मुक्ति नाथ भुसाल

एचआईभी जोकसैलाई पनि लाग्न सक्दछ ।
[2013-03-01 오후 6:08:00]

यूएनएड्सको तथ्याङ्क अनुसार विश्वमा एचआईभी एड्ससँगै बाचिरहेका संक्रमितहरुको अनुमानित सख्या ३ करोड ४० लाख रहेको छ भने त्यसमध्ये वयस्कहरुको संख्या ३ करोड ७ लाख रहेको अनुमान छ । कुल संक्रमीत मध्ये महिलामात्र १ करोड ६७ लाख र १५ बर्षमुनिका बालबालिकाहरु करीव ३३ लाख रहेका छन । विश्वमा पछिल्लो एक वर्षमा मात्र २५ लाख नयाँ संक्रमित थपिएका छन भने मूत्यु हुनेहरुमा वयस्क २२ लाख बालवालिका १५ बर्ष मुनिका ३ लाख रहेका छन । औषत प्रतिदिन विश्वमा एचआईभी संक्रमित हुनेहरु अनुमानित ७ हजार रहेको छ । सन् १९८१ यता एचआईभी एड्सका कारण अनुमानित २ करोड ५० लाख मानिसको ज्यान गईसकेको कुरा यूएनएड्सबाट प्रकाशित तथ्याङ्कले बताएको छ ।

एचआईभी आँखाले देख्न नसकिने सुक्ष्म विषाणु हो, जसको कारणवाट एड्स हुन्छ । कतिपय मानिसहरुले एचआईभी एड्सलाई एउटा रोगको रुपमा लिने गरेको पाइएको छ तर एड्स आफैमा कुनै रोग होईन । यो त एचआईभीका कारण मानिसको रोग प्रतिरक्षा शक्तिको कमि भएको अवस्था मात्र हो । एचआईभी नामको बिषाणु मानिसको शरिरमा प्रबेश गरेपछि यसले मानव शरिरको रोगहरु बिरुद्ध लड्ने शक्तिलाई बिस्तारै नास गर्दे जाने कारण आठ दश बर्षपछी शरीर कुनैपनि रोगका बिरुद्ध प्रतिरोध गर्न सक्दैन । जसको फलस्वरुप जुन अवसरवादी रोगका किटाणुहरुले आक्रमण गरयो त्यहि रोगले उक्त व्यक्तिलाई सताउने गर्दछ । एचआईभी मानव शरिरमा संक्रमण भईसकेपछि स्वास्थय विभिन्न अवस्थाहरुवाट गुज्रिरहेको हुन्छ जुन कुरा संक्रमित ब्यक्तिलाई थाहा हुन वा नहुन सक्दछ ।

एचआईभी मानिसको शरिर भित्र पसिसकेपछि शुरुको ३ महिनाको अवधिसम्म रगत जाँच गरेपनी जानकारी पाउन सकिदैन । यस अवस्थालाई झ्याली अवस्था भनिन्छ र यो अवस्थामा रहेका मानिसहरुवाट अन्य मानिसहरुमा एचआईभी सर्न सक्ने संम्भावना बढी हुन्छ । संक्रमण भएको ३ महिनापछी एचआईभी एण्टीबोडी परिक्षण गरेपछी अवस्था थाहा हुन सक्दछ । संक्रमीत ब्यक्तिहरुमा पाँच वर्षसम्मको अवस्थामा कुनै पनि अवसरवादी रोगका चीन्ह र लक्षण देखिदैन । जसलाई चिन्ह र लक्षण नदेखिने अवस्था भनिन्छ । रगत जाँच नगराएका ब्यक्तिहरुलाई आफनो शरिरमा एचआईभी छ भनेपनि जानकारी नहुने कारण आफूबाट जोखिम ब्यवहार भएमा यौन साथीलाई एचआईभी सर्न सक्दछ । एचआईभीका कारण ५ बर्षपछी संक्रमित व्यक्तिको प्रतिरक्षा शक्ति कमजोर हुदै जाने क्रममा विभिन्न अवसरवादी रोगहरुले आक्रमण गर्दे जाने अवस्थालाई अवसरवादी रोगका लक्षण देखापरिसकेको अवस्था भनिन्छ । यस बखत जनैखटिरा, क्षयरोग, लगायतका अवसरवादी रोगहरु देखा पर्दछन । यो अवधि ५ देखी १० बर्षको भएपनी उपचार गरे अवसरवादी रोगहरु निको हुन्छ तर एचआईभी पूर्णरुपमा निर्मूल हुने औषधि बनिसकेको छैन ।

एण्टीरेण्ट्रोभाइरलले एचआइभीको बृद्धि र विकासलाई नियन्त्रण गरेर आयु लम्ब्याउन मद्दत गर्दछ । एचआईभीका कारण पछी आउने शारीरिक अवस्था एड्स हो । यो अवस्थामा शरिरको प्रतिरक्षा शक्ति अत्यन्तै कमजोर हुने कारण विभिन्न अवसरवादी रोगहरुका लक्षण एकैसाथ देखा पर्दछ । अवसरवादी रोगहरुको उपचार नभएमा, उपयुक्त खानपान र राम्रो हेरविचार नपाएमा यो अवस्थाका संक्रमित ब्यक्तिहरुको कुनै पनि बेला मूत्यु हुन सक्दछ । यो अवस्थामा सीडीफोर सामान्यतया २०० हुन्छ ।

एचआईभी संक्रमीत रगत वा रगतजन्य पदार्थबाट, संक्रमीत महिलाबाट जन्मने बच्चामा र असुरक्षित यौन सम्पकृबाट सर्दछ । चेतनाको कमिका कारण धेरैजसो ब्यक्तिहरु संक्रमीत भएका भेटिन्छन । यस अर्थमा एचआईभी भएका ब्यक्तिहरुलाई घृणाको दृष्ट्लिे हेरिनु सरासर मानव सभ्यताको विपरित हो । संक्रमित ब्यक्तिहरुसँग हातमिलाउदा , अंकमाल गर्दा , चुम्मन गर्दा, जुठो खादाँ, एउटै शौचालय प्रयोग गर्दा, संक्रमित ब्यक्तिको दाह संस्कारमा संलग्न हुदाँ यो एचआईभी सर्र्र्देन । एचआईभीे शरिरमा छ वा छैन भनि जानकारी लिनको लागि जोखिम ब्यवहार गरेको वा जोखिम ब्यवहारमा परेको मितिले ३ महिनापछी स्वेच्छिक परामर्श र परिक्षण केन्द्र (भसिीटी) मा गई गोपनियताका साथ रगत परिक्षण गराई अवस्था थाहा पाउन सकिन्छ । महत्वपूर्ण कुरा के भने यौन रोग र एचआईभी एउटै होईनन । यौन रोग समयमा उपचार गरेमा पूर्ण निको हुन्छ तर एचआईभि पूर्ण निको हुदैन । समयमा चेकजाँच गरेमा र अवसरवादी रोगहरुको उपचार तथा नियमित एआरभी औषधी सेवन गरेमा संक्रमीतहरुको आयू लम्विन्छ ।

युएनएड्सका अनुसार हाम्रो देश नेपालमा एचआईभी संक्रमितहरुको अनुमानित संख्या ५१ हजार रहेको छ । जसमा अनुमानित बालबालिका संख्या ३ हजार ८ सय ५ जना रहेका छन भने १८ बर्षका अनाथहरुको संख्या २८ हजार चार सय सत्र रहेको बुक्षिmन्छ । राष्ट्यि एड्स तथा यौन रोग नियन्त्रण केन्द्रका अनुसार २०६९ असार सम्ममा रगत परिक्षण्बाट १३१५७ पुरुष, ७४१७ महिला र ९ तेस्रो लिंगी सहित जम्मा २०८५३ जना एचआईभी संक्रमीतहरुको पहिचान भईसकेको छ । पहिचान भएकामध्ये यौनकर्मी १०२४ सुईवाट लागु औषध प्रयोग गर्नेहरु २८२३ पुरुष समलिंगी २५६ यौनकर्मीका ग्राहकमा पुरुष ८७७२ गूहणी ५३३१ पुरुष साक्षmेदार ९७ र बालबालिका १३७२ लगायत रहेका छन । जसमा पुरुष ३९२३ महिला ३२०० र तेस्रो लिंगी १९ जना गरी जम्मा ७१४२ जनाले एआरटी खानेगरेको बुझिएको छ । विश्वमै पहिलो पटक १९८१ मा अमेरिकामा देखा परेको यो एचआईभीलाई १९८३ मा एचआईभी नामाकरण गरिएको थियो । मानिस सभ्यताको विकास सँगसगै १९८६ मा भारतमा देखा परेको एचआईभी १९८८ अर्थात २०४५ मा नेपालमा देखा परेको थियो ।

सक्रिय सेवा समाज अर्घाखाँचीले दिएको जानकारी अनुसार २०६९ माघ सम्म ५२ महिला र ५३ पुरुष गरी १०५ जना एचआईभी संक्रमित अर्घाखाँचीमा पचिान भएका छन । समयमा पहिचान हुन नसकदा साथै अवसरवादी रोगको उपचार नपाएका कारण १० जना महिला र १४ जना पुरुष गरी जम्मा २४ जनाले ज्यान गुमाईसकेको थाहा लागेको छ ।

संक्रमित ब्यक्तिहरुको उपचारमा सहयोग गर्न आफुहरु हरदम लागीपरेको कुरा सक्रिय सेवा समाज अर्घाखाँचीका टिम लिडर बालकूष्ण खत्रीले जानकारी गराएका छन भने यो एचआईभी कसैलाई नलागोस भनेर समयमै सचेत गराउनु पर्ने र लागीहालेको भेटिएमा उपचारका लागि सहयोग गर्नु पर्ने तथा सम्पूण सचेत नागरीकहरुले नेपालको संविधानले ब्यक्तिको गोपनियता र निजी विषयलाई मौलीक अधिकार सरह सुरक्षित गरेका कारण एचआईभी संक्रमणको अवस्था निजले बाहिर सार्वजनीक नचाहेसम्म गोपनियता कायम राखीदिनु पर्ने हुन्छ । उक्त संक्रमित ब्यक्ति जस्तो स्थानमा छ उसलाई उसैको चाहना अनुसार हेरचाह र सहयोग गरी नियमित औषधी खुवाउन सकेमा आयु लम्ब्याउन सकिने हुँदा सबैले यो कुरा मनन गर्न जरुरी छ ।

सन्धीखर्कमा सक्रिय सेवा समाजको आयोजनामा अर्घाखाँचीका विभिन्न संचार माध्यममा क्रियाशील संचारकर्मीहरुलाई फागुन १४ गते सम्पन्न तालिमका अवसरमा प्रशिक्षक गोविन्द भट्टराईले एचआईभी एड्सको तथ्यगत विषयमा जानकारी गराउनुका साथै मिडियाको भूमिका र रिपोर्टिङ्गमा ध्यान दिनुपर्ने सवालबारे प्रशिक्षण दिनु भएको थियो । जिल्लामा पहिलो पटक सार्वजनिक भएकी पार्वता बञ्जाडेले समाजमा लुकेर बस्नु परेको विगतको अवस्थाबारे बताउनु भएको थियो । घर परिवार, समुदाय र समाजको आँखा खोल्ने काममा मिडियाको भूमिका महत्वपूर्ण हुने उहाँले बताउनु भयो ।






Nick Name     
comment   




कोरियामा बृहत सांगितीक कार्यक्रम २०७६ भव्य रुपमा सम्पन्न


नेपाली सम्पर्क समितिका कोरियाका निवर्तमान अध्यक्ष शाह ठगीमा मुछिन्दै....












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com