शुभ नारायण यादब

अध्याँरो सप्तरी र आक्रोशित स्थानीय
[2013-03-06 오후 9:22:00]

मुलुक भरि दैनिक १२ घण्टा लोड सेडिगं भए पनि सप्तरीमा १८ घण्टासम्म लोडसेडिगं कायम रहदा स्थानीयवासी आक्रोसीत भएका छन् । अधिराज्यभर कायम गरिएको लोडसेडिगंको तालिका भन्दा बाहिर गएर १८ घण्टासम्म लोडसेडिगं गरिएपछि स्थानीय बासिन्दा आकौशित बनेका हुन ।

अत्याधिक लोडसेडिगंकै कारण यहाको जनजिवन कस्टकर वनेको छ भने दिनहु विरोध कार्यक्रमहरु भईरहेका छन् । जिल्लाको प्रमुख बाजारहरु हनुमाननगर, कंचनपुर, भारदह ,कल्याणपुर रुपनगरका साथै सदरमुकाम राजविरामा समेत निरन्तर विरोध प्रदर्शन भइरहेको छ ।

चिसो याममा शान्त बसेका जिल्ला वासी गर्मी मोसमको सरुवात संगे लोडसेडिगको विरोधमा तात्न थालेका छल । लोडसेडिगंको विरोधमा यहां दिनहु चक्काजाम ,धर्ना , प्रदर्शन तथा समवद्ध निकायमा ज्ञापन–पत्र बुझाउने कार्यले तिव्रता पाएको छ ।

भारतसंग भएको कोशी सम्झौता अनुसार विगत २ दशक देखि भारत सरकारले सप्तरी लाई अवश्यक विद्युत उपल्वध गराउदै आएको उल्लेख गर्दै समाजसेवि जगन्नाथ मुन्धडाले प्रधिकरणको लापरवाहीले हाल यस्तो अवस्था सृर्जना भएको बताउछन । भारतको कटेयावाट सप्तरीका लागि प्रात्प विद्युत कटौति गरेर प्रधिकरणले सुनसरीको दुहबी सम्म आपुर्ति गर्न थालेपछि समस्या भएको उनको दावी छ ।

कटेया वाट उपलव्ध भइरहेको विद्युतले सप्तरीवासीलाई राहत पुगीरहेकोमा विगत ३,४ वर्ष देखि पुर्वका अन्य जिल्ला मा समेत सोही वासीले दुःख पाएको उद्योगपति सीताराम कावराको गुनासो छ । उद्योग वाणिज्य संघ सप्तरीका अध्यक्ष शत्रुधन प्रसाद गुप्ता रौनियारले अत्यधिक लोडसेडिगंका कारण ब्यापार ब्यवसाय मात्र होईन सवै क्षेत्रलाई नराम्ररी प्रभावित वनाएको भन्दै आन्दोलनमा उत्रनु राज्य पक्ष्ाँले नै वाध्य पारी रहेको वताए ।

उता विद्युत प्राधिकरण शाखा राजविराजका प्रमुख शम्भु कससियत यादवले भारतको कटैयावट विगतमा प्राप्त हुने गरेको विद्युत विगत दुई महिनादेिखि पुर्ण रुपमा वन्द गरिएकोले समस्याउत्पन्न एको वताए । भारतले आन्तरीक कारण देखाउदै गत पुष महिानादेखि नै विद्युत आपुर्ति वन्द गरेको छ । प्राधिकरण शाखा प्रमुख कुसियतले भने– आपुर्ति सुचारुका लागि आफनो क्षमताले भ्याएसम्म प्रयास गरिरहेका छौ ।

कटैयावट विद्युत आपुर्ति वन्द भएपछि नेपालको केन्द्रीय प्रसारण लाईवाट हाल लाहान मार्फत ६ मेगावट विद्युत लिएर जसोतसो काम चलाईरहेको उनको भनाई छ । सप्तरीमा पिक आवरमा २० देखि २१ तथा नरमल आवरमा १५ देखि १६ मेगावाट विद्युतको आवस्यक्ता भएको प्राधिकरण प्रमुख यादवको भनाई छ ।

तर जम्मा लाहान ग्रीड वाट ६ मेगावाट विद्युत मात्र आउने गरेकाले समस्या जटिल वन्दै गएको उनले वताए । भारतको कटैयावाट पुन विद्युत आपुर्ति सुचारु नभएसम्म तत्काल लाहान ग्रीडवाट थप ६ मेगावाट विद्युत आपुर्ति गरेर केहि राहत दिने प्रयासमा छौ– यादवले भने । विस्वास गरौ चाडै सफल हुने छौ ।




Nick Name     
comment   




कोरियामा बृहत सांगितीक कार्यक्रम २०७६ भव्य रुपमा सम्पन्न


नेपाली सम्पर्क समितिका कोरियाका निवर्तमान अध्यक्ष शाह ठगीमा मुछिन्दै....












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com