लोकनारायण सुवेदी

सत्ता सर्बोपरी रहुञ्जेल संबिधान बन्नेमा साधै सन्देह
[2014-02-11 오후 11:46:00]

सत्ताको सेरोफेरोमा रहेका देशका राजनीतिक दलहरुका शीर्ष स्थालनका नेता मण्डलीले बाहिर बाहिर जतिसुकै आदर्शका गफ गरिटोपले पनिसंविधान सभावाट संविधान निर्माणको कुराभन्दा सर्बोपरी सत्ताकै माथापच्ची र लेनदेनको कुरा रहेको यतिबेला प्रष्ट भइसकेको र भइरहेको छ । वास्तवमा संविधान सभाको दोश्रो निर्वाचन पछिको तीन महिनाको जुन समय ब्यतित भइरहेको छ त्यसको पछाडिको कारण नै यही सत्ता समीकरण मिलिनसकेको यथार्थ हो । संबिधान निर्माण एक मात्र धेय र कथित ‘अर्जुन दृष्टि’को सर्बोच्च बिषय भन्ने गुड्डी हाके पनि वास्तवमा सरकारको कुर्सीको कसाकस नै अर्जुन दृष्टिमा परेको यथार्थ जतिसुकै ढाकछोप गर्न खोजे पनि दिनदिनै उजागर भइरहेको छ । संयुक्त सरकारको धेरै किसिमका गठजोड बनाइसकेकै दलहरु सत्ता साझेदारीमा फेरि पनि रहने कुरा सर्बबिदित कुरा नै हो ।

तर मन्त्रालयको बाडफाड नै अहिलेको टाउको दु:खाईको बिषय बनेको छ । हरेक दलभित्र संसदीय दलको निर्वाचनलाई समेत यो सत्ता समीकरणको प्रश्नले प्रभाव पारेको प्रष्ट देखिएको छ । यसले जुन जुन दल मिलेर सरकार बनाउने कार्यक्रमको घोषणा गरे पनि संसदीय दलको निर्वाचनयता दलभित्रको बिभाजन र समीकरणले समेत अब बन्ने सरकारको आयु निर्धारण हुने स्थिति अहिलेनै देखिसकिएको छ । त्यस स्थितिले संविधान सभावाट संविधान निर्माण गर्ने प्रश्नलाई पनि प्रत्यक्ष परोक्ष प्रभाव पार्ने कुरा स्वत: सिद्ध छ । साझा सरकार बनाएर जादा संविधान निर्माण सहज हुने र त्यस्तो सरकार बनाउनका लागि नेपाली काग्रेस र एमाले लगायतका दलहरु मिल्न पर्ने कुरा सहज लाग्ने जस्तो देखिए पनि जुन किसिमको कसाकसी संविधान सभाको निर्वाचनमा पहिलो र दोश्रो बनेका दलहरुका बीच चलिरहेको छ त्यसले सापेक्ष राजनीतिक स्थिरता देला र संविधान निर्माणको कार्यले सहजता पाउला भन्ने कुरा नै सन्देहको घेरामा परेको छ।

वास्तवमा सतह र भित्री तहमा जे जस्ता किसिमका कुटील चालबाजीहरु प्रमुख दलहरुभित्र र अन्तरदलीय रुपमा चलिरहेको देखिदैछ त्यसले स्थितिलाई अझ जटील बनाएको छ र संविधान सभावाट फेरि पनि नियत समयमासंविधान आउन सक्ने सम्भवना टर्दै गएको छ । एक त दलहरुले कुनै सार्थक संविधान संविधान सभावाट बनाउन सक्ने बिश्वास नै जनताले गर्न सकेका छन् न दलहरुले त्यस्तो बिश्वास गर्न सक्ने आधार नै प्रदान गरेका छन् । बरु स्थितिलाई अझै पनि कुइराको काग बनाएर नै दलहरु चलिरहेका छन् । यद्यपि यही २०७० माघ २७ गते ब्यवस्थापिका/संसदले प्रधानमन्त्रीको निर्वाचन गर्ने कुरा निश्चित भइसकेको छ ।तर प्रधानमन्त्रीको चयनले मात्र अहिले ब्याप्त भइरहेको गतिरोधलाई समाप्त पार्न सक्ने पनि देखिदैन । किनभने देश बिकराल समस्याहरुले आक्रान्त र जटील बनिसकेको छ बस्तुत: कटु यथार्थ के हो भने यतिबेला देश बैचारिक, संगठनात्मक तथा सास्कृतिक सबै किसिमले नराम्रोसाग बिचलनबाट गुज्रिरहेको छ। आज बेथिति, बिसंगति र भद्रगोल नै संक्रमण कालको पर्याय बनेको छ । जबकि संक्रमण काल जनता र राष्ट्रका निमत्ति अहोरात्र खटेर काम गर्ने र एउटा सार्थक र अग्रगामी संविधान दिने ऐतिहासिक महत्वको सयम बन्नु पर्दथ्यो । त्यसो नभएर यो कालखण्ड सत्ताको लुछाचुडीको कालमा परिणत भएर गएको छ ।

गणतन्त्रात्मक लोकतन्त्र जनता प्रधान बनाउने र उनीहरुको हक हितका निमित्त परिचालन गरिनु पर्ने राजनीतिक परिपाटी हो । तर यहाा नेता प्रधान छन्, तिनका गुटहरु प्रधान छन.् यस्तो संकीर्ण होडवाजीलाई लोकतन्त्रको स्वाभावक सास्कृति र मूल्य भन्ने ब्याख्या गरिन थालेको छ र त्यसैलाई जीवन्त पार्टी भित्रको कृयाशीलताको रुपमा अथ्र्याउने गरिएको छ । त्यसले गर्दा यहाा असल परम्परा र सास्कृति तथा राष्ट्रियताको मूल आधार र आवश्यक तत्व नै हराएको वा ओझेल परेको छ । एकातिर देशका आर्थिक जर्जरताले गर्दा लाखौ लाख उर्जाशील यूवाहरु बिदेशिन बाध्य छन् । सबैभन्दा बढी उर्जाशील यूवा जनसंख्या भएको मुलुकलाई प्रगतिको निमित्त क्षमताबान बातावरण भएको मानिन्छ तर हामीकहा भने यूवाहरुका लागि लेकतन्त्र यसरी भोकतन्त्र बनेको छ भने देशको राजनीति अत्यन्तै परमुखी बनेर घस्रिरहेको छ। दल र नेताहरुको धरातल नै सन्देहको घेरामा छ।

निश्चय पनि यो असफल नेतृत्वकै परिणति हो र संकटको ब्यवास्थापन गर्ने सुस्पष्ट नीति, जनता र देशप्रतिको निष्ठा, समर्पण र त्यागको सर्बथा अभावको स्थिति हो । फलत नेतृत्व संकट समाधानको संयोजक बन्न सकिरहेको छैन । बन्न सक्ने बिश्वास पनि जनतामा छैन । बिगत ७ बर्षयताको राजनीतिक दुराबस्थाले यो कुरा प्रष्ट पारिसकेको छ । दूरगामी राष्ट्रिय स्वार्थ र जनताको हितलाई देख्न नसक्ने या देख्न नचाहने नेतृत्व जतिसुकै सफल जस्तो र हर्ताकर्ता जस्तो देखिए पनि त्यसले ल्याउने परिणाम अन्तत: नकारात्मक नै हुन्छ । त्यसले गणतन्त्रात्मक लोकतन्त्र जुन सामन्तबाद र उपनिवेशबाद तथा नब उपनिवेशबादका बिरुद्ध खडा भएको र हुनुपर्ने ब्यवस्था हो त्यसो नभएर तिनकै गलत मूल्य मान्यताका पछि पछि दौडने गलत पद्धतिको मात्र बिकास गर्दछ । अहिलको हाम्रो राजनीतिको समस्याको जड नै यही हो ।

महान नेपाली जनताको आन्दोलनले अंगीकार गरेको र दिशाबोध गरेको बाटोबाट बिचलित हुादा प्रत्युत्पन्न भएको यो स्थितिलाई सच्याएर जाने बाटो अख्तियार गरिएन भने जुन अराजकता, असुरक्षा अनियन्त्रित राजनीतिक स्थिति बिकसित हुदै जाने खतरा छ त्यसबाट जोगिन सकिने छैन । राजनीतिक, आर्थिक, सामजिक तथा सास्कृतिक सबै किसिमले बिकराल र भयावह समस्याको भुावरीमा देशलाई धकेले पछि त्यसलाई संविधानको एउटा निर्जीव किताव दिएर मात्र समाधान गर्न सकिने स्थिति बन्दैन ।

त्यसैले समय धेरै नघर्किदै नेतृत्वमा यो चेत आएन भने देश र जनताले फेरि पनि ‘तावाबाट उम्किएर भुाग्रोमा’ परेको अनुभव गर्ने र कष्टप्रद स्थितिलाई सकीनसकी ब्यहोर्नु पर्ने बाहेक अरु केही हुादैन । यस्तो अबस्थाले राष्ट्रिय स्वाधीनता र स्वाभीमान पनि गम्भीर खतारामा पुग्दछ । हाम्रै देशको इतिहासले पनि हामीलाई पटक पटक यस्तो दुराबस्था हुने संकेत दिदै आएको छ भने बिश्वका कयौ सम्पन्न र बिपन्न देशहरुको बिग्रिएको इतिहासले पनि यो कटु यथार्थको पीडा दर्शाएको र अहिले पनि दर्शाइरहेको छ। हामीले तुलनात्मकरुपमा पिछडिर्एको सुडानको पछिल्लो स्थितिलाई उदाहरणकोरुपमा लिन सक्छौ भने सुशिक्षित र सम्पन्न मानिएको र क्रोट्स, सर्ब र मुस्लिम परस्परमा मिलेर बसेको र सामाजिक बन्धनमा पनि बाधिएको उदाहरणीय यूगोस्लाभियाली समाज जातिय बिखराबको गलत बाटोमा धकेलिदा आज कुन दुर्दशा र काटामारको स्थितिमा पुगेर छिन्नभिन्न भएको छ त्यसलाई पनि हेर्न सक्छौ ।

अनर्थकारी आपसी मनमुटाव र बाह्य शक्तिको दुष्चक्रमा मुलुक धकेलिएपछि सम्हालिन कत्ति कठिन हुन्छ भन्ने कुरा बेलैमा बुझ्ने बुद्धि पलाए मात्र पनि अरु दु:ख कष्टलाई बिर्सेर नेपाली जनता र देशले राहतको अनुभव गर्ने थिए । तर सत्ता किचलोमा चुर्लम्म डुवेको बर्तमान नेतृत्वमण्डलीले आफुलाई जन आन्दोलनको मूल मर्म र भावनाको मूलबाटोमा हिडाउन तयार होला त आज ठूलो प्रश्न खडा भएको छ ।



Nick Name     
comment   




कोरियामा बृहत सांगितीक कार्यक्रम २०७६ भव्य रुपमा सम्पन्न


नेपाली सम्पर्क समितिका कोरियाका निवर्तमान अध्यक्ष शाह ठगीमा मुछिन्दै....












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com