मदन गौतम

भरिया कामे मगर सगरमाथा आरोहणमा
[2014-03-01 오전 8:37:00]

भर्जन्म घासतिर मन दिइ धन कमायो
नाम क्यै रहोस पछि भनेर कुवा खनायो
घासी दरिद्री मनको तर बुद्धी कस्तो
मो भानुभक्त धनी भइकन आज यस्तो ।

निर्धन समाजसेवी कामे मगर करिब दुई शताब्दीअघि आदिकवि भानुभक्त आचार्यको पालामा दीनदु:खीको सेवाका लागि उदाएका घासीको उदाहरण बन्नुभएको छ । उहा बेवारिसे बालबालिकाको संरक्षणका लागि राष्ट्र तथा विश्वकै ध्यानाकृष्ट गर्न सगरमाथाको चुचुरोमा पुगेर पहिलो समाजसेवी सगरमाथा आरोही बन्ने अभियानमा हुनुहुन्छ । पदयात्री पर्यटकको भरिया भई काम गर्दै आउनुभएका मगरले आफ्नो परिश्रमको रकम असहाय, अनाथ र बेवारिसे बालबालिकाको लालनपालनमा खर्चिदै आउनुभएको छ ।

काठमाडौको जोरपाटीमा सोलु बालकल्याण अनाथालय संस्था खोलेर त्यस्ता बालबालिकलाई सभ्य नागरिक बनाउने लक्ष्य लिनुभएका मगरले अहिलेसम्म कुनै पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाबाट सहयोग लिनुभएको छैन । )“मेरो कामबाट प्रभावित भएर केही साथीभाइले भने सहयोग गरेका छन्” –उहा भन्नुहुन्छ

गौतम बुद्धको देशमा बालबालिकाको संरक्षण र शिक्षाको समस्या उजागर गर्न तथा उनीहरूप्रति राज्य र समाजको ध्यानाकृष्ट गर्न आफूले सरगरमाथाको अभियान प्रारम्भ गर्न लागेको समाजसेवी मगर बताउनुहुन्छ ।

बालगृह सञ्चालनकै लागि सगरमाथा शिखरमा पुग्ने अभियानमा लाग्नुभएका मगरलाई झन्डै रु ४८ लाख खर्च जुटाउन सरकारका साथै विभिन्न सङ्घसंस्था र नेपालीसग सहयोगको याचना गर्दैआउनुभएको छ । सगरमाथा आरोहणका लागि बुझाउनुपर्ने राजस्व पनि मिनाहाका लागि पहल गर्नुभएको छ । पर्यटन उद्योग महाशाखाका सहसचिव मधुसूदन बुर्लाकोटीले पर्वतारोही मगरबाट हिमाल आरोहणमा आर्थिक सहयोग उपलब्ध गराउन लागि भने निवेदन परेको जानकारी दिनुभयो

सगरमाथा आरोहणबाट बचेको पैसाले आफूले सञ्चालन गरेको अनाथालयलाई अन्तर्राष्ट्रियस्तरको बालगृहका रूपमा विकास गर्ने लक्ष्य लिनुभएका मगरले आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनका लागि विभिन्न जिल्लाको पर्यटकीय सम्भावनाको अध्ययन गर्ने, स्थानीय कला संस्कृति, भाषा र लिपिबारे विश्व समुदायलाई जानकारी गराउने र पदयात्राका लागि सहयोग पुर्‍याउने नेपाली कामदारको मृत्यु भएमा तिनका बालबालिकालाई शिक्षा र पालन पोषणको व्यवस्था मिलाउने अठोट लिनुभएको छ ।

यही फागुनको तेस्रो साता काठमाडौबाट पैदल यात्राबाटै धुलिखेल, रामेछाप, सिन्धुली, उदयपुर ओखलढुङ्गा, सोलुखुम्बु हुदै आगामी वैशाख महिनाको अन्त्यतिर सगरमाथा आरोहण गर्ने योजनामा हुनुहुन्छ । सगरमाथाको सफल आरोहणपछि आरोही मगर पुन: पैदल मार्गबाट नै खोटाङ, भोजपुर सङ्खुवासभा, ताप्लेजुङ, पाचथर इलाम, झापा, धनुषा, रूपन्देही, रुकुम, बाग्लुङ, कास्की, तनहु, धादिङ हुदै काठमाडौ फर्किने योजनामा हुनुहुन्छ ।

आफूसग रु १२ लाख रहेको तथा सभासद् बलबहादुर केसीबाट रु एक लाख र पाल्पा मेनपावर कम्पनीका जर्दा मगरबाट करिब रु चार लाख बराबरको अक्सिजन र नेपाल पर्वतारोहण महासङ्घका नवनिर्वाचित अध्यक्ष आङछिरिङ शेर्पाबाट कार्गाका लागि रु चार लाख बराबरको हवाई सुविधा उपलब्ध गराउने आश्वासन पाउनुभएका बाकी रकम उपलब्ध नभए ऋण काढेरै भएपनि गन्तव्यमा पुग्ने अठोट लिनुभएको छ ।

महासङ्घमा कार्यसमिति परिवर्तनको समयमा पुरानो कार्यसमितिले निर्णय गर्न नभ्याएकाले यस विषयमा नया कार्यसमितिले पहल गर्ने निवर्तमान महासचिव ठाकुर पाण्डे विश्वास व्यक्त गर्नुहुन्छ ।

विसं २०६३ मा पदयात्रीको भरियाका रूपमा रुकुमको यात्रा गर्दा एउटा बच्चाको दु:खद अवस्था देखेर चिन्तित हुनुभएका मगरले फेरि त्यसको तीन वर्षपछि ती बच्चाको उद्धार गरेर आफ्नै बच्चा झौ पाल्नुभएको थियो । पछि त्यस्तै टुहुरा बालबालिकालाई संरक्षण दिने क्रममा उहााले सो अनाथालय खोल्नुभएको हो । उक्त अनाथालयमा अहिले विभिन्न जिल्लाका २० अनाथ बालबालिका आश्रित छन् ।

पदयात्रीको भरियाकै भरमा आफ्नो परिवारका साथै अनाथालय समेत सञ्चालन गर्दै आउनुभएका मगरलाई नौ वर्षअघि रक्त क्यान्सरले थलाएको थियो ।

बौद्धस्थित स्तुपा अस्पतालबाट मेडिकल कलेज हुदै उपचारार्थ ललितपुरको ग्वार्कोस्थित बिएन्डबी अस्पताल पुग्दा रु पाच लाखसम्म खर्च भयो । त्यहाका चिकित्सकले आफन्तलाई उनको आयु अब १२ घन्टा मात्रै हुने भन्ने खबर सुनाएकाले आफन्त कात्रो किन्नका लागि समेत तयार भइसकेको दु:खद कथा सुनाउनुहुन्छ ।

धु्रव केसी नामका एक दाताबाट बाकी खर्चको जोहो भएपछि उपचार सुरु भयो । उपचारपछि चिकित्सकले ढाडस दिएकाले हिमाल चुम्ने साहस पलाएको हो ।





Nick Name     
comment   




कोरियामा बृहत सांगितीक कार्यक्रम २०७६ भव्य रुपमा सम्पन्न


नेपाली सम्पर्क समितिका कोरियाका निवर्तमान अध्यक्ष शाह ठगीमा मुछिन्दै....












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com