लोक नारायण सुवेदी

पहिलो बिश्व युद्ध १००बर्ष पुगेको सन्दर्भ र आजको बिश्व परिवेश
[2014-01-13 오후 10:57:00]

हामी सन् २०१४ मा प्रवेश गरेका छौं । यो बर्ष पहिलो बिश्वयुद्ध भएको १०० बर्ष पूरा हुादैछ । त्यो बिश्वमा युद्धमा झण्डै १ करोड जति त सैनिकहरुले मात्रै ज्यान गुमाउनु परेको थियो भने त्यस युद्धमा हताहत हुने गैर सैनिक नागरिकहरुको संख्या युद्धमा मारिएका सैनिकको भन्दा धेरै बढी थियो । त्यतिबेला नेपालबाट सिधै बृटिश सेनामा भरना भएर लड्ने नेपालीहरुको संख्या पनि २ लाखभन्दा कम कम थिएन । ६० हजारले त प्रत्यक्ष लडाईमा नै भाग लिएका थिए र तीमध्ये २० हजारभन्दा बढीले ज्यानै गुमाउनु परेको थियो । उता बृटेन मार्फत मित्र देशहरुको तर्फबाट लड्दै ४७७४६ जनाभारतीय सैनिकले पनि ज्यान गुमाउनु परेको थियो भने ६५१२६ गम्भीररुपले घाइते हुनु परेको थियो । एउटा उपनिवेशका लागि यो भूमिका असाधारण हो । त्यो युद्धले गर्दा यूरोप, अफ्रिका र एशियाका कयौं क्षेत्रहरु तहसनहस हुन पुगेका थिए । जर्मनी, अष्ट्रिया–हंगेरी र तुर्की साम्राज्यका साथै रुसी साम्राज्य पनि नष्ट भएको थियो । युद्धमा एकतर्फी जर्मनी, अष्ट्रिया–हंगेरी,तुर्की र बुल्गारिया त्यतिबेला केन्द्रिय शक्तिका रुपमा थिए भने अर्कोतिर बेलायत, रुस, अमेरिका , इटली र जापान मित्र देश थिए । इटली पहिला जर्मनीको साथमा थियो तर एउटा सन्धिको उल्लंघनको उल्लेख गर्दै उसले पक्ष बद्ल्यो । मित्र देशहरुमा रुसलाई छोडेर सबैमा गणतान्त्रिक ब्यवस्था कायम थियो । रुसमा भने सामन्ती जारशाही शासन थियो । त्यो पहिलो बिश्व युद्धको क्रममा नै १९१७ मा रुसमा कम्युनिष्ट नेता लेनिनको नेतृत्वमा सम्पन्न बोल्शेभिक क्रान्ति पछि रुस त्यो युद्धबाट अलग भयो । त्यो क्रान्तिले राष्ट्रबादलाई खारेज गरेर सोभियत संघको निर्माण गर्‍यो । अमेरिका पहिला तटस्थ थियो तर जर्मनले अमेरिकी जहााजलाई समुद्रमा डुबाइदिएर जबर्जस्ती अमेरिकालाई युद्धमा घिसार्‍यो । यसै प्रकारले निरन्तर कमजोर हुादै गएको तुर्कीले बाल्कन क्षेत्रमा आफ्नो दाबीलाई लिएर जर्मनी तथा अष्ट्रियाको तर्फबाट युद्धमा भाग लियो । एकातिर पूर्वी यूरोपको बाल्कन क्षेत्र र अर्कोतर्फ उत्तर अमेरिकाको मोरक्को संकटलाई प्रथम बिश्व युद्धको प्रमुख कारण मानिन्छ ।

कतिपय बिद्वान बिश्लेषकहरुले यो युद्धलाई यूरोपेली युद्ध मात्र पनि भन्ने गर्दछन् । वास्तबमा त्यो एक प्रकारले निक्कै सही पनि देखिन्छ । त्यो युद्ध वास्तवमा यूरोपको जटीलबाट जटीलतर बन्दै गएको राजनीतिक तथा आर्थिक परिस्थितिहरुका कारणले उत्पन्न भएको थियो । १९१४ अघिको एक सय बर्षमा यूरोप ठूल्ठूला अपूर्व परिवर्तनहरुका बीचबाट गुज्रिदै आएको थियो । त्यहा सबैतिर प्राय: सामन्ती राजनीतिक ब्यवस्था कायम थियो । तर औद्योगिक क्रान्तिको प्रादुर्भावले गर्दा यूरोपको आर्थिक ब्यवस्था लगातार बद्लिइरहेको थियो । यूरोपेली समाज तीब्र गतिले पूाजीवादी समाजमा फेरिदै गइरहेको थियो ।सामन्ती मूल्य मान्यता तथा ब्यवस्थासाग त्यसको कुनै संगति नै थिएन । किसान औद्योगिक मजदुर बन्दै गएका थिए । मजदुर तथा पूाजीपति बर्गका अतिरिक्त बिशेषगरी पश्चिमी यूरोपमा बलियो मध्यम बर्ग बिकसित भइरहेको थियो । यूरोपेली समाज र त्यहााको राजनीति गहिरो संकटबाट गुज्रिरहेको थियो । फ्रान्सेली क्रान्तिले यूरोपेली राज्य ब्यवस्था मात्रै होइन, राजनीतिक मूल्य पद्धतिमा नै अमीट छाप छोडेको थियो । त्यतिबेला इंगल्याण्डलाई छोडेर लगभग पूरै यूरोपमा कठोर राजतन्त्र चलिरहेको थियो । त्यो पूरातन सामन्ती ब्यवस्थाले क्रान्ति त के कुनै पनि परिवर्तको सानो कुरालाई समेत निषेध गरिरहेको थियो । फ्रान्सेली क्रान्तिको बिफलता र त्यसमाथिको दमन पछि नेपोलियन बोनापार्टको सर्बसत्ताबादी शासनको उदय भयो । यद्यपि नेपोलियन कुलीन राजबंशको नभएर मामोली परिवारको एउटा सिपाहीबाट सेनापतिसम्म भएका थिए । क्रान्तिको केवल दस बर्ष पछि नै उनले आफुलाई फ्रान्सको सम्राट घोषित गरे । उनका झण्डै चालिसवटा युद्ध र बिजय अभियानले सम्पूर्ण यूरोपको राजनीति तथा भूगोललाई बदलिदियो । उनले बिभिन्न राजतन्त्रात्मक सामन्ती ब्यवस्थालाई गणतन्त्रमा लगिदिए । त्यतिबेलैदेखि यूरोपमा एउटा शब्द ‘राष्ट्रबाद’ या ‘राष्ट्रियता’ एउटा जादू जस्तै शब्द बनेर सबैको शीरमा चढेर प्रस्तुत हुन थाल्यो । पछिबाट त त्यो शब्द, मानौं यूरोपको नियन्ता मात्र बनेन बााकी बिश्वका निमित्त पनि त्यसको जादू चल्यो र आजसम्म यो शब्द कायम छ ।

नेपोलियनको अभिायनले एकातिर पुराना साम्राज्यहरुलाई ध्यवस्त गरिदियो भने अर्कोतिर त्यसले नया राष्ट्रियतालाई पहिचान पनि दियो र तिनलाई मुक्त पनि गरिदियो । वास्तवमा नेपोलियनको शक्तिको ऊर्जा पनि राष्ट्रबाद नै थियो ।त्यसलाई पहिला फ्रान्सको क्रान्तिले नयाा अभिब्यक्ति र गरीमा प्रदान गरेको थियो । त्यो फ्रान्समा हुर्के बढेको राष्ट्रबादी चेतनाको पूरै यूरोपमा प्रसार भयो । जुन आखिरमा गएर नेपोलियन तथा फ्रान्सकै बिरुद्ध खडा हुन पुग्यो । यता प्रशियामा बिस्मार्क चान्सलर बन्ने बित्तिकै यूरोपमा नयाा किसिमको कूटनीति र गोप्य सन्धिहरुको युग आरम्भ भयो । बिस्मार्कले आफ्नो राजनीतिक चेसको चालमा पूरै यूरोपलाई उल्झाइदिए । पहिला त उनले अष्ट्रियाका बिरुद्ध युद्ध छेडदिए अनि पछि त्यसैसाग सन्धि गरे । उनले भित्रैभित्रै फ्रान्सका बिरुद्ध सैनिक तयारी पनि गर्दै रहे । अर्कोतिर पूरै यूरोपलाई आफ्नो कूटनीतिक तरीकाले फ्रान्सका बिरुद्ध खडा पनि गरे । उनले जर्मनीको अर्थब्यवस्था, शिक्षा र प्रशासनमाथि पनि बिशेष किसिमले ध्यान दिए । उनले राज्य नियन्त्रित आर्थिक बिकासको नीति अपनाए । फलामको धाउ तथा कोइला खानीको प्रचुरताकासाथै इस्पात उत्पादनमा पनि जर्मनी अग्रणी देश बन्न गयो । त्यहाा भएको बैज्ञानिक तथा प्राबिधिक प्रगतिको पूरा लाभ बिस्मार्कले सैन्यकरणमा लगाए । यसरी जर्मनी एउटा बलियो समुद्रीक शक्ति पनि बन्न पुग्यो र उसले इंगल्याण्डलाई पनि चूनौति दिनसक्ने स्थिति बनायो ।

एउटा राष्ट्रको रुपमा जर्मनी त्यतिबेलासम्म नया नै थियो तर उसको प्रगति भने सबैलाई आश्चर्यचकित पार्ने खालेको थियो । यूरोपका कतिपय देशहरुमा पूाजीवादी बिकासले कच्चा माल तथा नया बजारको शतत खोजीलाई अनिबार्य बनाइदिएको थियो । ती देशहरुले एशिया तथा अफ्रिकामा उपनिवेशन बनाउने होड नै चलाएका थिए । बेलायत उपनिवेशबादको अगुवा थियो र यूरोपको आन्तरिक प्रतिद्वन्दितामा प्रत्यक्ष सामेल पनि थिएन । उसलाई आफ्नो आर्थिक आवश्यकताको पूर्तिका लागि भारत जस्तो बिशाल उपनिवेश पहिलेदेखि नै प्राप्त थियो । फ्रान्स, पोर्चुगल, नीदरल्याण्ड र स्पेन बेलायतको पछि पछि थिए । जर्मनीको बढ्दो आर्थिक आवश्यकताले ढिलै भए पनि उसलाई पनि उपनिवेश बनाउने होडमा सामेल गरायो । जर्मनीले कुनै न कुनै किसिमले पश्चिम अफ्रिका,टोगोल्याण्ड र केमेरुनमा उपनिवेश बनाउने सफलता प्राप्त गर्‍यो । बिस्मार्कले जर्मनीको एकीकरण गरेर जर्मनलाई यूरोपको शक्तिशाली देश बनाए भने त्यसको पछाडिको मूल कारण जर्मन राष्ट्रबाद नै थियो । यो राष्ट्रबादी भावना यत्तिका मजबुत थियो कि बिस्मार्कलाई आफ्नो कार्य कालमा चर्चका गतिबिधिहरुलाई नियन्त्रित गर्नमा पनि कुनै संकोच भएन । राष्ट्रबादले धार्मिक तथा साास्कृतिक क्षेत्रमा ठूलो परिवर्तन तथा नियन्त्रण गर्न सम्भव तुल्याइदियो । जर्मनीको सफलताले यूरोपमा राष्ट्रबादको ज्वरोलाई अझ तीब्र बनाएर फैलायो । बिभिन्न उत्पीडित राष्ट्रहरुले टाउको उठाउन थाले । मानिसहरु आफ्नो अतित, आफ्नो भाषा, आफ्नो सास्कृतिकाप्रति अत्यन्तै आग्रही हुन थाले र आफ्नो राष्ट्रियतामा नै मुक्तिको मार्गको खोजी गर्न थाले । पाूजीवादले त्यसैमा आफ्नो भबिष्य देखिरहेको थियो । पुरानो ब्यवस्था उसको मार्गमा ब्यवधान बनेको थियो । पूाजीवाद र राष्ट्रबाद यसरी एक अर्काको लागि ‘उन्नत मल’ बन्न पुगे । अष्ट्रिया–हंगेरी र तुर्की साम्राज्य अन्तरगत पिसिदै आएका राष्ट्रहरुले यसरी शीर उठाउन थालिसकेका थिए । राष्ट्रबादको यो लहर बढ्दै गएर एशियामा पनि पुगिसकेको थियो । जापानलाई यसले एउटा आधुनिक शक्तिशाली राष्ट्रकोरुपमा कायाकल्प गरिदिएको थियो ।

पहिलो बिश्व युद्धको पहिलो शिक्षा नै यही हो कि पूाजीवादी प्रतियोगतिा आर्थिक क्षेत्रमा मात्र सीमित नरहेर, अन्तत: त्यसले राजनीति,समाज, राष्ट्र यतिसम्म कि पूरा बिश्वलाई नै आफ्नो चंगुलमा फसाइदिन्छ । नाफा बढाउादै जाने र यस प्रकृयामा अब्बल दर्जाको बन्ने हर सम्भव कोशिश–औद्योगिकरणकासाथै सैन्यकरण, बजार बिस्तारकासाथै उपनिवेशहरुको साधन श्रोतमाथि कब्जा र लूट – यसको अन्तिम परिणति यूद्ध र ध्वंश हुन्छ । आजको हाम्रो संसारमा यही प्रबृत्ति नयाा नयाा स्तरमा प्रष्ट देखिन्छ । दोश्रो, त्यो युद्धको शिक्षा के हो भने राष्ट्रबाद मानब समाजमा बिभाजनको एउटा अत्यन्तै ठूलो र प्रमुख आधार हो । यसलाई शान्ति, सुरक्षा, सह–अस्तित्व, मनुष्यता, र बिश्व बन्धुत्वका मूल्यहरुको मर्यादामा बाध्न आवश्यक छ । अन्ध राष्ट्रबादले केवल बिनाश मात्र लिएर आउादछ । यूरोपले प्रविधिको बिकास, मुनाफा र राष्ट्रबादको मेलले सारा संसारभरीनै बर्बादी मच्चायो । युद्धको प्रयासलाई रोक्ने र यसबाट बच्ने प्रयास नभएका होइनन् । लगभग सबै युद्धरत देशहरुमा युद्धका बिरुद्ध आन्दोलनहरु भए । यूद्ध बिरोधी अभियानमा मूख्यत: समाजवादीहरु, शान्तिबादीहरु, र्‍याडिकल श्रम संघहरु, महिला अधिकारबादीहरु, अराजकताबादीहरु र बृटेनका इण्डेपेण्डेण्ट लेबर पार्टीहरु आदि समेत सामेल थिए । यसका अतिरिक्त बिभिन्न बुद्धिजीवीहरु युद्धका बरिुद्ध बोल्ने र लेख्ने गरिरहेका थिए । बर्टाण्ड रसेललाई युद्ध बिरोधी बिचार प्रतिपादन गरेको भनेर क्याम्ब्रिज बिश्वबिद्यालयबाट निष्कासन गर्नुका साथै उनीमाथि देशद्रोहको मुद्दा पनि लगाइएको थियो । अलबर्ट आइन्स्टाइन जस्ता बैज्ञानिक पनि घोषितरुपमा नै युद्ध बिरोधी अभियानमा लागेका थिए । उनले जर्मनी छोडेर स्वीट्जरल्याण्ड जानु परेको कारण पनि त्यही नै थियो । अमेरिकामा हेलेन किल्लरले युद्ध बिरोधी अभियान चलाएको थियो । अक्टोबर समाजवादी क्रान्तिका प्रणेता तथा प्रयोक्ता लेनिनले क्रान्ति पूर्व रुसलाई त्यस ‘साम्राज्वादी युद्ध’का बिरुद्ध खडा गरेका थिए र क्रान्ति पछि युद्धबाट सोभियतरुसलाई अलग राखेका थिए । पहिलो बिश्व युद्धले मात्रै होइन हामीलाई सबै युद्धहरुले के शिक्षा दिन्छन् भने लडाई झगडाले नोक्सान नै पुर्‍याउादछ । कसैलाई बिजय प्राप्त भए पनि श्रोत साधनको जुन बिनाश र मानबीय क्षति युद्धले गरेको हुन्छ त्यसको भर्पाई हुदैन र त्यो ठूलो पराजय नै हो । त्यसैले राजनीति सकारात्मक हुनुपर्ने कुरा बिकसित भएर आएको हो । शोषण, असामनता, गरीबी, अभाव, असुरक्षाले युद्ध निम्त्याउादछ । त्यसैले यस्ता बिभेदहरबाट देश, समाज र राष्ट्र मुक्त हुनु पर्दछ भन्ने मनोभावना बिकसित हुदै आएको हो । त्यसले गर्दा पनि बिश्वमा शक्ति राष्ट्रहरुले अथाह र अत्यन्तै बिनाशकारी आणबिक एवं परमाणबिक घातक हात हतियारको थुप्रो लगाए पनि तेश्रो बिश्व युद्ध छेडिन नसकेको हो भन्ने कुरा प्रष्ट नै छ ।






Nick Name     
comment   




कोरियामा बृहत सांगितीक कार्यक्रम २०७६ भव्य रुपमा सम्पन्न


नेपाली सम्पर्क समितिका कोरियाका निवर्तमान अध्यक्ष शाह ठगीमा मुछिन्दै....












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com