प्रगती राई

दक्षिण कोरियामा मौलाई रहेको नेपाली साहित्य
[2014-01-11 오전 3:00:00]

दक्षिण कोरियामा नेपालीहरुको कहिले देखि प्रवेश भयो भन्ने यकिन हुन नसकेता पनि सन १९८८ मा कोरियाको राजधानी सिओलमा भएको ओलम्पिक ताका नेपालीहरुको उपस्थित बाक्लै रहेको पाईन्छ । यसै गरि १९९४ मा लुम्बिनी मेनपावरले ट्ेरनिङ्ग भिसामा नेपालीहरुको प्रवेश गरेको देखिन्छ ।

सन १९९० को अन्ततिर नेपालीहरुको संख्या बढे पनि भाषाको समस्या ईन्टरनेटको असुविधा ( परदेशको हिसाबमा )को कारणले नेपालीहरु कोरियाली भीडमा हराई रहे । बिस्तारै बिस्तारै क्षेत्रिय तथा जातिय संस्थाहरु खोलिन थाले ।

२००५ देखि भने फाटफुट स्मारिका साना पत्रिकाहरुको थलानी भयो । यस क्रममा नेपालीहरुको छाता संस्था नेपाली सम्पर्क समिति (एनसीसी) ले प्रकासित गरेको स्मारिका तथा पत्रपत्रिकाहरुमा सबै खाले लेख रचनाहरुको माग हुन थाल्यो । साना तिना लेख कबिता गजलहरु लेखिन थाले । वास्तवमा कोरियामा नेपाली साहित्यको थालनी यसैलाई नै मान्न सकिन्छ ।

सन २००६ देखि २०११ सम्ममा विभिन्न ईन्टरनेट साईटहरु खोलिए । नेपालीकोरिया डटकम, नेपालकोरिया न्युज डटकम, परदेशी लाईफ, हल्लो नेपाल कोरिया डटकम जस्ता साईटहरुले नियमित रुपमा साहित्यिक रचनाहरु प्रकाशित गर्न थाल्यो ।

जब सन २००८ मा कोरिया भाषा प्रणाली ( ईपीएस) द्धारा कोरियामा नेपालीको हवात्तै बढनुका साथै अनेकन क्षेत्रका स्रष्टाहरुको पनि प्रवेश भयो ।

यसै सिलसिलामा सन २०११ मा आएर कलाकार खेलाडी साहित्यकार सबैलाई समेटने गरि सृजना नेपालीको अध्यक्षतामा नेपाली कृयटिभ गु्रप नाम दिएर एक संस्था खडा गरियो । यो संस्थाले एक दुई पल्ट अन्य जातिय, क्षेत्रिय संघसंस्थाहरुसंग मिलेर कलाकारलाई सम्मान गर्ने, अन्र्तक्रिया गोष्ठिहरु संचालन गरयो अन्तत एकबर्ष नपुग्दै पलायन भयो ।

सन २०११ को अन्त्य तिर जब यो पंक्तिकार प्रगती राईको कोरिया प्रवेश भयो । यहां स्थित थाई अस्थाई बसोबास गरिरहनु भएका अग्रजहरु डम्बर सुब्बा, रघु त्रिपाठी, देबेन्द्र सम्बाहाम्फेको दबाब प्रगती राई माथि बढन थाल्थो । त्यसै अनुरुप २०१२ अगष्टमा ११ सदस्यीय भेलाले प्रगती राईको संयोजकत्वमा संस्था खडा गरियो जसको नाम राखियो नेपाली साहित्य समाज।

साहित्य समाज गठन भएको एक महिना पछि सेक्टेम्बरमा यो संस्थाले भव्यरुपमा देवकोटा जयन्ती मनायो । २०१३ सेक्टेम्बरमा आफनो बार्षिकी पनि मनायो । बितेको एक बर्ष भित्र उल्लेखनीय काम गर्न नसकेता पनि छरिएर रहेका साहित्यिक स्रष्टाहरुलाई एकजुट पार्ने काम भने उल्लेखनीय रहयो ।

साहित्य समाज गठन भएको समाचार छापा तथा ईन्टरनेटमा आएपछि अनेकन संस्थाहरुले आफनो शाखा बनाई दिन अनुरोधको धुईरो लाग्यो । तर कुनै दल,धर्म र जाती भन्दा माथि स्रष्टाको एकता मान्ने उददेश्य बोकेका संस्थाले सबै प्रस्तावहरु अस्वीकार गरयो ।

अहिले यो समाजले आफनो पूर्ण कमिटिको गठन सहित विधान तयार गरिसकेको छ । विधानमा स्पष्ट लेखिएको छ कि कुनै भाषा,धर्म,जाति,दल र भुगोलको सिमा भन्दा माथि स्रष्टाको एकता रहनेछ । तदनुरुप स्थापनाकाल देखि हाल सम्म विवाद रहित तरिकाले संस्था चलि रहेको छ र स्रष्टाहरु बढने क्रम जारी छ । ११ जनाको उपस्थितबाट थालेको संस्था अहिले आएर समाचार छापिएको भरमा करिब डेडसय जनाको उपस्थित रहन्छ ।

कोरियामा साहित्यको स्थिती र समस्या :
उसै पनि अन्य देशहरु ( हङ्गकङ्ग,अमेरिका,बेलायत तथा अन्य मूलुक) भन्दा कोरियाको साहित्यिक याम सबैभन्दा कान्छो छ । त्यसमाथि कामको चाप दैनिक एघार बाह्र घण्टा काम गर्नु पर्दछ । थकाई र समयको अभावले राम्रो सृजना जन्मन सक्दैन । जति लेखिएका छन ती स्रष्टका रहरले लेखिएका होईनन सृजनाले जर्बरजस्ती स्रष्टालाई लेखाएको हो अर्थात मनभित्र गुम्साह राख्न नसकेर लेखिएको हुन ।

अर्को समस्या भनेको ईपीएस प्रणालीबाट प्रवेश भएका यूवाहरु अवश्य नै उमेरमा कम हुन्छन । तीस बर्ष भन्दा मुनिका स्रष्टासंग अवश्य नै लेखनमा अनुभव तथा अध्ययन कम हुने भयो । यसले गर्दा कोरियाको नेपाली साहित्यको जग कमजोर रहेको छ । जब स्रष्टाले कोरियाका बारेमा धेरै कुरा सिकेर आफुलाई सहज बनाउछ त्यतिबेला भिसा सकिएर नेपाल फर्कने बेला भईहाल्छ । यसैले जति पनि लेखिएका छन ती दह्रो अध्ययनको रुपमा आशा गर्न सकिन्न । कबिता गजल हुदै अहिले मानिसहरु ताङ्गकामा आईपुगे । सायद समयको अभावले नै होला जापानले ताङ्गका जन्मायो । अहिले नेपालीहरु पनि ताङ्गकामा रमाउन पर्ने बाध्यता आएको छ ।

अपवादमा अनेकन दु:ख झेल्दै त्रुटिहरुको आरोप खेप्दै पनि राई प्रविनको सन २०१२ मा कविता सङ्गग्रह व्याकुल बिहानी प्रगती राईको उपन्यास लेखककी स्वास्नी तथा बुद्धि मोक्तानका गजल सङ्गग्रह फूल देउ मलाई बजारमा आएका छन । लेखनमा राम्रो नराम्रो जे सुकै भएपनि प्रवासी नेपालीहरुको स्वदेशी साहित्य प्रतिको प्रगाढ माया र समर्पण सम्म मान्दा फरक नपर्ला ।

नेपाली साहित्य समाजमा महिलाको उपस्थिती :
जन्म तथाङ्गकमा महिलाको संस्था पुरुष भन्दा बढी भएता पनि तीजमा बाहेक अरुबेला महिलालाई जहांतही खोज्नु पर्दछ । नेपाली साहित्य समाजका संयोजक महिला नै भए पनि एकबर्ष सम्म कुनै महिला स्रष्टा भेटटाउन नसकेकोमा संयोजक प्रशनहरुले थिचिनु परयो ।यसै समयमा कवियत्री कल्पना राई र कोपिला राईको उपस्थितीले राम्रै स्वागत पायो ।अहिले थपमा गङ्गगा पौडेल पनि छन ।नयां दिनहरुसंगै नयां स्रष्टा थपिने क्रम जारी छ ।यसै गरि भविष्यसम्म नेपाली साहित्य समाज द.कोरिया ले आफनो बाटो फराकिलो पार्दे लाने छ । स्रष्टा र साहित्यको सेवा अनवरत रुपमा गरिरहने छ ।

प्रगती राई
दक्षिण कोरिया



Nick Name     
comment   




कोरियामा बृहत सांगितीक कार्यक्रम २०७६ भव्य रुपमा सम्पन्न


नेपाली सम्पर्क समितिका कोरियाका निवर्तमान अध्यक्ष शाह ठगीमा मुछिन्दै....












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com