मुक्ति नाथ भुसाल

माओवादीको बन्द र मासुभातको सम्झना
[2013-02-24 오후 2:08:00]

नेपाल वन्दको दिन, अर्घाखाँची जिल्लाको सदरमुकाममा एक्लै भौतारीदै हिडेको थिए । जताततै नेकपा माओवादीको वन्द, सन्धिर्खक वजार सुनशान थियो । म कता जाँउ , के गरु अन्योलमा छटपटयाई रहेको थिए । औचित्यहिन यात्रालाई अगाडी वढाउने क्रममा मलाई फाल्गुण ७ गते साँक्षm जिल्लामा गोली चलेको याद आयो । म एक्लै जिल्ला प्रहरी कार्यालयमा पुगे । सामान्य जानकारी प्राप्त भएपछी, म अव घर जाने सोचाईका साथ जिल्ला प्रहरी कार्यालयवाट यात्रालाई अगाडी बडाए । यात्रा टुडिखेलको किनारा हुदै हिडने क्रममा मैले टुडिखेल भित्र एम्वुलेन्सको आवाज सुने । मेरो औचित्यहिन यात्रा टक्क रोकियो । मैले टुडिखेल तर्फ नियालेर हेरे, फाटफुट टेन्टहरु देखे । पातलो मानिसहरुको उपस्थितीले म झस्ङ ब्युझिए अनि सोचे, हैन् यहाँ के भईरहेको छ , कतै महोत्सव त हैन रु फेरी म पनि जानीनजानी पत्रकारको कलम चलाउने मान्छे , किन मैले थाहा पाईन । अनेकौ प्रश्नहरु मेरो दिमागमा दौडिए ।

म टुडिखेल भित्र जाँउ वा नजाउ म अन्योलमा परी रहेको संघारमा केहि पत्रकार साथीहरु प्रेश ज्याकेटमा देखे, म झनै पिडादायी भएको र म मात्र एउटा अनभिज्ञ पत्रकार रहेको महशुष गरी कल्पनामा हराईरहेको संघारमा टुडिखेलमा रहेको मन्च नजिकै चिच्याएको ठुलो आवाज आयो । म आत्तीए कतै आफुले काम गर्ने मिडियाका केन्द्रमा रहेका सरहरुले सुईको पाएर फोन गरेमा के जवाफ दिने रु टुडिखेल भित्र जानुनै उपयुक्त सम्झीए र निन्याउरो चेहरा सहित म झगडा भईरहेको स्थानमा पुगे । सहयोगी बिसि नामका साथी दश बाह्र जना केटाकेटी लिएर जमेर प्रमुख जिल्ला अधिकारी गोविन्धमणि भुर्तेल सँग ठुलो स्वरमा चिच्याएको र आफनो गाँउमा विकास नभएको कुरा सुन्दा म कति चाँडो जिल्लाका युवाहरुमा परिवर्तन भएछन भन्ने सोचाई दिमागमा सझाँए । मेरो निन्याउरो अनुहार र चिन्तामा ग्रसित वनेका आँखाहरु मन्चमा पुगे सवैजसो कार्यालयमा काम गर्ने ठुला ठुला दाईहरु र केहि दलका राजनिति नेताहरु बस्नु भएको र जमेर सिरीयस पूर्वक कुराकानी गरेको दूष्यले म झनै व्याकुल बने । म मन्चको नजिकै पुगे त्याँहा सुनामीको कुरा चलीरहेको थियो ।

त्याँहा त बाढी पिडितका कुरा भईरहेका थिए । त्याँहा त पिडितहरुलाई राहत र उद्धारका कुरा चलेका थिए । मैले आँखा मिचे अनि पुन हेरे प्रहरी नायव उपरिक्षक हिरावहादुर पान्डे, गणपती रामकाजी राना, स्थानिय विकास अधिकारी हेमराज भुसाल लगायतका सवै दाईहरुलाई देखे । फाल्गुण ८ गते टन्टलापूर्वक देखिएको सन्धिर्खकको घाम ( हैन कहाँ बाढी आयो र यि जिल्लाका सवैभन्दा ठुला दाईहरु अकस्मात वसेर बाढीपिडीतका कुरा उठाईरहेका छन । कतै म पागल त भएको छैन । म झनै दुखदायी भएको महशुष गरीरहेको संघारमा एकजना साथी आउनुभयो र चुपचाप एउटा रोयल होटलको खानाको कुप्पन दिनु भयो । मैले कुप्पन समाते र होटल तर्फ लागे ।

विवाहमा भन्दा वढी मानिसहरु खानाको लाईनमा देखेपछी म पनि पछाडी उभिए । करिव १० मिनटको पर्खाईमा मैले खाना र मासु पाए । अरुले जस्तै चुपचाप मैले खाना खाए र पुनः टुडिखेलमा पुगे । एकपटक सरासर लगाईएका टेन्टहरु हेरे, सवै जसो टेन्टमा कर्मचारीहरु पाए । यसरी एक्लै हिडने क्रममा एकजना चिनेको घनिष्ट साथीलाई देखे । मैले उसलाई सोधे तपाई के गर्दे हुनुहुन्छ, जवाफमा म बाढिपिडितहरुलाई आकस्मीत सेवाको लागी खटिएको छु । अनि सोधे तपाईको भत्ता कति नी रु उ मुसुक्क हाँस्यो । म चुपचाप मञ्चमा गए र एउटा कुनामा उभिए ।

सायद सिंहदरवारका नेताहरुले पनि संविधान निर्माणका लागी त्यती सिरियस मिटिड. गरेका थिएनन् होला तर सन्धिर्खकको टुडिखेलमा बैध्य वावाको बन्दको दिन भनौ रोयल होटलको खाना र मासुको स्वाद सगसगै सिरियस मिटीड. दाजुहरुले चलाएको देख्दा म आश्र्चय भए । मिटिङमा हजारको कुरा थिएन सवाल लाखका थिए । जिल्ला कुषि कार्यालय अर्घाखाँचीले खाद्यांन्न मार्फत लाखौ रुपैया आवश्यक परेको कारण केन्द्रमा माग गर्दिन सिडिओ भुर्तेललाई आग्रह गरेका थिए । भुर्तेल दाजुलाई सवैका गुनासा सुन्दा भ्याई नभ्याई वनेको थियो । कसैले भन्छन्, शिक्षाका लागी यती चाहीयो र यती खर्च भयो । कतिले भन्छन, महिला उद्धारका लागी यति , कतिले स्वास्थ्यका लागी यती खर्च भयो र यति लाख नपुग भयो प्रमुख जिल्ला अधिकारीले एउटा कापीमा बढो सिरीयस पूर्वक लेखिरहनु भएको थियो । म वहाँलाई नमस्कार गर्ने चाहीरहेको थिए तर वहाँ फुरसदिलो भएको पाउन सकिन । स्वंय जिल्लाका ठुला ठुला दाजुहरुको उपस्थितीमा आकस्मीत उद्धारका लागी छलफल भईरहेको दुष्य लक्षित गरी मैले मनमनै सोचे कलिको अन्तय भएछ । सदरमुकामको यो टनटला गर्मिमा पनि गाँउमा बाढि आए छ । मैले मनमनै सोचे ।

धेरै समयको पर्खाइमा गणपती ज्यूलाई टुडिखेलमा एक्लै देखे, अनि दौडीदै वहाँ सामु पुगे । मेरो मुख सुकेको थियो । जिव्रो लथ्थीएको थियो तर अदम्य साहस र धैर्यता पूर्वक यो के हो सर गणपती ज्यूलाई सोधे । वहाँ मुसुक्क हाँस्दै भन्नु भयो, भुसालजी यो एउटा नाटकीय श्रुङखला हो । जसलाई युनडिपि, नेपाल रेडक्रस र जिल्ला दैविक प्रकोप उद्धार समितिले आयोजना गरेको छ । तवमात्र म सपनावाट व्यूझिए । अनि मात्र सोचे आपतकालीन कार्य संचालन र क्रूतिम अभ्यास कार्यक्रम संचालन गरीनु आफैमा नराम्रो नभएपनि खै त सन्धिर्खका युवाहरुका क्लव र एनजीओ आईएनजीओहरुको उपस्थीति रु आपतकालीननै पर्दछ भने के युवाहरुको सहयोग चाहिदैन र आयोजकहरुलाई । यसविषयमा जिल्लामा रहेका दाजुहरुले गहिरिएर सोच्नु आवस्यक देखिन्छ ।



Nick Name     
comment   




कोरियामा बृहत सांगितीक कार्यक्रम २०७६ भव्य रुपमा सम्पन्न


नेपाली सम्पर्क समितिका कोरियाका निवर्तमान अध्यक्ष शाह ठगीमा मुछिन्दै....












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com