आनन्द श्रेष्ठ

अनामको यात्रा र अबको बाटो
[2013-02-10 오후 4:56:00]

केही बर्षको सुस्ताईपछि पुन: जुर्मूराएको अनामले यो बर्ष नया सडक नाटक ‘अबको बाटो ’ पूर्वका १० जिल्लाका २ सय ४५ स्थानमा प्रदर्शन गरेर जनताको भरमार ताली बटुल्न सफल भएको छ । २०४५ सालको जनआन्दोलन लगत्तै प्रदर्शन गरिएको ‘दमनको राप’सडक नाटकमा मैले पनि पहिलो पटक अनामका कलाकारहरुसंग हिड्ने मौका पाएको थिए ।

त्यतिबेला मेरो र राजेन्द्र रिमालको भूमिका भनेको नाटक देखाई सकेपछि टोकरी थापेर दर्शकहरुबाट आर्थिक संकलन गर्ने र कलाकारलाई खान, बस्न र यातायातको व्यवस्थापन गर्नु थियो । खर्चबर्चको जोहो नगरी जहा जे पाईन्छ त्यही खादै १० जना कलाकारको टोली लिएर त्यतिबेला ३० औं पटक नाटक देखाउदै काकडभिट्टा सम्म पुगेका थियौं । जनआन्दोलनको नौलो विहानीमा नै सुरु गरेको त्यो नाटकले दर्शकहरुबाट अपार माया र सद्भाव पाएको थियो । तर अहिलेको परिस्थिती धेरै सुगम र विषयवस्तुमा ठूलो अन्तर छ ।

‘दमनको राप’पञ्चायती शासकको ज्यादती र दमनको विरुद्धमा थियो भने यसपालिको नाटक ‘अबको बाटो’ आफुले आफैंलाई सच्याउनु पर्ने र जनआन्दोलनहरुबाट प्राप्त उपलब्धिहरुलाई रक्षा गर्नु पर्ने सन्देश लिएर गाउ छिरेको थियो । नाटकमा लाग्ने खर्चको चााजोपााजो आरडीआईएफ नामको एक विदेशी दातृ संस्थाले मिलाएको हुनाले कमसेकम टोकरी बोक्न परेन । बरु एक दुई महिना धराने कलाकारलाई हातमुख जोड्न सहयोग नै पुग्यो ।

एउटा पर्यवेक्षकको रुपमा अबको बाटो मैले धरान, लहान, गाईघाटसम्म पुगेर १० पटक फरक फरक ठाउमा फरक स्वाद र फरक दर्शकहरुमाझ हेर्ने मौका पाएको थिए । मंसीर १० गते लहानको भगवती मन्दिरमा अबको बाटो देखाउदै थिए साथीहरुले । अधिकांश दर्शक उत्सुक र भावुक भएर हेरिरहेका थिए । एक जना तराई मुलका दाह्रीवाल दर्शकको आाखामा टल्पल गर्दै आशु झरिरहेको रहेछ । मैले उनको फोटो जुम गरेर खिचें । मैले सोचें नाटक सफल भयो । कथा र कलाकारले गरेको मेहनत सफल भयो । दर्शकको आखामा तव आशु बग्छ जब नाटकले उसको मनको कुरा बोल्न थाल्छ । मेरो वुझाईमा सफल नाटक त्यसलाई मान्न सकिन्छ जसले दर्शकलाई नाटक नसकुन्जेल वांधेर राख्न सक्छ अनि आंखा मन मस्तिष्कलाई भिजाउन सकोस ।

मैले नाटक हेरेको अधिकांश स्थानमा दर्शकले नाटकलाई मुक्तकण्ठले प्रशंसा गरेको पाए । र भन्थे ‘वास्तवमा नाटक मनै छुने समय सान्दर्भिक रहेछ, यो त हाम्रा नेताहरुलाई पो देखाउनु पर्ने, यी अन्धजातिवादीहरुलाई पो देखाउनु पर्ने,यसलाई देशका सवै गाउ शहरमा देखाउनु पर्छ आदि आदि....।

जे भएपनि एउटा राम्रो नाटक अनामले प्रस्तुत गर्‍यो । कथा र कलाकार प्रभावकारी भएकाले यसलाई नाटक र भिडियोको रुपमा भएपनि सवै गाउ शहरमा पुर्‍याउनु पर्ने सुझाव सबैको थियो र म पनि त्यही सुझाव दिन चाहान्छु । किन भने अवको वाटोले दिन खोजेको सन्देश वर्तमान अवस्थामा जनताको लागी औषधीको काम गर्न सक्ने छ ।


अबको बाटो के छ ?
दृश्य १
पछाडी दुर्गम गाउको एउटा स्कुल । एक हुल केटाकेटी स्कूले पोशाकमा खेल्दै दर्शक माझ प्रवेश गर्छन् । तोतेबोली बोल्दै खेलिरहेका केटाकेटी विच झगडा पर्छ । एक जना तराई मुलका बुढो मास्टर आएर हप्काउछन् । झगडा पर्ने केटाकेटीहरुलाई टाउको ठोक्काएर सजायपनि दिन्छन्, त्यसैलाई मित लगाएको अथ्र्याउछन् । केटाकेटी फेरी खेल्न थाल्छन् अनि बुढा मास्टर आफु यो गाउमा आएर पढाउन थालेको १५ बर्ष भईसकेको कुरा सम्झन्दै आफु पहिलो पटक गाउ प्रवेश गर्दाको दृष्य देखाईन्छ ।

दृश्य २
गाउको खोला तर्न नसकेर किनारमा अलमल परिरहेको मास्टरलाई घोडा चढेर आउदै गरेका एक जना लिम्बु कान्छाले खोला तारि दिन्छ । खोला तार्ने मात्र होइन उनलाई आफैंले घरमा लिएर जान्छ र खुव स्वागत सत्कार गछर्न । गाउमा सबै जातजाती, धर्म संस्कृतिका मानिसहरु मिलेर बसेको देखेर मास्टर जी पनि दंग पर्छ

दृष्य ३
एक जोडि जोइपोई घर आागनमा विस्कुन खादै गरेका कुखुरा धपाउद,ै भनाभैरी गर्दै गरेका हुन्छन । त्यतिकैमा मास्टर लिएर लिम्बु कान्छाको प्रवेश हुन्छ । लिम्बु कान्छा उनको मित भएकाले मास्टर जी संग परिचय गराउदै गाउमा एक जना साथीलाई अस्पताल पुर्‍याउन भनि उनिहरु बाहिर निस्किन्छन् । लिम्बु र उसका मित जोडि गाउमा आफ्ठ्यारो पर्दा सवैलाई सहयोग गर्दै हिड्ने स्वभावका हुन्छन् ।

दृष्य ४
बुढो मास्टर चस्मा मिलाउदै कुर्सीबाट उठेर यसरी गाउलेहरु मिलेर बसेको कुरा सम्झन्छ र आज त्यो विद्यालयमा एसएलसी पास गर्नेहरुको सम्मानमा सांस्कृतिक कार्यक्रम भएकाले सवैलाई निमन्त्रणा दिन्छन् । विद्यार्थीहरुबाट नृत्य प्रस्तुत हुन्छ ।

दृष्य ५
गाउको परिवेष वदलिएको छ । प्राय सवै गाउलेहरु आ आफनै राजनीतिक,जातीय समुहमा विभाजन भई सकेका हुन्छन । दुवै मीतहरु विच आ–आफ्नो जातीय समूहमा बोलाउदा नगएको निउमा मनमुटाव बढ्न थाल्छ । नाक चुच्चे र नाक थेप्चे सम्मको भाषा प्रयोग गरेर गाली गर्न थाल्छन् । त्यहाबाट समुदाय–समुदायसम्मको कुरा उठ्न थाल्छ । त्यसपछि दुवै जना आ आफ्नो ढंगले अगाडि बढ्न खोज्दछन् । कोही आफ्नो जातीगत राज्य र पहिचान खोज्न थाल्छन्, कोही राज्य चाहिंदैन भन्न थाल्छन्, यसरी गाउमा पनि अन्यौल र अशान्त वातावरण बन्न थाल्छ । एक आपसमा तानातान, हानाहानको स्थिति सृजना हुन्छ ।

दृष्य ६
एक जना तराई मुलका स्वास्थ्यकर्मी त्यही गाउ जान आएको हुन्छ । तर खोला तर्न नसकेर विलखबन्दमा परेको बेला एक जना लिम्बु भाई हानिन्दै आएर आफु खोला तरेर पारि पुग्छ । स्वास्थ्यकर्मीले पनि आफुलाई खोला तारि दिन अनुनय विनय गर्छ तर उसले खोला तार्नुको सट्टा तिमीलाई मैले किन खोला तारि दिन ?ु तिमि संग न जात मिल्छ, न भात मिल्छ , न धर्म मिल्छ न अनुहार मिल्छ भनेर हिड्छ । त्यस गाउका मानिसहरुको असहयोगी रुखो व्यवहार देखेर स्वास्थ्यचौकीमा काम गर्न आएका ती तराई मुलका स्वास्थ्यकर्मी गाउ नपसी खिन्न मन लिएर फर्कन्छ ।

वर्षौ बर्षदेखि मिलीजुली बस्दै आएका दुई भिन्न जातका मितहरु वीच अमुक समुदायले फैलाएको खिचातानीमा परेर झगडा गर्न थालेपछि सुत्रधार दर्शक माझ प्रवेश गरेर भन्न थाल्छ
‘२००७ साल अगाडिदेखि ०६९सालसम्म आउदा कहिले जनआन्दोलनको नाममा, कहिले जनयुद्धको नाममा, कहिले झापा आन्दोलन, कहिले मधेस आन्दोलन गरी खोजेर, रोजेर मन पराएर ल्याएको लोकतन्त्र यहि हो ? समृद्ध समावेशी नया नेपालको नमुना यस्तै हुन सक्छ ? के यसैको लागि थुप्रै आमा बुवाहरुले आफ्ना सन्तान गुमाएका थिए ? हजारौं नारीहरुले आफ्नो सिन्दुर पुछेका थिए ? हजारौं बालबालिका टुहुरा बनेका थिए ? के यसैकालागि हजारौं युवा युवतिहरु घाईते, अपाङ्ग भएका थिए ? होइन भने किन कहिले जातीका नाममा, कहिले धर्मका नाममा , कहिले शिक्षाको नाममा त कहिले बेरोजगारको नाममा कहिले के को नाममा कहिले के को नाममा लडिरहेका छौं ? के यसै गरी लडिरहने हो त हामी ? होइन भने अबको हाम्रो गन्तव्य के ? अहिले देश यहिं आएर गााठो परेको छ । यो गाठो खोल्ने कस्ले ? देश गाठो परेको छ । विकास गााठो परेको छ । अब यो गााठो कस्ले खोल्ने ? तपाई हामीले ।

तपाई हामीले खोल्ने हो देशको गाठो, निकासको गाठो । कुन बाटो जादा खोलिन्छ ? अवको बाटो के ? तपाईहरु हेर्नु होस्, बुझ्नु होस्, महसुस गर्नु होस् अनि हामीलाई भन्नु होस् । लोकतन्त्रलाई कसरी मजबुत बनाउन सकिन्छ । छातीमा हात राखेर एउटा ईमान्दार नेपाली भएर भन्नु होस् अबको बाटो के ? यो प्रश्न यहाहरुलाई छाडेर जादैछु ।
एउटा मैथिली भाषामा संदेश गीत बज्छ ।
सवै हिडौं मिलेर हिडौं
अधिकारको लागी संगसंगै हिडौं
हामी नेपाली, हामी सवैको नेपाल

अन्तमा सुत्रधार ले दुई लाईन कविता भट्याउछ
‘तिम्रो मनमा जाई फुल्यो मेरो मनमा जुही
फूल मात्र दुई हुन् फुल्ने ठाउ चाहिं उहि

(विभिन्न जातजातिको भेषभुषा लगाएका कलाकारहरुले विभिन्न झण्डा बोकेर उभिएका हुन्छन् । त्यस वीच एक बालकले चन्द्रसुर्य अंकित राष्ट्रिय झण्डा बोकेर उभिन्छ अनि सबैले एक स्वरमा भन्छन् ‘जय देश, जय नेपाल, जय नेपाली’)
समाप्त

नाटक निर्देशक, सुवास थापा
यो नाटकलाई तयार गर्न मुस्किल परेको थियो । किन भने यसमा लोकतन्त्र, समावेशी जस्ता कुरालाई घुसाउनु पर्ने थियो । नाटकको कथा, लेखन देखि प्रस्तुतिकरणसम्ममा झण्डै पन्ध्र बीस दिन ठूलो माथापच्ची गर्नु पर्‍यो । अन्तत: हामीले यस्तो नाटक तयार पार्‍यौं जसलाई सबै दर्शकले मन पराई दिनु भयो । नाटकको सन्देश समय सापेक्ष भएकाले हामीलाई पनि गौरव लागेको छ । मलाई लाग्छ, लोकतन्त्र र समावेशी समाज निर्माणमा हाम्रोपनि यो सानो प्रयास निरर्थक हुनेछैन ।

व्यवस्थापक, मदन गुप्ता
नटक गर्न होस वा कुनै पनि कार्यलाई सफल बनाउनको लागि अति आवश्यक विषय नै व्यवस्थापन हो जस्तो लाग्छ । मलाई अनाम धरानका साथीहरुले व्यवस्थापनको जिम्मेवारी दिनु भएकोमा म साथीहरुलाई धन्यवाद दिन चाहान्छु । मैले व्यवस्थापनको जिम्मेवारी मेरो तर्फबाट रामै्र गरें जस्तो लाग्छ । समस्याहरु त धेरै आए तर त्यो समस्यालाई सहजै मेरो जिम्मेवारी सोचेर मैले ति समस्याहरुलाई कलाकारसम्म आउन नदिन नै मेरो जिम्मेवारी भएको हुादा नाटक अवधीभरि नै म, मेरो काम र जिम्मेवारीप्रति इमान्दारीता पुर्वक कार्य गर्न सफल भएा र आउने दिनहरुमा पनि मैले जिम्मेवारी पाएका कार्यहरु यसरी नै गर्दै जाने छु । विश्वास दिलाउन चाहान्छु । धन्यवाद ।



Nick Name     
comment   




कोरियामा बृहत सांगितीक कार्यक्रम २०७६ भव्य रुपमा सम्पन्न


नेपाली सम्पर्क समितिका कोरियाका निवर्तमान अध्यक्ष शाह ठगीमा मुछिन्दै....












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com