रासस

तीन भाषामा पचास किताब लेखेका लेखक छायामा
[2013-02-05 오후 10:01:00]

सागैका दौतरी साहित्यकारमा दरिए पनि बागलुङ नगरपालिका–३ शिवकुमार प्रधानलाई उतिसाह्रो मानिसले चिन्दैनन् । जीवनभर साहित्य रचना र प्रवद्र्धनमै समय बिताउनुभएका प्रधानको साहित्यकारकै रुपमा समाजमा स्थापित परिचय बन्न सकेको छैन । न त उहाा आफौ परिचय दिादै हिाड्न नै रुचाउनुहुन्छ ।

अठहत्तर वर्षको उमेरमा पनि किताब लेखेरै समय बिताउने प्रधानले साहित्य सिर्जनामा ६० वर्ष बिताउनुभएको छ । यो अवधिमा प्रधानले नेपाली, संस्कृत र अङ्ग्रेजी भाषामा ५० किताब लेखिसक्नुभएको छ । त्यसबाहेक उहााले २०१४ सालमै हस्तलिखित मञ्चरी साहित्यिक पत्रिकाको प्रधानसम्पादक रहेरसमेत काम गर्नुभएको थियो ।

सिर्जनात्मक दृष्टिले उत्कृष्ट पुस्तकका रचयिता प्रधान कहिल्यै पनि पुरस्कार तथा सम्मानका लागि लेख्नु भएन । न त पुरस्कार तथा सम्मानले उहालाई पछयाउन सके । आफूलाई प्रचार र हल्लामा आउन मन नपर्ने प्रधान बताउनुहुन्छ । तीनतीन भाषामा महत्वपूर्ण कृति लेखिए पनि उहा र उहाको रचनामाथि कुनै बहस अथवा विश्लेषण हुन सकेको छैन । आफूलाई माक्र्सवादी दर्शनबाट प्रेरित भन्न रुचाउने प्रधानले आफ्ना किताबमा माक्र्सको दर्शन चेतलाई पनि प्रवृष्ट गर्नुभएको छ ।

माक्र्सदेखि बुद्धलाई पनि लेख्ने अचम्मको लेखन कौशल उहामा पाइने अर्का लेखक मुकेशचन्द्र राजभण्डारीले टिप्पणी गर्नुभयो । साहित्यमा सानै उमेरदेखि रुचि राख्ने प्रधानले तत्कालीन समयमा प्रगतिशील नाटक सङ्घको निर्देशक भएर पनि काम गर्नुभएको थियो । अमर मेमोरियल ट्रस्टको संस्थापकसमेत रहनुभएका प्रधानले आफ्ना सबै कृतिको प्रकाशन ट्रस्टबाट गर्दै आउनुभएको छ ।

बागलुङ माक्र्सवादी विचार पदार्पण गराउनसमेत उहाले ठूलो भूमिका निर्वाह गर्नुभएको छ । माक्र्सवादी भएर पनि ईश्वर पुज्ने प्रधानसाग अचम्मको विरोधाभाष पनि छ । १९९२ सालको फागुनमा शिवरात्रिको दिन जन्मेका प्रधान व्यापारिक परिवारमा जन्मे हुर्के पनि भाषा साहित्यको क्षेत्रमा लगाव राख्नुभयो ।

प्रधानले हालसम्म नेपली साहित्यका लागि ५० अमूल्य कृति दिनुभएको छ । “यी मेरा अमर कृतिहरू्र हुन्”, प्रधानले भन्नुभयो, “समयको गर्भबाट निस्किएका मेरा रचनाप्रति म खुसी छु ।” नेपाली, हिन्दी, अङ्ग्रेजी भाषा बरोबर दख्खल राख्ने प्रधानले अङ्ग्रेजी र राजनीतिशास्त्र विषयमा स्नातकोत्तर गर्नुभएको छ ।

भारतको गुरुकुल हरिद्वार हिन्दु विश्वविद्यालयबाट भागवत आचार्यको उपाधि हासिल गर्नुभएका प्रधानले संस्कृत भाषामा पनि उत्तिकै दख्खल राख्नुहुन्छ । अर्थवादी पारिवारिक संरचना र दैनिकीमा पनि कसरी साहित्य रचनाको हुटहुटी जाग्यो होला । प्रधानले भन्नुभयो, “रचनालाई कसैले रोक्न सक्दैन ।”

साहित्य सिर्जनामा खारिएका प्रधानले अङ्ग्रेजी भाषामा २०, नेपाली भाषामा २५ र संस्कृत भाषामा पाच गरी ५० कृति रचना गर्नुभएको छ । ३६ प्रकाशित भइसके पनि बाकी १४ प्रकाशनको मुखमा छन् ।

उहाले विसं. २०११ मा पहिलो कृति आकाश गङ्गा कहानी सङ्ग्रह प्रकाशन गर्नुभएको हो । त्यसपछि उहाको लेखन यात्राले गति लिएको थियो । विभिन्न समयकालमा उहाले दर्जनौ किताब लेख्नुभयो । कथा, निबन्ध, जीवनी, समालोचनमा रुचि राख्ने प्रधानले आधादर्जन जति नाटक पनि लेख्नुभएको छ ।

विसं.२०२० सालमा उनी उद्योग वाणिज्य सङ्घ बागलुङको संस्थापक अध्यक्ष हुनुभएका प्रधानले व्यापार व्यवसायमा पनि समय दिनुभएको थियो । “कति संस्था क्रियाशील छन् कति अस्ताए”, प्रधानले भन्नुभयो । बागलुङमा माक्र्सवादको प्रवद्र्धन गर्ने काम पनि प्रधानले गर्नुभयो । २०१५ सालतिर पाल्पाबाट आएका चिरञ्जीवीलाल श्रेष्ठको सङ्गतमा उहााले सो काम गर्नुभएको थियो ।

प्रधान माक्र्सवादी युवक सङ्घका अध्यक्षसमेत बनेर काम गर्नुभएको थियो । “जीवनभर परिवर्तन र नयाा चेतना प्रवाह हेतु मैलै काम गरो”, प्रधानले भन्नुभयो, “मसाग अरू कुनै स्वार्थ र लोभ छैन ।” उहाका माक्र्सवादसम्बन्धी पुस्तक चर्चित छन् अहिले पनि ।

त्यसबाहेक मानवजीवन, संस्कृति, इतिहास, वातावरण र समसामायिक विषयकेन्द्रित पुस्तक उहाले रचना गर्नुभएको छ । प्रधानले नेपालीमा लेखेका शोध र बोध, मेघदूत, वनफूल, हिमकला, उत्तर रामचरितलगायतका पुस्तक लेख्नुभएको छ ।

त्यस्तै, संस्कृतमा वेदान्त भागवतमहाभास्यम, भक्तिगङ्गाजस्ता पुस्तकहरू चर्चित छन् । अङ्ग्रेजी भाषामा लेखिएका २० पुस्तक प्रकाशन भइसकेका छन् ।



Nick Name     
comment   




कोरियामा बृहत सांगितीक कार्यक्रम २०७६ भव्य रुपमा सम्पन्न


नेपाली सम्पर्क समितिका कोरियाका निवर्तमान अध्यक्ष शाह ठगीमा मुछिन्दै....












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com