Kantipur

कागजी एनआरएन
[2013-06-20 오전 12:05:00]

७ असारमा स्वीट्जरल्यान्डको जुरचिमा हुने गैरआवासीय नेपाली संघ (एनआरएन)को 'छैटौँ युरोपियन मिटिङ् एन्ड युरोपियन वुमेन कन्फरेन्स' केन्द्रीय नयाँ नेतृत्वका लागि भइरहेको दौडधूपमा बदलिने देखिएको छ । सार्क मुलुकभन्दा बाहिर करबि ६५ देशमा आफ्नो सञ्जाल विस्तार गरेको एनआरएनको काठमाडौँमा आगामी कात्तिकमा हुने छैटौँ अधिवेशनका सन्दर्भमा यस बैठकको बेग्लै महत्त्व छ।

सँगसँगै अब एनआरएनको नेतृत्व कसको हातमा भन्ने बहस पनि सुरु भएको छ। अध्यक्ष पदका लागि अहिलेसम्म अस्ट्रेलियामा धनी कहलिएका शेष घले, बेलायतमा बसोवास गर्ने हितमान गुरुङ, दक्षिण कोरिया निवासी तेन्जी शेर्पा र जर्मन निवासी रामप्रताप थापाको दाबी सुनिएको छ। तर, नेतृत्व चयनको माहौल तयार भइरहँदा एनआरएन घोषणापत्रमा मात्र सीमित भएको भन्ने गुनासाहरू पनि सुनिएका छन्।

हुन पनि संस्थापक अध्यक्ष उपेन्द्र महतो, संरक्षक देवमान हिराचन र वर्तमान अध्यक्ष जीवा लामिछानेसम्म आइपुग्दा एनआरएनले अनेकन् घोषणापत्र सार्वजनिक गरसिकेको छ। तर, घोषणापत्रमा उल्लेख कुरामा खास प्रगति हुन सकेको छैन। दोस्रो ग्लोबल कन्फरेन्समा एनआरएनले सय मिलियन अमेरिकी डलर 'नेपाल इन्भेस्टमेन्ट फन्ड', वैदेशिक रोजगारमा जानेहरूका लागि 'दक्षता अभिवृद्धि केन्द्रको स्थापना' प्रवासका नेपाली ज्ञान र सीपलाई उपयोग गर्नका लागि 'नलेज बंैक', 'एक जिल्ला एक परियोजना'जस्ता अवधारणा सार्वजनिक गरेको थियो। तर, कुनै पनि लागू गर्न सकेन। त्यस्तै तेस्रो कन्फरेन्समा द्वन्द्व प्रभावित क्षेत्रका लागि 'लोक कल्याणकारी परयिोजना' र विश्वका विभिन्न सहरका लागि 'नेपाली सांस्कृतिक केन्द्रको स्थापना'जस्ता आकर्षक कुराहरू थिए, जुन कागजमा मात्र सीमित भए।

संस्थागत रूपमा सामाजिक क्षेत्रमा काम गर्न एनआरएनले नसके पनि व्यक्तिगत रूपमा सामाजिक क्षेत्रमा महतो सफल रहे। पशुपति क्षेत्र अन्तर्गत किरियापुत्री भवन, फूलकुमारी महतो ट्रस्टजस्ता परोपकारी काम उनले नै गरेका हुन्। चौथो कार्यकालसम्म आइपुग्दा एनआरएन संस्थागत रूपमा थोरै गति लिएजस्तो देखियो। देवमान हिराचनले 'म होइन, हामी' भन्ने अवधारणा ल्याए। नेपाल सरकारले पर्यटन वर्ष घोषणा गरेको परपि्रेक्ष्यमा उनले 'एउटा साथी घर पठाऊ' भन्ने अभियान चलाए। एनआरएन परचियपत्र स्वागत गरियो। 'इलम प्रशिक्षण' र 'नेपाली घर'जस्ता कार्यक्रम मात्र होइन, जापान सरकारले विश्वका अति कम विकसित ५० भन्दा बढी मुलुकमा 'एक गाउँ एक उत्पादन' अन्तर्गत दिने आर्थिक सहयोग नेपालमा ल्याउन पनि एनएआरएनको महत्त्वपूर्ण भूमिका रह्यो।

पाँचौँ ग्लोबल कन्फरेन्सबाट अध्यक्षमा चुनिएका जीवा लामिछानेले सरकारद्वारा घोषणा गरएिको 'लगानी वर्ष' २०१२ र २०१३ लाई सार्थक बनाउने उद्देश्य अनुरूप 'एनआरएन इन्भेस्टमेन्ट कम्पनी' नेपालमा दर्ता गराएर लगानी भित्र्याउने योजना अगाडि सारे। उनको पालामै पाँच अर्बको योजना अनुरूप एक सय मेगावाटको बिजुली उत्पादन गर्ने लक्ष्य लिएको भए पनि अहिले केवल साझेदारीमा २७ मेगावाटको प्रक्रियामा छ।

नेतृत्वका आफ्नै खालका सजिला र अप्ठ्यारा परिस्थत होलान् तर कतिपय महत्त्वाकांक्षी योजनाहरू लागू नै भएनन् र भएका पनि खास प्रभावकारी भएनन् भन्ने गुनासो सुनिन्छ। एनआरएन संस्थाको सहारामा कतिपय व्यक्तिले व्यक्तिगत छवि निर्माण गरेको र लाभ लिएका टिप्पणीहरू पनि नसुनिएका होइनन्। राजनीतिक, क्षेत्रीय र जातीयताको प्रभाव पनि एनआरएनमा पर्न थालेको छ। निर्वाचनमुखी मात्र भएको आरोप एनआरएनका पदाधिकारीमाथि लाग्न थालेको वषा भइसक्यो।

त्यसैले अबका नेतृत्वले नयाँमाथि नयाँ शब्दको प्रयोग गर्दै विभिन्न घोषणापत्र मात्र सार्वजनिक गर्नुभन्दा पुराना सपनालाई केलाएर तिनलाई पूर्णता दिनु श्रेयकर हुनेछ। विगतका घोषणा पूरा नगरी नयाँ घोषणा गर्नुको कुनै औचित्य छैन। नेपाली समाजमा एउटा धारणा छ, एनआरएनहरू आउँछन्, गफ दिन्छन् र जान्छन् तर केही गर्दैनन् भन्ने। यसपटकको सम्मेलन गफ होइन, काम गर्ने कडी बनोस्।

(पौडेल बेल्जियमका गैरआवासीय नेपाली हुन् ।)



Nick Name     
comment   




कोरियामा बृहत सांगितीक कार्यक्रम २०७६ भव्य रुपमा सम्पन्न


नेपाली सम्पर्क समितिका कोरियाका निवर्तमान अध्यक्ष शाह ठगीमा मुछिन्दै....












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com