प्रगति राई, दक्षिण कोरिया

संविधानले पर्खिरहेको महिला आवाज
[2013-03-06 오후 9:27:00]

-आमा मरे टुहुरो बाबु मरे गोहोरो:
उखानले परिवारमा आमाको स्थान उच्च देखाउँछ । यो संसारको सुरुवात नै महिलाबाट भयो । महिलाले आमा हुन पाउने अधिकार प्रकृतिबाटै पाईन्, जो अहिलेसम्म त्यो स्थान पुरुषले ओगट्न सक्दैन । यो अर्थमा महिलाले पुरुषलाई 'किन पछि परेको?' भनेर कहिल्यै सोधेको छैन । किन भने महिलाले बुझ्दछ कि यो कर्त्यव्य प्रकृतिले महिलालाई दिएको छ । त्यसैले यो संसार भराउनमा महिला यति व्यस्त रहिन् कि उनले बाहिर के हुदैछ हेर्ने फुर्सद रहेन, उनका साथमा पुरुष थिए- पुरुषले परिवारका बाहिरी देखबहालको काम गर्‍यो । यसरी संसार मज्जाले चल्दै आइरह्यो ,यसैले हामी यो सांसारिक भीडभाडमा छौँ ।

तर समय अचानक यस्तरी उल्टियो कि अहिले महिलाको पहिचान आमा हुन मात्रै होइन: बाहिरी समाजमा पनि उनको व्यग्र खोजि हुन थाल्यो या समयले देख्न्न चाह्यो,-'महिला कहाँ छे?'यसैले अब, महिलाले दरबारिया सुखबालाई थोरै पर सारेर गेटबाहिरको सिरेटोसँग पौंठेजोरी खेल्न तयार हुन पर्‍यो ।

महिला बाहिरी संसारमा आउनको लागि समय र अवशरको आवश्यकता छ । यो अवशर र समय स्वमित्वले निर्धारण गर्दछ, जसको लागि महिलामा वंशाधिकार आवश्यक छ ।

वंश नै किन त?
-वंश कै निमित्त महिलाले पराइघर जानुपर्छ । पराइघर जाने भएकै कारण उसका लागि अग्रीम जिन्दगीको खाका न अभिभावकले कोर्न सिकाउछन् न उसलेनै सिक्दछे । जब जवान हुन्छन्- पराईघरको रितिरिवाज, भरणपोषण गर्दैमा जीवन अन्तिम अवस्थामा पुग्छ । जब, ऊ स्वत्रन्त्र हुन्छे उसलाई समयले धेरै पछि पारिसकेको हुनेछ । यसर्थ, महिलामा पनि बंशाधिकार रह्यो भने यी कुराहरूबाट महिला फुर्सद पाउनेछिन् र बाहिरको परिवेशमा उसको अभ्यास रहनेछ ।

यसो भनिरहँदा ओंठ्मा झुन्डिएका प्रश्न (को गैदेला स्वास्नीको घर बस्न) सोध्नेहरुको भिडलाग्न स्वाविक हो । किनभने हामीलाई सबैकुरा एकात्मक हेर्ने बानी लगिसकेको छ । तर कुरा त्यस्तो होइन- महिला पुरुषमा बराबर बंशाधिकार हुनु भनेको काँधको बोझ बाडफाड गर्नु हो । अब बन्ने संविधानले हामीलाई यही कुरा लेख्न्नको लागि पर्खिबसेकोछ । यो मुद्दा फेरि पनि कानूनमा लेखिएन भने फेरि महिलाले उही डोबमा गुम्सिरहन वाध्य हुनु पर्नेछ । कुनै वादले , कुनै दल या जातिय र धार्मिक लाडाईँले नछोएको महिलाका मुद्दालाई यो संविधानले लेख्न्न अपरिहार्य छ ।

अहिलेसम्म राजनीतिमा लागिरहेका महिलाहरूले विशेष खाका तयार गर्न नसक्नुले महिलामा राजनैतिक बितृष्णा पैदा भएको छ । एउटी महिला कङ्ग्रेसी पुरुषसँग विवाह गरिन् भने उनी कङ्ग्रेस बन्छिन्, एमालेसँग गैइन् भने एमाले बन्छिन् र माओवादीसँग गैइन् भने माओवाद बन्छिन् । आखिर किन महिलाले राजनीति गरिरहन पर्‍यो ? आखिर किन पुरुषलाई भोट गरिरहनु पर्‍यो ? अहिलेसम्मको राजनीतिले महिलासँग भोट मात्रै सङकलन गरेको छ र महिला राजनीतिका लागि भोट बाकस बनेकी छिन् ।

विशेषाधिकार :
महिलाको जीवन नै बक्र रेखामा हिड्दछ । महिनावरी हुनु, बच्चालाई दस महिना गर्भमा हुर्काउनु, त्यसपछि कम्तिमा पाँच वर्ष भरण-पोषण गर्नुपर्ने भएकाले पुरुषको तुलनामा महिलालाई समय धेरै लाग्दछ । यतिधेरै जिम्मेवारीको भार बोक्ने मान्छे यी कुनै अवरोध विहीन हिड्ने पुरुषसँग महिलाको तुलना गर्नु महा मुर्ख्याइँ हो । आजसम्म हामीले कराइरहेको 'समान अधिकार-समान अधिकार' नारा एकदम अव्यवहारिक छ ? सयौं जिम्मेवारी बोकेर हिंड्नुपर्ने महिलाले एउटा स्वतन्त्र पुरुषसँग मात्रै समान अधिकार खोजेर कति परिवर्तन आउँदैन । महिलालाई त पुरुषभन्दा विशेष अधिकार चाहिन्छ, ? यो विषयमा हाम्रो ध्यान पुग्न जरुरी छ । यसर्थ, कुनै पनि सय प्रतिशतको मापदण्डले पाउने सुविधामा महिलाको हकमा असी प्रतिशत बनाउनुपर्छ ।

जन्मदा बराबर बल र शारीरिक क्षमता भएको बालक र बालिकामा बढ्दै गएपछि बालिकाले निभाउनु पर्ने कर्तव्य फरक हुन जान्छ, महिनावरी हुनु, गर्भाधान गर्नु बच्चाको लालन-पालन गर्नु प्राकृतिक जिम्मेवारी छ्दैछ- उसलाई शिक्षामा सेनामा या अरु नै मापदण्डमा पुरुष बराबरको मान्यता खोज्नु हाम्रो कानून अव्यवहारिक छ ।

यसमानेमा- यो पल्टको नारीदिवश अति महत्वपूर्ण छ कि,यी साराकुरालाई एकैचोटीमा आवाज सुन्न र लेख्न्न संविधानले पर्खिरहेछ ।



Nick Name     
comment   




कोरियामा बृहत सांगितीक कार्यक्रम २०७६ भव्य रुपमा सम्पन्न


नेपाली सम्पर्क समितिका कोरियाका निवर्तमान अध्यक्ष शाह ठगीमा मुछिन्दै....












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com