लोकनारायण सुवेदी

बिचलनकारी बाटो नत्यागेसम्म अग्रगामी राष्ट्र बन्दैन
[2013-03-17 오전 12:28:00]

हाम्रो नागरिक स्वतन्त्रता र राष्ट्रिय मुक्तिको संघर्षले बेला बेलामा सही बाटो लिए पनि मूलत: यो अहिलेसम्म परनिर्भर पथमै रुमल्लिएको छ । फलत: जतिसुकै ठूलो परिबर्तन आए पनि त्यो नेपाली जनता र राष्ट्रको हितमा प्रयुक्त हुन पाउन सकेको छैन र पाउने गरेको छैन । पछिल्लो पटक २०६२/६३ सालको परिवर्तन पछि मानिसहरुले पहिला पहिलाको भन्दा सही बाटोमा राजनीति जाने छ र नेपाली जनताको हितमा यसले आफुलाई समर्पित गर्ने छ भन्ने जुन अपेक्षा गरेको थियो त्यस बिपरीत दिशामा नै मुलुकको राजनीति परिचालित गरिदै आएको प्रष्टै देखिएको छ ।

यसले गर्दा हरेक साना ठूला परिवर्तनकारी बिजय पछि नेपाली जनता र राष्ट्रले पुन: पराजयको दुष्चक्रमा पर्नु परेको प्रतिकूल परिस्थिति आज देशका अगाडि बिद्यमान रहेको छ । यस दुष्चक्रलाई तोड्ने राष्ट्रिय शक्ति निर्माण नगरीकन मुलुक र जनताको स्वतन्त्रता, स्वाधीनता र मुक्तिको कुरा केवल एउटा कोरा कल्पनाको बिषय मात्र बनेर रहने अहिले सम्मको यथार्थ वास्तविकताले औंल्याएको छ ।

त्यस्तो राष्ट्रिय शक्ति निर्माण नेपाली जनताका समस्याहरु, तिनको समाधानका सही उपायहरु र जनताको संघर्षका अनुभवहरुको आधारमा मात्र गर्न सकिन्छ । अरु कुनै बनिबनाऊ, सरल र सहज बाटो छैन । यसको निमित्त दर्शन, बिचार, सिद्धान्त, नीति, कार्यक्रम र त्यसलाई मूर्तरुप दिने कार्यनीतिप्रति निरन्तर प्रतिबद्ध रहने निष्ठा आवश्यक हुन्छ । तर आज यही शतत निष्ठाको अभाव यत्र तत्र सर्बत्र खट्किरहेको छ । यो अबस्थालाई चिर्न सक्ने बिश्वासिलो र नैतिक आन्दोलनको उठान नगरिएम्म औसरबाद र उपभोगक्ताबादले नराम्रोसाग गााजेको बर्तमान स्थितिबाट एक इञ्च पनि अघि बढ्न सकिने छैन । निष्ठाको पुनप्र्रादुर्भाव पनि हुन सक्तैन । यो एकदमै ब्यवहार र अनुभवसिद्ध कुरा हो ।

वास्तवमा राजनीतिलाई ‘चौतर्फी चाादी कटाई’ को माध्यम बनाएर त्यसैका लागि प्रतिस्पद्र्धा गर्ने किसिमले देश र जनतालाई अल्मल्याउने नाटक मात्रै गरिरहने जुन दृष्य परिदृष्यहरु सत्ताधारी एवं प्रमुख प्रतिपक्षी ठूला दलहरुको तर्फबाट भइरहेको आज हामी देखिरहेका छौं यसबाट देशको राजनीतिले सही निकास पाउने भन्दा पनि नयाा नयाा कुरा अघि सारेर अल्मल्याउने दिशामा नै देश र जनतालाई धेकेल्ने यथार्थ सबैका अगाडि छर्लङ्ग भएर उभ्भिएको छ । त्यसैले भ्रष्टाचार, अपारदर्शीता, रहस्यमय राजनीतिक खेलहरुको एकपछि अर्को कुचक्रको श्रृंखलालाई आज देशले सामना गरिरहनु परेको छ ।

त्यसमा कमी आउने, प्रष्टता आउने र पार लाग्ने कुनै सम्भावनाको सानो त्यान्द्रो पनि कतै फेला परिरहेको छैन । यस्तो अन्यौलपूर्ण र अनिश्चितताको आध्यारोमा छामछाम छुमछुम गरेर दिशाहीन किसिमले हिडिरहनु परेको अबस्था छ । वास्तवमा यस्तो अन्ध कूपबाट बाहिर ननिस्किएसम्म नैतिकताको न्यूनतम मूल्य मान्यातको परिपालना नगरिएसम्म सही बाटो लाग्न र गन्तब्यमा पुग्न पनि बिल्कुलै सकिने छैन ।

मूलत: सत्ताधारी र प्रमुख प्रतिपक्षी मूख्य तीन दल र मधेशी मोर्चाका शीर्ष नेतृत्वले देखाएको तमासा र गतिबिधिले उनीहरु दलीय ब्यवस्थालाई नै ध्वस्त पार्न किन उद्यत भइरहेका छन् भन्ने गम्भीर प्रश्न यतिबेला उठिरहेको छ । हिजो संविधान सभाको नाममा राष्ट्रमा अबाञ्छित द्वन्द सिर्जना गर्ने र आज पनि संविधान सभाको नाममा राष्ट्रको अस्तित्व तथा जनताका हक अधिकारलाई समाप्त पार्ने जे जस्ता कृयाकलाप उनीहरुले गरिरहेका छन् त्यसले मुलुक एउटा अनन्त चक्रब्यूहमा नराम्रोसाग फासेका प्रतीत भइरहेको छ ।

तर यो यथार्थलाई के सत्ताधारी दल र मोर्चा के प्रतिपक्षमा रहेका प्रमुख दलहरु कोही पनि प्रष्टसाग भन्न चाहादैनन् । उनीहरु त्यही परिवेशभित्रबाट समाधान खोज्ने असफल प्रयास गर्दछन् र त्यसैको गोलचक्करमा समय बिताउन अभ्यस्थ छन् । त्यसले गर्दा उनीहरुमाथि आफैले ल्याएको गणतन्त्रात्मक लोकतन्त्रका बिरुद्ध गम्भीर खेलबाड गरेको आरोप पनि लाग्ने गर्दछ । तर प्रत्यक्ष परोक्षरुपमा कुर्सीको रसास्वादन बाहेक अरु कुनै ध्याउन्न नभएका दलका शीर्ष नेताहरुलाई त्यसको कुनै अर्थ लाग्न छाडेको छ ।

पछिल्लो पटक राजनीतिक गतिरोध अन्त्य गर्ने नाममा एकाएक बहालवाला प्रधानन्यायाधीशलाई प्रधानमन्त्री बनाउने जुन प्रस्ताव जसरी आयो त्यस बिवादास्पद प्रस्तावको अहिले चौतर्फी बिरोध भइरहेको छ । स्वयम यो प्रस्ताव अघि सार्ने र यसलाई स्वीकार गर्ने नेताहरु नै यो निकासको सबैभन्दा कमजोर र बाध्यकारी प्रस्ताव भनिरहेकाछन् । यसका बारेमा उनीहरुकै बोलीको कुनै ठेगान छैन । यो प्रस्ताव कार्यान्वयन गराउन तीन दल र मधेशी मोर्चाले कार्य दल बनाए पछि त्यसले प्रस्तावलाई कार्यान्वय गराउन कुनै ठोस निष्कर्श निकाल्न सकेको छैन ।

अनि घरी घरी शीर्ष नेतृत्वको बैठक बसे जस्तो गर्ने र अल्मल्याउने र समय घर्काउने किसिमले अबिश्वसनीय खालका कुरा बाहिर ल्याउने काम निरन्तर भइरहेको छ । अहिले पछिल्लो पटक पनि त्यही स्थिति प्रष्ट देखियो । नेपाली जनता र राष्ट्रलाई झनपछि झन धरापमा पार्ने यस्ता गतिबिधिले निकास होइन बिनाश मात्र निम्त्याउने स्थिति देखापरिरहेको छ । तर पनि मूख्य दलका नेतृत्वमा कुनै पछुताउ र हीनताबोधको भावसम्म देखिदैन । बरु जे गरेका छौ ठीक गरेका छौ भन्ने पाखण्डपूर्ण तुजुक भने ब्याप्त छ ।

अहिले बहालवाला प्रधानन्यायाधीशलाई प्रधानमन्त्री बनाउने प्रस्ताव सागसागै जोडेर सत्य निरोपण आयोग सम्वन्धि अध्यादेश, समायोजित लडाकुहरुलाई दर्जा प्रदान गर्ने, जन्मसिद्ध नागरिकलाई बंशजको आधारमा नागरिकता प्रदान गर्ने र २०६४ सालको संविधान सभामा मतदाता रहेका सबैलाई मतदान गर्न दिइनु पर्ने भन्ने खालका जे जस्ता प्रस्ताव अगाडि आएका छन् त्यसले पनि झन ठूलो सन्देह र बिवाद मुलुकमा पैदा गरिदिएको छ । अहिले तीन दल र मधेशी मोर्चाको कार्यदलले यी बिषयमा जुन सहमति खोजेको बताएका छ त्यसले समस्या समाधान बाटो भन्दा पनि समस्यालाई अझ जटील तुल्याउने र मुलुकलाई थप संकटापन्न बनाउने सन्देह धेरैले गरिरहेका छन् । आत्मघाती र घोर बिचलनकारी बाटो नत्यागेसम्म वास्तवमा अग्रगामी राष्ट्र बन्न नसक्ने कुरा बिश्व इतिहासका अनेक घटनाक्रमका श्रृंखलाहरुले प्रष्ट पारिसकेका छन् ।

बस्तुत: पहिलो कुरा त अन्तरिम संविधानले कुनै किसिमले पनि मान्यता दिन नसक्ने र संविधानले नचिन्ने प्रधानमन्त्री बनाउन किन दलहरु टुप्पी कसेर लागेका र उद्यत भएका हुन् त्यसको उत्तर मूख्य दलहरुका शीर्ष नेताहरुले दिन सकिरहेका छैनन् । यो अहिलेको गतिरोधको सही उपचार हो भन्न सकिरहेका छैनन् । उनीहरुले लोकतन्त्रका आधारभूत मान्यताहरु शक्ति पृथक्कीरणको सिद्धान्त, शक्ति सन्तुलनको सर्बमान्य अभ्यास र बिधिको शासनलाई लत्याएर न्यायापालिकालाई राजनीतिकरण गर्ने जुन गम्भीर प्रकृतिको प्रस्ताव प्रस्तुत गरेर मुलुकलाई थप अन्यौल र अनिश्चितताको भुवरीमा फासाइरहेका छन् त्यसले निकास होइन थप नयाा जटीलता मात्र निम्त्याउादछ ।

त्यसैले देश र जनताप्रति चिन्तित दल, शक्ति, समूह, ब्यक्ति जोसुकै पनि आज अत्यन्तै संबेदनशील र सतर्कतकासाथ एकजुट हुनुपर्ने राष्ट्रिय आवश्यकता बन्न पुगेको छ ।



Nick Name     
comment   




कोरियामा बृहत सांगितीक कार्यक्रम २०७६ भव्य रुपमा सम्पन्न


नेपाली सम्पर्क समितिका कोरियाका निवर्तमान अध्यक्ष शाह ठगीमा मुछिन्दै....












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com