SHASHISHEKHAR GHIMIRE

कोरिया,ईपिएस् पिडीत र माओवादी
[2013-08-20 오후 9:07:00]

देशमा भनेजस्तो रोजगार थिएन् र छैन् अहिल्यपनि । त्यसैले त पाखुरीमा वल वोकेर प्रत्येक दिन जस्तो विदेश जाने नेपाली तन्नेरीहरुको लर्को अन्र्तराष्ट्रिय विमान स्थलमा वाक्लै देखिनुले यस कुराको पुष्टि गर्दछ । मलेसिया, कतार,वहराईन,साउदी,दुवही,कोरिया र जापानमा नेपालीहरु कामको सिलसिलामा पुगेका छन् । सार्माथ्य अनुसार श्रम वगाएर धेरथोर कमाएको पैसाले उनिहरुको परिवार चलेकै छ अनि देशले केहि रेमिट्यान्स पनि पाएकै छ ।

प्रसंग यि र यस्तै भएपनि हामीले उठाउन लागेको विषयवस्तु वैदेशिक रोजगार नै भएपनि यस्को प्रकृति भने केहि फरक छ । यो कथा नभएर व्यथा हो वैदेशीक रोजगारको रंगिन सपनामा डुवेका आम नेपाली युवायुवतीहरुको । कोरियाको अनगिन्ती तानावाना वुनेर आकाक्षाका पोको वोकेर पछिल्लो केहि समय यता ललितपुरको वैदेशिक रोजगार विभाग ईपिएस् कोरिया शाखा ग्वार्कोमा वाक्लै समुहमा युवाहरु धर्नामा वस्दै आएका छन् ।

सन् २००८ वाट सुरु भएको यो प्रणालीले धेरै नेपालीले कोरियामा श्रम वगाएर आफनो र अनि परिवारको मुहारमा खुशि दिएका छन् त कति कोरिया पुगिसकेकाहरुको ईच्छा पूरा नहुदै मृत्यु भएका खवर आएका छन् । तर अर्का एकाथरी युवाहरु भने कोरियाको आशामा निरास वन्दै गएका छन् । प्रसंग ईपिएस कोटा अन्र्तगत रोजगारको लागि दक्षिण कोरिया सरकारले खुल्ला गरेको रोजगार प्रणाली ।

यो प्रणाली अन्र्तगत नेपालीहरुलाई पनि आफनो देशमा भित्राएर रोजगार दिने कोरिया सरकारको नीति अनुसार सुरु भएको ईपिएस कोटाले थुप्रै नेपालीलाई समुन्द्रपारको मुलुक कोरिया पुरायो । तर यस्तै सोचका साथ कोरिया जाने योजनामा रहेका अर्काथरी युवाहरुको आशा आशा मै रहेको छ ।

हो, सोच्दै नसोचेको नियतीले यिनीहरुलाई गाज्दै लगेको छ हिजोआज । आफूहरुले भाषा परिक्षा पास गरेर पनि किन कोरिया जान पाएनौ भन्ने अनुतरित प्रश्न गरिरहेका छन् यिनीहरु । न यिनीहरुलाई ईपिएस् कोरिया शाखाले नै तिमीहरु विविध कारणले गर्दा अयोग्य छौ भनेर भनेको छ न अन्य चितवुभ्दो जवाफ नै दिएको छ । मात्र ईपिएस् पीडितहरुको धर्ना चर्किर्द गएपछि सवै भाषा परिक्षा पास गर्ने कोरिया जान सक्दैनन् भन्ने भनाई ईपिएस कोरियाले दिएको छ ।

सशस्त्र दन्दको चपेटामा परेको मुलक नेपाल अनि यहि देशका लक्कावजवान तन्नेरीहरु । जसले उच्चशिक्षा लिएपछि रोजगारको प्रयासमा अनेक कष्ट व्योहोरे,कतिले स्वदेशमै सानातिना काम नगरेका पनि हैनन् तर देशको अवस्थाले त्यो सहय भएन् । कतिले भएको खोरीया वारी साहुकोमा वन्धकी राखेर कोरियाको सपना देखे । कतिले ऋण काटे । तर त्यो सवै प्रयास व्र्यथ भयो । कतिले कोरियाको सपनामा भएको जागिर छोडे ।

तर सवै ईच्छा एउटा कुनामा वन्धकी राखेर प्रत्येक दिन जस्तो यिनीहरु जम्मा भईरहेका छन् ईपिएस् कोरिया शाखा अगाडी । आफूरुको ठूलो मिहीनेत र प्रयास असफल भएपछि कोरिया जान पाउ भन्दै ईपिएस् पीडितहरुले विरोधका कार्यक्रम थाले । पत्रकार सम्मेलन गरे । कोरिया शाखालाई झक्झकाए । अन्ततः वन्दका कार्यक्रमलाई समेत अगाडी वढाउने निर्णयमा पुगेका ईपिएस् पिडीतहरुको आन्दोलनले भनेजस्तो उपलव्धी पाउन सकेन् ।

धनार्मा वसेका उनिहरुलाई प्रहरीले लखेट्यो ,उनिहरुको आन्दोलन न कोरिया सरकारले सुन्यो न नेपाल सरकारले नै । हामीहरु कोरियाको आशामा वेवारिसे भयौ, यिनीहरु यसै भनिरहेका छन् । कतिले कोरियाको पछि लाग्न छोडेर अरु नै देश जाने निधो समेत गरिसकेका रहेछन् ।

समाज र छरछिमेकमा प्रत्येक दिन जस्तो सोधिने प्रश्न, “कहिले जान्छस् कोरिया”कोे उत्तर दिदादिदा थाकीसकेका छौ, भन्ने यिनीहरु मध्य कोरिया सपनाले कत्तिलाई डिप्रेसनको शिकार समेत वनाईसकेको छ । यहि हो यर्थाथ ईपिएस् कोरिया पीडितको । जसले कोरियाकै लागी भनेर सारा समय विताए ।

कतिले त भाषा परिक्षामा राम्रो अंक ल्याउनकै लागी भनेर रात भरि पढे । तर सवै व्यर्थ नहोस् भन्ने यिनीहरुको माग रहेको छ । माग यिनै भएपनि अव आएर ईपिएस् पिडीतहरुको आन्दोलनमा राजनीतिक सदासायता देखापरेको छ । नेकपामाओवादी वैद्य सर्मथीत प्यानलले अवको आन्दोलनमा सहयोग गर्ने भएको छ ।

अव हेर्न वाकी छ भोलिको आन्दोलन कसरी अगाडी वढ्छ । के आफना मागको सम्वोधन होस् भनेर धर्नामा वसेकाहरु कोरियामा रोजगारको लागी जान् पाउछ्न या नेकपा माओवादीले भने जस्तै माग पूरा नभए नेपालवाट ईपिएस् शाखानै खारेजी गर्ने । के होला त्यो भने प्रतिक्षाको विषय वनेको छ ।



Nick Name     
comment   




कोरियामा बृहत सांगितीक कार्यक्रम २०७६ भव्य रुपमा सम्पन्न


नेपाली सम्पर्क समितिका कोरियाका निवर्तमान अध्यक्ष शाह ठगीमा मुछिन्दै....












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com