Samir

कोरियामा काल्पनिक सभासद प्रकरण
[2013-09-30 오후 12:04:00]

संबिधान सभा -२ को निर्बाचन जति-जति नजिक आउदैछ त्यति नै देश विदेशमा तिब्र सरगर्मी सुरु भएको छ / ४०- ५० वर्ष आफ्नो जिबन राजनीतिमा होमेका देखि भर्खरै लोभ लालचले पार्टी प्रबेस गर्नेहरु सबैलाई आज पद- प्रतिष्ठाको आशा जागेको छ /विभिन्न पार्टीहरु देखि पार्टी भित्रका गूट - उपगूटहरु आफ्नो स्वार्थ पूरा हुने गरि उमेद्वार छनौटमा ब्यस्त छन् /

राजनैतिक पार्टीहरुले आफ्नो संगठन मातहातमा रहेका पार्टी कमिटि हरुलाई सम्भावित " प्रत्यक्ष र समानुपातिक " उमेद्वारको लिस्ट पठाउनु भनेर अन्तर - पार्टी निर्देशन समयमै जारी गरेको हुन्छ र सबै पार्टीमा यो नियम लागू हुन्छ / यो यौटा सामान्य राजनीतिक ज्ञान भएको मान्छेले सहजै बुझ्ने कुरा हो / तर राजनैतिक खोल ओढेका कतिपय मान्छे हरुले आफ्नो औकात भुलेर अराजनैतिक गतिबिधि गर्न थाले पछि कोरिया बासी नेपालिहरु आस्चर्य चकित भएका छन् / उनीहरुको यस्तो हर्कतले प्रबासमा रहेका पार्टी संगठनको अस्तित्व माथि नै आघात पुग्न गएको छ / कुनै पनि संबेदनशील बिषयमा संगठन भित्र गहन छलफल नै नगरी अज्ञात स्थलमा बसेर आफूखुसी जथाभाबी गर्दै हिड्नु कुनै पनि प्रजातान्त्रिक परिपाटीको खिल्ली उडाउनु हो / यहाँ कुनै पार्टी निर्देशन आएको पनि थिएन / तर बिडम्बना कमरेडहरुले बाल्यपनको प्रदर्सन गरे /

" दिउसै सभासद्को सपना "
------------------------------------------

लोकतान्त्रिक मंच ( एन डि एफ ) का प्रमुख सल्लाहकार मनोज कार्की र त्यस सस्थाका संयोजक कृष्ण राइले कोहि कसैलाई जानकारी समेत नदिइ आफ्नो सिफारिस आफै गरे पछि पार्टी कार्यकर्ताहरुमा ठुलो आक्रोश पैदा भयो / आफ्नो हातमा मोबाइल समेत नभयको र त्यो भय पनि कसैलाई फोन गर्ने फुर्सद सम्म नभएको वा तेस्तो गर्नु कुनै जरुरिनै नरहेको ठानेर सुटुक्क अनलाइन खबर डटकम मार्फत पार्टीको हाइक माण्डको हवाला दिंदै यौटा समाचार सम्प्रेसन गरे / जबकि एनडिएफमा बिगत १ वर्ष देखि कुनै हाइकमाण्ड छैन / अधिबेसन सम्पन्न गर्न संयोजक सहितको यौटा सिंगो समूह छ/अझ आस्चर्य त यो छ कि यो समाचार नाम चलेका अन्य कुनै अनलाइन खबर मार्फत सार्बजनिक गरेनन किनकि उनीहरुको नियत ठिक थिएन / दोस्रो आस्चर्य के छ भने " चुसोक " को अबसरमा सेप्टेमबर १९ मा भएको पार्टी कार्यकर्ता भेलामा समेत कुनै कुरा उठाएनन् /

किनकि त्यस भेलामा पार्टीमा बर्सौ देखि काम गरेका इमान्दार कार्यकर्ताहरु उपस्थित थिए / जब चुसोक सकेर आफ्नो काममा फर्किए अनि षडयन्त्रको नाली बेली सुरु भयो / तेस्रो कुरा आफुले आफैलाई सिफारिस गरेको कुरा फोन मार्फत न्युज पढ्नु भो ? भनेर कामरेडहरुलाई खबर दिएछन् / चौथो बिषय पार्टीका सल्लहाकार रुद्र सर्मा र गङ्गा राज राइलाइ समेत जान कारी दिएनन् र पार्टीलाई सहयोग गर्दै आएका किम्हे निबासी यज्ञ सुबेदी र एनडिएफ बुसान साखा समेतलाइ कुनै जानकारी छैन / नितान्त व्यक्तिगत स्वार्थको लागि गरेको हुनाले रोजी रोजी आफ्नो फोटो टासेर पत्रकार मिन प्रकाश उप्रेतीको सहयोगमा समानुपातिक सभासद सिफारिस भएको भन्दै बजार भरि हल्ला चलाउन सफल भए / यस प्रकरणले एनडिएफ भित्रको एकतामा खलल पुग्न गएको मात्र हैन कि ३ महिना भित्र हुने भनिएको एनडिएफको अधिबेशनलाइ समेत प्रभावित पार्ने देखिन्छ /

कांग्रेसको जनसम्पर्क समितिमा पनि " सभासद फोबिया "
.........................................................................
एनडिएफको रोग जनसम्पर्कमा तत्काल सरेको देखियो / नसरोस पनि कसरि? चितवन घर भएका मनोज कार्कीले आफ्नो सिफारिस आफै गरेको खबर सुन्ने बित्तिक्कै उतै घर भएकी गङ्गा थापा श्रेस्ठ पनि के कम उनले पनि आफ्ना आसे पासेलाइ फोन गरेर निर्णय गराउन सफल बनिन / उनकी जिकिर थियो -- मनोज उताको सल्लाहकार म यताको सल्लाहकार , जसरि पनि मैले नै समानुपातिकको सिफारिस पाउनु पर्छ / कांग्रेसको लागि उनले चतुरता पुर्बक आफ्नो नाम पठाउनको लागि भए पनि तारा के.सी. र मणि चेम्जोंग्को नाममा सहमति जनाइन / पार्टीको लागि ३ जनाको नाम मात्र सिफारिस भए पछि लामो समय पार्टीमा योगदान दिएका र पार्टी केन्द्र संग नियमित सम्पर्कमा रहेका गिरि राज कुवर र आस्था बिन्दु मल्ल अलमल्ल परे / न त उनीहरुको बारेमा कसैलाई चिन्तानै भयो /

माओंबादीको जनअधिकार मंच
...............................................

सभासद प्रकरणबाट मावोबादी कोरिया प्रबास कमिटि भने बच्न सफल भयो / यो पार्टीमा संगठनको मूल्य र मान्यताको खिल्ली उडाउने परम्परा नभएर हो या कसैमा यो ब्यर्थ को लुछाचुडी गर्ने दुस्साहस नभएर हो , यो विवाद बाट मुक्त भएको देखियो / किन कि पार्टी केन्द्र को निर्देशन बिना कोरिया प्रबासमा मनखुसी बोल्दै हिड्ने र संगठनको नीति बिपरित काम गर्नु मनासिब हो भन्ने कुरा यो संगठनलाई कोरियामा विश्वास छैन भन्ने कुराको संदेश उसले दिएको छ जुन प्रसंसनिय छ /

यहाँ उल्लेख गर्ने पर्ने बिषय के छ भने एमोबादी र एमालेले संसार भर रहेका प्रबास कमिटि भन्दा '' भारत '' प्रबास कमिटीलाई मात्र बिसेसः मान्यता र अधिकार दिएको हुन्छ/ जस अनुसार नेपालमा क्रियासिल पार्टी संगठन सरह उसले आफ्ना गतिविधिलाई आगाडी बढाएको हुन्छ / यदि प्रक्रियागत ढंग बाट हरेक पार्टीका कार्यकर्ता अघि बढ्ने हो भने जुनसुकै पार्टीको हातमा सत्ता गए पनि भोलिको नेपाल सुन्दर र सम्रिद्द हुने छ / बिधान र विधिलाई कुल्चेर हचुवा को भरमा अगाडी बढ्ने हो भने न त आफ्नो भलो हुन्छ न त देशको र न त संगठनको नै भलो हुन सक्छ/

हाम्रा प्रबासी मित्रहरु सभासद होउन, मन्त्रि होउन हामी सबैको खुसीको बिसय हो / तर सपनाको मात्र सभासद कैले नबनून /



Nick Name     
comment   




कोरियामा बृहत सांगितीक कार्यक्रम २०७६ भव्य रुपमा सम्पन्न


नेपाली सम्पर्क समितिका कोरियाका निवर्तमान अध्यक्ष शाह ठगीमा मुछिन्दै....












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com