शुभ नारायण यादब

रक्षक नै भक्षक
[2013-02-27 오후 4:26:00]

“रक्षक नै भक्षक” भन्ने उखान झै अहिले सप्तरीको चुरे क्षेत्रबाट अवैध रुपमा वन फडानी गरी भारत तर्फ तस्करी हुँदै आएको छ । वन कर्मचारी तथा प्रहरी प्रशासनकै मिलोमतोमा दिनदहाडै सप्तरीको चुरे क्षेत्रबाट अवैध रुपमा वन फडानी गरिएका काठ भारत तर्फ तस्करी हुँदै आएको स्थानीयबासीहरुले बताउँछन् ।

सप्तरी जिल्लाको उत्तरी भेगमा अवस्थित रुपनी, कल्याणपुर, कंचनपुर, रुपनगर, जण्डौल, कडरबोना सहितका रेन्ज पोष्ट अन्तर्गत रहेका सामुदायिक तथा राष्ट्रिय वनबाट अवैध रुपमा काठ कटान गरी प्रहरी प्रशासनकै सामुने भारत निकासी गर्ने गरेका छन् । चुरे क्षेत्रबाट अवैध रुपमा कटान गरेर ल्याइएको अवैध काठ सिमा नजिकका गाविसहरुबाट लुकीछुपी भारतको निकासी गर्ने गरेको आरोप स्थानीयबासीहरुले लगाएका छन् ।

जिल्लाको सप्तरी र उदयपुर स्थित चुरे क्षेत्रबाट ल्याइएको काठ भारतीय सिमासँग जोडिएका गाविसमा राखेर दैनिक सयौं थान साखु काठका फेन्टा, सिसौं, सतसाल लगायतका काठ भारत तर्फ अवैध रुपमा जाने गरेको गाउँलेहरु बताउँछन् ।स्थानीयहरुका अनुसार यहाँबाट लगिएको काठहरु छिमेकी भारतमा लगेर उनीहरुले महँगोमा बिक्री वितरण गर्ने गरेका छन् ।

यहाँ बिक्री हुन अवैध काठहरु तस्करहरुले सिमापारी भारतीय बजारमा दोब्बर मूल्यमा बिक्री गर्ने गरेका छन् । त्यस्तै महुली स्थित चुरे वनबाट दिन दहाडै तस्करहरुले अवैध काठ प्रहरी प्रशासनकै मिलोमतोमा तस्करी भइरहेको स्थानीयहरुको दाबी रहेको छ। काठ तस्करीमा खासगरी बालबालिका तथा महिलाहरु संलग्न रहेको पाइन्छ । दैनिक जसो तस्करहरुले रातिको समयमा तथा विहान र बेलुकी अवैध काठ भारतर्फ तस्करी गर्ने गरेको स्रोतको भनाई रहेको छ ।

स्रोतका अनुसार यस बाहेक सप्तकोशी नदी हुँदै तस्करहरुले भारत तर्फ काठ निकासी गर्ने गरेको छ । कोशी टप्पु वन्यजन्तु आरक्षबाट ठेक्का लिएका ठेकेदार तथा सिमावर्ती तस्कर र स्थानीय प्रहरीसँगको साँठगाँठमा सप्तरी र उदयपुर स्थित चुरे क्षेत्रबाट ल्याइएको काठ कोशी नदी हुँदै भारत तर्फ लग्ने गरेपनि उक्त कार्य नियन्त्रण तर्फ स्थानीय प्रहरी प्रशासन तथा जिल्ला वन कार्यालयको समेत कुनै चासो नलिएको आरोप स्थानीयहरुले लगाएका छन् ।

यता सो सम्बन्धमा वन कार्यालयका प्रमुखसँग सम्पर्क गर्दा सम्पर्क हुन सकेन् ।



Nick Name     
comment   




कोरियामा बृहत सांगितीक कार्यक्रम २०७६ भव्य रुपमा सम्पन्न


नेपाली सम्पर्क समितिका कोरियाका निवर्तमान अध्यक्ष शाह ठगीमा मुछिन्दै....












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com