भवानी बराल

नेपालका विद्युत आयोजनाहरु
[2013-02-08 오전 12:12:00]

यस अघिको अङ्कमा ‘नेपालमा जलविद्युत’ शिर्षकमा विद्युत विकासको चर्चा गरियो । नेपालमा विद्युत विकासको सय वर्षको ईतिहास केलाउने काम भयो । यो आलेखमा नेपालका जलविद्युत आयोजनाको बारेमा चर्चा गरिनेछ । नेपाल विद्युत प्राधिकरणका अनुसार २७ वटा जल विद्युत आयोजनाहरु नै नेपालका मूख्य उत्पादन केन्द्रहरु हुन । यो अलेखमा यिनै विद्युत उत्पादन केन्द्र र तिनको क्षमताको बारेमा चर्चा हुनेछ । प्राधिकरणको स्रोत ०६७ को अभिलेख अनुसार यी आयोजनाहरुबाट जम्मा ४७२.९९४ मेगावाट विद्युत उत्पादन भैरहेको छ ।

प्राधिकरणद्वारा सञ्चालित विद्युत उत्पादन केन्द्रहरुमा सबैभन्दा बढी विजुली उत्पादन गर्ने आयोजना काली गण्डकी ‘ए’ हो । यो केन्द्र १४४ मे.वा. जडित क्षमताको छ । यसरी नै दास्रो ठूलो केन्द्र मध्यमस्यॉङ्दी हो । यो केन्द्रको क्षमता ७० मेगावाट छ र तेस्रो ठूलो केन्द्र मस्र्याङ्दी हो । यसको जडित क्षमता ६९ मे.वा. छ ।

यसरीनै क्रमस: कुलेखानी पहिलो ६० मे.वा., कुलेखानी दोस्रो ३२ मे.वा. क्षमताका छन् । यी दुबै आयोजनाहरु जलाशययुक्त आयोजना हुन । मकवानपुर जिल्लामा रहेको यो आयोजनाको रोयल्टीबाट मकवानपुर लगायत मध्यमाञ्चलका सबै जिविस लाभान्वित भएका छन् । केही वर्षदेखि यो आयोजनाबाट स्थानीय निकायले ठूलो फाइदा पाउँदै आएको छ ।

कुलेखानी आयोजनमा प्रभावित पाँच गाविस रोयल्टी पाएका छन् भने त्यहाँका बासिन्दाले माछा पालन व्यववसायबाट पनि लाभ लिदै आएका छन् । नेपालको एकमात्र जलासययुक्त आयोजनाको प्रतिफल प्रभावकारी भएको छ ।

यस्तै अन्य विद्युत केन्द्रहरु त्रिशुली २४ मे.वा. , मोदी खोला १४.८ मे.वा., देवीघाट १४.१ मे.वा., सुनकोसी १०.०५ मे.वा., पुवा खोला ६.२ मे.वा., चतरा ३.२ मे.वा., पनौति २.४ मे.वा., तातोपानी म्याग्दी (पहिलो र दोस्रो) गरी जम्मा २ मे.वा., तिनाउ (बुटबल) १.०२४ मे.वा. र सेती (पोखरा) १ मे.वा. क्ष्मताका छन् ।

प्राधिकरणले सञ्चालन गरेको १ मे.वा. भन्दा कम क्षमताका केन्द्रहरु सुन्दरी जल ६४० कि.वा., फर्पिङ ५०० कि.वा., जोमसोम २४० कि.वा., बाग्लुङ २०० कि.वा., खाँदवारी २५० कि.वा., फिदिम २४० कि.वा., सुरमैयागाड (वैतडी) २०० कि.वा., डोटी २०० कि.वा., रामेछाप १५० कि.वा. र तेह्रथुम १०० कि.वा. क्षमताको छ । तर, मेची र कोसी अञ्चलमा विद्युत प्रधिकरणले चारवटा केन्द्रहरु मात्र बनाएको छ । यी केन्द्रहरुबाट जम्मा ९.९९० मे.वा. मात्र विजुली उत्पादनमा सिमित छ ।

नीजि क्षेत्रका विद्युत उत्पादन केन्द्रहरुले प्राधिकरणलाइ पछ्याउने खोजेको संकेत पनि देखिन्छ । यो सकारात्मक पक्ष हो । लगानीको एथेष्ठ सूरक्षा नभएको द्वन्द्वको बबखतमा पनि नीजि क्षेत्र उत्साहित रहेको पाइन्छ । कतिपय नीति र ऐनका अप्ठ्यारा बाबजुत नीजि क्षेत्र जल विद्युत लगानीमा आकर्षित भएकै छन् । यो सकारात्मक पक्ष हो विद्युत विकासका लागि । नीजि क्षेत्रबाट निर्माणाधिन आयोजनाहरु सम्पन्न हुँदा प्राधिकरणको उत्पादन क्षमताको ५० प्रतिशत स्थान ओगट्ने संकेत देखिएको छ । प्राधिकरको नेतृत्व क्षमता कमजोर बन्दै गएको छ तर नीजि क्षेत्र अक्रामक रुपमा प्रस्तुत भैरहेको छ । यसको नकारात्मक प्रभाव पनि बढेर जाने संभावना छ । विद्युत उत्पादनमा प्राधिकरण पछाडि पर्‍यो भने नीजि क्षेत्रको विद्युत उत्पादनमा ‘सिण्डिकेट’ बन्न सक्छ । विद्युत प्राधिकरणकै सूचना अनुसार प्राधिकरण २७ अर्व ५० करोड भन्दा बढी घाटामा गैसकेको छ । यसरी नै घाटामा जाने हो भने उसले विद्युत उत्पादनमा लगानी क्षमता गुमाउने छ । हालसम्म नीजि क्षेत्रका २३ वटा विद्युत केन्द्रहरुको क्षमता १७४.४८१ मे.वा. छ ।

नीजि क्षेत्रका केन्द्र र क्षमता :
नेपाल विद्युत प्राधिकरण व्यापार विभागको अभिलेख २०६७ अनुसार खिम्ती खोलाबाट हिमाल पावर कम्पनीले सबैभन्दा बढी विजुली उत्पादन गर्छ । यसको क्षमता ६० मे.वा. हो । दोस्रो ठूलो उत्पादक भोटेकोसी पावर हो । यसले भोटेकोसी खोलाबाट ३६ मे.वा. उत्पादन गर्छ । तेस्रो ठूलो जडित क्षमता भएको विद्युत केन्द्र चिलिमे खोलामा छ । चिलिमे हाईड्रो पावरले यो खोलाबाट २२ मे.वा. विजुली उत्पादन गर्छ ।

यसरी नै बुटबल पावर कम्पनीले झिमरुक खोलाबाट १२ मे.वा., नेशनल हाईड्रो पावरले इन्द्रावती तेस्रोबाट ७.५ मे.वा., बुटबल पावर कम्नीले नै आँधी खोलाबाट ५.१ मे.वा., हिमाल दोलखा हाइड्रो पावरले माइखोलाबाट ४.४५५ मे.वा., युनिक हाईड्रोले बराम्ची खोलाबाट ४.२ मे.वा., खुदी हाईड्रो पावरले खुदी खोलाबाट ३.४५० मे.वा., गण्डकी हाइड्रो पावरले मार्दी खोलाबाट ३.१ मे.वा. र अरुण भ्यालीले पिलुवा खोलाबाट ३ मे.वा. उत्पादन क्षमता राख्छन् ।

यसरी ३ मे.वा. भन्दा कम उत्पादन क्षमता राख्ने नीजि क्षेत्रका कम्पनीहरुमा सानीमा हाइड्रो पावरले २.५ मे.वा., रिडी हाइड्रो पावरले रिडी खोलाबाट २.४ मे.वा., र थापल खोला हाईड्रो पावरले थापल खोलाबाट १.६५० मे.वा. विजुली उत्पादन गर्छन् ।

यस्तै १ मे.वा. भन्दा कम उत्पादन क्षमता भएका विदुत उत्पादन केन्द्रहरुमा युनिफाइड हाईड्रो पावरले पाती खोलाबाट ९९६ कि.वा., खोरङ्गा खोला हाईड्रो पावर फेमे खोलाबाट ९९५ कि.वा., सेण्ट पावर डेभलपमेण्टले अपरहाँडी खोलाबाट ९९१ कि.वा., टाक्स हाइड्रो पावरले सेती दोस्रोबाट ९७९ कि.वा., गौतमबुद्ध हाइड्रो पावरले सिस्ने खोलाबाट ७५० कि.वा., काठमाण्डौ जलविद्युतले साली नदीबाट २३२ कि.वा. स्याङ्गे विद्युतले स्याङ्गे खोलाबाट १८३ कि.वा., र रैराङ हाइड्रो पावर रैराङ खोलाबाट ५ कि.वा. उत्पादन क्षमता राख्छन् ।

तर, पूर्वका दुई अञ्चल मेची र कोसीमा नीजि क्षेत्रको बाक्लो उपस्थिति हुन सकेको देखिन्न । नीजि क्षेत्रको तिनवटा आयोजनाबाट जम्मा ८.४५० मे.वा. उत्पादन गर्छन । विद्युत प्राधिकरणले ९.९९० मे.वा. उत्पादन गर्छ । प्राधिकरणको उत्पादन क्षमता भन्दा करिव १ मे.वा. मात्र घटी नीजि क्षेत्रको उत्पादन क्षमता छ ।

विद्युत प्राधिकरणका विद्युत उत्पादन केन्द्र
आयोजना क्षमता (मे.वा.)
१. काली गण्डकी ए १४४
२. मध्यमस्र्याङ्दी ७०
३. मस्र्याङ्दी ६९
४. कुलेखानी पहिलो ६०
५. कुलेखानी दोस्रो ३२
६. त्रिशुली २४
७. गण्डक १५
८. मोदी खोला १४.८
९. देवीघाट १४.१
१०. सुनकोसी १०.०५
११. पुवाखोला ६.२
१२. चतरा ३.२
१३. पनौती २.४
१४. तातोपानी, म्याग्दी २

(पहिलो र दोस्रो )
१५. सेती (पोखरा) १.५
१६. तिनाउ (बुटबल) १.०२४
१७. फेवा (पोखरा) १
१८. सुन्दरीजल ०.६४०
१९. फर्पिङ् ०.५००
२०. खाँदबारी ०.२५०
२१. फिदिम ०.२४०
२२. जोमसोम ०.२४०
२३. बाग्लुङ् ०.२००
२४. सुरमैयागाड (बैतडी) ०.२००
२५. डोटी ०.२००
२६. रामेछाप ०.१५०
२७. तेह्रथुम ०.१००
जम्मा ४७२.९९४

नीजि क्षेत्रको विद्युत आयोजना
कम्पनीको नाम आयोजनाको नाम क्षमता मे.वा.
१. हिमाल पावर खिम्ती खोला ६०
२. भोटेकोसी पावर भोटेकोसी खोला ३६
३. चिलिमे हाईड्रोपावर चिलिमे खोला २२
४.बुटबल पावर कं. झिमरुक खोला १२
५.नेशनल हाइड्रोपावर इन्द्रावती तेस्रो ७.५
६.बुटबल पावर कं. आँधी खोला ५.१
७.हिमालदोलखा हाइड्रो माइ खोला ४.४५५
८.युनिक हाइड्रो बराम्ची खोला ४.२
९.खुदी हाईड्रो पावर खुदी खोला ३.४५०
१०.गण्डकी हाइड्रो मार्दी खोला ३.१
११.अरुण भ्याली पिलुवा खोला ३
१२.सानीमा हाइड्रो सुनकोसी खोला २.५
१३.रिडी हाइड्रो पावर रिडी खोला २.४
१४.एलाइन्स पावर चाकु खोला १.५
१५.थोपलखोला हाइड्रो थोपल खोला १.६५०
१६.युनिफाईड हाइड्रो पाती खोला ०.९९६
१७.खोरङ्गाखोला हाइड्रो फेमे खोला ०.९९५
१८.सेन्टरपावर डेभलपमेण्ट अपरहाडी खोला ०.९९१
१९.टाक्स हाईड्रोपावर सेती दोस्रो ०.९७९
२०.गौतमबुद्ध हाइड्रो सिस्ने खोला ०.७५०
२१.काठमाणडौ जलविद्युत साली नदी ०.२३२
२२.स्याङ्गे विद्युत स्याङ्गे खोला ०.१८३
२३.रैराङ् हाइड्रोपावर रैराङ खोला ०.५
जम्मा १७४.४८१



Nick Name     
comment   




कोरियामा बृहत सांगितीक कार्यक्रम २०७६ भव्य रुपमा सम्पन्न


नेपाली सम्पर्क समितिका कोरियाका निवर्तमान अध्यक्ष शाह ठगीमा मुछिन्दै....












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com