भवानी बराल

एनआरएनको जल विद्युत गोरखधन्दा
[2013-03-01 오후 6:06:00]

सन् २०१२ डिसेम्बर मसान्तसम्म एनआरएनका शाखाहरुले नेपालको जल विद्युत आयोजनाहरुमा लगानी गर्ने नाममा करोडौं रुपैया जम्मा गरे । ३१ डिसेम्बर २०१२ सम्म २२ करोड रुपैया जम्मा भएको उसको वेभसाइटमा दावी पनि गरिएको छ । नेपालको जल विद्युत क्षेत्रमा लगानी गर्ने नाममा जम्मा गरेको यो रकम २२ करोडमात्र उठेको मान्न सकिने आधार भने छैन । एनआरएनको आधिकारिक वेभ साइटमा २२ करोडमात्र उठेको जिकिर गरिएपनि एनआरएन इन्भेष्टमेण्टका सञ्चालक महेश श्रेष्ठले जापानबाट मात्र २२ करोड उठेको बताउादै आएका छन् । अघिल्लो लेखोटमा ‘एनआरएनको गोरख धन्दा’ शिर्षकमा एनआरएनको इन्भेष्टमेण्ट सम्बन्धि पाठकसमक्ष राखेको थिएा । यो लेखोटमा एनआरएनले उठाएको पैसाको उपयोग गर्ने कम्पनीको इत्तिवृत्ति जानकारी गराइने छ ।

कम्पनीको परिचय:
एनआरएनका वर्तमान नेताहरु सम्मिलित यो कम्पनीको नाम ‘एनआरएन इन्भेष्टमेण्ट लिमिटेड’ हो । नेपाल सरकारको कम्पनी ऐन २०६३ को दफा ५ को उपदफा (१) बमोजिम उद्योग मन्त्रालय, कम्पनी रजिष्टारको कार्यालयमा दर्ता भएको यो लिमिटेड कम्पनी हो । दर्ता नं. ९७२९५ रहेको यो कम्पनी ०६९ भाद्र ३१ गते दर्ता भएको देखिन्छ । कम्पनीमा ६ जना बोर्ड अफ डाइरेक्टरहरुमा एनआरएनकै वर्तमान अध्यक्ष जीवा लामिछाने (रसिया) अध्यक्ष र सदस्यहरुमा रामेश्वर शाह –व्यवस्था निर्देशक (यूएई), शेष गोले – सदस्य (अष्ट्रेलिया), कृष्ण पाण्डे – सदस्य (हङकङ), कुमार पन्त – सदस्य (जर्मनी ), महेश श्रेष्ठ – सदस्य (जापान) छन् ।

सञ्चालक र तिनको लगानी :
नौ जना सञ्चालक रहेको यो कम्पनीको अधिकृत पूाजी ५ करोड देखाइएको छ । जिवनाथ लामिछाने, भुवन भट्ट, कुमार पन्त, कृष्णप्रसाद पाण्डे र शेष घलेले एक एक करोड, महेशकुमार श्रेष्ठ, टेकबहादुर कार्की र रामेश्वर शाहले जनही ५० लाख एवम् तेन्जी शेर्पाले एक लाख लगानी गर्न मन्जुरी गरिएको कम्पनीले जनाएको छ । यसमध्ये उनीहरुले कबुल गरेको अंकको २५ प्रतिशत जम्मा गरेको पनि जनाईएको छ । तर, सञ्चालकमध्ये कै महेश श्रेष्ठले १२ जना एनआरएन सदस्यले एक करोडका दरले र १२ जनाले ५० लाखका दरले जम्मा गरेको सार्वजनिक गरेका छन् । संस्थापक शेयर धनी हुनलाई न्युनतम १ लाख रुपैया बराबर जम्मा गर्नु पर्ने मापदण्ड राखेको छ ।

विद्युत आयोजना :
यो इन्भेष्टमेण्ट कम्पनीले दावीगरे जस्तो यो पङ्ति तयार पार्दासम्म कुनैपनि जल विद्युत आयोजना फेला पारेको छैन । नेपालमा दर्ता भएका करिव १० वटा आयोजनाहरु लगानी गर्न हेरिरहेको सार्वजनिक गर्दै आएको छ । नेपालका अधिकांस खोलानाला विभिन्न आयोजनाका नाममा दर्ता भैसकेकोले नयाा दर्ता गर्न असम्भव प्राय: छ । नयाा आयोजना दर्ता गर्नु चानचुने कुरो होइन । कम्पनीले २५ देखि ३५ मेगावाटसम्मका आयोजनामा लगानी सुरु गरेर १०० मेगावाटसम्म पुर्‍याउने लक्ष लिएको जनाएको छ । एक महिना भित्रमा आयोजना छनोटको टुंगो लगाउने भनेपनि आजका मितिसम्म आयोजनाको न्वारान पनि देखेको छैन् ।

द्वैद चरित्र :
इन्भेष्टमेण्ट कम्पनी आफैले कुनै आयोजना सुरु गर्ने हो वा लगानी मात्रै गर्ने यो कम्पनीको खुटखबर छैन । कार्यक्रमिक रुपरेखा हेर्दा प्रमोटर जस्तो देखिएपनि आयोजना छनोट नगर्नुले कम्पनी द्विविधामा देखिएको छ । तर, आयोजना निर्माण चार वर्षमा सम्पन्न गर्ने र प्रतिफल बााड्ने जस्तो ललिपप देखाउन चैं भ्याएको छ । निर्माण सम्पन्न गर्ने चार वर्षसम्म प्रतिफल बााड्न नसकिने त्यसपछि लाभांस बााड्ने पहिल्यै ठोकुवा गरेको छ । जवकी नेपालको वर्तमान परिस्थिति र आयोजना निर्माण गर्ने प्राविधिक पक्षलाई ख्याल गर्ने हो भने कम्पनीले प्रमोटरकै रुपमा काम गरेपनि त्यो समयमा आयोजना निर्माण सम्पन्न हुन्छ भन्ने कुरा लाटाले पनि पत्याउादैन । जल विद्युत परियोजनामा कम्पनीले ३० प्रतिशतमात्र लगानी गर्ने र ७० प्रतिशत बैंक तथा वित्तिय संस्थाको लगानी हुने जनाएको छ । चार वर्षमा आयोजना सम्पन्न गर्ने भनेतापनि कम्पनीले प्रशारण लाइनमा विद्युत शक्ति जोडेपछिमात्र लाभांस बाड्न सुरु गर्ने जनाएको छ । आयोजना सम्पन्न भएपछि पनि प्रशारण लाइनमा जोड्न धेरै प्राविधिक कामहरु गर्न बााकी रहन्छ । आयोजना निर्माण सम्पन्न भएपछि बैंकलाई तिर्नु पर्ने ‘पे ब्याक पिरियड’ र बैंक ब्याज कुन हिसाबमा दिने हो त्यो तय नभई लाभांस बााड्ने कुरा त्यसैपनि हावादारी हुन्छ । आयोजना निर्माण सम्पन्न भएर विद्युत विक्रिमा गएपनि ‘पे ब्याक पिरियड’ले लाभांसको प्रतिशत न्युन हुन्छ । यसर्थ सानोपूाजी लगानी कर्तालाई आयोजना सम्पन्न भएर लाभांस पाउने कुरा आकाशे खेती बराबर मात्र हुन्छ । यसरी लगानीकर्ताले पाउने ‘डिभिडेन्ट’ अवकाश जिवनमा पेन्सन पाउने जस्तो सहज हुन्न ।

रहलपहल :
सानो पूाजीलाई सानै आयोजनाहरुमा लगाएर आयोजना सम्पन्न गर्दै, पूाजी सञ्चय गर्दै साना, मझौला अनि ठूला आयोजनाहरुमा प्रवेश गर्नु उचित हुन्छ । महत्वाकांक्षी योजनाहरु चन्दा उठाएको जस्तो गरी उठाएको पैसाले सम्पन्न हुन सक्दैन । विद्युत खरिद सम्झौता नभई कुनै लगानीकर्ता आउन पनि सक्दैन । विद्युत प्रशारणलाइन र पावर हाउसको क्षमता आदि प्राविधिक विषयहरु पनि बैलैमा विचारणीय कुरा हुन । विद्युत खरिद सम्झौता भैसकेका आयोजना पाउन यसैपनि कठिन हुन्छ । राष्ट्रिय प्रशारणलाइनमा पहुाच नभएका दूरदराजका आयोजना एनआरएन इन्भेष्टमेण्टको बुताको विषय पनि होइन । एनआरएन बाहेककाले लगानी गर्न नपाउने घोषित नीति यो कम्पनीका सञ्चालकहरुको छ । यसो गर्नु पछिको उद्वेश्य अर्थपूर्ण छ ।
एनआरएन भन्ने संस्था नेपालमा कानूनीरुपमा दर्ता पनि छैन । यसर्थ यो संस्थाको ब्यानरमा उठाएको रकमको हैसियत वेवारिसे हुन्छ । विदेशमा रगत र पसिनासंग साटेको पैसा यस्ता हावादारी योजनामा लगाउनु नेट वर्किङ ब्यापारमा लगाए जस्तो हुन बेर लाग्दैन । आयोजना यसरीनै बेबारिसे बन्दै गए लगानी डुब्ने निश्चित छ । कथम् आयोजना नहुादा लगानी असुली गर्न संसारभरी छरिएका सञ्चालनकर्तालाई खोज्न पनि मुस्किल हुन्छ । त्यतिबेला धेरैको हाराकिरी गर्नुको बिकल्प रहन्न ।



Nick Name     
comment   




कोरियामा बृहत सांगितीक कार्यक्रम २०७६ भव्य रुपमा सम्पन्न


नेपाली सम्पर्क समितिका कोरियाका निवर्तमान अध्यक्ष शाह ठगीमा मुछिन्दै....












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com