सिद्धराज भट्ट

पर्यटनमा निजी क्षेत्रको गतिविधि बढ्दो
[2013-02-19 오전 12:36:00]

विकासका दृष्टिमा राष्ट्रको मूल प्रवाहबाट पछाडि परेको सुदूरपश्चिमाञ्चल विकास क्षेत्रमा पर्यटनसम्बन्धी उद्योग–व्यवसायका लागि बिस्तारै निजी क्षेत्रको चासो एवम् गतिविधि बढ्न थालेको छ ।खासगरी सुदूरपश्चिमको समग्र विकासका लागि कैलाली उद्योग वाणिज्य सङ्घको पहलमा बर्सेनि आयोजना हुदै आएको ‘सुदूरपश्चिम महोत्सव’को अभियानको फलस्वरुप पर्यटन विकासले मात्रै आर्थिक विकास हुन्छ भन्ने महसुस गर्दै निजी क्षेत्रबाट पर्यटनसम्बन्धी गतिविधि र चर्चा बढ्न थालेको हो ।

निजी क्षेत्रको गतिविधिसागै यस क्षेत्रका पर्यटकीय सम्भावना बोकेका क्षेत्रको प्रचारप्रसारमा टेवा पुगेको देखिएको व्यवसायीले बताएका छन् । ‘महोत्सवको अभियानसागै भएको पर्यटकीय क्षेत्रहरूको सकारात्मक प्रचारको फलस्वरुप सुदूरपश्चिम पनि जानुपर्छ’ भन्ने सन्देश फैलिएको छ ।

महोत्सवको थालनी गर्नुहुने कैलाली उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष गोपाल हमालले भन्नुभयो–“आकर्षकस्थलहरूलाई लक्षित गरी प्रकाशन गरिएका ‘सुन्दर सुदूरपश्चिम’ अङ्कित पोस्टर एवम् तस्बिरको बिक्री वितरणले सकारात्मक प्रचारप्रसारमा मद्दत पुगेको छ ।”

उद्योग वाणिज्य सङ्घले पर्यटकीय गन्तव्यस्थलको पहिचान गर्ने गराउने उद्देश्यका साथ बस व्यवसायी समितिसाग सहकार्य गरी बसहरूमा ‘सुन्दर सुदूरपश्चिम’ अङ्कित पोस्टर एवम् तस्बिर टासेर प्रचारप्रसार गरिरहेको छ ।

पर्यटनसम्बन्धी गतिविधिका लागि आवश्यक खर्च जुटाउन सङ्घले ‘एक पैसे अभियान’ समेत सञ्चालन गर्दै आएको छ । अभियानमा व्यक्तिगत र संस्थागत रूपमा हुने गरेको कारोबारको एक पैसाका दरले सम्बन्धित व्यक्ति एवम् संस्थाले रकम जम्मा गर्ने गरेको बताइएको छ ।

सङ्कलित रकमबाट पोस्टर प्रकाशन, फोटोग्राफी, भिडियोग्राफी, पोस्टर प्रदर्शनीलगायतका पर्यटनसम्बन्धी क्रियाकलाप भइरहेको सङ्घका कार्यालय प्रमुख डिल्लीराज शर्मा बताउनुहुन्छ । “सङ्घकै नेतृत्वमा अहिले अन्य व्यवसायी र राज्य जागरुक देखिनु पर्यटनको प्रवद्र्धन र विकासका लागि शुभसङ्केत हो” शर्माले भन्नुभयो ।

यता पर्यटन व्यवसायलाई अगाडि बढाउन स्थापना गरिएको पर्यटन विकास समाजमा आबद्ध कतिपय व्यवसायीले पनि आफ्नो व्यवसायको कारोबारबाट हुने आम्दानीको एक प्रतिशत रकम जम्मा सुरु गर्न थालेका छन् ।

समाजकै पहलमा सुदूरपश्मिका सबै नौवटा जिल्लामा गठन भएका पर्यटन कार्य समूहले पर्यटन क्षेत्रको पहिचान र अध्यन गर्दै प्याकेज बनाउने तयारी गरिरहेको समाजका अध्यक्ष एवम् होटल डिभोटीका सञ्चालक कृष्णबहादुर महराले बताउनुभयो ।

निजी क्षेत्रको जागरुकता र निरन्तरको दबाबको फलस्वरुप सुदूपश्चिमका पर्यटकीय गन्तव्यको पहिचान, प्रचारप्रसार एवम् प्रवद्र्धन गर्नका लागि नेपाल पर्यटन बोर्डको पहलमा पहिलोपटक यहाा केही दिनअघि सुदूपश्चिमाञ्चल मेला पनि सम्पन्न भएको छ । तीन दिनसम्म भएको मेलामा झन्डै २० हजारले अवलोकन गरेका छन् ।

मेलामा पर्यटकीय गन्तव्यको सचित्र जानकारी, वृत्तचित्र प्रदर्शन, सांस्कृतिक प्रदर्शनीलगायतका कार्यक्रम गरिएको थियो । सुदूपश्चिममा पर्यटनको ठूलो सम्भावना छ । तर यी क्षेत्रको प्यकेजका रूपमा विकास हुन नसकेको मात्र नभई राज्यका तर्फबाट ठोस पहल हुन नसकेको महसुस सरोकारवालाले गरेका छन् ।

यस क्षेत्रमा खप्तड, अपी र सैपाल हिमाल, घोडाघोडी ताल, शुक्लाफाटा वन्यजन्तु आरक्ष, कर्णाली पुल, महाकाली नदीको झोलुङ्गेपुल, रमारोशनका साथै वडीमालिका, शैलेश्वरी, वैद्यनाथ, उग्रतारालगायतका मन्दिर पर्यटकका लागि आकर्षकस्थलका रूपमा रहेका छन् ।

केही वर्षदेखि धनगढी विमानस्थलबाट सुरु भएको दैनिक हवाई सेवाको सुविधाका अलावा पर्यटकलाई लक्षित गरी यस क्षेत्रमा आधुनिक एवम् सुविधासम्पन्न होटलहरूको निर्माणको क्रमसागै बढेको चहलपहलले सुदूरपश्चिमको पर्यटन गतिविधि बढाउन टेवा पुग्ने विश्वाससमेत व्यवसायीको छ ।



Nick Name     
comment   




कोरियामा बृहत सांगितीक कार्यक्रम २०७६ भव्य रुपमा सम्पन्न


नेपाली सम्पर्क समितिका कोरियाका निवर्तमान अध्यक्ष शाह ठगीमा मुछिन्दै....












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com