जनार्दन भण्डारि

श्रमविभाग, छट्टुी विरालो र निरीह्रय मुसा
[2013-03-13 오후 8:13:00]

नेपाल सरकारको फूली भिरेर श्रम मन्त्रालय अर्न्तगत श्रम विभागमा उपसचिव पदमा वहाल रहँदा मानव तस्करको रुपमा अकुत कमाउने नारायण प्रसाद अधिकारी आज सम्म कानुनको दायरामा पर्न सकेका छैनन् ।

सापटी तमसुकमा साक्षी वसी आफनो पद र सरकारी छापको खिल्ली उडाई कानुनको धज्जी उडाउने तत्कालीन उपनिर्दशक नारायण प्रसाद अधिकारीलाई कानुनको दायरामा ल्याउन आवश्यक देखिन्छ । नेपाल सरकारको पदमा वहाल रहँदाको समयमा धन कमाउने मनसायमा कानुन विपरितका धेरै कामहरु नेपालमा प्रशस्त भएगरेकै हुन् ।

फितलो र अप्रभावकारी सरकारी नीती , राजनीतिक संरक्षण र सरुवा प्रक्रियामा उच्च तहमा भेटी चढाउनु पर्ने बाध्यताका कारण भ्रष्टचारको अनत्य गर्ने जिम्मा लिएको अख्तियार पनी अपेक्षाकूत सफल हुन सकेको देखिदैन । भ्रष्र्टकर्मचारीहरु दिनप्रतिदिन धनी वन्दै आलिसन भवन र च्ल्लिा गाडीमा सयर गर्दैछन् । भ्रष्टहरुको सुविधाभोगी जिवनको देखासिकि इमान्दार कर्मचारीहरुको मनमा पनि पर्ने नै भयो । त्यसैले त उनिहरुमा पनि ‘म मात्र किन पछाडी पर्ने’ भन्ने कुबिचार दिनौ वढदै गईरहेको छ ।

हिजोका सडकछापहरु आज करोडपती वनेका छन । अवकाश प्राप्त कर्मचारीहरु भष्टाचार गरि कमाएको कालो धन खेलाउदै खुल्मखुल्ला समाजमा घुमिरहदाँ समेत कारवार्ही गर्ने निकाय मौनता उदेक लाग्दो छ । एकपटक सोच्नु आवस्यक देखिन्छ भ्रष्टचार गरेको कालो धनमा कति जना नेपाली आमाका संन्तानहरुको पिढा र आँशु मिसीयको छ भन्ने । तर कानुनलाई ल्वपा खुवाउदै गैरकानूनी वाटो हिड्नेलाई सरोकारवालाहरुले कारवाही गर्ने सकेका छैनन । जुन आफैमा लाजको विषय हो ।

यस्तै कानुन विपरित काम गरी कानुनलाई चुनौति दिने व्यक्ति हुन् नारायण प्रसाद अधिकारी । उनी कुनै समय अगाडी नेपाल सरकारको श्रम मन्त्रालय अर्न्त्रगत श्रम विभाग कार्यालयमा उप निर्देशक पदमा कार्यरत थिए । आफनो फाईदाका लागी जे पनि गर्न तयार वन्ने अधिकारी, अहिले कहाँ के गर्दे छन् वा भगवानका प्यारा वनिसके , यसवारेमा पंक्तिकारलाई यकिन ज्ञान नभएपनि अधिकारी जस्ता भ्रष्ट् ब्यक्तिका कारण धेरै जना युवाहरु वर्वादिको चंगुलमा परेको हुन सक्ने अनुमान गर्न सकिन्छ । बनेको हुन सक्ने अनुमान बैदेशिक रोजगार ऐन २०४२ अनुसार विभागमा आईपरेका मुद्धाहरुमा पिडित पक्षको उद्धार गरीनुको साटो दलालहरुसँग मिलेमतो गरी पिडितलाई झन् पीडा र पीडकलाई उन्मुक्ति दिने नारायण प्रसाद अधिकारी कानुनको नजरमा दोषी वन्न नसक्नुमा कमजोरी कस्को हो ? यो खोजीको विषय वनेको छ यतिखेर ।

केहि बर्षअगाडी गुल्मी जिल्ला रिमुवा गाविसमा जन्मिएका तत्कालीन कांग्रेस नेता भरत वहादुर वस्नेतले आफनै सहयात्री साथी अर्घाखाँची जिल्लाको ढिकुरा गाविसका मुक्ति नाथ भुसाललाई अमेरीका पठाउने प्रलोभनमा मोटो रकम असुली उनको ६५३७३४ नंम्वरको पासपोर्टमा नक्कली भिसा लगाएको पर्दाफास त्यतिवेला नै नभएको होइन् । भुसालले भिसा लागेको धेरै समय पछि मात्र आफू नक्कली भिसाको शिकार भएको थाहा पाए ।

त्यसलगतै उनले फसेको पैसा फिर्ता माग्दा वस्नेतले भुसाललाई अपहरण गरी सम्पूर्ण सक्कली कागजाद आफनो कव्जामा लिई कुनै पनी लेनदेन नभएको कागज गराएको कुरा त्यतिवेला नै विभिन्न संञ्चारमाध्यमले खवर प्रकाशन गरेका थिए ।भुसालको चार्तुयताका कारण फोटोकपी लगायत टेलिफोन रेकर्डका आधारमा २०५४ साल फाल्गुण २१ गते विहिवार बिहान साढे ६ बजे हनुमानढोका काठमाण्डौका सहि लालमणि लम्सालको कमान्डमा ठग भरतवहादुर वस्नेतलाई नियन्त्रण्मा लिइएको थियो ।

प्रहरी अनुसन्धानमा ठगी प्रमाणीत भएको भरतवहादुर वस्नेतलाई वैदेशीक रोजगार ऐन २०४२ अनुसार कारवाहिका लागी हनुमान ढोका काठमान्डौले २०५४ साल फाल्गुण २४ गते श्रमविभागमा १३१९ नंम्वरको फाईल ५०७२ नंम्वरमा दर्ता गराएको थियो । प्रहरीको फाईल अनुसार पिडित भुसालले २ लाख ३० हजार भरतवहादुर वस्नेत वाट पाउनुपर्ने र नक्कली भिसा लगाउने वस्नेतलाई कारवाही गर्नु पर्ने उल्लेख गरीएको भएपनि हालसम्म उक्त रकम नपाएको र ठग बस्नेत भक्तपुरमा अलिशान जिन्दगी विताईरहेको जानकारी प्राप्त भएको छ।

विभागका उपनिर्देशक नारायण प्रसाद अधिकारीले पिडित भुसाललाई वोलाई धम्कयाउदै र डर देखाउदै केश अगाडी बढाएमा उल्टो जेल हाल्ने धम्कीका कारण सम्पूण केश २० हजारमा मिल्नुपर्ने अधिकारीको अडानलाई भुसालले स्वीकार गर्न बाध्य भएका थिए र सापटी लेनदेनमा उल्लेखित कागजमा विभागको स्टयाम्प लगाउदै १५ दिनमा २० हजार दिलाउने कागजमा अधिकारी उपनिर्देशक रोहवरमा बसेपनी १५ दिन पश्चात भुसाल बिभागमा जाँदा २० हजार पनी अधिकारीवाट पाउन सकेनन ।

यहाँनिर सरोकारवालाहरुले बुज्नुपर्ने कुरा के भने, व्यक्तिगत लेनदेनको कागजातमा उपनिर्देशक जस्तो गरीमामय पदमा बसेको अधिकारीले बिभागीय स्टयाम्पको प्रयोग गरी रोहवरमा वस्नु कानुन मिच्नु हो वा होईन ? जुन सक्कली कागज हामीसँग रहेको छ । यसरी कानुनको उच्च पदमा वसेर आफनो र्स्वाथका लागी कानुनको धज्जी उडाउने अधिकारी जस्तो वदमाशलाई सरोकारवालाहरुले खोजेर कारवाही गर्ने वा नगर्ने ? यो आम नागरीककालागी चाँसोको विषय वनेको छ ।

श्रमविभागमा फाईल पुगेपछि भुसालको उद्धार हुन ढिलाई भएको र अधिकारीको दमन सहन नसकी भुसालले श्रम मन्त्रालयको ढोकामा पुगेर तत्कालिन श्रममन्त्री ढुन्डिराज शास्त्रि, सहायक मन्त्रि अमरराज कैनी र श्रमसचिव कर्णबहादुर चन्दले केशको अध्यन गरी संयुक्त तोक आदेशमा पिडित भुसालको उद्धार अनि ठग बस्नेतलाई कारवाही गर्नेकालागी २०५५ साल बैशाख २४ गते विभागका उपनिर्देशक नारायण प्रसाद अधिकारीलाई अनुसन्धान अधिकूत तोकेका थिए ।

उक्त तोक आदेश पश्चात ठग भरतवहादुर वस्नेत लगायत उसका लुटेरा समुहहरुले शास्त्रिको मन्त्रि निवास अगाडी रु १२ लाख सम्म खर्च गरेर भएपनी भुसाललाई सिद्धयाउने कुरा र्सावजनिक गरेको तत्कालीन घटना र विचार, समदूष्टि, जनादेश लगायतका समचारपत्रहरुले ठग बस्नेतको असली चेहरा बाहिर ल्याएको कुरा आम नागरीककालागी नौलो होईन। जताततै असुरक्षा, आर्थीक संकट लगायतका समयलाई मध्यनजर राख्दै भुसाल काठमान्डौ वाट बाहिरिएका थिए । उनलाई अमेरीका जाने प्रलोभनमा फर्साईएको तत्कालीन मोटो रकम कमाउनका लागी भारतको दिल्ली लगायत गल्फ देशको धुपमा करिव ९ बर्ष मेहनत गर्नुपरेको यर्थातता उनका सहयात्री वाट वुझिएको छ ।

२०५४ सालको फाल्गुण २४ गते हनुमान ढोकाले श्रमविभागमा ५०७२ नंम्वरमा दर्ता गराएको १३१९ नंम्वरको फाईल सदाका लागी बन्द गरीने आधार नभएका कारण उक्त फाईल हालका सरोकारवालाहरुले खोल्नु आवस्यक देखिन्छ । अपराधीलाई संरक्षण गरीनु राम्रो प्रथा होईन । कानुनले चाहेमा अपराध गर्नेहरुले उन्मुक्ति पाउन सक्दैनन, ढिलै भएपनी विजय कानुनकै हुन्छ भन्ने कुरालाई प्रमाणीत गर्दे हालका सरोकारवालाहरुले नक्कली भिसा लगाउने गिरोह भरत वहादुर वस्नेत र कानुनको खिल्ली उडाउने तत्कालीन उपनिर्देशक नारायण प्रसाद अधिकारीलाई कानुनको पहुँचले भेटे जतीको कारवाही गरी आफनो गरीमा कायम राख्नु अहिलेको आवस्यकता देखिन्छ ।



Nick Name     
comment   




कोरियामा बृहत सांगितीक कार्यक्रम २०७६ भव्य रुपमा सम्पन्न


नेपाली सम्पर्क समितिका कोरियाका निवर्तमान अध्यक्ष शाह ठगीमा मुछिन्दै....












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com