भोला श्रेष्ठ

बराहक्षेत्र जीर्ण बन्दै गएपछि स्थानीयबासीहरु मर्मत,सम्भारका लागि जुटे
[2013-03-19 오후 9:09:00]

हिन्दु धर्मको चार धाममध्ये एक धाम मानिने सुनसरीको बराहक्षेत्रमा अवस्थित बराहक्षेत्र धाम सरकारको उपेक्षाका कारण जीर्ण बन्दै गएपछि स्थानीयबासीहरुले यसको मर्मत सम्भारका लागि जुटेका छन् ।

नेपाल सरकारको सास्कृति मन्त्रालयअन्तर्गतको पुरातत्व विभागले सुनसरीका एकमात्रै धार्मिक स्थल बराहक्षेत्रलाई ऐतिहासिक सम्पदाको राखे पनि त्यसको संवद्र्धन र संरक्षणमा ध्यान नदिएका कारण मन्दिरका सम्पूर्ण भवनहरु जीर्ण बन्दै गएपछि यसको मर्मत संम्भारमा बराहक्षेत्र संरक्षण मञ्च र धरानका समाजसेवी जुटेका हुन् ।

उनीहरुले मर्मत सम्भारका लागि छुट्टाछुटटै निर्माण समिति बनाएर यसलाई पूर्णता दिने भएका छन् । हाल बराहक्षेत्रभित्र रहेको बराहकुण्ड र बराहक्षेत्र प्रवचनालयको निर्माणमा जुटेका छन् । बराहकुण्डको निर्माणको जिम्मा मञ्चले लिएको छ भने प्रवचनालयको जिम्ममा धरानमा समाजसेवी कृष्णपसाद श्रेष्ठको संयोजकत्मा कठित निर्माण समितिले हेरिरहेको छ ।

करिब तीन हजार बर्ष अगाडि ढुंगैढुंगाले निर्माण गरिएको सो बराहुण्ड निर्माणका लागि निर्माण सम्पन्नसम्म २५ देखि ३० लाख लाग्ने संरक्षण मञ्चका सचिव रवि श्रेष्ठले जानकारी दिनुभयो । उहाले गत बर्ष लगाएको पुराणबाट उठेको रकम र विराटक्षेत्र पर्यटन प्रवर्छन समिति काकडभिटटा तथा भक्त जनहरुले दिएको सहयोग रकम ८ लाख ५० हजारबाट शुरु गरिएको बताउनुभयो ।

उहाले सरकारको मुख ताक्नुभन्दा पनि आफ्ने क्षेत्रलाई आफै विकास गर्ने उद्देशयले निर्माणलाई निरन्तरता दिने र अपुग रकम भक्तजन, मञ्चका पदाधिकारीहरुबाट संकलन गरी निर्माण गरिने जानकारी दिनुभयो ।

यतासुविधा समपन्न प्रवचनालय बनाउने उद्देश्यले २०६३ सालमा शिलान्यास गरेको सो भवनले अझै पूर्णता नपाएपछि निर्माणसमितिले दुई बर्षभित्रमा निर्माण सम्पन्न गर्ने उद्देश्यले पुन निर्माणको काम थालेको छ ।

माघ र कार्तिकमा लाग्ने धार्मिक मेलालाई लक्षित गरी प्रवचनालयसंगै अन्डरग्राउन्डमा ९ वटा सुविधासम्पन्न गेष्ट हाउस निर्माण गरिने निर्माण समितिका सदस्य धर्मराज तिम्सिनाले जानकारी दिनुभयो । उहाले यस प्रवचनालयमा २ सय जना भक्तजनहरु ऋट्न सक्ने बताउनुभयो ।

ऐतिहासिक एवम् धार्मिक पर्यटनको महत्वपूर्ण क्षेत्रमध्ये बराहक्षेत्र पूर्वकै नमूनाको रुपमा लिने गरिएको छ । पुरातत्व विभागले सुनसरीका एकमात्रै धार्मिक स्थल बराहक्षेत्र ऐतिहासिक सम्पदाको सूचिमा राखे पनि मन्दिरको मर्मतसम्भारका लागि बजेट नछुट्याएका कारण भवन दिनप्रतिदिन जीर्ण बन्दै गएपछि यसको मर्मत संभार तथा भवनको निर्माणमा जुटेको उनीहरुको भनाई छ । १ करोड ५० लाख मा निर्माण सम्पन्न हुने सो प्रवचानलयको हाल ६० लाख खर्च भइसकेको र अब ६० प्रतिशत काम अझै बाकी रहेको उहाको भनाई छ ।

विभिन्न पुराणमा समेत वराहा क्षैत्रको वारमो वर्णन गरिएको तथा कोका र कौशिकीको संगम स्थलको रुपमा रहेकोले यहा आएर दर्शन गर्दा मनोकामना पुरा हुने र यहा आएर तपर्न दिएमा पितृहरुको उद्धार हुने पुजारीहरुको भनाई छ ।

बराहक्षेत्रमा बर्षमा दुईपटक धार्मिक मेला लाग्ने गर्दछ यस स्थानमा हिराण्यक्ष नामक दानवले पृथ्वीलाई समुन्द्रमा लुकाएको अवस्थामा विष्णु भगवानले वराहको अवतार लिएर हिराण्यक्षको वध गरी पृवी समुन्द्रवाट वाहिर ल्याएको र सोही स्थानमा आएर विश्राम गरेकोले यो स्थानमा वराह भगमानको पुजा आज गर्ने स्थलमा पूजाआजा गर्न थालिएको धामिर्क विश्वास रहि आएको छ ।

विषेश गरि पितृ तिर्थ स्थलको रुपमा रहेको वराहा क्षेत्रमा वर्षमा कार्तिक शुम्क पुणिमा र पौषे औशीमा मेला लाग्ने गरेको छ । सो अवधिमा नेपालवाट मात्र नभई भारत भुटान लगाएत का देसवाट श्रद्धालुहरु आउने गरेका छन् । सो समयमा सवारी साधनको कमी र जीर्ण सडककै कारण समयमै गन्तव्यमा पुग्न कठिन रहेको भक्तजनहरुको गुनासो रहेको छ।

बराहक्षेत्रमा ५ हजार बर्ष भन्दा अगाडिका पुराना ९ वटा मन्द्यिरहरु रहेको छन् । धरान देखि करिब २२ किमी उत्तरपश्चिम रहेको बराहक्षेत्र धाममालाई बेलेमै नेपाल सरकारले संरक्षण गर्न आवश्यक भइसकेको छ ।



Nick Name     
comment   




कोरियामा बृहत सांगितीक कार्यक्रम २०७६ भव्य रुपमा सम्पन्न


नेपाली सम्पर्क समितिका कोरियाका निवर्तमान अध्यक्ष शाह ठगीमा मुछिन्दै....












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com