SHASHISHEKHAR

असहायलाई नेपालीकोरीयाको लुगाफाटो र नगद
[2013-06-11 오후 5:29:00]

मानिसहरुवीच जंगली युगदेखि नै एकआपसमा सामूहिक भावना र सहयोगको विकाश हुदै आएको देखिन्छ । त्यतिवेला देखि सुरु भएको यो क्रम निरन्तर रुपमा आज सम्म पनि जारी रहेको छ । यति भएपनि मानव समाजमा वेलावखत देखापर्ने विविध उतारचढावका कारण सवैको जिवन सोचेजस्तो हुन सकेको देखिदैन् ।

विषेशगरि नेपाल जस्तो गरिव मुलुकमा त एक छाक गतिलो खानेकुराको अभावमा कैयौ मानिसहरु भोकमरिको चपेटामा परिरहेका छन् । जिउ ढाक्ने न्यानो लुगाको अभावमा जाडो विताउनु पर्ने अवस्थाका साथै वस्ने ठाउको अभावमा सडकपेटीमा रात विताउने सयौं वालवालिका भेटिन्छन् ।

नाना,छाना र खानाको अभावमा घरवारविहीन भएका वालवालिकाहरु देशका प्रमुख शहरहरुमा जताजतै देख्न सकिन्छ । कति वावुआमाको हेपाई सहन नसकेर त कति सौतेनी आमाको कचकचका कारण आफनो वस्ती छोडेर शहरको रगिंन सपनामा भुल्न आईपुगेका छन् । १० वर्षे सशस्त्र द्वन्दको कारण पनि वालवालिकाहरुको जीवन असुरक्षित वनायो ।

अन्ततः यिनै कारणले वालवालिका सडकमा आईपुग्न वाध्य भए । उनिहरु सडकपेटिमा वस्न वाध्य भए भने पेट भर्न सडकमै फालिएका खानेकुरा खान विवश । यावत् कारणले गर्दा वालवालिकाको जिवन असुरक्षित वनेकै छ, साथै कष्टकर र थप पीडादायी पनि । यस्तै समस्यामा परेका प्रति लक्षित गरेर देशका विभीन्न स्थानमा वाल पुनरस्र्थापना केन्द्र संञ्चालन हुदै आएका छन् ।

अनाथ वालवालिकालाई वर्षौ देखि गास,वास र कपासको व्यवस्था गर्दै आएका त्यस्ता संस्था तथा व्यक्तिहरु देशका भिन्न स्थानमा हरतरहले लागिपरे पनि उनिहरुको आफनो मात्र प्रयास पक्कै पनि अपुग हुने देखिन्छ । त्यसैले त वेलावखत विविध संस्थाले आर्थिक तथा जिन्सी सहयोग गर्ने गरेका छन् ।

ति मध्य सुनसरी जिल्लामा पनि वालगुह स्थापना मार्फत वालवालिकाको संरक्षणमा सहयोगी हातहरु जुट्दै आएका छन् । तिनै संस्थामा रहेका वालवालिकालाई थप सहयोग पुराउने उद्देश्यले दक्षिण कोरियावाट आएको एउटा समूह सक्रिय भयो ।

विगत लामो समय देखि प्रवासी नेपालीहरुको हकहित र अधिकारमा समर्पित अनलाईन पत्रिका नेपाली कोरिया डट कमले नेपाल सर्वाड्डिण परामर्श मञ्च संग मिलेर संयुक्त रुपमा लुगाफाटा वितरण गर्यो । यस अन्र्तगत सर्वप्रथम सुनसरीको धरान नगरपालिका वडा नंम्वर तीनमा रहेको श्री सरस्वती वाल आश्रम नामक संस्थामा लुगाफाटा वितरण गरियो ।

उक्त संस्थामा विगत लामो समय देखि घरवारविहीन थुप्रै वालवालिकाको लागि नेपाल कोरिया डट कमका प्रधान सम्पादक डम्वर सुव्वा लगायत दक्षिण कोरियावाट आउनु भएको प्रोफेसर वाई यल लिले एक समारोहवीच लुगाफाटो वितरण गर्नुभयो । वालवालिकाको दयनिय अवस्थालाई देखेर व्यक्तिगत तवरमा प्रधान सम्पादक सुव्वाले नगद ५ हजार समेत प्रदान गुर्नभयो ।

लुगाफाटा वितरण अभियान अन्र्तगत अर्को चरणमा धरान नगरपालीका वडा नम्वर १७ मा रहेको हाम्रो पवित्र वालसंरक्षण समूह नेपालको छाना मुनि रहेका अनाथ आश्रमका वालवालिका सम्म पुग्यो । उक्त संस्थामा वर्षौदेखि घरवारविहीन अवस्थामा रहेका कलिला अवोध वालवालिकाको मुहारमा खुशी ल्याउने हेतुले त्यहाका वालवालिकालागी लुगाफाटा वितरण गरिएको थियो । साथै नेपालीकोरिया डट कमका प्रधानसम्पादक सुव्वाले व्यकितगत रुपमा उक्त सस्थामा पनि नगद पाचँ हजार रुपैया हस्तान्तरण गुर्नभयो ।

उक्त सहयोग कार्यक्रममा जिल्लाका राजनीतिज्ञ,नेकपा माओवादीका पूर्व सभासद किरण राई,समाजसेवी महेश राई भिष्मा चेमजोङ,प्रमिला लिम्वू वरिष्ठ पत्रकार भवानी वराल लगायत स्थानीय पत्रकारहरुको सहभागीतामा उक्त लुगाफाटा र सहयोग रकम हसतान्तरण गरिएको थियो । लुगाफाटा सहयोग पश्चात ‘हाम्रो पवित्र वाल संरक्षण समूह नेपाल ’ नामक सस्थाकी अध्यक्षले खुशी व्यक्त गुर्नभयो ।

नेपाली कोरिया डट कम र नेपाल सर्वाङिण विकास तथा परामर्श मञ्चको सहकार्य अन्र्तगतको सहयोग धरान वजारलाई छोडेर सुनसरी जिल्लाकै तरहरा हासोपोसामा रहेको सहिद स्मुति विद्यालयसम्म पुग्यो । उक्त विद्यालयले शहीदका छोराछोरी २४६ जना,वेपताका छोराछोरी १२ जना,घाईते अपाड्डका छोराछोरी ११ जना,द्वन्दपीडितका छोराछोरी २७ जना र स्थानीय गरिव २८ जना असहाय वालवालीकाकालाई उचितशिक्षादिक्षा दिदै आएको छ ।

उक्त विद्यालयमा वर्षौ देखि एउटै छानामुनि रहेका ति वालवालिकालाई सहयोग पुराउने उद्येश्यले लुगाफाटा वितरण गरिएको थियो । लुगाफाटा वितरण पछि सो विद्यालयले पनि टोली समक्ष कृतज्ञता व्यक्त गरेको थियो ।

समाजमा रहेका अनाथ ,टुहुरा र घरवारविहीन अवस्थाका वालवालीकालाई संरक्षण गरेर आवश्यक शिक्षादिक्षा दिन सक्रिय रहेका यस खाले संघसंस्थाहरुले आउदा दिनहरुमा अझ धेरै सेवा गर्दै जाओस् अनि संञ्चार क्षेत्रले पनि आफनो सामाजिक उतरदायित्तवको सिदान्त अनुसार यस्ता दिनदुखीहरु समक्ष सहयोगको हात फैलाउदै गएको खण्डमा सवैको आपसी साथ र सहकार्यले एकदिन अवश्य नै ति वालवालिकाको जिवन फूल वनेर फूल्ने छ । हामी सवैको शुभकामना ।।।



Nick Name     
comment   




कोरियामा बृहत सांगितीक कार्यक्रम २०७६ भव्य रुपमा सम्पन्न


नेपाली सम्पर्क समितिका कोरियाका निवर्तमान अध्यक्ष शाह ठगीमा मुछिन्दै....












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com