SHUVA NARAYAN YADHAV

हातीपाईले रोग विरुद्धको सरकारी अभियान सप्तरीमा अधुरो
[2013-02-10 오후 4:35:00]

सरकारले अभियान संचालन गरेर हातीपाईले रोग विरुद्धको औषधि खुवाउने भनिएपनि सप्तरीका अधिकांश सर्वसाधारणहरुले औषधि खाएका छैन्न । हातीपाइले रोगबाट बचौ र बचाऔं भन्ने मुल नाराका साथ राष्ट्रिय हातीपाइले रोग निवारण कार्यक्रम २०६९ अन्तर्गत सरकारले विभिन्न जिल्लामा अरवौ–खर्वाै खर्च गरेर हातीपाइले रोग विरुद्धको औषधि वाडेपनि मृत्यु हुने डरले सप्तरीका अधिकांश सर्वसाधारणहरुले उक्त औषधि नखाएका हुन् ।

हातीपाइले रोग विरुद्धको औषधि खाएका कारण सप्तरीको बभनगमाकट्टी गाविसकी एक दलित महिलाको मृत्यु भएको गलत हल्लाका कारण खासगरी ग्रामिण भेगका सर्वसाधारणहरुले उक्त औषधि नखाएका वुझिएको छ । उक्त रक्तचापबाट पीडित वभनगमाकट्टी झल्लु सदाकी ५५ वर्षीया श्रीमती सन्झा देवी सदाको हातीपाइले रोग विरुद्धको औषधि खाएर मृत्यु भएको समाचार केही संचारमाध्यमहरुमा आएका कारण सप्तरीका अधिकांश ग्रामिण भेगका सर्वसाधारणहरुले मर्ने हल्लाले औषधि नखाएका हुन् ।

सदाको उक्त रक्तचापका कारण मृत्यु भएको दावी जिल्ला जनस्वास्थ्य कार्यालय सप्तरीले गरे पनि औषधि कै कारण मृत्यु भएको गलत हल्लाका कारण आफूहरुले औषधि नै नखाएको रम्पुरा मल्हनियाँ गाविस ४ का अशोक कुमार यादवले बताए । ज्यान लिने उक्त औषधि किन खाने, त्यसैले हामीहरुले औषधि नै खाएनौ ,यादवले बताए । हातीपाइले रोग विरुद्धको औषधि खाँदा मरिन्छ र औषधिले शरीरमा नाकारात्मक असर गर्छ भनेर औषधि नखाएको ग्रामिण भेगका स्थानीयवासीहरु बताउँछन् । उक्त औषधि खाएर मरिन्छ भनेर हातीपाइले रोग विरुद्धको औषधि कतिपय गाविसहरुमा घाँसवारीमा फालिएको अवस्थामा फेला परेको छ । सरकारले अरर्वा रकम खर्चेर पनि राष्ट्रिय हातीपाइले रोग निवारण कार्यक्रमको कुनै औचित्य नरहेको स्थानीय जानकारहरु बताउँछन् ।

स्थानीयहरुका अनुसार खासगरी ग्रामिण भेगमा हातीपाइले रोग निवारण कार्यक्रमको कुनै प्रचार प्रसार समेत नगरेकाले पनि उक्त कार्यक्रमको त्यति महत्व नरहेको सरकार तथा जनस्वास्थ्यले सरकारी रकम दुरुपयोग मात्र गरेको आरोप लगाएका छन् । राष्ट्रिय हातीपाइले रोग निवारण कार्यक्रम अन्तर्गत दुई वर्षदेखि माथि उमेरका सम्पूर्ण बालबालिका, वयस्क, महिला, पुरुष सबैलाई स्वास्थ्यकर्मीहरुद्वारा निःशुल्क औषधि खुवाउने गरेपनि स्वास्थ्यकर्मीहरुको लार्पवाहीका कारण पनि कतिपयले उक्त औषधि नखाएको गाउँलेहरुको कथन रहेको छ ।

दुई वर्ष मुनिका बच्चाहरु, गर्भवति महिलाहरु तथा एक साताभित्रका सुत्केरी महिलाहरु, मुटुको रोग, जण्डिस, मृगौलाको रोगीहरु, छारे रोग तथा अन्य सिकिस्त विरामीहरु पहिले देखि अन्य कुनै कडा रोगका लागि औषधि खाइरहेको भएमा ती विरामीहरुलाई यो औषधि नखुवाउने तथा खाली पेटमा नखाएर खाना खाएको ३ घण्टाभित्र औषधि खाने तथा औषधि खाएको तीन घण्टासम्म आराम गर्नुपर्ने र खेतवारीबाट काम गरी आएको बेला कम्तिमा एक घण्टा आराम गरी मात्र उक्त औषधि खानुपर्ने भएकाले त्यस्तो नगरेका कारण कतिपयहरुलाई केही असर गरेपनि वभनगमाकट्टीकी दलित महिला उक्त औषधिकै कारण मृत्यु नभएको जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख विजय कुमार झाले दावी गरे ।

प्रमुख झाका अनुसार कसै कसैलाई शरीरमा परजीवी छन भने मात्र ज्वरो आए जस्तो हुने, टाउको दुख्ने, रिंग्टा लाग्ने, वान्ता हुने, जीउ दुख्ने, खान नरुचने जस्ता समान्य असरहरु हुन सकेपनि उक्त औषधि खाएकै कारण मृत्यु नहुने भएकाले औषधि नखाएकाहरुलाई निर्धक्क साथ औषधि खान आग्रह समेत गरेका छन् ।

यसैगरी सरकारले अभियान संचालन गरेर हात्तीपाइले रोग विरुद्धको औषधी वितरण गरेपनि सिरहाका अधिकांश सर्वसाधारणले औषधी सेवन नगरेको पाईएको छ । हात्तीपाइलेविरुद्धको औषधी सेवन गर्दा तत्काल शरिरमा विभिन्न नकारात्मक असर देखा पर्ने भएपछि सर्वसाधारणले औषधी नखाएको सर्वसाधरणले बताएका छन् ।

जिल्ला स्वास्थ्य कार्यालयबाट खटाइएका महिला स्वास्थ्य स्वयंसेविका तथा स्वस्थ्यकर्मीले घरमै लगेर हात्तीपाइले रोग विरुद्धको औषधी वितरण गरे पनि आफूलगायत परिवारका सबै सदस्यले प्रयोग नगरेको सिरहाका भगत यादवले बताए । हात्तीपाइलेको औषधी सेवन गरेपछि विभिन्न घटनाहरु भएको सुनेका कारण आफूले सरकारी अभियानको वास्ता नगरेको उनले वताए ।

सिरहाका विभिन्न सरकारी तथा गैरसरकारी संघ संस्था विद्यालय लगायतमा स्वास्थ्य कार्यालयले औषधी पु¥याए पनि सचेत तथा शिक्षित कर्मचारीले समेत औषधीको सेवन नगरेको पाईएको छ ।



Nick Name     
comment   




कोरियामा बृहत सांगितीक कार्यक्रम २०७६ भव्य रुपमा सम्पन्न


नेपाली सम्पर्क समितिका कोरियाका निवर्तमान अध्यक्ष शाह ठगीमा मुछिन्दै....












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com