शुभ नारायण यादब

पैसाको लोभमा यौन धन्दामा फसाउन खोजिएको खुलासा
[2013-07-29 오후 11:55:00]

पैसाको लोभमा सप्तरीमा एक महिलाले नतिनी मान्दै आएकी दुई किशोरी लाई जागिरको प्रलोभन देखाउँदै ललाई फकाई यौन धन्दामा फसाउन खोजेको खुलासा भएको छ । सप्तरीको हरिहरपुर गाविस–२ मटिगाढा टोलकी ५० वर्षिया द्रोपति चौधरीले पैसाको लोभमा यस्तो घृणीत कार्यको प्रयास गरेकी हुन । यद्यपि ति दुवै किशोरी बुद्धिमाता र साहस देखाउँदै उनको घृणित प्रयास विफल बनाएका छन् ।

द्रोपतिले सप्तरीको फत्तेपुर निवासी मुकेश जंग खडगा र बतनाहा निवासी मिथलेश यादवको पैसाको प्रलोभनमा परी यस्तो घृणित प्रयास गरेको सोमबार एक पत्रकार सम्मेलनको आयोजना गरी पिडित किशोरी र उनका आफन्तले सार्वजनिक गरेका छन् । हरिहरपुर गाविस २ निवासी १७ वर्षिया ममता कुमारी चौधरी र १८ वर्षिया सरिता कुमारी सरदारले आफुहरुले हजुरआमा मानेको महिलाबाट यस्तो घृणित प्रयास हुनु दुखद भएको उल्लेख गर्दै यस्तो कार्यमा संलग्नहरुमाथि कडा कारबाही हुनुपर्ने माग गरेकी छिन ।

प्रहरीमा कुनै सुनुवाई नभएपछि संचारकर्मीहरुलाई गुहारेको पत्रकार सम्मेलनमा ममताका पिता बिरेन्द्र चौधरीले बताए । यसै पल्ट एसएलसी पास गरेकी सरिता र ममतालाई एक साता अघि घरमै बसेको बेला द्रोपतिले गाउँकै घरदैया नामक संस्थाले कंचनपुरमा दुई दिने सिपमुलक तालिम दिन लागेको र सो तालिम लिएपछि राम्रो जागिर लगाइदिने प्रलोभन देखाएकी थिइन् पत्रकार सम्मेलनमा ममता भनिन–उनको विश्वासमा पर्दा ठूलो खतरामा परे ।

द्रोपतिले भने अनुसार भोलिपल्ट म र सरिता उनी सँग बस चढेर कंचनपुर तिर लाग्यो, तर बस कंचनपुरमा रोकिएन ममताले भनिन–द्रोपतिलाई सोध्दा उनले तालिम कंचनपुरबाट भारदहमा सरेकोले हामि त्यहि ओर्लिने ।’ बस भारदहमा पुग्दा पनि नरोकिएपछि तालिम कार्यक्रम इटहरीमा सरेको द्रोपतिले बताउँदा हामी संसकित भयौ, सरिताले भनिन–तर हजुरआमा मानेको द्रोपतिले गलत नगर्ला ठानेर मन नै बस्यौ ।

भारदहमा भने मुकेश जंग खडगा र मिथलेश यादव गाडिमा चढेर द्रोपतिसँग खासकुश गर्न थाले सरिताले भनिन त्यसपछि हामीलाई संका लाग्न सुरु भयो । ति दुवै युवक बारे द्रोपति सँग जिज्ञाशा राख्दा उनको परिचय गराउँदै द्रोपतिले उनीहरु तालिमका प्रशिक्षक रहेको आफुहरुलाई बताएको सरिताले सुनाइन । इटहरी पुगेपछि उनीहरुले खाना पाक्न ढिलो छ । तबसम्म आराम गरौ भन्दै इटहरी स्थित रँगमंच गेस्ट हाउसको कोठामा पु¥याए उनले बताइन ।

साँझको ७ बज्नै लागेको थियो, द्रोपति आएर सरितालाई केही कुरा गर्नुछ भन्दै अर्काे कोठामा पु¥याए त्यहाँ पहिले देखिनै मिथलेश बसिरहेको थियो । एकछिन पछि ममता बसेको कोठामा मुकेश छि¥यो । र कोठा भित्रका चुकुल लगाएर ममतालाई राम्रो जागिर चाहियो भने शारिरिक सम्बन्ध कायम गर्नु पर्छ भन्दै मुकेशले जर्वजस्तीको प्रयास गर्याै– ममताले रुदै सुनाइन । अर्का कोठामा रहेकी सरिता सँग पनि मिथलेशले त्यस्तै घृणित प्रयास ग¥यो ।

आफ्नो अस्मिता जोगाउन चिच्याउन थालेपछि मुकेश र अर्काे कोठामा सरिता सँग रहेको मिथलेश चोकुल खोली बाहिर निस्केको ममताले बताइन । ति दुवैले कोठा बाहिर बसेकी द्रोपतिलाई ‘केटीहरु मानेको छैन’ भनेपछि द्रोपतिले उनीहरुको खानामा नसालु पदार्थ मिसाएर बेहोस बनाउन सल्लाह दिएको सुन्दा आफुहरु छांगाबाट खसेझै भएको सरिताले सुनाइन । उनीहरु अर्काे कोठामा योजना बनाउँदै थिए । हामी कोठामा बसेर यहाँबाट कसरी भाग्ने सोच्दै थिए ।

यसैबीच उनीहरु रक्सी सेवन गर्दै गरेको मौका छोपी त्यहाँबाट भागेर सडकमा आयौ सरिताले भनिन(सडकमै भेटेका एक व्यक्तिलाई सबै वृतान्ड सुनाएपछि उनले राती इटहरीकै टेंगरी टोल बस्ने खुशिलाल चौधरीको घरमा बास बसाए । भोलि पल्ट उनैले गाडि चढाएर घर सम्म पु¥याए दिएको उनले बताइन । अभिभावकलाई सबै कुरा बताएपछि प्रहरीमा पुगेको र प्रहरीले चासो नदेखाएको पीडित किशोरीहरुले बताइन । उनीहरुले पीडकलाई कारबाही गराउन पहल गरदिन आग्रह समेत गरे ।

अधिकारकर्मी जंग बहादुर सिंह तथा आभासेतु सिंहले स्थानीय प्रशासन पीडितलाई न्याय र दोषिलाई कारबाही गर्न ढिलाई गरेकोमा आक्रोश व्यक्त गर्दै अभिलम्ब अपराधीलाई कानूनी दायरामा ल्याउन विज्ञप्ती मार्फत माग गरेका छन् । यसबारे जिल्ला प्रहरी कार्यालयमा सम्पर्क गर्दा प्रहरी निरिक्षक खेमनारायण चौधरीले घटनास्थल इटहरी भएपनि आफ्नो स्तरबाट आवश्यक अनुसन्धान भइरहेको र दोषी पाइएकाहरुलाई कडा कारबाही गर्ने प्रतिवद्धता व्यक्त गरे ।



Nick Name     
comment   




कोरियामा बृहत सांगितीक कार्यक्रम २०७६ भव्य रुपमा सम्पन्न


नेपाली सम्पर्क समितिका कोरियाका निवर्तमान अध्यक्ष शाह ठगीमा मुछिन्दै....












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com