किरण भट्टराई

यस्तो पो प्रेम
[2014-01-28 오전 1:13:00]

आजको युगमा अमर प्रेमको उदाहरण कथा, उपन्यास र सिनेमामा मात्र पाइन्छ भन्ने धारणा कतिपय मानिसहरूमा पाइन्छ । तर यस्तो धारणालाई गलत सावित गर्न सक्षम अमर प्रेमी–प्रेमिका अझै पनि हाम्रै समाजमा यदाकदा पाइन्छन् । भनिन्छ प्रेम अन्धो हुन्छ, तर यो भनाई सबैमा लागु हुादैन । त्यस्ता भाग्यमानीहरू निकै कम हुन्छन्, जो आफ्नो प्रेम प्राप्त गर्न जस्तोसुकै बाधा अवरोध पन्छाउन सक्षम हुन्छन् ।

अपाङ्गता भएका व्यक्तिलाई हेय दृष्टिले हेर्ने हाम्रो जस्तो समाजमा पनि सबै सुख सुविधा त्यागेर अपाङ्गता भएको व्यक्तिलाई नै जीवन साथी रोज्न सक्नु कम ठूलो साहस होइन ।
इटहरी नगरपालिका जनसेवा टोल वडा नं ७ बस्ने उजुरु सरदारको जीवनमा यस्तै घटना भयो । सरदार २०६१ सालमा एसलसीको परीक्षा दिएर क्याम्पस पढ्नका लागि केही रकमको जोहो गर्ने उद्देश्य सहित घर नजिकै इटहरी बजारमा घर बनाउने काममा मजदुरी गर्न थाल्नुभयो ।

मजदुरी गर्ने क्रममै एकदिन दुईतला माथिबाट खसेर दुवै खुट्टा भाचिए । डाक्टरले मेरुदण्डको नशा ‘फ्याक्चर’ भएको भन्दै शल्यक्रिया गर्नुपर्ने बताएका थिए ।शल्यक्रियाका लागि त्यसबेला ६० हजार रुपैया लाग्ने अस्पतालले बताएपछि गरीब दलित परिवारका सरदारले शल्यक्रियाका लािग आवश्यक रकम जुटाउन सकेनन् र उपचार गर्न पाएनन् ।

मद्दतका लागि घर बनाउने ठेकेदार र घरधनी विश्व धिमाललाई पनि उहााले उपचारमा सहयोग गर्न अनुरोध गर्दा पनि नमानेपछि प्रहरीमा उजुरी हालेको तर प्रहरीले घटना भएको २४ घण्टा नाघेको भन्दै कुनै कारवाही गर्न नसक्ने भन्दै पन्छिएको हुदा त्यताबाट पनि कुनै सहयोग पाउन सक्नुभएन ।

यसरी अपाङ्ग जीवन विताइरहदा पनि आफ्नो जीवन साथीको सहयोग पाएर खुसी पूर्वक नै जीवन विताइरहनु भएको छ ।उहिले स्कुल पढ्दै गर्दा सरदारसाग पिरतीको डोरीमा बाधिनु भएकी राधादेवी नै अहिले एकमात्र सहारा हुनुहुन्छ ।

भरखर बैंशको कोपिला लाग्दा दुवै सागै जिउने सागै मर्ने कसम खादै आफ्नो पिरतीको गोरेटोमा अघि बढदै थिए । तर त्यो यात्रा सुरु गरेको केही महिनामै दुर्भाग्यवश् सरदार त्यो दुर्घटनामा परी घाईते हुनुभयो र उहाका दुवै खुट्टा नचल्ने अवस्थामा पुगे ।

उहाकी प्रेमिका राधादेवीले उनै सरदारसाग बिहे गर्ने प्रस्ताव घरमा राख्नुभयो तर घरका परिवारले खुट्टा नचल्ने अपाङ्ग सरदारलाई छोरी दिन मान्ने कुरै थिएन ।राधादेवी भन्नुहुन्छ– “ घाईते हुने बित्तिकै सोही वर्ष बल्जफ्ती मेरो विवाह अकै ठाउमा गरिदिए । मलाई विभिन्न यातना दिएर अर्कै साग बिहे गर्न बाध्य पारियो ।” बिहे पछि पनि मनमा सरदार प्रतिको माया घटेको थिएन ।

बिहे बन्धनमा बाधिएकी राधादेवीले आफ्नो भाग्यलाई दोष दिदै पतिको घरमा बस्नुभयो तर दुई सन्तानकी आमा भईसकेकी राधादेवी र सरदारका बीचमा एक दिन अचानक भेटघाट र कुराकानी गर्ने अवसर जुट्न गयो । आफ्नो प्रेमीको त्यो अवस्था देखेर चिन्तित भएकी राधादेवीले अन्तत: आफ्नो पतिलाई छोडेर प्रेमी सरदारसग नै बाकी जीवन बिताउने निधो गर्नुभयो । तीन वर्ष अघि आफ्नो पतिलाई छोडेर प्रेमी सरदारसग विवाह बन्धनमा बाधिनुभयो ।

राधादेवी भन्नुहुन्छ–“ विहे भएको धेरै पछि सग भेटभयो । त्यसपछिका दिनहरूमा कहिलेकाही भेटभइरहन्थ्यो । तर जब जति उपचार गर्दा पनि खुट्टा निको भएन र अवस्था अब साधै यस्तै हुनेभयो भन्ने थाहा पाए तब मैले नै सहारा दिनुपर्छ भनेर घरजम गरी जीवन विताउने निधो गरें । ”

राधादेवी पतिलाई छोडेर उजुरुको घरमा आउनुभयो र स्थानीय समाज मिलेर दुवैको विहे गरिदिए । हाल एक वर्षको एउटा छोरो पनि छ । सरदार भन्नुहुन्छ–“ मेरो क्याम्पस पढ्ने रहर त पूरा हुनसकेन, यही छोरोलाई धेरै पढाउन पाय हुन्थ्यो भन्ने सोंचेको छु । ”

दुवै खुट्टा नचल्ने भएकोले सरदार बैशाखीको सहारामा पनि हिड्न सक्नुहुन्न । केही समय अघि एउटा पुरानो ह्विलचियर सहयोग पाएको तर त्यो ह्विलचियर पनि भाच्चिए पछि झनै समस्यामा पर्नुभएको छ ।

उपचारको आस मारिसकेका सरदार कुनै पसल गरी आफ्नो जीवन निर्वाह गर्न पाए हुन्थ्यो भन्ने सोचमा हुनुहन्छ । तर पसल थाप्नका लागि पनि आवश्यक रकम दलित तथा गरिव परिवारका छैन । अपाङ्गता माथि विपन्नताको समेत जातोमा पिसिएर भएपनि चोखो मायाको सहाराले दुवैले सन्तोषको जीवन बिताएर समाजका अगाडि अपाङ्गतालाई मायाले जित्न सकिन्छ भन्ने उदाहरण दिन उजुरु–राधाको जोडी सफल रहेको छ ।





Nick Name     
comment   




कोरियामा बृहत सांगितीक कार्यक्रम २०७६ भव्य रुपमा सम्पन्न


नेपाली सम्पर्क समितिका कोरियाका निवर्तमान अध्यक्ष शाह ठगीमा मुछिन्दै....












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com