SHASHISHEKHAR

अशक्त लक्ष्मी राईको जादुमय साहित्यीक प्रतिभा
[2013-06-11 오후 5:29:00]

सृष्टिको सुरुवात आफैमा अनुपम छ । जन्म–मृत्यु यसको स्वाभाविक प्रक्र्रिया हो । धर्तीमा जन्मने हरेक प्राणीको जिवन अमूल्य भएकै कारण उसले आफनो जीवनकालमा राम्रा काम गर्ने र ईतिहास वनाउने कोशिश गर्दछ ।

तर सवै मान्छेको त्यो ईच्छाले पूर्णता पाउन सकेको देखिदैन् । कति मानिस जिवन वाच्नकै लागी मात्र वाचिदीन्छन् त कतिले धेरै सुन्दर र ठूला–ठूला काम गरेका छन् । शारारीक रुपमा परिपूर्ण भएपनि कैयौ मानिसहरु आफनो जिवन वेअर्थ विताउछन् ।

तर शारारीक अशक्त भएका कति मानिसहरु समाजका यावत् चुनौतीका वावजुद पनि विभीन्न क्षेत्रमा उदाहरणीय वन्न पुगेका कैयन् उदाहरण हामी देख्न सक्दछौं । त्यहि भीडमा आज हामी तपाईलाई अर्र्की एउटा यस्तो असाधारण प्रतिभा प्रस्तुत गर्दैछौं जसको अधिकाशं समय आफनै घरको चारदिवारमा वित्ने गरेको छ ।

कहिकतैवाट कह्ल्यिकाही हुने सहयोग तथा सम्मानको लागि घर भन्दा केहि टाढा पुग्नेगरे पनि उनको अधिकाश समय भने टाउको लुकाउन पुग्ने आफनै सानो घरमा वित्ने गरेको छ । उनको परिचय यतिमा मात्र सिमीत गर्नु अन्याय हुनजान्छ ।

ठूलो कुरो के भने उनि साहित्य सीर्जनामा रुचि राख्छीन् । अनि अशक्तताका कारण हात र खुटा चलाउन नसके पनि उनको साहित्य सीर्जनाले जोकोहीलाई घोत्लीएर सोच्न वाध्य वनाउछ । उनि हुन् साहित्यकार लक्ष्मी राई ‘सरगम’ ।

सुनसरी जिल्लाको धरान नगरपालीकाको जेरोप्वाईन्ट भन्ने स्थानवाट झण्डै आधा घण्टाको मोटर यात्रा पछि पुगिने गैरीगाउको पाचकन्या वडा नंम्वर आठमा राईको सानो घर छ । वावु वीरवहादुर राईको जेठी छोरीको रुपमा २३ वर्ष अघि उनको जन्म भएको थियो ।

जन्मदा कुनै शारारीक समस्या नभएकी लक्ष्मीको ६ महिना पुग्दानपुग्दै एकाएक हात खुटाले काम गर्न सकेन् । धेरै ठाउमा उपचारको प्रयास गरेपनि सफल हुन सकेन् । छोरीको त्यो अवस्थाले राई परिवारमा चिन्ता थपिदै गयो । धेरै ठाउमा लगेपनि उपचार हुन सकेन् ।

अन्ततः लक्ष्मीका वावुआमाले उनलाई घरमै राख्नुको विक्लप वाकी रहेन् । छोरीको त्यो अवस्थाले हो या अरु कुनै कारण चार वर्षको उमेरमा नै आमाले समेत घर छोडेर अरुसंगै हिडीन् । वावुले कान्छी आमा भित्राए । केहि समय वावु वीरवहादुरले आफनी अशक्त छोरी लक्ष्मीलाई संगै धरानमा रहेको आफू जागीरे विपी स्वास्थ्य विज्ञान प्रतिष्ठानको क्वाटरमा राखे ।

तर कान्छी आमालाई त्यो सह्य भएन् । रातदिन कचकचले अन्तत लक्ष्मीलाई आमावावु वस्ने ठाउमा वस्न मन लागेन् । त्यसपछि उनि जन्मस्थान गैरीगाउ पाचकन्या तिरै लागिन् ।

सानो वासले वनाईएको झुप्रो घरमा लक्ष्मीका वाल्यकाल विते र उनि उमेर संगै यौजना वन्नि । अनि समयअन्तराल संगै आफू भन्दा उमेरमा झण्डै दुई वर्ष कान्छी वहिनी सरस्वतीको रेखदेख र स्याहारसुसारमा ठूली हुदै गईन् । आमाको ममता वहिनीवाट पाईन् वावुको माया पनि थियो ।

कान्छी स्वास्नीको सौतेलो व्यवहारले आफू संगै क्वाटरमा छोरी नवस्दा वावु वीरवहादुरलाई लक्ष्मीको यादले सताउनु स्वाभाविक नै थियो । त्यसैत उनि फूर्सद पाउना साथ धरानको विपी क्याम्पवाट गैरीगाउ सम्म पुग्ने गरेका छन् । यसरी नै जेनतेन वावु वीरवहादुर र वहिनी सरस्वतीले लक्ष्मीलाई लालनपालन गर्दै आएका छन् ।

वावु र वहिनीको सामिप्यताले लक्ष्मीले कखरा मात्र सिकीनन्,अक्षर चिनीन् अनि जिवनको परिभाषा पनि । ढुड्डाको अन्तरकुन्तर छिचोलेर पनि पिपलले जरा हाले झै लक्ष्मीले पनि क्रमशः उमेर वढ्दै जादा अक्षर संगै साहीत्यमा रुचि देखाउन थालीन् । उनी अक्षर संगै खेल्न थालीन् । अक्षर उनका साथी हुन थाले । अशक्त लक्ष्मीको हात र खुट्टाले काम गर्न छोडेर के भो त मष्तिक भने राम्रो संग चल्थ्यो । स्पष्ट वोल्न सक्थीन् । त्यसैले उनलाई साहित्य सीर्जना तर्फ लाग्न सजिलो भयो ।

लक्ष्मीको शारारिक रुपमा अशक्त हुनुमा दोष थियो त अन्धविश्वास र झारफुकको । छोरीको हातखुटामा एकाएक देखिएको समस्याले अतालिएका वावु वीरवहादुरले उपचारकोलागि सुरुमा धामीझार्की गरे । तर झारफुकले छुदै छोयन् । लक्ष्मीलाई आधुनीक उपचारको खाचो थियो । तर आर्थिक अभावका कारण भनौ या अज्ञातनाले गर्दा परम्परागत उपचारको शिकार भईन् लक्ष्मी ।

अन्ततः उनको जिवन वेक्म्मा जस्तै ठानियो । लाउलाउ र खाउखाउ भन्ने उमेर ह्रिवलचेयरको साहारमा जिउनु परेको छ लक्ष्मीलाई । आफू भन्दा मात्र दुई वर्ष जेठि दिदिको अवस्थामा कहिलेकाही वहिनी सरस्वतीको आखावाट आसु नवगेका पनि होईनन् । तर त्यसलाई उनि लुकाउदै आएकी छिन् । र दिदि लक्ष्मीलाई जिवन जिउन सिकाउदै आएकी छिन् ।

झट् देख्नेको लागी लक्ष्मीको अवस्था कठैवराको पात्र मात्र भएपनि उनि त्यतिमा सीमित नभएको उनका साहित्यीक सीर्जना अध्ययन गर्दा थाहा हुन्छ । पछिल्लो समय उनैले लेखेको कविता,गीत र गजलको संग्रह ‘एकान्तमा सुवास ’नामक कृतिले लक्ष्मी राई ‘सरगम’का साहित्य सीर्जनालाई पाठकमाझ पुराउन ठूलो सहयोग गरेको छ । उनका वर्षौदेखि मनभित्र गुम्सीएका भावनाहरुले अक्षर वनेर सवै सामु पुग्ने मौका पाएको छ ।

एउटा अशक्ता जीवन वाचेर पनि लक्ष्मीले नेपाली साहित्य र समाजलाई जुन गुन लगाएकी छिन्,त्यो भविष्यले मूल्याङकन् गर्ने छ । उनले निकालेको एकान्तमा सुवासले लक्ष्मीलाई साहित्य पारखीवीच चिनाउदै लगेको छ, अनि त्यसको विक्री वितरणले उनलाई केहि मात्रामा आर्थिक सहयोग पनि भएको छ । त्यसको लागि सहयोग र साथ हामी सवैको हुनु आवश्यक देखिन्छ । लक्ष्मी राईको साहित्य सीर्जनालाई थप मलजल गरि उनलाई अझै साहित्यको क्षेत्रमा अगाडी वढाउने प्रेरणा र शक्ति दिनु हामी सवैको कर्तव्य हो ।

अनि अशक्तलाई समाजले गर्ने व्यवहारको साची हुन् लक्ष्मी । त्यो समाजको मानसीक्ता परिवर्तनको लागी पनि उनको साहित्यसीर्जना एउटा माध्यम वन्दै गएको छ । जसले,जसरी जहावाट सकिन्छ ,सवैले उनलाई सहयोग गरेको खण्डमा नेपाली साहित्य सीर्जनाको क्षेत्रमा लक्ष्मी राई सरगमको नाम अझै उचाई तर्फ जाने निश्चीत छ । आशा गरौं त्यो दिन धेरै टाढा नहोला । हामी सवैको यहि चाहना अनि कामना ।



Nick Name     
comment   




कोरियामा बृहत सांगितीक कार्यक्रम २०७६ भव्य रुपमा सम्पन्न


नेपाली सम्पर्क समितिका कोरियाका निवर्तमान अध्यक्ष शाह ठगीमा मुछिन्दै....












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com