नरेन्द्रराज प्रसाई

सेवाका आदरणीय त्रैलोक्यनाथ
[2013-03-19 오후 8:51:00]

नेपाली साहित्यका महारथी प्राध्यापक प्रा.डा.ईश्वर बरालले लेखेका थिए 'त्रैलोक्यनाथ श्रेष्ठ काठमाडौंका कर्मवीर औ निष्ठावान समाजसेवी हुनुहुन्छ ।' त्यसैगरी नेपाली साहित्यका अर्का महारथी भारत दार्जीलिङका प्राध्यापक राजनारायण प्रधानले पनि लेखेका थिए 'सबै थोकले सम्पन्न त्रैलोक्यनाथ श्रेष्ठका मनमा दीनहीन र घरबारविहीनहरूप्रति अशेष माया छ । उनको परोपकार भावना र कार्य देख्ता हामी जस्ता स्वार्थमा बुडेका झिँगाहरू लाजले पानीपानी हुन्छौं ।' वास्तवमा श्रेष्ठ त्यस्तै महान् थिए । त्यसैले अरू धेरै साहित्यकारले पनि उनको गाथा गाएका थिए ।

श्रेष्ठ निर्भीक र मिलनसार गुणले सुसज्जित थिए । उनी मान्छेसँग आत्मीय भएर मिल्थे । कसैलाई जति दिनु छ उनी त्यति दिन्थे ।दिनुपर्नेमा यी अलमल गर्दैन थिए । अनि कसैलाई दिएर यी रमाउँथे । कसैलाई दिँदा त्यस बेला यिनको सार्थक क्षण बन्थ्यो । दिनुको तार्त्पर्य सेवा प्रदान पनि हो भन्ने यिनको परिभाषा हुन्थ्यो ।

श्रेष्ठले समाजसेवाको शास्त्र बाल्यावस्थामा पढेका थिए । आमाले कोक्रामा सुताउँदा यिनले सेवा बुझेका थिए । बाबुले सम्याएको आँगनमा यिनले सेवाको विरुवा देखेका थिए । जब यी केटाकेटी नै थिए, 'सेवा' भन्ने शब्द त्यस बेला यिनको जटिल प्रश्न बन्न गएको थियो। उनी 'सेवा' शब्द गम्न थाल्दा स्कुल पढ्थे । त्यसै बेलादेखि दार्शनिक भएर यिनले सेवाको अर्थ खोजे । अनि जीवनको बाटो त्यसैलाई रोजे ।

समाजको सिंढीमा चढेर रमिता हर्ेन लाग्दा श्रेष्ठ काठमाडौंमा पढ्थे । त्यसबेला सांसारिक घटना देखेर बेलाबेला दुःखित हुन्थे र बेलाबेलामा आनन्द मान्थे । त्यतिबेला यिनले रोगी देख्थे । उनले पैसा नपाएका बिरामी भेट्थे । अनि उनी असहाय पनि देख्थे । त्यसभन्दा दुःखको कुरो साधन पाएर पनि उपभोग गर्न नसक्ने र नजान्ने अशिक्षित रोगी देखेर यिनमा भ्रान्ति उत्पन्न हुन्थ्यो । अनि उनी गुरु पनि बन्थे अथवा सिकाउँथे । उनी बिरामीहरूका लागि सकेको खर्च बेहोर्थे ।

श्रेष्ठको सपना र विपना दुवै परोपकार संस्थामा देखिन्थ्यो । खास गरी यिनको त्याग पछि गएर परोपकार बालग्राममा भेटिन्थ्यो । उनी परोपकार संस्थाका महासचिव नै थिए । श्रेष्ठले समाजसेवामा काम गर्दा कहिल्यै धक मानेनन् । यिनको ज्रि्रो सेवामा जोल्टिएर 'परोपकार' भन्ने शब्द ज्रि्रैमा टयाप्प टाँसिएको हुन्थ्यो ।

सामाजिक सेवामा सक्रिय हुँदा श्रेष्ठ १८ वर्षा थिए । त्यस बेलादेखि बाँचुन्जेल उनी त्यसैमा निर्लिप्त भए । उनले समाजसेवा भन्ने कुरा अर्न्तर्हृदयको मानवीय दृष्टिकोणमा समर्पित हुने कसी ठानेका थिए ।

लवाइखवाइमा श्रेष्ठको राजसी ठाँट थियो । राम्रो लाउनु र मीठो खानु पनि यी जीवनको र्सार्थक पक्ष मान्थे । त्यही रीतमा उनले आफ्नो भौतिक जुनी रित्याएका थिए । २०५७ सालमा यिनको काठमाडौंमा स्वर्गारोहण भएको थियो ।

शिक्षा विकासमा श्रेष्ठको सानैदेखिको रुचि थियो । यिनले पोखरामा पृथ्वीनारायण क्याम्पस स्थापना गर्न ठूलो जोड दिए । उनकै सक्रियतामा सो क्याम्पस जनसहयोगमा स्थापना पनि भएको थियो ।

श्रेष्ठले बीए पास गरे । सेवा गर्दा यिनले तक्मा पाए । प्रत्येक पाइलामा यिनले मिहिनेत गरे, इष्टमित्र बढाए, समाज बुझे, जनता चिने र इमान्दरी देखाए । यसैगरी उनले १४ अञ्चल डुले, विश्व घुमे र थुप्रै अनुभव बटुले ।

श्रेष्ठले कुनै पनि नकारात्मक प्रवृत्तिको विरोध गरे र यसमा अडान लिएरै बसे । यिनले न्यायका पक्षमा जोड दिइरहे । उनी खारिएरै नेपाली पटभूमिमा प्रस्तुत भइरहे । वास्तवमा उनको जीवनलाई थप मर्यादित बनाउने काम गुन्जमान सिंहले गरेका थिए ।

श्रेष्ठ स्वाभिमानी थिए । २००७ कात्तिकमा यी राणाको विरोध गर्दै यी गौचर हवाई हड्डा पुगेका थिए । त्यहाँ राणाका सिपाहीले च्याङ्ग्रा फ्याँकेको जस्तै गरी यिनको कठालो समाएर यिनलाई ट्रकमा फालेका थिए । त्यो भाइटीकाको दिन थियो । उनी जेलमा थिए । यिनका चेलीहरू यिनको प्रतीक्षामा थिए । राणाको विरोध गर्दा त्यसैदिन यिनको जीउ रगताम्ये भएको थियो । त्यतिबेला राणाले कुट्दाकुट्दै यी बेहोश भएका थिए । अनि यी बेहोशमै रुन्थे । त्यसबेला पनि यी प्रजातन्त्र ल्याउने सपना देख्थे । यिनलाई राणाले माफ माग् भन्थे । यी चूप लाग्थे, बरु बोल्दैनथे; तर जेलमै बसे ।

समाजमा नैतिक शिक्षालाई अझ प्रभावकारी रूपमा बढाउन श्रेष्ठ तल्लिन थिए । उनै सदैव यसैमा विशेष झुकाउ राख्थे । त्यसैले पनि सामाजिक जागरण ल्याउन राष्ट्र र समाजका लागि इमान्दारीपूर्वक समर्पित मानवको अग्रपङ्तिमा यिनको नाउँ स्थापित थियो । उनी नेपाली समाजको चिन्तक पनि थिए ।

श्रेष्ठ गतिला र साँच्चैका सेवक थिए । उनीबाट धेरैले बलियो पथ पाएका थिए । अनि धेरै जनाले उनीबाट मीठो माया पनि पाएका थिए । त्यसैले उनी समाजसेवाका फाँटमा पूजनीय पनि भए । यिनलाई धेरैले आदरणीय र श्रद्धेय माने । उनले रोपेको समाजसेवाका विउले उनी यस भेकमा विश्वासका पात्र पनि भए ।

श्रेष्ठले सेवा गर्दा मान, प्रतिष्ठा र धनको लोभ गरेनन् । उनले सेवामा विशुद्ध मन खर्च गरेका थिए । त्यही पवित्र मनबाटै उनले समाजहितका लागि गर्नु गरे । छोटकरीमा भन्ने हो भने उनले गच्छेअनुसार शुद्ध र भलो काम गरेका थिए । उनी दानीभन्दा पनि त्यागी थिए ।
श्रेष्ठ सानैदेखि त्याग गर्थे । अनाथको सेवा गर्न नपाउँदा उनी फिटीफटी पर्थे । आपत्तिमा भने यी वैरीका सिकुवामा पनि पसारिन्थे । यी असल शत्रुलाई ढाडमा बाकेर पनि हिँड्थे ।

उनीहरुका लागि पनि यी दवाईपानी गर्थे । वास्तवमा उनी त्यसैमा रमाउँथे । नेपाली धरामा यी वास्तविक स्वयंसेवक थिए । उनी आत्मसन्तुष्टिका लागि नै समाजसेवामा लागेका थिए ।
२०५२ साल माघ १५ गतेको कुरा हो । त्यसदिन माधव घिमिरेले नइ प्रकाशनको विधिवत उद्घाटन गरेका थिए । त्यसैदिन नइ प्रकाशनले घिमिरेलाई सर्वप्रथम राष्ट्रकवि शब्दको उपाधिद्वारा सम्बोधन गरेको थियो ।

त्यस अवसरमा त्रैलोक्यनाथ श्रेष्ठ, प्रा.डा.वासुदेव त्रिपाठी, ईश्वरवल्लभ, घटराज भट्टराई, पूर्णप्रकाश नेपाल यात्री, भरतराज मन्थलीय, डा.चेतबहादुर कुँवर, मदनदास श्रेष्ठ, विष्णुप्रभात, विनोद अश्रुमाली, डा.शैलेन्दुप्रकाश नेपाल, युवराज नयाँघरे, रमण घिमिरे, ज्ञानेन्द्रविवशआदिले नइ प्रकाशनबारे सारगर्वित मन्तव्य प्रकट गरेका थिए । अनि त्रैलोक्यनाथ श्रेष्ठलेचाहिं नइ प्रकाशनको प्रारम्भिक भौतिक जग नै उठाई दिएका थिए । वास्तवमा नेपालमा उनले यस्ता अन्य धेरै काम गरेका थिए ।



Nick Name     
comment   




कोरियामा बृहत सांगितीक कार्यक्रम २०७६ भव्य रुपमा सम्पन्न


नेपाली सम्पर्क समितिका कोरियाका निवर्तमान अध्यक्ष शाह ठगीमा मुछिन्दै....












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com