प्रकाश सिलवाल

सती हुन नपर्नेहरूमा समर्पित चलचित्र झोला
[2014-02-07 오전 12:54:00]

लोग्नेको चितासागै सति जाने क्रममा जिउदै जलाइदै गर्दा त्यहाबाट भागेर बाच्न सक्नु विसं १९७७ भन्दा अगाडिको समयका महिलाका लागि निकै कठिन र असामाजिक कार्य मानिन्थ्यो । बेथितीका रूपमा रहेका सतीप्रथा र त्यससाग जोडिएका विभेदलाई आजको समाजले बोध गर्ने गरी ‘झोला’ शीर्षकको कथामा उतारेर एक दशकअघि कृष्ण धराबासीले साहित्यिक कृति दिदा नै यसले चर्चा पाइसकेको थियो ।

सो कथाले उठाएका मार्मिक सवाललाई थप स्थापित गर्ने प्रयासमा यतिबेला ‘झोला’ चलचित्र नै निर्माण भएको छ । श्रीमान्को निधन भएपछि श्रीमतीले उसको चितासागै जल्नुपर्ने यो खराब (कु) प्रथा १९७७ साल असार २५ गते राणा प्रधानमन्त्री चन्द्रशम्शेरका पालामा विधिवत् अन्त्य गरिएको थियो । लोग्नेमान्छे मर्दा श्रीमतीले जल्नुपर्ने र श्रीमती मर्दा लोग्नेले अर्का श्रीमती ल्याएर सुखभोग गर्ने यस्तो परम्परा हाल कायम नरहे पनि महिला हिंसा र खासगरी एकल महिलाले अहिले पनि समाजको हेलत्व भोगिरहेका छन् ।

चलचित्रकी नायिका गरिमा पन्त (जलमाया) ले सती जानुपूर्व श्रीमान्को हेरचाह र घरगृहस्थी गर्दा भोग्नुपरेका पीडा र सती हुनबाट बच्न गरेको सङ्घर्ष र प्रेरणा नै यसको मुख्य सन्देश हो । आफूभन्दा दोब्बर बढी उमेका श्रीमान्का पहिलो श्रीमती बितेपछि उनको कान्छी श्रीमती बनेर भित्रिएकी जलमायाले श्रीमान्को स्वास्थ्यको हेरचाह र सानो छोरा हुर्काउदा भोग्नुपरेका दु:ख र दर्दले अहिलेका ग्रामीण महिलाका समस्यालाई पनि सहजै प्रस्तुत गर्छन् । श्रीमान्ले मर्नुअघि “तौले मेरो कारणले धेरै दु:ख पाइस्, म मर्दा सती नजानू” भनेको भए पनि समाज र पण्डितको करबललाई तोड्न नसकी उनी सती जान तयार हुन्छिन् । यहासम्म कि लोग्ने मरेको पिर, आफू सती जानुपर्ने अवस्था र कलिलो छोरालाई एक्लै छाडेर जानुपर्ने व्यथालाई सम्झेर उनले धित मर्ने गरी रुन पनि पाएकी हुन्नन् ।

कथानुसार उनी रोएर लोग्नेले पुण्य नपाउने भनिएपछि आसु थाम्दै शवयात्राको बीचमा दुलही झौं सजिएर सती जान तयार हुन्छिन् । उनका छोराले आमालाई सती हुनबाट जतिसुकै रोइकराए पनि उनको केही लागेन । छोरालाई साथ दिने जलमायाकी देउरानीलाई पनि उनका श्रीमान्ले पुर्खाको प्रचलनलाई रोक्न खोज्दा समाजले पागल भन्छन् भनेर चुप लाग्न सुझाउछन् । खोलाको किनारमा लास जलाउन लाग्दा रात परिसकेको र शव जल्न थालेको आगोको राप र धुवाको सहायतामा सतीदेवी हुन लागेकी निर्वस्त्र जलमाया खोलामा फाल हालेर भाग्न पुग्छिन् ।

बाबुसागै आमाको पनि मृत्यु भएपछि छोरा (बालकलाकार सुजन नेपाल) सौतेनी दाइका घरमा हेलत्व सहेर बस्न बाध्य हुन्छ । पढ्ने उमेरमा गोठालो भएर जीवनलाई दैनिकी बनाइरहेका सुजनले एक दिन वनको ओढारमा आफ्नी जलाइएकी भनिएकी आमालाई जिउादै भेटे । उनले भोलिपल्ट काकी (लक्ष्मी गिरी) को सहयोगमा आमालाई लुगाफाटो र खानेकुरा लगे । समाजले देखेमा फेरि जलाइदिने डरले उनीहरु त्यस ओढारबाट फाग्ने तयारी गरिरहेका थिए । त्यही बेला खोलाको किनारमा अर्का पछ्यौरी जल्दै गरेको र एक महिला सती हुादै गरेको दृष्य देखिन्छ । त्यस दिन दिउसै भएकाले ती सती हुन लागेकी महिलालाई मलामीले लखेटी लखेटी ढुङ्गाले हानेर मार्छन् । यस्तो दृष्यबाट भावुक बनेका जलमाया, उनका देउरानी र देवरले भाउज्यूको सङ्घर्षलाई तारिफ गर्छन् तर समाजमा सागै बस्न नसकिने हुनाले जलमायाका आमाछोरालाई बाटो खर्च दिएर परदेशतिर बिदा गर्छन् । सो कथाका लेखकलाई भेट्न आउने कुनै बूढो मानिसले सतीप्रथासम्बन्धी यो कथा लेखकको घरमा छाडिएको ‘झोला’मा फेला पारेका थिए ।

यादवकुमार भट्टराईको निर्देशन तथा उत्तरकुमार श्रेष्ठको प्रस्तुति रहेको सो चलचित्रमा देशभक्त खनाल, दीपक क्षेत्री, प्रल्हाद खतिवडा, गीता नेपाललगायतको अभिनय छ । कुनै नृत्य, द्वन्द्व वा हास्यविना पनि मार्मिक र हेर्न लायक चलचित्र बन्छ भन्ने दृष्टान्त यो चलचित्रले गरेको छ । “बरु दूध दिन छाडेका थारो गाईलाई नमारेर वनतिर पठाउछन्, सती जानुपर्ने महिला (आमाहरु) लाई पुरुषले जिउदै जलाउछन्, कोरीहरु ।” भन्ने लक्ष्मी गिरीको संवाद समाजका लागि धारिलो सन्देश हो ।

ऐतिहासिक नेपाली मौलिक चलचित्रका रुपमा आजदेखि देशभरका प्रदर्शनमा आएको ‘झोला’ का दर्शक आखामा आसु टिल्पिलाएर मात्रै हलबाट बाहिरिन्छन् । कुमारी सिनेमा घरमा विशिष्ट नागरिक र विभिन्न पेसाकर्मीका लागि आज आयोजित ‘प्रिमियर सो’ का दर्शकका हकमा पनि यही लागू भयो । आफ्ना श्रीमतीका साथ चलचित्र हेरेपछि राष्ट्रकवि माधवप्रसाद घिमिरेले कथाकार धराबासीलाई आगालो हालेर बधाइ दिनुभयो र आफ्नो खुसी व्यक्त गर्नुभयो । “तपाईलाई यो चलचित्र कस्तो लाग्यो” भन्ने प्रश्नमा उहाले भन्नुभयो, “यो साचो अर्थमा नेपाली चलचित्र भएको छ, यसले नेपाली जनजीवनको झलक पनि पस्केको छ ।” पञ्चान्ब्बे वर्षीय कविवर घिमिरे हत्तपत्त कार्यक्रममा निस्कनु हुन्न । मनले खाएका र मेहनत गरिएका सिर्जनासम्बन्धी कार्यक्रममा भने पुग्ने गर्नुहुन्छ । उहाले यसअघि केही वर्ष पहिलो नेपाली चलचित्र ‘पारिजात’ हेर्नुभएको थियो ।

कुमारी सिनेमा घरमा एमालेका नेताहरु अमृतकुमार बोहरा र अष्टलक्ष्मी शाक्य, नेपाली काग्रेसका सभासद् ध्यानगोविन्द रञ्जित, पत्रकार हरिहर विरहीलगायतको उपस्थिति थियो । चलचित्र हेरेका अधिकांश दर्शक आसु पुछ्दै फर्किरहेका थिए । एक महिलाले “म त मेरो बाउ मर्दा पनि रोएको थिइन, महिलाले कहिले पनि रुनु हुदैन ” भनिरहेकी थिइन् । निश्चय नै नेपाली महिलाले समाजको विभेदबाट रुनु नपरोस्, ‘झोला’ चलचित्रको सार्थकता पनि यही हो।



Nick Name     
comment   




कोरियामा बृहत सांगितीक कार्यक्रम २०७६ भव्य रुपमा सम्पन्न


नेपाली सम्पर्क समितिका कोरियाका निवर्तमान अध्यक्ष शाह ठगीमा मुछिन्दै....












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com