भवानी बराल

काम चल्यो भाडो आफल तेरो ठाडो
[2014-01-08 오후 11:49:00]

राजनीतिको मेलो ठीक ढंगले नसर्दा मुलुकले त दु:ख पाउछ नै संगसंगै राजनीतिका अभियन्ताले पनि हुर्मत व्यहोर्नु पर्छ । राजनीतिलाई वास्तविक परिभाषामा सर्वश्रेष्ठ नीति भनिन्छ । तर, यो सर्वश्रेष्ठ नीतिको परिभाषामा आजको राजनीति पर्दैन । ढाट, छलकपट, षडयन्त्र गरेको कुरालाई हामी राजनीति भन्ने गर्छा । साम, दाम, दण्ड, भेद प्रयोग गर्नु आजको राजनीतिको व्यवहारिक परिभाषा हो । कसैले कसैमाथि छलकपट गर्‍यो भने –‘तौइले हामीमाथि राजनीति गरेको’ भनेर जाइ लाग्छौं । राजनीति फोहोरी खेल हो भन्ने त आम भनाइनै छ । ‘पोलिटिक्स इज ए डर्टी गेम’ पश्चिमा पुाजीवादीहरुको यो भनाई सापटी लिएर हामीले पनि राजनीतिलाई फोहरी बनाएका छौं । पश्चिमा पुजीवादीको नक्कल गर्दै जब हामीले नागरिक शास्त्रलाई नया शिक्षामा यसलाई राजनीति शास्त्र बनायौं त्यहीदेखि यो नागरिक शास्त्रको टाउकोमा फोहरी शास्त्र बनेर आयो । जसरी जंगलमा दाउरा घास, मेलापात गर्दाको सुन्दर दोहरी गीत आजकाल शहर पसेर फोहरी भए जस्तै भएको छ, राजनीति ।

दुनियामा कतै नभएको जात्रा हाडी गाउमा भनेझैं नेपालमा राजनीतिक पीडित पदावली खुबै चर्चामा छ । दुनियालाई बदल्ने अभियानमा हिडेकाहरु नै पीडित भएपछि अरुको हालत के होला ? देशको रथ चलाउने सारथीहरु पीडित हुने यो बिडम्बनाको अन्त्य भएन भने मुलुकको दुर्दशा हुनेनै भयो । नेपाली कांग्रेसले गरेको क्रान्तिपछि पनि राजनैतिक पीडितहरु जन्मिए । पञ्चायतकालमा पनि राजनैतिक पीडितहरु उदाए । पञ्चायतीकालका राजनैतिक पीडितहरुलाई तत्कालीन व्यवस्थाले झोडा खोलेर तिनलाई जग्गाजमिन बाडेको थियो ।

झापा किसान आन्दोलनका राजनैतिक पीडित राजवंशी परिवारले त बल्खु दरबारकै खरीबोटमा आत्मदाह गरेर पीडाको दर्दनाक तितो पोखेको धेरै समय वितेको छैन । जनयुद्ध र जनान्दोलन पछि कति राजनैतिक पीडित हुने हुन यो अझै हेर्न बााकी नै छ । तर, यो युद्ध र आन्दोलन पछि पनि थुप्रै राजनीतिक पीडितहरुको उदय हुने सम्भावना छ । यस्तै पात्रहरु मध्येका एक हुन डम्बर लिम्बू (तुम्बाहाङ्फे) ।

डम्बर लिम्बू (तुम्बाहाङ्फे) सुनसरी जिल्लाको बराहक्षेत्र गाविस अन्तरगत चतरामा स्थायीरुपमा बसोबास गर्छन । तर, यिनी घरबारविहिन छन् । माओवादी जनयुद्ध सुरु हुनु अघि आन्द्रप्रदेशमा बनीबुतो गर्थे । त्यही उनको माओवादीसंग सम्पर्क भयो । एसएलसीसम्म औपचारिक शिक्षा पुरा गरेका डम्बरले माओवादी दीक्षा प्रवाशमै ग्रहण गरे । त्यही दीक्षाबाट प्रभावित भएर पूर्णकालीन कार्यकर्ताको हैसियतले जनताको मुक्तिको लागि आफुनै कर्मथलो सुनसरी चतरामा फर्किए । यो ०५७ सालको कुरा हो । यिनी सुनसरी जिल्लाकै अगुवा माओवादी नेता हुन । ०५८ सालको सरकार माओवादी वार्ताकालमै तत्कालीन शाही सेना पूर्वी पृतनाले यिनलाइ गिरफ्तार गर्‍यो । चरम यातना दियो । पछि यिनी रिहा भए तर, चरम यातनाको कारण आाखाको दृष्टि कमजोर हुन पुग्यो ।

उता उनी सेनाको कब्जामा पुगेको बखत ऐलानी जग्गामा बनाएको उनको झुपडी सेनाले भत्काइ दियो । उनकी श्रीमती धनकुमारी राईलाई उदयपुरको मैनामैनीमा लगेर हत्या गर्‍यो । हत्या आदेश दिने तत्कालीन डिआइजी रविन्द्रप्रताप शाह एतिखेर एमाओवादीका समानुपातिक सभासद छन् । शाही सेनाको हिरासतबाट छुटेपछि उनले परिवार तहसनहस भएको बल्ल थाहा पाए । तैपनि यिनले जिवनलाई सहजतापूर्वक लिने कोशिस गरे । अत्यन्तै सोझा लिम्बू जनजाति समुदायका यी ४६ वर्षे डम्बरले पार्टीमा योगदान दिन कुनै कसर बााकी राखेनन् । पहिलो संविधानसभा निर्वाचनमा यिनी सुनसरी क्षेत्र नं ६ का वैकल्पिक उम्मेद्वारसम्म भए । तर जब सरकारमा पार्टी पुग्यो, यिनले एमाओवादी सैद्धान्तिकरुपले नै विचलित भएको ठहर गर्दै अलगथलग रहन थाले । पार्टी पनि विभाजित भयो तर, विभाजित माओवादीसंग पनि यिनको विश्वास जमेन ।

तर, दोस्रो संविधानसभामा यिनले मत हालेनन् । लिम्बू यतिखेर दाउरा बेचेर छाक टार्छन । केहि दिन अगाडि चतरा पुग्दा उनीसंग हाम्रो भेट भयो । माओवादी जनयुद्धकालदेखि नै मेरो राम्रो चिनजान भएकोले उनीसंग भला कुसारी गरो । उनको दु:खका दिनसंग साक्षात्कार गरो । विजोकसंग कोसी परियोजनाले बनाएका थोत्रा घरमा उनको वास रहेछ । उनी आसाममा गएर कोइला मजदुर बन्ने सिवाय आफ्नो अर्को उपाय नरहेको निरासा व्यक्त गर्दै थिए । तर हामीले यहिा बस्नु पर्छ र आाखाको उपचार पहिले गर्नु पर्छ भन्ने सल्लाह दियौा ।

डम्बर सुब्बा निष्ठाको राजनीतिमा दीक्षित भएका थिए । यसैले उनले थुप्रै अवसरलाई तिलाञ्जली दिए । क्याण्टोमेण्टमा गएका भए केही खर्चपात जुटाउने उनको मेलो हुन सक्तथ्यो । स्थानीयक्षेत्रमा हुने विकासे काममा उनले हात लामो गरेका भएपनि कमाउन सक्तथे । यस्तो अवसर पनि उनलाई प्राप्त थियो । तर, उनले यस्ता भ्रष्ट क्रियाकलापमा हात लगाउन चाहेनन् । यसर्थ शान्ति प्रक्रिया पछि उनीसंगैका साथीहरुले बदलिादो परिस्थिति अनुकुल ढाले जस्तो आफुलाई ढाल्न सकेनन् । संगैका साथीहरु प्रिस्थिति अनुकुल हुादै गए । सुकिलामुकिला बन्दै गए । उनी भने यो सबै कुकर्म गर्न नचाहने आदर्श पुरुष हुन खोज्दा आजको भाषामा ‘बेबकुफ’ बने ।

यसरी उनी राजनीतिक पीडित भए । आफैले जन्माएको छोरी समेत पाल्न नसकेर आफन्त कहा जिम्मा लगाउन पुगेका छन् । नया घरजम पनि आर्थिक दुरावस्थाको कारण जम्न सकेन । सिद्धान्तनिष्ठ राजनीतिले पनि विस्तारै हावामा कावा खान पुग्यो । आखाको ज्योतीसंगै उनको जीवन पनि आध्यारो तिर उनकै पूर्व नेता प्रचण्डले भनेझैं छलाङ् मारेर अघि बढीरहेको छ, द्रुत गतीमा ।






Nick Name     
comment   




कोरियामा बृहत सांगितीक कार्यक्रम २०७६ भव्य रुपमा सम्पन्न


नेपाली सम्पर्क समितिका कोरियाका निवर्तमान अध्यक्ष शाह ठगीमा मुछिन्दै....












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com