले यति धेरै महत्व दिएको छ कि शिक्षा क्षेत्रका विज्ञ, सरकारी र सरोकारवाला परीक्षाको सम्मुख र परीक्षाफल प्रकाशनपछि हरेक वर्ष यसको चर्चाबाट टाढा रहन सक्दैनन् ।प्राथमिकदेखि उच्चशिक्षाका अन्य तहमा पनि वार्षिक परीक्षा चलिरहेपनि एसएलसी परीक्षाले पाउने चर्चा अन्य परीक्षाको तुलनामा बढी हुनुमा यसलाई सरकार, शिक्षक, अभिभावक र विद्यार्थीले नै हाउगुजीका रुपमा लिनुलाई कारण मानिएको छ । कतिपयले यसलाई सुनौलो ढोका (गोल्डेन गेट) भन्छन् भने कतिपयले फलामे ढोका (आइरन गेट) मान्दै आएका छन् ।

विज्ञहरू भन्छन्, ‘एसएलसीलाई सामान्य र नियमित परीक्षा हो । यसका नाममा विद्यार्थीमा त्रास सिर्जना गर्न आवश्यक छैन ।’ १० वर्षअघि शिक्षाविद् केदारभक्त माथेमाको संयोजकत्वमा गठित अध्ययन कार्यदलले दिएको सुझावअनुसार कक्षा १० बाट मात्रै प्रश्नपत्र सोध्ने प्रक्रिया प्रारम्भ भएपनि परीक्षा र पठनपाठनमा अन्य प्रणालीगत तथा प्राज्ञिक सुधार हुन सकेको छैन ।

यही चैत ६ देखि १४ गतेसम्म सञ्चालन हुने यस वर्षको परीक्षामा पाच लाख ६६ हजार विद्यार्थीले आवेदन फारम भरेका छन् । सुरक्षा र अन्य व्यवस्थापनको तयारी पूरा भइसकेको छ । शिक्षा मन्त्रालयका सचिव नारायणगोपाल मलोगोले परीक्षालाई हाउगुजीको रुपमा मात्र नलिई सामान्य र नियमितरुपमा लिनुपर्ने बताउदै विद्यालय क्षेत्र सुधार कार्यक्रम कार्यान्वयनको क्रममा रहेकाले त्यसको कानुनी व्यवस्थापछि कक्षा १२ को एकीकृत परीक्षा बोर्ड गठन हुने जनाउनुभयो ।

‘एसएलसी परीक्षा अनुत्तीर्ण हुनेलाई साक्षरता अभियान, व्यावसायिक सीपका कार्यक्रममा सहभागी गराएर उनीहरूको सामाजिक महत्वलाई सम्बोधन गर्न सकिन्छ ।’ तथा परीक्षा बोर्डका अध्यक्ष समेत रहनुभएका मलोगोले शिक्षा पत्रकार समूहद्वारा आयोजित ‘एसएलसी सुधारको वहस’ विषयक छलफल कार्यक्रममा मलोगोले भन्नुभयो ।

हाल सहकारी विकास मन्त्रालयका सचिव तथा पूर्व एसएलसी बोर्ड टपर (सर्वात्कृष्ट) किशोर थापाले एसएलसी परीक्षा नेपाली समाजको सम्पदा र सुनौलो ढोका (गोल्डेन गेट) पनि हो भन्न्नुहुन्छ । उहाले विद्यालय र विद्यार्थीको सफलता र असफलताको सूचक यसलाई बनाइएकाले यसको महत्व बढेको बताउनुभयो । तर परीक्षालाई सिकाइ मूल्याङ्कनको सम्पूर्ण नतिजा ठान्ने प्रवृत्तिका कारण यसको व्यवस्थापनमा जटिलता देखिएको बताउनुभयो ।

उहाले परीक्षाको मर्यादामा क्रमिक सुधार भएपनि अनुत्तीर्ण हुने विद्यार्थीलाई समाजमा अघि बढ्ने अन्य बाटा छन् भन्ने कुरा स्थापित गर्न नसक्दा विद्यार्थीमा निराशा समेत उत्पन्न हुने गरेको बताउनुभयो ।

परीक्षा नियन्त्रण कार्यालय, सानोठिमीका परीक्षा नियन्त्रक विष्णु द्धारेले परीक्षालाई हाउगुजीका रुपमा मात्र नदिन आग्रह गर्दै परीक्षालाई सामान्यीकरण र मर्यादित गराउन सबै पक्षको भूमिका हुनुपर्ने बताउनुभयो ।

परीक्षाको तयारीका लागि सबै जिल्लाका प्रहरी कार्यालयमा प्रश्नपत्र र उत्तरपुस्तिका पुर्याइसकिएको बताउदै ३५ बुदे एकीकृत आचारसंहिता जारी गरिएको जानकारी दिनुभयो ।
उहाले प्रश्नपत्रलाई विश्लेषणमुखी बनाउने तथा केदारभक्त माथेमाको संयोजकत्वमा गठित कार्यदलले दिएका कतिपय सुझाव स्रोत साधनको अभावका कारण कार्यान्वयन हुन नसकेको बताउनुभयो । माथेमा कार्यदलका सदस्य तथा परीक्षा विज्ञ डा. दिव्यमान कर्माचार्यले माथेमा कार्यदलका अधिकांश सुझाव कार्यान्वयन हुन नसकेको बताउदै परीक्षामा धेरै विषय समावेश नर्न आग्रह गर्नुभयो ।





Nick Name     
comment   




कोरियामा बृहत सांगितीक कार्यक्रम २०७६ भव्य रुपमा सम्पन्न


नेपाली सम्पर्क समितिका कोरियाका निवर्तमान अध्यक्ष शाह ठगीमा मुछिन्दै....












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com