निश्चल काउचा

सगरमाथा र बुद्ध कोरियाली सामु चिनाउने किम
[2014-02-11 오후 11:41:00]

मलाई थाहा छ !
हजुरबुवा हजुरआमाले तिमीलाई सरगमाथा भनि बोलाएको !
के तिमीलाई थाहा छ !
हजुरबुवा हजुरआमाले सगरमाथा भनि बोलाएको !
एभरेष्ट त आयातित नाम न हो !
हजुरबुवा हजुरआमाको सगरमाथा कसरी बदलिन सक्छ र ?

माथिको यी कविताकको स्लोकहरू कुनै नेपाली कविको नभै कोरियन कवि तथा पत्रकार किम ह्योङ ह्योको हो । उनले यो कविता सगरमाथा बेस क्याम्प जादा लेखेको सुनाउछन । सन २००४ देखि नेपाल जान थाल्नु भएका किमले ''नेपाल कोरियन कल्चर सेन्टर'' नामक संस्था खोलेर नेपाली चित्रकारहरूको चित्र कला कोरियामा र कोरियन चित्रकारहरूको चित्रकला नेपालमा प्रदशन गर्ने चाजोपाजो मिलाई दिईसकेका छन ।

स्थाई घर ख्वाङ्जु छलनादो भए पनि हाल आफ्नी जीवन् संगिनी नेपाली चेली मञ्जु गुरुङसँग सुवनमा बस्दै आएकाछन । उसो त उनलाई कोरिया भन्दा नेपालमा बस्ने इच्छा रहेको र कोरियामा आफ्नो श्रीमतीले करले बसेको सुनाउछन । नेपालको बिभिन्न भागको भ्रमण गरि सकेका किम साहित्य यात्राको क्रममा बिराटनगर देखि पोखरा , आदिकवि भानुभक्त आचार्यको जन्म स्थल चुँदी रम्घा ,पोखरा हुँदै अन्नपुर्ण पद यात्राको यात्रा गरि सकेका छन् । गौतम बुद्धको
जन्म स्थल लुम्बिनी यात्रा गर्दा आश्चर्य चकित भएको अनुभव सुनाए किनकी उनले कोरिया हुँदा गौतम बुद्धको जन्म भारतमा भएको थियो भनेर पदेका थिए ।

उनले वास्तविकता थाहा पाए पछि गौतम बुद्धको जन्म भारतमा होईन नेपालमा भएको हो भनेर कोरियन न्युज पेपर ई-सुवन र ओ माई न्युजमा लेखेर कोरियालीहरू सामु वास्तविकताको प्रकाश छर्ने काम गरेका थिए । स्मरण रहोस हाल कोरियन सरकारली गौतम बुद्धको जन्म स्थल नेपाल हो भनेर आफ्नो पाठयपुस्तकमा सच्चाई सकेको छ ।

महाकवि लक्ष्मी प्रसाद देवकोटाको कविता यात्री , बन लगायत कवि मञ्जुल देखि कवियत्री प्रगति राईका कविताहरू पनि कोरियन भाषामा अनुबाद गरि सकेका छन् । उनले कोरियन र रसियन भाषामा कविता संग्रह , अन्नपुर्ण यात्रा संस्मरण र''मुना मदनको आकाश'' नामक कृति कोरियन , नेपाली, अंग्रेजी भाषामा निकाली सकेका छन भने प्रकाशोन्मोख कृतिहरुमा ''बाटोको मान्छे'' बालकथा नेपाली भाषामा र ''आकाशको गीत''कविता संग्रह निस्कने तयारीमा रहेको बताउछन ।

नेपाली खाना सेलरोटी भने पछी हुरुक्क हुन्छन । उनले नेपाली गीत रेशम फिरिरी , मेरो प्यारो ओखलदुङ्गा र फुलको आखामा मजाले गाउन सक्छन । अभिनयमा पनि बिशेष अभिरुची राख्ने उनको समाज सेवामा पनि उत्तिकै लगाव रहेको छ ।

नेपाली चेलीहरूले कोरियन नागरिकसँग विवाह गरेर दु:ख पाउने गरेको कुरा सुनाउदा कोरियाको लाईफ स्टाईल अलि कठिन र एडभान्स रहेको भाषा र कल्चरको समस्याले गर्दा समस्या उत्पन्न भएको अनुभव सुनाए र कोरियन नागरिकसँग विवाह गरेर आउन लागेका चेलीहरूलाई भाषा सिकेर र कल्चरको बारेमा बुझेर आएमा समस्या नहुने बताउछन ।

नेपाली कला, सस्कृति कोरियाली सामु चिनाउने उदेश्यले ''सि-साराङ '' नामक ब्लग पनि संचालन गरि राखेका छन । सधैं हसिला रसिला देखिने किम नेपालीको नीम्ति आँखाको नानी हुन । उनको ''सगरमाथा'' शिर्षकको कविता जस्तै उनी हाम्रो सामु अजम्बरी हुनेछन ।

कविताको बाँकी अंशबाट बिट मारौ:
एभरेष्टको परिचय त क्षणिक न हो
तर सगरमाथा तिमी त अजम्बरी सगरमाथा !
हाम्रो मनभरि चुलिएको
हाम्रो गौरवशाली सगरमाथा !



Nick Name     
comment   




कोरियामा बृहत सांगितीक कार्यक्रम २०७६ भव्य रुपमा सम्पन्न


नेपाली सम्पर्क समितिका कोरियाका निवर्तमान अध्यक्ष शाह ठगीमा मुछिन्दै....












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com