मोहिनी रिसाल

शान्तिको कामना गरेपनि युद्ध रोकिएन विश्वमा
[2013-08-11 오전 12:06:00]

करिब ६८ वर्षअघि दोस्रो विश्वयुद्धताका सन् १९४५ को अगस्ट ६ र ९ का दिन जापानको हिरोसिमा र नागासाकी नगरमा भएका नरसंहारको सामना अब कहिल्यै गर्नुनपरोस् भनी यतिखेर जापानी मात्र होइन विश्वकै नागरिकले कामना गरिरहेका छन् ।

विश्वका नागरिकले यो कामना गरिरहेका बेला विश्वका केही देशमा सयौ नागरिक मारिएका छन् । विश्वमा कतिपय देशमा हरेक दिन विश्वयुद्धभन्दा चर्का यातना एवम् पाशविक रूपमा नागरिक मारिने गरेका छन् ।

अहिले पनि अफगानिस्तान, पाकिस्तान, इराक, सिरियाजस्ता देशमा दैनिकी कम्तीमा सयजनाको ज्यान गइरहेको छ । तीमध्ये कतिपय देशमा विदेशी तथा स्वदेशी सेनाबाटै नागरिक मारिने गरेका छन् ।

सिरियामा आन्दोलन सुरुभएको २७ महिनामा एक लाखभन्दा बढी नागरिक मारिएका छन् । संयुक्त राष्ट्र सङ्घले हालै प्रकाशन गरेको एक प्रतिवेदनमा त्यहाा महिनामा तीन हजारका दरले नागरिकको ज्यान गइरहेको छ ।

त्यस्तै अफगानिस्तान र पाकिस्तानमा पनि नागरिक नमारिएको दिन छैन । हरेक दिन ती देशमा निहत्था नागरिक बन्दुकको गोली र बमबाट मारिन्छन् । यो अथार्थ हाम्रा सामु दिनह देखा परिरहेको छ ।

विश्वयुद्धताका सन् १९४५ को अगस्ट ६ र ९ का दिन जापानमा भएका ती दुई बम विस्फोटबाट हिरोसिमामा करिब ७० हजार र नागासाकीमा करिब ४० हजार गरी चार दिनभित्र करिब एक लाख १० हजार नागरिकले तत्कालै ज्यान गुमाएका थिए । तर त्यसयता मात्र नभएर हालैका केही वर्षयताका कारबाही हेर्दा एकाध देशमा मात्र त्यति नागरिकले ज्यान गुमाइसकेका छन् ।

जापानको विश्वचर्चित सहरहरू हिरोसिमा र नागासाकीका नागरिकले ६८ वर्षअघि भएको सो आम जनसंहारको दु:खद स्मरण गरेका छन् । तर हिजोआजका विश्व समाचार बुलेटिन हेर्ने हो भने पनि त्यो भन्दा कम दर्दनाक अवस्था छैन ।

यी दुई घटनाको संस्मरणमा हाल विश्वका नागरिकले आणविक शस्त्रास्त्रको होडबाजी अब विश्वमा कहिल्यै नहोस र हतियारको दुरूपयोगबाट कसैले पनि ज्यान गुमाउनु नपरोस भन्ने कामना गरिरहादा आफ्नै देशभित्र र विशेषगरी सत्ताकै लागि मारिइरहेका नागरिकका लागि आणविक शक्तिराष्ट्रले के गरिरहेका छन् । भनी हेर्नुपर्ने भएको छ ।

विश्वका कैयौं देशहरूमा शस्त्रास्त्रको व्यापक होडबाजी आजपर्यन्त चलिनै रहेको छ । विश्वका कुनै पनि देशले हिरोसिमा र नागासाकीको नियति भोग्नु नपरोस् भन्ने जापानी नागरिकको वर्षौंदेखिको यस्तो प्रार्थना आज पनि सार्थक भएको छैन । पाकिस्तानमा आतङ्कवाद र विभिन्न जातीय हिंसामा परी दैनिक करिब पचास व्यक्तिको हताहत भइरहेको हुन्छ ।

यस मुलुकमा गत बिहीबार मात्र पनि मुसलमानहरूको चाड इद अल–फित्रको पूर्व सन्ध्यामा एक अन्त्येष्टि कार्यक्रममा आत्मघाती बम आक्रमण भएको थियो । सो आक्रमणमा ३८ व्यक्तिको मृत्यु हुनाकासथै ५० भन्दा बढी व्यक्ति घाइते भएका थिए ।

आजभोलि पनि विश्वमा हजारौं नागरिक बम, बन्दुक र रासायनिक हतियारसम्मको शिकार हुादै आएका छन् । सिरियाली युद्धले एकलाख भन्दा बढी नागरिकको ज्यान लिइसकेको संयुक्त राष्ट्रसङ्घले जनाउदै आएको छ । त्यस्तै शासक वर्गबाट आमजनतामाथि रासायनिक हातहतियार प्रयोग गरेको समेत पुष्टि भएको छ ।

यसपछि हिंसा, हत्या र आतङ्कबादबाट पीडित देश अफगानिस्तानको परेको छ । अफगानिस्तानमा तालिवान आतङ्ककारीसाग युद्धरत नेटो सैनिक सन् २०१४ को अन्त्यसम्म फिर्ता जाने घोषणा सो सैन्य समूहमा संलग्न सबै देशले यसअघि नै गरिसकेका छन् ।

तर त्यसपछाडिको दिनमा के अफगानिस्तानमा शान्ति आउला त ? अफगानी सैनिकले मात्र युद्धबाट आक्रान्त आफ्नो मुलुकमा शान्ति कायम राख्न सम्भव होला ? भन्ने प्रश्न विश्व सामु खडा नै छ । विगत १० वर्षभन्दा लामो समयदेखि सशस्त्र युद्ध लगातार जारी रहेको अफगानिस्तानमा यसवर्षको सुरुमा गैरसैनिक र विशुद्ध नागरिकको हताहतिमा वृद्धि भएको छ ।

गत वर्षको तुलनामा यस वर्षको पहिलो तीन महिनामा गैरसैनिक व्यक्तिको हत्यामा कम्तीमा पनि २३ प्रतिशतले वृद्धि भएको संयुक्त राष्ट्रसङ्घले हालै प्रकाशित समाचारले गत साता आमसञ्चारमा ठूलो स्थान पाएको थियो । हालैका दिनमा अफगानिस्तानमा जारी रहेको हिंसाको प्रकृति हेर्दा भने त्यहाा शान्तिको आशा कमै मात्र देखिन्छ ।

दक्षिण एसियाली क्षेत्रमा गत तीन दशकभन्दा बढीदेखि सबैभन्दा अशान्त रहेको देश अफगानिस्तानका जनताले राखेको शान्तिको आकाङ्क्षा पूरा हुने आधार अझै पनि तयार हुनसकेको छैन । नरसंहारको क्रम जारी रहेको अर्को देश हो इराक । इराकमा गएको जुलाई महिनामा मात्र हिंसामा परी एक हजारभन्दा बढी व्यक्तिले ज्यान गुमाएका छन् ।

दैनिक पचासका दरले व्यक्तिहत्याको शृङ्खला जारी छ । इराकमा सुन्नी र सिया मुसलमानका बीचमा विगत लामो समयदेखि आपसमा आक्रमण र हत्याका शृङ्खलाह्रू जारी नै रहेका छन् ।

यसैगरी विश्वमा हिंसा शृङ्खला सुरु अर्को देश हो इजिप्ट । राष्ट्रपति मोहमद मोर्सीलाई सेनाले अपदस्थ गरेपछि भएका निरन्तर आन्दोलनमा सयौं व्यक्तिको मृत्युभएको छ ।

प्रार्थना गरौ विश्वमा यो हत्या हिंसा रोकियोस् र शान्ती छाओस् । विश्वको कुनै पनि देश फेरि हिरोसिमा र नागासाकी बन्न नपरोस् ।



Nick Name     
comment   




कोरियामा बृहत सांगितीक कार्यक्रम २०७६ भव्य रुपमा सम्पन्न


नेपाली सम्पर्क समितिका कोरियाका निवर्तमान अध्यक्ष शाह ठगीमा मुछिन्दै....












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com