SHASHISHEKHAR GHIMIRE

विदेश,नेपालीको नियती,निरीह्य सरकार र फोहोरी राजनीति
[2013-08-27 오후 2:25:00]

वैदेशीक रोजगारले नै नेपालको औसत जनशकितलाई धानेको छ । यदि रोजगारको सिलसिलामा नेपालीहरुको प्रवेश वाह्य मुलुकमा नहुदो हो त देशको अवस्था कस्तो हुदो हो आकँलन गर्न गाह्रो छ । फोहोरी राजनीतिले आक्रन्त नेपालमा विकासका पूर्वाधारले अपेक्षित रुपमा गति लिन नसकेको वहालवाला राष्ट्रप्रमुखहरुले मञ्चमा उभिएर वेलावेला भन्ने गरेका छन् ।

स्वदेशमै आफ्ना नागकिलाई काम दिने सक्ने स्थिती सरकारको छैन् । साना तथा घरेलु उद्योग गर्न चाहनले सरकारी क्षेत्रवाट भनेजस्तो सेवासुविधा पाउन सकेको छैन् । यदाकदा व्यवसायमा हात हाली हाले पनि त्यसको प्रतिफल आउला वा नआउला यकिन भन्न सकिने अवस्था छैन् । पछिल्लो समय अर्वौको लगानी रहेको कुखुरा व्यवसाय यसको प्रत्यक्ष उदाहरण हो । हुन त सरकारले क्षर्तिपूर्ति दिए पनि यसखाले अवस्थाका कारण व्यवसायीले धुक्क भएर काम गर्न सक्ने अवस्था छैन् ।

अर्कोतिर पशुपालन वा तरकारी खेतिमा समेत विविध समस्याका कारण उत्पादनले उचित मूल्य पाउन नसक्दा त्यसमा संलग्न चिन्तीत छन् । अर्थात विचौलियाको विगविगीका कारणपनि आफनो मालले उचित मूल्य पाउन नसकेको गुनासो कृषकहरुले गरे पनि त्यसतर्फ सरकारले उचित कदम चाल्न सकेको छैन् ।

कृषि प्रधान मुलुकको नाम भजाएर प्रत्येक वर्ष करोडौ छुटाउने सरकारले व्यवसायीक खेति गर्ने क्षेत्रका कृषकहरुलाई आफनो उत्पादन सम्वन्धीत स्थान सम्म पुराउन सस्तो दरमा सवारीसाधन खरिद गर्न ऋण दिन सक्दैन् । कृषि क्षेत्रको विकासको लागी प्रभावकारी कार्यक्रमको कागजे खाकामै सीमित सरकार भारतवाट तरकारी आयात गरेर कृषिप्रधान मुलुकको विल्ला भिर्छ ।

यो भन्दा लाजमर्दो अरु के होला ? गर्न चाहनेलाई वातावरण दिन सक्दैन् अनि गरिरहेकालाई न प्रोत्साहन नै दिन्छ । अनि कसरी कृषि कान्तिका खोक्रा नाराहरुले सार्थकता पाउछ यो मुलुकमा । अर्कोतिर फेरि मरिमरि किसानले उत्पादन गरेको कृषिउपजमा शहरवाट गाउ छिर्ने विचौलिया अर्थात सिधा भाषामा दलालहरुले वम्ह्रलुट गर्दै आएका छन् । यसतर्फ सरकारका जिम्मेवार निकायलाई कहिल्य छुदैन् ।

विभीन्न राजनीतिक दलका महिनै पिछे हुने वन्द र हड्तालका कारण पनि किसानले आफना उत्पादन सडकमै फालेर असन्तुष्टि पोख्दै आएका छन् । यस तर्फ पनि सरकारलाइै कमै छुने गरेको छ । एउटा नेपाली विदेश गएर त्यहाको सिप र शैली अनुसार देश फिरेर त्यस्तै काम गर्न खोज्छ तर उ निराश वन्छ ।

किनभने झण्डै पाच महिना अघि सार्वजनिक भएको एउटा खवर, जुन पश्चिम नेपालको स्याङ्जा जिल्लाको थियो । विदेश गएर आएको एउटा युवाले सुरु गरेको वाख्रा फार्ममा गाउलेले आफनै छिमेकीको प्रगती सहन् नसकेर पशुफार्म मै आगलागी गरिदिए । अवस्था यस्तो छ देशको ।

हुनत सतिले सरापेको मुलुक भनेर भन्ने गरिएको नेपालमा गरिखानेलाई प्रोत्साहन हैन त्यसको जरो नै उखेल्ने प्रयास गरिन्दो रहेछ भन्ने माथिको उदाहरण काफी छ । हैन् भने किन आफनै छिमेकीको काममा रिस गर्छ यो समाज अनि किन मरिमरि उत्पादन गर्ने किसानलाई उचित मूल्य नदिई आफै धनि वनौं भन्छन् विचौलीया दलालहरु ।

उता देशमा भएका ठूला उद्योगहरु समेत राजनीतिक खिचातानीको शिकार भएर क्रमशः वन्द हुदैछ । हजारौ मजदूरको रोटी खोसीदै छ, तिनका लालावालाको गाँस काट्दिै छ तर पनि सरकार चलाउन खोज्ने नालायकहरुको घैटोमा घाम लागेको छैन् । उता प्रत्येका दिन जस्तो दोस्रो दर्जाको नागरिक वन्दै अन्र्तराष्टिय विमानस्थल छोड्दै गरेका नेपालीहरुको लाईन देख्दा देशको अवस्था कस्तो छ भन्ने कुराको सचित्र प्रस्तुत गरिरहेको छ ।

विदेश गएपछि पनि अवस्था सहज् छैन् । कतिले स्वेदेशमा भने जस्तो सेवासुवधा पाउन सकेका छैनन् । भएको जायजेथा साहूकोमा वन्धकी राखेर विदेशीने हाम्रा कतिपय दाजुभाइले सोचे जस्तो कमाई गर्न नसकि फर्कने गरेका छन् । कतिपय काम गर्दागर्दै अंगभंग भएर विकलाङ्ग शरिरका साथ स्वदेश आएका छन् ।

त कतिले अनाहकमा ज्यान गुमाएका छन् । जहाज चढेर सुन्दर भविष्यको आशाका साथ गएका हाम्रा कतिपय दाजूभाईहरु मृतअवस्थामा वन्द वाकसमा आउदा तिनका परिवारलाई त जिवनभर जिउदै जलाउछ् नै देख्ने जोकोहीको मन समेत कट्क्क खान्छ । तर यस घटनाले न सरकारलाई त्यति साहे छुन्छ न वैदेशिक रोजगार व्यवसायीलाई न सम्वन्धीत देशमा राजदूत वनेर गएकालाई छुन्छ ।

रोजगारी छैन्,सरकारी कोटामा जागिर खानु भनेको फलामको चिउरा चपाए जस्तो छ । सय जना मागिएको छ भने कैयौ गुणा वढि आवेदन पर्ने गरेका छन् । पछिल्लो समय विविध शीर्षकमा विभाजीत कोटाले समेत प्रतिस्पर्धा गाह्रो हुदै गएको छ । यि र यस्तै छ अवस्था मुलुकको ।

राजनीतिले अस्तव्यस्त यो मुलुकमा गरिखाने आधार केहि नै नदेखे पछि किन विदेशीदैनन् युवाहरु खाडी देश लगायत ? किन पलायन हुदैनन् दक्ष पढेलेखेका युवाहरु यूरोप अमेरिका । अनि किन तछाडमछाड गदैनन् दक्षिण कोरिायाको रोजगारको लागी हजारौ युवाहरु । अनि किन आन्दोलनमा सहभागी नहुन् भाषा परिक्षामा पास भएर पनि कोरिया जाननपाएकाहरु ? अनि किन पलायन नहुन् देशको प्रतिनीधित्व गर्दै अन्तराष्टिय स्तरमा खेल खेल्न गएका खेलाडीहरु । अनि किन विवश नहुन् देशमा नाम कमाईसकेर स्थापीत भएका कलाकार र कर्मचारीहरु विदेशीन ?

उता प्रत्येक वर्ष उच्चशिक्षा हासिल गरेर श्रम वजारमा प्रवेश गर्ने शैक्षिक जनशक्ति जसले वर्षौसम्म आर्जन गरेको शिक्षाले मासिक रुपमा कमाई गरेर खाने अवस्था छैन,कतिले त्यो अवसर नै पाएनन्,यस्तो अवस्थामा विदेशको विक्लप उनिहरुसंगै हुदैन् र वर्षौ सम्म लगानी गरिएको एउटा जनशक्ति विदेशीन्छ । देशमा कहिल्य कठोर श्रम नगरेका युवायुवती विदेश पुगेपछि जस्तोसुकै श्रम गर्न राजी हुन्छन् । अनि देशको अवस्थाले आफनो नियतीलाई धिक्कारर्दै उनिहरु वर्षौवर्ष सस्तो श्रम गर्न वाध्य छन् । यहि हो यर्थाथ नेपालको ।

केहि वर्ष अघि वेलायत सरकारको टायर फोर प्रणालीले हाम्रा कतिपय कलिला युवायुवतीलाई वेलायतको रंगिन सपनामा डुवायो । त्यहा पुगेपछि क्याम्पसमा अलपत्र लगायत महिनौ काम नपाएपछि डिप्रेसनको शिकार भएर स्वदेश फिरेका खवरहरु पनि प्रशस्त आए। नेपालीहरुलाई वेलायतको सपनामा अलपत्र पार्नेहरुमा स्व्य नेपालीहरुले संञ्चालन गरेका कलेजहरु पनि थिए ।

चर्को शुल्कमा त्यहा पुगेकाहरुलाई अन्तत वेलायत वसाई, “नखाउ भने दिनभरिको शिकार,खाउ भने कान्छो वाउको अनुहार”भै भएको फर्केका मध्य केहिको भनाई थियो । कारणतः ति मध्य कतिपय समयअगावै स्वदेश फिरेका थिए भने कति उतै तड्पिएर वाचेका छन् त कति अन्य यूरोपियन मुलुक छिरेका छन् ।

यर्सथ आफना नागरिकको यो अवस्था छ उता राजनीति गर्नेहरुको फोहोरी र उदेक लाग्दो गतिवीधिका कारण देश दिनप्रतिदीन लथालिङ्ग वन्दै गएको छ । राजनीतिक मूल मुद्याले मिलन विन्दु भेट्न नसक्दा मंसिर ४ मा गर्ने भनिएको संविधानसभाको चुनाव पनि होला नहोला यकिन भन्न सकिने अवस्था छैन् ।

हाम्रो आफनै मौलिक खेल वाघ चालमा झै वाघले ठाउ छोडे वाख्राले कोठा लिएर वाघ थुनिदेला भन्ने डर त अर्कोतिर वाख्राले ठाउ छाडे वाघले वाख्रा खाईदेला भन्ने मनोचिन्ते रोगका कारण नेपाली राजनीति कुहिरोको काग झै वन्दै गएको छ । स्मरण रहोस् नेताज्यूहरु विश्वका कतिपय देशहरु युद्धको रापवाट किनारा लागेर प्राविधीक र आर्थिक पाटोमा गुणात्मक फड्को मारिसके यता हामी नेपाली भने विदेशीको गुलामी गर्न जानु पर्ने अवस्थावाट मुक्त हुन सकेका छैनौ ।

आखिर कहिल्य सम्म नेपालीको यो नियती अनि नेपालको अवस्था ? प्रश्न देश हाक्न खोज्नेहरुको लागी । कहिल्य फेर्नुहुन्छ तपाईहरु देशको मुहार । जनताका ईच्छा र आवश्यक्तालाई पूरा गर्ने कहिल्य ? एउटा नागरिकले आफनो देशवाट कस्तो सेवासुविधा पाउछ र उसले उक्त देशको नागरिक हुनुको अर्थ कति गौरव गरेको हुन्छ भन्ने विदेश वसेर आएका नेपालीलाई सोध्नुस् । हामी नेपालीलाई त्यो दिन कहिल्य आउछ ? यहि प्रश्न गरिरहेका छन्, “जनताहरु” ।



Nick Name     
comment   




कोरियामा बृहत सांगितीक कार्यक्रम २०७६ भव्य रुपमा सम्पन्न


नेपाली सम्पर्क समितिका कोरियाका निवर्तमान अध्यक्ष शाह ठगीमा मुछिन्दै....












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com