शशीशेखर घिमिरे

मौलाउदो छ,वैदेशिक रोजगार विभागमा विकृती
[2014-02-12]

वैदेशिक रोजगारको लागी विदेशीन चाहने श्रमिकहरुको अवस्था सहज नभएको खवर वारम्वार आउने गरेको छ । श्रम विभागवाट दिईने अन्तिम श्रम स्वीकृतीका लागी एकाविहानै लाईनमा वस्न वाध्य युवाहरुले विभागभित्रका कर्मचारीहरुको लापरवार्ही र मौकामा चौका हान्न पल्केका दलालहरुको वढ्दो दादागीरिका कारण वैदेशिक रोजगार जटिल वन्दै गएको छ । विभागभत्रको वातावरण श्रमिक अनुकुल नभएको घटना यस अघि पनि पटक पटक आएका छन्।कारणत: अनाहकमा थुप्रै नेपालीहरुले व्यर्थमा दुख व्र्योहदै आएका छन।अन्तिम श्रम स्वीकृतको लागी विदेशीन वाध्यहरुको अवस्थामा गंम्भीर हुन नसकेको सरकार औपचारक्तिा निभाउन मै व्यस्त छ ।

सरकारको यहि लाचारीले विदेशीन चाहने थुप्रै नेपालीहरुलाई विविशताको जन्जीरले वाधेको छ । अन्तिम श्रम स्वीकृतीका लागी विहान सवेरै देखि लाईनमा वस्न वाध्य भएकाहरुले खेप्दै आएको सास्तीको वारेमा न सरोकारवालाहरुले ध्यान दिएका छन न यस मातहतका व्यक्तिहरुले नै । विहान चार वजे लाईनमा वसेको व्यक्तिको दिउसो १२ वजे सम्म पनि काम हुनसक्दैन । हो,यस्तै छ अन्तिम श्रम स्वीकृतका लागी वैदेशिक रोजगार विभागमा आउने हजारौ व्यक्तिहरुको अवस्था।

समस्या समाधान गर्ने भन्दै सरकार केहि नियम वनाउछ तर त्यो नियमलाई धज्जी उडाईदिन्छन कर्मचारीहरु र दलालहरु । विभागमा वढ्दो समस्याका वारेमा जानकारी लिन सभासद्हरु पनि वैदेशिक रोजगार विभाग पुगे केहि दिन अघि । पहिलो पटक विभागको सेवालाई सजिलो र प्रभावकारी वनाउन त्यहा पाईला राखेका सभासदहरुले विभागको सेवा प्रभावकारी वनाउन आग्रह गरे । सभासदहरुले संंसदमा विषय उठाउने वताए । अनि सरकारको पनि ध्यानाकर्षण गर्ने वताए । सभासदहरुले यथाशक्यचाडो विभागको कार्यालय सार्नुपर्ने ,रकम तिर्ने व्यवस्था वैकवाट गराउनुपर्ने लगायतको काम गर्न विभागलाई उर्दि जारी गरिरहदा यता सेवाग्राहीहरु भने विभागको काममा सुधार ल्याएर देखाउन पर्ने भनिरहेका थिए । विभागभित्रको अस्तव्यस्ततालाई सहज वनाउने ध्येयले सुझाव दिन हालै गठित कार्यदलले दिएको सुझाव अझै पनि कार्यान्वयनमा आउन सकेको छैन् ।

अहिल्यसम्म अन्तिम श्रम स्वीकृतिका लागी विभागले साउदी अरव,कतार,मलेसियाको अन्तिम श्रम स्वीकृती दिन छुटाछुटै डेस्क स्थापना वाहेक अरु कुनै किसीमको सुधार हुननसकेको सेवाग्राहीको गुनासो रहेको छ । त्यसैगरि विभागमा भ्रष्टाचार र विकृती मौलाउदा समेत त्यसलाई रोक्न सम्वन्धीत अधिकारीहरु चुकेको सेवाग्राही वताउछन् । आखिर कहिल्य सम्म यस खाले विकृतिले विभागभित्रका कर्मचारीहरुको आडमा चुल्ठेमुन्र्दे दलालहरुले आफनै दाजुभाईलाई चुसिरहने ? अनि कहिल्यसम्म सभ्य पोशाकमा सरकारी काममा कार्यरत कर्मचारीहरुले विदेशिन वाध्य नेपाली दाजुभाईको रकममा तर मारीरहने ? के यस्ता खाले विकृतीको अन्तय हुदै नहुने हो ? सरकारले विषेश कदम चाल्न ढिला नगर्ने हो भने अझै कैयौ दाजुभाई स्वेदशमै लुटिरहने पक्का छ । चेतना भया ......।।।





Nick Name     
comment   




कोरियामा बृहत सांगितीक कार्यक्रम २०७६ भव्य रुपमा सम्पन्न


नेपाली सम्पर्क समितिका कोरियाका निवर्तमान अध्यक्ष शाह ठगीमा मुछिन्दै....












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com