शशीशेखर घिमिरे

भ्यालेन्टाईन डे
[2014-02-15 오전 1:31:00]

फ्रेवअरी १४ । यो दिनलाई प्रणय दिवस अर्थात भ्यालेन्टाईन डेको रुपमा संसारभर मनाउने चलन चलि आएको छ । पश्चिमा मुलुकमा एकअर्काप्रति जुनसुकै उमेर र सम्वन्धका वीच एकले अर्कोप्रति माया र सद्भाव दर्शाएर यो दिवस मनाउने गरिए पनि पछिल्ला दिनमा अवस्था त्यस्तो रहेन नेपालमा । दिवसका दिन देखिने दृश्यहरुले मानौ यो अव युवायुवतीको मात्र विशेष पर्व हो । दिवसकै उत्पति सम्वन्धमा प्रवेश गर्ने हो भने रोमन साम्राज्यको समयमा भ्यालेन्टाईन नाम गरेका एक पादरीले राजाको उर्दीलाई वेवास्ता गर्दै युवायुवतीलाई प्रेम प्रस्ताव गर्न उक्साएको र सामूहिक विवाह समेत गराएको विरुद्ध तत्कालीन शासकले उनि विरुद्ध मृत्युदण्ड दिएको थियो ।

हो, यहि दिन देखि शुरु भएको यो दिवस विस्तारै केहि वर्ष अघि देखि नेपालमा झागिंदै आएको छ । प्रेमका सम्वन्धमा रोचक र प्रेरक प्रसंगवाट थालनी भएको यो दिवसको गरिमा आज विस्तारै परिवर्तन हुदै गएको आभाष हुदै गएको छ । पश्चिमा मुलुकमा यसको सान्द्रर्भीक्ता जेजस्तो भएपनि नेपालमा भने यो दिन राजधानी लगायतका शहरमा देखिने यु्वायुवतीहरुको वहुरंगि रुपले,शैलीले अनि गतिवीधिले मानौ यो दिवस युवायुवतीलाई जेसुकै गर्न छुट भएको दिन हो भनेर भनिएको हो । प्रेम दिवसको नाममा दिवस विकृतीतिर उन्मुख देखिन्छ । हुन त पश्चिमा संस्कृतिको प्रभाव क्रमश: आयातीत भइरहेको सन्र्दभमा भ्यालेन्टाईन डे मात्र यसवाट पर रहने कुरै भएन् । राम्रो चीजको सिको गर्नु नराम्रो हैन तर त्यसको महत्वलाई भुलेर उच्श्रृखंल गतिवीधिमा रमाउनु भने पक्कै राम्रो नभएको मानवशास्त्रीहरुको वुझाई छ ।

वाईट भ्यालेन्टाईनको नाममा युवायुवतीले शहर,वजार,पार्क आदी स्थानमा देखाउने अशोभनीय गतिवीधिले समाजलाई परसंस्कृतिको लगाममा वाधिएकै छ संगै यसको नाममा हुदै जाने गलत गतिवीधिले अवस्था विकराल वन्दै गएको छ । आफूलाई मनपर्ने व्यक्तिसामू प्रेम प्रस्ताव राख्ने छूट नभएको हैन् । तर दिवसको अवसरमा यसको गलत प्रयोग गर्नुभने पक्कै पनि हानीकारक छ । दिवसको अवसरमा एकअर्काप्रति गरिने व्यवहार सौर्हादपूर्ण हुनुपर्छ ।

दिवसको नाममा एकदिन अरुलाई देखाउनको लागी एकअर्काको अंगालोमा वाधिनु भन्दा पनि सच्चा प्रेमको उदाहरण दिएर दिवसको महत्व सार्थक हुने देखिन्छ । प्रेम दिवसको दिन जसरी गुलाफ दिएर एकअर्काले प्रेम अभिव्यक्ति दिने चलन छ,हो त्यहि गुलाफको रंग झै गाढा,वास्न झै मगमगाउदो अनि पत्र झै फरफराउने हनुपर्छ माया । अनि मात्र प्रेमक दिवसको सार्थकताले महत्व पाउने देखिन्छ । अन्यथा आज गरे को प्रेम भोली नै आईलाउन सक्छ । त्यस्तो प्रेमको के महत्व ?

भ्यालेन्टाइन नामका एक पादरीले राजाको निर्देशनको अवज्ञा गर्दै युवायुवतीहरुलाई प्रेमका लागि उत्प्रेरित गरेको र सामुहिक विवाह समेत गराएको अभियोगमा सासकहरुले मृत्युदण्ड दिएपछि उनै भ्यालेन्टाइनको सम्झनामा हरेक वर्ष फेब्रुअरी १४ मा दिवस मनाउने गरिएको हो । प्रणय दिवसको अवसरमा आज प्रेमजोडीहरुले विभिन्न उपहार आदान प्रदान गरी माया साटासाट गर्ने चलन छ । त्यस्तै आफुलाई मन परेको व्यक्तिसामु प्रेम प्रस्ताव राख्ने दिनको रुपमा पनि भ्यालेन्टाइन डे लाई युवायुवतीले उपयोग गर्ने गर्छन् । भ्यालेन्टाइन डे को अवसरमा आज काठमाण्डु लगायत विभिन्न सहरमा विभिन्न कार्यक्रम समेत आयोजना गरिन्छ । सार्वजनिक पार्क तथा उद्यानहरु आज प्रेमजोडीले भरिभराउ हुन्छन् । नेपालमा पछिल्लो समय प्रणय दिवस मनाउने चलन निकै बढेर गएको छ । यो दिन लाखौँका गुलाबका फूल तथा उपहारको व्यापार हुने गरेको व्यापारीहरु बताउँछन् ।

प्रेम दिवस, हातमा गुलाफको फूल, प्रेम निवेदन र मोजमस्तीसँगै घुमफिरको दिन। यो दिन युवाहरूको प्रिय चाड नै भैसकेको छ। यो दिन आउनुअघि नै युवाहरू प्रेमको रङ्गमा रंगिएका हुन्छन्। महिना पहिलेदेखि यसको तयारीमा जुटेका हुन्छन्। ठूलाबडालाई प्रेम दिवस जति नै असहज किन नलागोस् युवामनका निम्ति यो आत्मीय चाड हो।

१४ फरवरीलाई विभिन्न देशमा रोमान्स र मायाको पर्वका रूपमा मनाइन्छ। क्याथोलिक र रोमनहरूको यो चाड आज संसारभरिका युवाका लागि मनपर्ने चाडका रूपमा प्रख्यात भैसकेको छ। यो चाडको प्रारम्भ कसरी भयो रु भन्ने विषयमा भिन्दाभिन्दै धारणा छ। हजारौं वर्षअघि रोमका राजा क्लोडियसले आफ्नो देशमा कुनै पनि सैनिकले विवाह नगरून् भन्ने उर्दी जारी गरेका थिए। राजाको सोच थियो९ सेना विवाहको झन्झटमा फसे भने युद्ध गर्न सक्दैनन्। भ्यालेन्टाइन पादरी थिए, उनले राजाको आज्ञाविरुद्ध धेरैको विवाह गराए, फलस्वरूप राजाले उनलाई फाँसी दिए। १४ फरवरीका दिन नै भ्यालेन्टाइनलाई फाँसी दिइएको थियो र त्यही दिन उनले जेलरकी छोरीलाई प्रेम सन्देश पठाएका थिए। त्यस दिनदेखि यो दिवस सेन्ट भ्यालेन्टाइन डे का रूपमा विख्यात भयो।

पश्चिमी सभ्यताको यो चाडले बिस्तारै हाम्रो देशमा पनि प्रवेश गर्यो र प्रचलित भयो। यो दिन युवाहरूको चाहना र माया व्यक्त गर्ने दिनका रूपमा प्रख्यात छ। आजका युवाहरूले जुन भावले पश्चिमी सभ्यता र फेसनलाई स्वीकार गरेका छन् त्यसैगरी मदर्स डे, फादर्स डे, फ्रेन्डसिप डे, भ्यालेन्टाइन डे पनि सहज रूपमा स्वीकार्य भएका छन्। आज हाम्रा पुराना मान्यता, संस्कार र परम्परा खण्डित भैरहेका छन्। आधुनिकता र देखावटीपनको चकचकी बढ्दो छ। प्रदर्शन गर्ने होड नै चलेको छ। गर्लफ्रेन्डु र ब्वाइ फ्रेण्ड बनाउने त फेसन नै चलेको छ।

समयको विकाससँगै भ्यालेन्टाइन डे मनाउने परम्परामा पनि भिन्नता देखा परिरहेको छ। पहिले९पहिले आफ्नो भाव व्यक्त गर्ने दिन यही हुन्थ्यो। १९ औं शताब्दीमा प्रेमपत्रद्वारा प्रेमी९प्रेमिकाहरू आ९आफ्ना भाव व्यक्त गर्थे, पछि १९६० को बेला रातो गुलाफ र फूलका गुच्छाको चलन आयो। १९८० देखि डायमन्ड कम्पनीहरूले विभिन्न डिजाइनमा गहना डिजाइन गरी त्यसको भव्य प्रचार(प्रसार गर्न थाले।

धेरैजसोले कार्ड, खेलौना मुटु आकारका खेलौना, चकलेट, पर्फ्युम, मग तथा फूल उपहार दिन मन पराउँछन्। यो दिन गुलाफको फूल नै किन दिइन्छ भने गुलाफको फूल मायाको प्रतीक हो। संसारको सबैभन्दा सुन्दर फूल गुलाफ हो जसले केवल प्रेमको भाषा बोल्छ।



Nick Name     
comment   




कोरियामा बृहत सांगितीक कार्यक्रम २०७६ भव्य रुपमा सम्पन्न


नेपाली सम्पर्क समितिका कोरियाका निवर्तमान अध्यक्ष शाह ठगीमा मुछिन्दै....












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com