लोकनारायण सुवेदी

सही बिकल्पको खोजीका लागि मानब समाजमा चल्दै आएको संघर्ष
[2014-01-08 오후 11:39:00]

हुन त मानब समाजको इतिहासलाई नै बिकल्पको खोजीको इतिहास भने हुन्छ । मनिसले, मानब समाजले निरन्तर बिकल्पको खोजी गरिरहेको हुन्छ । जुन बिकल्पहरु मानब समाजका लागि उपयोगी हुन्छन् ती अनाइन्छन् र जुन अनुपयोगी सिद्ध हुन्छन् ती परिवर्तन हुन्छन् । अबलम्बन गरिएका बिकल्पहरुको पनि सान्दर्भिकता सकिए पछि या त ती परिमार्जित हुन्छन् र केही थप समय चल्छन् या तिनको पनि अन्त्य हुन्छ । यही क्रम नै मानब समाजमा निरन्तर चलिरहने क्रम हो । यो सबैले देख्दै भोग्दै र परिवर्तनमा सामेल हुदै आएका सबैको अनुभव सिद्ध कुरा पनि हो ।

बिश्व इतिहास र हाम्रै देशको पनि इतिहासालई हेर्ने र केलाउने हो भने वास्तवमा मानिसले, मानब समाजले अनेकौ राजनीतिक पद्धतिलाई परिवर्तन गरे । कयौ सामाजिक अन्ध मान्यता र रुढीबुढीलाई पञ्छाए । कयौ नया परम्पराहरुको बिकास गरे र तिनमा पनि अझ थप नयाा कुराहरु जोड्दै गए । हामीले उत्पादन पद्धतिका हिसावले हेर्‍यौ भने कति ठूलो र अपूर्व परिवर्तन आएको सहजै बुझ्न सक्छौं । आदिम उत्पादन पद्धति, सामन्ती उत्पादन पद्धति हुदै आज बिश्व पूजीवादी उत्पादन पद्धतिसम्म आइसकेको छ । अहिले बिश्वब्यापी रुपमा चलिरहेको संघर्ष नै वास्तमा पूजीवादी उत्पादन पद्धति र सामाजिक उत्पादन पद्धतिका बिचको संघर्ष हो ।

यो पूाजीवादी उत्पादन पद्धति जति सबलताकासाथ स्थापित भएको छ त्यसलाई परिवर्तन गर्ने सामाजिक उत्पादनका शक्तिहरु पनि लागेपुगेसम्म जोडबल लगाइरहेका छन् । तर त्यो प्रयत्नलाई कमजोर तुल्याउन र आफुलाई बचाउनका लागि पूजीवादले सबै किसिमका प्रतिकृयावादी र प्रतिगामी शक्तिहरुसाग सम्झौता र साठगाठ गरिसकेको र गरिरहेको छ । यो आजको पूजीवादको आम चरित्र नै बनिसकेको छ । बिकासको यस प्रकारको द्वन्द्वलाई सही किसिमले बुझ्दै अघि बढ्नाले समाज बिकासको सही बाटो प्राप्त गर्न सहज हुन्छ । अन्यथा बिकासका भावनात्मक नाराहरुको तेज धारामा बगेर जाने कुरा नै सामान्यरुपमा भइरहेको हुन्छ ।

के कुरामा एकदमै प्रष्ट हुनु पर्दछ भने आर्थिक बिकास या समृद्धिले मात्र मानिसलाई मनुष्यताको गरीमा प्रदान गर्नेछ भन्ने कुरा निश्चित छैन । यसको अर्थ हो आर्थिक बिकास मानबीय गरीमाको कुनै प्रत्याभूति होइन । किनभने एकपक्षीय आर्थिक बिकासका कारण सामाजको बहुसंख्यक बर्ग बिकासको पहुाचबाट बञ्चित रहन जान्छ र त्यस कारणले गर्दा मनुष्यको गरीमापूर्ण जीवनबाट टाढै रहन पुग्दछ । त्यसैले सामाजिक समानताका लागि आर्थिक असमानता मेटिनुपर्ने कुरा आएको हो र त्यसले सामाजिक समानता कायम गर्न आधारभूमि तयार गर्दछ भनिएको हो । वास्तवमा सामाजिक असमानताका बिरुद्ध निरन्तर संघर्ष चल्दै आएको कारण नै यही हो । मानब समाजको संघर्षको इतिहास नै भन्ने हो भने यही बिषमता हटाउने संघर्षको इतिहास हो । तर उत्पादनका साधनहरुमाथि हैकम जमाउने शक्तिहरुको एकाधिकारका कारण यो बिषमता या असमानता बिरोधी संघर्षले अहिलेसम्म समानताको सपना साकार तुल्याउन सकिरहेको छैन ।

आज त पूाजीवादी अत्याधुनिक कर्पोरेट आर्थिक बिकासको बाटोका कारण सामाजिक कल्याण र सरोकारको बिषयहरु नै ओझेलमा पर्दै गएको या परिसकेका छन् । उदाहरणका लागि भन्नुपर्दा बस्तुत: खाद्यान्न सुरक्षाको नीति कर्पोरेट पद्धतिका लागि एकदमै अमान्य छ । यसका अतिरिक्त बिपन्न बर्गलाई दिइने अनुदान या सब्सीडीलाई पनि यस पद्धतिले मन पराउदैन । यसले त मजदुरहरुको अधिकार सुरक्षित राख्ने खालका श्रम कानुनहरुलाई नै बदल्न चाहन्छ र ‘हायर एण्ड फायर’ गर्ने नीति अबलम्बन गरेर श्रमिकहरुलाई जतिबेला पनि निष्काशन गर्न सक्ने खुल्ला स्थिति सिर्जना गर्न चाहन्छ । यसरी पूजीवादको पकडमा उत्पादन पद्धतिलाई राख्ने र चलाउने कसरतमा सरकार बदल्ने, सत्ता बदल्ने र सामाजिक संघ/संस्था बदल्ने या बिकल्प खोज्ने प्रकृया चलिरहेको छ, चलाइदै आएको छ । चुनावहरु पनि यसै परिधिभित्र हुने गरेका छन् र हुन्छन् । यस्तो अबस्थामा परिवर्तनपछि पनि जनताको हालत उस्तै रहनु र अझ खस्किनु अस्वाभाविक हुदैन । किनकि कर्पोरेट शक्तिलाई मानेर चल्दा बिपन्न, बञ्चित, असमानतामा परेका बहुसांख्य जनता छुट्छन् । त्यसैले कुनै पनि चुनावको बेला चकाचौध बिकासका भावनात्मक नाराको तिरीमिरी ती जनतालाई देखाएर मतलिने काम हुादै आएको र भइरहन्छ । तर त्यस्ता निर्वाचनहरुले बिषमता झेलिरहेका बिपन्न बर्गका बहुसंख्यक जनताका समस्या हल हुने वातावरण फेरि पनि बन्दैन । त्यसले त कर्पोरेट जगतको जठराग्नि(पेटको भोक)लाई मात्र शान्त पार्दछ ।

यसबाट के स्पष्ट हुन्छ भने बहुसांख्यक बिपन्न जनताका लागि आधारभूत अर्थ–राजनीतिक परिवर्तन अबश्यंभावी छ । यस्तो ठोस जगबिनाको सतही र उपरी परिवर्तनले मात्र उत्पादनमा लाग्ने तर उत्पादनका साधनहरुबाट बञ्चित रहने आधारभूत बर्गले झेलिरहेको बिपन्नता, बेरोजगारी, बिकासबिहीनता र त्यसबाट निरन्तर सिर्जित बिषमताबाट मुक्त हुने स्थिति बन्दैन । त्यसैले बहुसांख्यक बिपन्न बर्ग र समुदायको हातमा मोबाइल, ल्यापटप, आइप्याड थमाइदिएर मात्र पुग्दैन । बिज्ञान र प्रबिधिको अत्याधुनिक बिकासका उपलब्धीहरु उनीहरुले उपयोग गर्नसक्ने अनुकूल र उचित मानबीय बातावरण बनाइनु सर्बोपरी र अत्यावश्यक छ । त्यसको निमित्त देशले आज बिकल्पको खोजी गर्नु नै पर्दछ । त्यो जनताको जीवन स्तर, मानबीय गरीमा र गौरबसाग गासिएको आधारभूत बिकल्पको खोजी हो । टालटुले कुरा गरेर जनता अल्मल्याउने बिकल्प होइन । देशको साच्चो अर्थमा समुन्नति चाहने प्रगतिशील, बापन्थी तथा लोकतान्त्रिक शक्तिहरुले गम्भीर रुपमा सोच्नु पर्ने कुरा नै आज यही हो ।

तर हामीकहा के बिडम्बना रहादै आएको छ भने हामी परिवर्तनका कुराहरलाई संकीर्ण राजनीतिक स्वार्थ र सीमित परिधिभित्र राखेर मात्र हेर्ने र त्यसैमा रमाउने प्रबृत्ति ब्याप्त छ । परिवर्तन आम जनता, समाज र राष्ट्रको लागि हो भन्ने भावधारा नै हामीकहा बिकसित हुन सकेन । यसको मूल कारण हो पुरानो सन्दर्भहीन भइसकेको उत्पादन पद्धति र पराश्रयी मनोबृत्ति । यी दुइ कारणले गर्दा हरेक परिवर्तन पछि उत्साहित आम जनतालाई निराश तुल्याउने काम पटक पटक हुदै आएको छ । हाम्रो पछिल्लो निकै ठूलो राजनीतिक परिवर्तन पछि पनि त्यही कुरा दोहोरिएको छ र अझ जटीलरुपमा पराबलम्बी मनोबृत्ति देखापरेको छ । जुन राष्ट्रिय हित,दूरगामी भबिष्य तथा अग्रगामी परिवर्तन सबै कुराका लागि हानीकारक छ ।

यद्यपि हामीकहा पनि अहिले प्राय: सबैले समाजवादको दिशामा कम्तिमा शब्दमा नै सही आफुलाइ अभिमुख गराउन खोजेको प्रतीत हुन्छ । कुनै तोडमोड नगरी सही रुपमा समाजवादलाई अपनाउने हो भने त्यो श्रोत साधन र उत्पादनको सामाजिकीकरण बाहेक अरु केही हुदैहोइन । यो सामाजिकीकरणले एकातिर समभावको बातावरण बनाउने र मानब जाति सबै समान हुन् भन्ने कुराको उत्बोधन गराउदछ भने अर्कोतिर समाजकाप्रति समान दायित्व र कत्र्तब्यबोधको भावना र मनोबृत्ति पनि जगाउदछ । २१औं शताब्दीको समाज समानता, न्याय र समुन्नतिको समाजवादी बाटोमा हिड्नु बाहे अरु कुनै मानबीय बिकल्प पनि छैन ।




Nick Name     
comment   




कोरियामा बृहत सांगितीक कार्यक्रम २०७६ भव्य रुपमा सम्पन्न


नेपाली सम्पर्क समितिका कोरियाका निवर्तमान अध्यक्ष शाह ठगीमा मुछिन्दै....












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com