लोकनारायण सुवेदी

बिकृत राजनीतिले उत्पन्न गर्ने एकपछि अर्को बिकार
[2014-01-20 오전 12:25:00]

कुनै पनि देको राजनीति आदर्शच्यूत र नैतिकताहीन बाटोमा धकेलिएपछि त्यो बिकृति र बिसंगतिबाट नराम्रोसाग बिटुलिने र जनता तथा राष्ट्रको हितबाट बिमुख हुने कुरा निश्चित छ । यस्तो स्थितिले गर्दा राजनीतिका बाहक राजनीतिक दल बद्नाम र बिश्वास गर्न लायक नरहने मात्रै होइन समाज नै अकल्पनीयरुपमा अधोगतिको शिकार बन्न पुग्दछ । त्यस्तो बेलामा निर्वाचन या अन्य कुनै पनि लोकतान्त्रिक माध्यमबाट जनताले गर्ने अनुमोदन पनि गलत किसिमले प्रभावित हुन बाध्य हुन्छ । अनि परिणामले राजनीति सही या गलत कुन बाटोमा अग्रसर छ त्यो प्रष्ट्याउदछ । वास्तवमा अहिले हामीले नेपाली राजनीतिलाई बस्तुगत आधारमा केलाउन र सुक्ष्म बिश्लेषण गर्न आरम्भ गर्‍यौ भने यही धरातलमा पत्तनको बाटोतिर लम्किदै गरेको तस्वीर देखा पर्ने छ । राजनीति आफैमा कुनै साध्य होइन यो जनता र राष्ट्रको हितमा काम गर्ने एउटा सबैभन्दा प्रमुख साधन हो । यो मूल र आधारभूत कुराबाट राजनीतिलाई दाया बाया गर्ने बित्तिकै त्यहाा ब्यक्तिगत, गुटगत या समूहगत निहीत र संकीर्ण स्वार्थ सिद्ध गर्ने साधनकोरुपमा दुरुपयोग गर्ने काम हुन्छ नै । अनि त्यहा अनेकौ बिसंगत र बिकृत कुराहरुले गुढ लाउने परिवेश सिर्जना हुन्छ । त्यसका दुष्परिणामको असर बर्तमान समाजमा त पर्छ पर्छ भावी पिढीले पनि त्यो दुष्परिणामको बोझ बोक्नुपर्ने हुन्छ ।

आजसम्मको हाम्रो समाजको यथार्थ बिडम्बना के रहादै आएको छ भने हरेक राष्ट्रिय राजनीतिक परिवर्तन पछि त्यस परिवर्तनले ल्याएका उपलब्धीहरुलाई ब्यापक जनता र राष्ट्रको हितमा सदुपयोग गर्ने परम्परा बसाल्न सकेको छैन । त्यसले गर्दा माथि नेतृत्व तहदेखि नै ‘म खाउ, मै लाउ’ भन्ने अत्यन्तै आत्मकेन्द्रित र मनोगत कुसास्कार बिकसित भएर जाने गरेको र त्यसको असर तलसम्म फैलिने गरेको छ । फलत: राजनीतिक परिवर्तन जनता र राष्ट्रका लागि हो भन्ने मान्यतामाथि नै ठूलो प्रश्न चिन्ह खडा हुने गर्दछ र गर्दै आएको छ । यसरी परिवर्तन फेरि पनि केही टाठा बाठाहरुको हित साधन गर्ने माध्यम मात्र बन्ने गरेको पीडादायक यथार्थ हाम्रो सामु बिकराल रुपमा निरन्तर उपस्थित हुादै आएको छ । ठूलो परिवर्तन पछि पनि आम बहुसंख्यक जन साधारणले परिवर्तनको रत्तिभर बोध गर्न नसक्नुको मूख्य कारण नै यही हो ।

यतिबेला नेपाली जनता अत्यन्तै असैह्य माहगी, भयावह बेरोगारी, अभाव, असुरक्षा र अराजकताबाट जसरी आक्रान्त भइरहेका छन् त्यसले नै यो यथार्थ वास्तविकताको सबूत प्रमाण दिइरहेको छ । पुराना कुरा कोट्याउदा नेपालको पछिल्लो भौगोलिक एकीकरण जुन परिवेश र परिस्थितिमा भएको थियो त्यसले ल्याउन पर्ने राष्ट्रिय जागरण र आर्थिक समृद्धि(एकीकरणपछि आर्थिक बिकासको नया चरण शुरु भएको अरु अरु देशको इतिहासछ)को उन्नत अपेक्षाका बिपरीत दरबारीया सत्ता संघर्षको कारण उत्पन्न हत्या,हिंसा र षडयन्त्रका अनेकौ श्रृखलाका क्रममा अन्तत: जहानिया एकतन्त्री निरंकुश शासनको अभ्युदय भएको हामी पाउादछौं । त्यो एक शताब्दीभन्दा बढीको कालखण्ड निम्त्याउने काम दरबारीया षडयन्त्रले गरेको थियो भने त्यस राणा सत्तलाई बाह्य साम्राज्यवादी शक्तिको ठूलो आड भरोसा थियो । त्यसको मूल्य आजसम्म पनि नेपाली जनताले चुकाइरहनु परेको यथार्थ सबैका आगाडि छर्लंग नै छ । यस अर्थमा नेपाल सार्वभौम र स्वतन्त्र रहेको भन्ने भन्दा पनि पूर्णरुपले अरु देश जस्तो सार्वभौम सत्ता नगुमाएको भन्ने अर्थ मात्र बुझिने गर्दै आएको हो । असमान स्तरका शक्तिशाली र धूर्त बिदेशी शक्तिको भर परेर देशको सार्वभौमिक स्वतन्त्रता र राष्ट्रियता जोगाउने कुरा नै गलत मान्यतामा आधारित कुरा रहेछ भन्ने यथार्थ पनि हाम्रै इतिहासले समेत प्रष्ट पारिरहेकै छ ।

हिजो राणाशासन बिरोधी आन्दोलन बढ्दै गएर सात सालको परिवर्तन आए पछि त्यस परिवर्तनको सीमा र सामथ्र्यलाई सही किसिमले आत्मसात गरेर चल्ने भन्दा पनि कुर्सीलाई केन्द्रित गरेर राजनीतिक दाउ लडाउने जुन परिपाटी चलाईयो त्यसको परिणति सत्र सालको प्रतिगामी काण्ड हुन पुग्यो । त्यो पनि बाह्य शक्तिकै आड भरोसको उपज थियो भन्ने कुरा जग जाहर नै छ । यद्यपि त्यसमा राष्ट्रियता र राष्ट्रिय सार्वभौमिकताको लेपन लगाउने र दिग्भ्रमित तुल्याउने काम सत्तासीन सामन्त बर्गले भरमग्दुररुपमा गर्ने गरेको थियो । ०१७ सालको काण्ड पछि पनि त्यसका बिरुद्ध रहेका आन्दोलनरत शक्तिहरु खाशगरी नेपाली काग्रेस र बामपन्थी शक्तिका बीच सागै जेल, भूमिगत र प्रवासमा राहदाबस्दा पनि घटनाक्रमबाट सही शिक्षा लिएर आन्दोलनलाई एकाबद्ध गर्ने प्रयत्नहरु सफल हुन सकेनन् । बाह्य शक्तिकै इशारामा साझा सहमति र सहकार्य तर्फका संयुक्त आन्दोलनका प्रयासहरुलाई साकार हुन नदिने र हुन लागे पनि तुहाउने कार्यहरु हुदै आए । फलत: पञ्चायत नामको सामन्ती राजतन्त्रात्मक अधिनायकबादी शासनको आयु लम्बिदै गएर झण्डै तीन दशकसम्म चल्यो ।

वास्तवमा नेपाली जनताले तीन दशक जति लामो संघर्ष गरे पश्चात् अनेक हण्डर ठक्करपछि बल्ल बुद्धि पलाएर २०४६ सालमा संयुक्त जन आन्दोलनद्वारा ल्याएको परिवर्तनलाई पनि सही किसिमले अधिकतम् त के न्यूनतमरुपमा पनि सदुपयोग गरेर नेपाली जनता र राष्ट्रलाई सही दिशा दिने र मार्गदर्शन गर्ने काम हुन सकेन । त्यस काल खण्डका कुर्सीका लडाई र राजनीतिक बिकृतिहरु ‘पजेरो र महल’ कुसास्कृतिका नामले चर्चित छन् । त्यस घोर बिकृतिको शिकार भएको नेपाली राजनीति २०६२/६३ को राजतन्त्र बिरोधी आन्दोलनको अर्को भट्टीमा खारिदा पनि उज्यालिएको रहेनछ भन्ने नाङ्गो यथार्थ आज नेपाली जनताले सर्बत्र देखिरहेका छन् । न त १० बर्ष चलाएको माओवादी सशस्त्र युद्धले न राजतन्त्रको अन्त्य गर्ने ऐतिहासिक जन आन्दोलनले नै कुनै जन आधारित नया सास्कार र कार्य सास्कृतिको बिकास गर्न सकेको रहेछ । आज यो कुरा सर्बाङ्गरुपमा प्रष्ट हुदै आएको छ । आफुलाई ठूला भन्ने हरेक दलहरुभित्र आज भ्रष्टाचार, कमिशनखोरी, ठेक्का पट्टा, महल पजेरो लगायत बिलाशी जीवनको क्रुर बैभबको जुन कुराहरु उठिरहेका छन् त्यसले राजनीतिक उपरी ढाचामा आएको परिवर्तन खोक्रो परिवर्तन मात्र रहेछ भन्ने दर्शाइरहेको छ ।

अपवादलाई छोडेर आज जुनसुकै रंगरुपको राजनीतिक दल भए पनि पुरानै यथास्थितिमा लम्पसार पर्ने र नब सामन्त र दलाल नोकरशाही पूजीवादी बाटोमा लाग्न मरिहत्ते गर्ने नेतृत्व रहेछ भन्ने कुरा दिनानु दिन प्रष्ट हुदै गइरहेको छ । यो घोर बिकृत राजनीतिको उपज हो । यसलाई बद्लेर जनता र राष्ट्रको हितमा आदर्शयुक्त, निष्ठा र नैतिकताको ब्यवहारिक राजनीति पुनस्र्थापना नगर्ने हो भने देश र जनताको भबिष्य फेरि पनि अन्धकारमै रुमल्लिने बाहेक अरु कुनै परिणति आउदैन । बिकृतिले बिकृति जन्माउने र राजनीतिलाई फोहोरी खेल बनाइरहने बाहेक अरु केही गर्दैन । यस्तो प्रबृत्ति कायम रहेसम्म मुलुकले सही दिशा र गति पाउने कुरा फेरि पनि ‘मृग मरीचिका’ नै मात्र भइरहने छ ।




Nick Name     
comment   




कोरियामा बृहत सांगितीक कार्यक्रम २०७६ भव्य रुपमा सम्पन्न


नेपाली सम्पर्क समितिका कोरियाका निवर्तमान अध्यक्ष शाह ठगीमा मुछिन्दै....












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com