नरेन्द्रराज प्रसाई

वानीरा गिरीका बुबाआमाको कसरी बिहे भयो ?
[2014-03-10 오전 7:15:00]

वानीरा गिरीका बुबा इन्द्रराज गिरी चौबीस वर्ष पुगेपछि उनको बिहे भयो । इलामका कृष्ण बहादुर सुतार कार्की र नैनकला कार्कीकी चौध वर्षीया छोरी जानुकादेवी कार्कीसाग यिनको लगनगाठो बाधिएको थियो । बिहे गरेपछि यिनको जीवनमा धेरै परिवर्तन पनि आएको थियो । गिरीमा आएको उत्साहले पनि उनको व्यापारले निक्कै सफलता पाएको थियो ।
जानुकादेवी असाध्यै सुन्दरी थिइन् । उनी सधðभरी मीठो बोलीवचनले सबैलाई विमुग्ध पार्थिन् । साथै उनी व्यवहारमा पनि निपूर्ण थिइन्; सांसारिक जीवनपद्धतिसाग उनको गहिरो नाता थियो । उनी जीवन, जगत् र प्रकृतिका बारेमा धेरै चिन्तन गर्ने गर्थिन् । अनि उनी त्यसबारेको सवालजवाफमा पनि निपूर्ण नै देखिन्थिन् ।

इन्द्रराज गिरीको बिहेका बारेमा एउटा रोचक प्रसङ्ग छ।उनी बीस वर्षको उमेरमा नै गाउठाउमा राम्रो व्यापारीका रूपमा कहलाइसकेका थिए।त्यसैले उनी ‘साहूजी’का रूपमा चर्चित थिए ।उनी आफ्ना मन परेका मान्छेहरूलाई ऋण पनि दिन्थे।त्यसै सिलसिलामा कृष्णबहादुर सुतार कार्कीले पनि उनीसाग ऋण लिने गर्थे । गिरीसाग ऋण लिने र कार्कीले तिर्ने प्रक्रिया चलिरहेको थियो तर कार्कीको व्यावहारिक कठिनाइका कारण उनले गिरीसाग लिएको पछिल्लो ऋण भाका अनुरूप तिर्न नसक्ने अवस्थामा पुगेका थिए।उपायहीन अवस्थामा पुगेका कार्की गिरीसमक्ष प्राय: ऋण तिर्ने भाका सार्ने अनुनय मात्रै गर्न थालेका थिए ।

ऋण उठाउने सिलसिलामा गिरी कार्कीको घरमा बराबर जाने गर्थे तर उनले ऋणीलाई प्राय: भेट्न सक्तैनथे । ऋणकै ताकेताका लागि अर्को एकदिन उनी कार्कीका घरमा पुगेका बेला उनले सधझ कार्कीलाई भेट्न सकेनन् । त्यसै बेला उनले कार्कीकी छोरी जानुकादेवीसग यसबारेको कुरा गरे ‘नानी ! तिम्रो बुबाले मसाग धेरै लुकामारी खेलिसके । अब म सहने अवस्थामा रहिना।कि त पढ्केले म तिरोतारो गर्दिना भन्नुपर्‍यो; या त मेरो पैसा तिर्नुपर्‍यो ।

जानुकाले गिरीका कुरा सुनेर नमीठो मानिन् । तर पनि उनले साहू गिरीलाई अत्यन्तै मीठो आतिथ्य सत्कार त दिइन् साथै गिरीका सबै कुरा सुनेर उनले भनेकी पनि थिइन् ‘मेरो बुबा ऋण काड्न भनेर नै पारी गाउमा जानुभएको छ।गिरीको पैसा तिर्नु छ भनेर उहा सध भुटभुटिनुहुन्छ।गिरी भनेको तपाईं नै हुनुहुदो रहेछ।हो त नि ! खाएपछि त तिर्नैपर्छ नि ! मेरो बुबाले तपाईंको पैसा खानुहुन्न, तिर्नुहुन्छ।अहिलेसम्म उहाको थाप्लोमा कसैको ऋण थिएन।

जानुकादेवीको कुरा सुनेर त्यस दिन इन्द्रराज गिरी प्रसन्न भए । एउटी कलकलाउदी, सुकुमारी र मृदुभाषी किशोरीसाग उनको मन पनि बसिसकेको थियो । अनि उनले मनमनै विचार गरे, ‘कार्कीले ऋण त तिर्ने छाटकाट छैन । तर ऋणको बहानामा यो नानीलाई हेर्न म अब दिनदिनै आउनुपर्ला !’ त्यसपछि गिरी दिनदिनै चारपााच घन्टा पैदल हिडेर कार्कीको आगनमा आउन थाले । अनि कार्की पनि गिरीसाग मुख देखाउन गाह्रो मानेर दिनदिनै घरबाहिर जान थाले ।

धेरै दिनसम्म गिरीको प्रवेश कार्कीका घरमा भइरह्यो । जानुकाले गिरीलाई सुमधुर आतिथ्य सत्कार गर्दै विनम्र भावमा फकाई सध फर्काउने गरेको बेहोरा पनि उनले आफ्ना बुबालाई निवेदन गर्ने गर्थिन् । यता जानुकाको मान्छेप्रतिको शिष्टाचारले गिरी फतक्कै गलिसकेका थिए । ‘यी कन्यालाई पाए भने मेरो भाग्य जाग्थ्यो’ भन्ने चिन्तनमा नै गिरीको त्यसपछिका दिनहरू कट्न थाले । त्यसै रीतमा एकदिन गिरीले आधारातसम्म बाटो ढुकेर कार्कीलाई फेला पारे । त्यस बेला कार्कीले पनि ‘बाघका मुखमा परियो’ भन्ने दु:खद् समयको महसुस गरे । कार्कीको निन्याउरो अनुहार हेरेर गिरीले भनेका थिए— ‘हेर कृष्णबहादुर ! तिमीले आत्तिनुपर्दैन । अब तिमीले ऋण तिर्न पनि सकेनौ । तिमीले मेरो पैसा तिर्ने कुरामा मलाई विश्वास पनि रहेन ।’ गिरीका खस्रा कुरा सुनेर कार्कीले नरम स्वरमा बोलेका थिए— ‘म तिर्छु । मैले अहिलेसम्म कसैको कपाली बोकेकै छैना, बुझ्यौ ?’

अनि फेरि गिरी बोलेका थिए— ‘तिमीले ऋण तिर्नुपर्दैन र अब म उठाउन पनि आउादिना । तर तिमीले मेरो एउटा वचन पुरा गरिदिनुपर्छ । म तिमीसाग केही माग्छु । तिमीबाट मेरो माग पुरा हुनेछ भन्ने मैले आशा लिएको छु । अब हामी ऋणी र साहूबाट अलग्गै बस्नुपर्छ । तर तिमीले मेरो मागबमोजिम काम गरिदिनुपर्छ, बुझ्यौ ?’

इन्द्रराज गिरीका कुरा सुनेर कृष्णबहादुर कार्कीको मनमा केही सन्तोषका भाकाहरू सर्न थाले । अनि उनले कौतूहलवश गिरीको मागबारे जान्न चाहे । तर गिरीले आफ्नो माग पुरा हुन्छ भने मात्र आफ्ना कुरा भन्ने निर्णय सुनाए । उनको जिद्दी देखेर कार्की बोलेका थिए— ‘साहूले जे भन्छौ, म त्यही मान्छु । ल बोल !’

इन्द्रराज गिरीले आफ्नो माग राखे— ‘हेर कार्की ! तिम्री छोरीको बिहे भएको पनि छैन । मेरा सारा व्यवहार हेर्ने यस्तै सुकन्या मैले पनि खोज्दै हिडेको छु । मलाई तिम्री छोरी देऊ । तिमीले मेरो ऋण तिर्न पनि सकेनौ र अब तिर्नु पनि पर्दैन । बरु तिमी मलाई कन्यादान गर । त्यसो भएमा तिमीलाई ‘ब्रह्मस्व’ पनि लाग्दैन । तिमीले यी कन्यासाग मेरो बिहे गराइदियौ भने म यिनलाई मेरो सम्पत्तिको मालिकनी बनाउनेछु ।’

गिरीका कुरा सुनेर कार्कीको अनुहारमा एकाएक खुसीका धर्साहरू देखिन थाले । केहीबेर अघिसम्म गिरीलाई देखेर झन्नै मूर्छित भएका कार्की गिरीको प्रस्ताव सुनेपछि बेहोसीबाट बौरिएसरह भए । त्यस घडी उनको अनुहारमा हर्षभाव सीमा थाम्न नसक्ने गरी पोखियो । अनि उनले गिरीसमक्ष भने— ‘ल हजुर ! मेरो ज्वाइासाहेबका रूपमा मैले तिमीलाई स्वीकार गरो । अब मेरी छोरी हजुरकै पत्नी भइन् ।’

त्यस दिनका कार्कीको शब्दले गिरी साह्रै खुसी भए । उनले कार्कीप्रति अति नै श्रद्धापूर्वक नमस्कार पनि गरे ।बिहे गरेपछि इन्द्रराज गिरीको व्यवसाय निक्कै उचालिएको थियो । त्यसपछिको गिरीको लगनले उनी खर्साङमा नै धनी व्यक्तिका रूपमा स्थापित भएका थिए । उनको आर्थिक हैसियत त्यहाका मान्छेको तुलनामा अग्रपङ्क्तिमा नै देखिन्थ्यो । साथै उनको घर पनि त्यहाको समाजमा नामी मानिथ्यो । यसै क्रममा उनले एकजना बेलायतीको घर किनेका थिए । बेलायती नारी उनैलाई घर बेचेर स्वदेश फर्केकी थिइन् । पछि त्यही घरमा जानुकादेवीले आफ्नो खुट्टा घुमाएकी थिइन् । तर त्यस दृश्यले कृष्णबहादुर कार्की झनै गद्गद् थिए ।

इन्द्रराज गिरीले आफ्नी पत्नीलाई उधुम माया गर्थे । उनी आफ्नी पत्नीको मोहमा टमक्कै बाधिएका थिए । वास्तवमा, जानुकादेवी उनले सोचेजस्ती थिइन् । जानुकालाई भित्र्याएपछि उनले घरभित्रको केही विषय पनि हेर्नुपरेन । सबै घरव्यवहार उनकै प्रिय पत्नीबाट राखनधरन र तिरोफारो हुने गथ्र्यो ।

जानुकालाई इन्द्रराज गिरीले राजकुमारीकै ठााटबााटमा राखेका थिए । उनीहरूको दाम्पत्यजीवन अति नै सुन्दर र सुखमय देखिन्थ्यो । उनीहरूको माधुर्ययुक्त जीवनचर्या देखेर गाउलेहरू छक्क नै पर्थे । त्यति मात्र होइन, जानुकादेवीको हैसियत उमेरसागसागै फराकिलो हुन थाल्यो । उनी वादविवाद र छलफलमा पनि कुशल देखिन थालेकी थिइन् । एकातिर उनको राजर्षि ठाटबाट र अर्कोतिर वैयक्तिक सुन्दर आचरणका कारण राजनीतिज्ञहरूको पनि उनीमाथि झुकाव देखिन्थ्यो।त्यसैले त्यहाका दुईजना महिला राजनीतिज्ञहरू मायादेवी क्षत्री र शनी खातीले जानुकादेवी गिरीलाई पनि राजनीतिमा लाग्न अनुरोध गरेका थिए । त्यस बेला काङ्ग्रेस पार्टीले उनलाई अनेक गरेर आफ्नो राजनीतिक पार्टीतिर तान्न नै खोजेको थियो ।

जानुकादेवीको बौद्धिक चेत उच्चस्तरको थियो । उनको वाक्शक्ति पनि माथिल्लो कोटिको थियो । त्यसैले मायादेवी क्षत्री उनीसाग मरिमेटेर लागेकी थिइन् । वास्तवमा क्षत्री पनि जति सुन्दरी थिइन्, उनमा बौद्धिक शक्ति पनि त्यति नै देखिन्थ्यो ।

सांसद मायादेवी क्षत्री र शनी खातीको प्राय: ‘जाइ’ निवास अर्थात् जानुकादेवी र इन्द्रराज गिरीका घरमा अड्डा जम्न थालेको थियो । उनीहरूको दबाबले प्राय: जानुकादेवीलाई रन्थन्याउन थालिसकेको थियो । त्यसैले उनीहरूको हाउभाउलाई इन्द्रराज गिरीले सहन मन गरेनन् । फलस्वरूप उनले ती नारीद्वयलाई घरभित्र नपसाउन अनेक चेष्टा पनि गरे । तर उनले सोझो मुखबाट उनीहरूको आगमनलाई रोक्न भने सकेनन् । अनि एकदिन उनले ती दुवै नारीउपर झर्केर भनेका थिए— ‘ए पढ्के हो ! तिमीहरू जेमा लाग्छौ, लाग । तिमीहरू जे गर्छौ, गर, तर तिमीहरूले मेरी श्रीमतीलाई लिएर हिड्ने काम नगर !’ गिरीका संवाद त्यति बेला उनीहरूले सुनेको नसुनेझð गरेका थिए । अनि उनीहरू त्यहा आउने क्रम पनि रोकिएको थिएन । त्यसैले एकदिन गिरीले उनीहरूको सातो लिएर हाकडाकैले बोलेका थिए— ‘ए पढ्के हो !अब आइन्दा तिमीहरू यस घरमा नटेक । तिमीहरूले यहा आउने काम नै छैन । म मेरी श्रीमतीलाई राजनीतिमा जान दिन्ना ।’

जानुकादेवी सङ्गीतप्रति विशेष झुकाव राख्थिन् । उनको स्वर मीठो थियो । उनी घरमा गीत पनि गाउथिन् । बिहानबेलुका आरती गर्दा पनि उनी प्राय: भजन गाउने गर्थिन् । साथै उनी संस्कृतका धेरै श्लोकहरू पनि पारायण गर्थिन् ।

पूर्वी पहाडको लोकप्रिय बाजा मुर्चुङ्गा जानुकादेवीको प्रिय साङ्गीतिक सामग्री थियो । उनी कुशल साङ्गीतिक पारामा मुर्चुङ्गा बजाएर त्यसमा आफ्नो दक्षता प्रस्तुत गर्न सक्षम थिइन् ।
जानुकादेवी गिरी साह्रै सुन्दरी थिइन् । त्यस बेहोराले पनि इन्द्रराज गिरीको मनमा कताकता घोच्ने गथ्र्यो । त्यतिमात्र होइन, जानुका उनीभन्दा दस वर्षले कान्छी पनि थिइन् । त्यसैले उनले आफ्नी श्रीमतीलाई कहिल्यै एक्लै छोडेनन् । साथै उनले जानुकालाई कसैसाग पनि बाहिर जान पनि दिएका थिएनन् ।



Nick Name     
comment   




कोरियामा बृहत सांगितीक कार्यक्रम २०७६ भव्य रुपमा सम्पन्न


नेपाली सम्पर्क समितिका कोरियाका निवर्तमान अध्यक्ष शाह ठगीमा मुछिन्दै....












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com