अन्जली रम्तेल

आत्मबलको अभावबाट आत्महत्या
[2013-06-14 오후 10:21:00]

आधुनिकतातर्फ बढ्दै गएको नेपाली समाजमा आवश्यकता पनि उस्तै क्रमले बढ्न थालेको छ । त्यही आवश्यकता पूरा गर्न कोही सङ्घर्ष गर्न थाल्दछन्, कोही नराम्रा काम गर्न अघि सर्छन् भने कोही सङ्घर्ष गर्न डराएर आत्महत्यासमेत गर्न पुग्दछन् ।

काठमाडौ उपत्यकामा पनि अफ्नो जीवनलाई सुखमय बनाउने सपना बोकेर बाहिरी जिल्लाबाट आउने मानिसको सङ्ख्या दिनप्रतिदिन बढ्दो छ । कतिले देखेका सपना पूरा हुन्छन् भने कतिका सपना त्यत्तिकै तुहिन्छन् । सपना तुहिनेहरू आत्मबलको अभावमा आत्महत्याको बाटो आगाल्न पुग्छन् ।

तिनै आत्महत्याको बाटो आगाल्नेहरूको सङ्ख्या उपत्यकाका तीन जिल्लामा बढ्दै जान थालेको छ । महानगरीय प्रहरी आयुक्तको कार्यालय रानीपोखरीले दिएको तथ्याङ्कअनुसार उपत्यकाका तीन जिल्लामध्ये पनि काठमाडौामा आत्महत्या गर्नेको सङ्ख्या धेरै छ ।

जसअनुसार आर्थिक वर्ष २०६७/६८ मा काठमाडौामा आत्महत्या गर्नेको सङ्ख्या २४१ थियो भने २०६८/६९ मा यो सङ्ख्या बढेर २६२ पुगेको थियो । ललितपुरमा क्रमश: ७३ र ७९ थियो भने भक्तपुरमा ४७ र ५८ आत्महत्या गर्नेको सङ्ख्या थियो ।

आत्महत्या गर्नका लागि झुण्डिएर, विष सेवन गरेर, आगो लगाएर, हाम फालेर, सेरिएर, औजार प्रयोग गर्ने गरेको पाइएको छ । यसमध्ये पनि झुण्डिएर आत्महत्या गर्नेको सङ्ख्या ६० प्रतिशतले बढी छ ।

केही साताअघि मरुगणेश टोलमा मोमो व्यवसाय गर्ने २४ वर्षीय फूर्वा लामाले आफ्नो घाटी चक्कुले रेटेर आत्महत्या गरे । अनुसन्धानका क्रममा ठेलामा मोमो व्यवसाय गर्ने लामाले त्यस दिन अरु दिनभन्दा चाडो घरमा गएको र ढोका लगाएर ऐनामा हेर्दै चक्कुले घाटी रेटेको पाइयो । लामा विवाहित र एक सन्तानका बाबु समेत रहेका थिए ।

यसरी आत्महत्या गर्नेमा २० देखि ३० वर्ष उमेर समूहका युवाको सङ्ख्या बढी रहेको छ । त्यसमा पनि आत्महत्या गर्नेमा महिला बढी भएको आयुक्त कार्यालयले जनाएको छ ।

त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका मनोविज्ञ डा विद्यादेव शर्माका अनुसार मानसिक रुपमा विक्षिप्त भएपछि मात्र मानिस आत्महत्याको बाटो रोज्दछ । नेपालमा समस्या के छ भने मानसिक रोगीलाई पनि थाह हुादैन आफूमा मानसिक रोग छ भनेर र डाक्टरलाई पनि थाह हुादैन त्यो मानसिक रोग हो भनेर ।

जुनसुकै स्वास्थ्यसंस्थामा जाने बिरामीमध्ये करिब ३० प्रतिशत बिरामी कुनै न कुनै रुपमा मानसिक अस्वस्थता भएका व्यक्ति हुन्छन् । डा.शर्माले भन्नुभयो– ‘‘आधुनिकतासागै आफूलाई परिवर्तन गर्न नसक्नु, उच्च महत्वाकाक्षा, अस्वस्थ्य प्रतिस्पर्धी वातावरणका कारण मानसिक रोगी बढ्दै गइरहेका छन् ।’’

कुनै निश्चित उमेरमा हुने समस्या जस्तै प्रेममा असफलता, बेरोजगारी, शिक्षामा असन्तुष्टी जस्ता कारणले पनि मानसिक तनाव भई पछि रोगकै रुप लिन सक्दछ । त्यसलाई समयमा नै उपचार नगर्ने हो भने व्यक्ति आत्महत्यासम्म पुग्न सक्ने डा. शर्माको भनाई छ ।

आत्महत्या गर्नेमा पनि युवा नै बढी देखिएकाले मानसिक रुपमा तनाव नलिने, कुनै समस्या भए साथी वा परिवारका सदस्यसाग ‘सेयर’ गर्ने गरेमा आत्महत्याको प्रवृत्ति पनि कम हुने डा शर्मा बताउनुहुन्छ ।

केही सोच विचार नै नगरी, आफ्नो भविष्य नै नसोची र आत्महत्याले आफ्नो परिवार एवम् प्रियजनलाई दीर्घकालसम्म कस्तो असर पार्छ भन्ने सोच नै नराखी नितान्त मनोगत भाव राख्दा र आवेशलाई नियन्त्रण गर्न नसक्दा आत्महत्या गर्ने क्रम बढ्न गई समाजमा विकृति फैलिरहेको पाइन्छ ।

जीवनमा आफूले चाहेको कुरा पाउनका लागि मानिसमा ठूलो धैर्यताको खााचो पर्छ, त्यसैले युवा वर्गलाई निराश हुन नदिन र मानसिक रुपमा तनावग्रस्त हुनबाट जोगाउन अभिभावकले पनि बेला–बेलामा उचित परामर्श दिने, उनीहरूको जीवनमा के–कस्तो परिवर्तन भइरहेको छ, त्यसबारे सोच्ने गर्नु जरुरी छ ।

अभिभावकले आफ्ना छोराछोरीको पढाइलाई आवश्यकताभन्दा बढी ठूलो विषय बनाइदिने, पढाईको स्तरलाई उनीहरूको आत्मसम्मानसाग गाासी दिने, पर्याप्त समय नदिने, प्रेम सम्बन्धलाई नकारात्मक रुपमा मात्र लिइदिने, परिवारको वेरोजगार सदस्यलाई उपेक्षा गर्ने आदि गलत व्यवहारले पनि आत्महत्या जस्तो अप्रिय घटना निम्तिन सक्छ ।

आफूले दु:ख गरेर हुर्काएको छोराले २१ वर्षको उमेरमा आत्महत्या गरेको चोट सम्झदै काठमाडौं निवासी एक प्रौढ महिला तिक्तता पोख्नुहुन्छ – ‘‘त्यस्ता लाछी मान्छे बाचेको भन्दा मरेकै ठिक ।’’ उहाको यस भनाइबाट आत्महत्या गर्नेप्रति कसैको पनि सहानुभूति नरहने स्पष्ट हुन्छ ।



Nick Name     
comment   




कोरियामा बृहत सांगितीक कार्यक्रम २०७६ भव्य रुपमा सम्पन्न


नेपाली सम्पर्क समितिका कोरियाका निवर्तमान अध्यक्ष शाह ठगीमा मुछिन्दै....












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com