भरत पाण्डेय

एचआइभी सङ्क्रमितमा अझै पनि हट्न सकेन हेला र भेदभावको डर
[2013-02-05 오후 9:54:00]

गुल्मी हस्तीचौरका एक पुरुषलाई उनको समाजले अरू सरह नै सामान्य रुपमा लिएको छ तर उनी भने ‘मनको वह कसैलाई नकह’ भन्ने पीरलोमा परेका छन् । किनकि उनी एचआईभी सङ्क्रमित हुन् तर लोकलाजको डरले उनले यो कुरा कसैलाई बताउन सकेका छैनन् ।

उनले एचआइभी सङ्क्रमितसित सागै बस्नु हुादैन भन्ने कुरा कहिलेकाही छिमेकीसग चुहाउादारहेछन् । तर के गर्नु आफू सङ्क्रमित हुा भन्यो भने गाउा नै निकाला गरिदेलान् भन्ने डरले कोही, कसैसग आफ्नो पीडा पोख्न नसकेको उनले बताए ।

यस्तै जिल्लाको जुहाङ्ग गाविसका अर्का एक सङ्क्रमित पुरुष पनि आफ्नै परिवारलाई छलेर बस्न बाध्य छन् । उनकी श्रीमतीलाई श्रीमान् सङ्क्रमित हो भन्ने राम्ररी थाहा छ, तर परिवारका बाकी सदस्यलाई भने थाहा छैन । ‘मलाई एचआइभी लागेको छ भन्ने कुरा परिवार र समाजले थाहा पाएमा गाउमै बस्न दिदैन भन्ने डरले रोग सङ्क्रमित हुा भनेर कसैलाई भन्न नसकेको उनले बताए ।

‘एचआइभी सङ्क्रमितलाई हेंला होइन, माया गरौ’ भन्ने अभियानका साथ मुलुकमा विभिन्न कार्यक्रम सञ्चालन भए पनि समाजमा अझै एचआइभी सङ्क्रमित भन्नासाथ हेयभावले व्यवहार गर्ने कारणबाट धेरै सङ्क्रमित कष्टकर जीवन भोग्न बाध्य छन् ।

ग्लोबल फन्डअन्तर्गत सेभ द चिल्ड्रेनको सहयोगमा राष्ट्रिय ग्रामीण तथा सामुदायिक विकास केन्द्र, नार्डेक नेपाल गुल्मीले जिल्लाका ४९ गाविसमा सञ्चालन गरेको एकीकृत एचआइभी/एड्स रोकथाम, सहयोग र हेरचाह कार्यक्रमअन्तर्गत सङ्क्रमितलाई सहयोगका लागि गाउा जाने सदस्यहरूलाई सङ्क्रमितहरूले यस्तो समस्या बताएका हुन् ।

घरपरिवारसाग आफ्नो रोग लुकाउन नचाहनेको सङ्ख्या विगतको भन्दा घटेका भए पनि अझै पनि केहीले समाजमा भेदभाव र हेला हुने डरले रोग लुकाएर बस्ने गरेको एचआइभी सङ्क्रमितका क्षेत्रमा कार्यरत राष्ट्रिय ग्रामीण तथा सामुदायिक विकास केन्द्र (नार्डेक) नेपाल, गुल्मीका एकीकृत स्वास्थ्य केन्द्र सहजकर्ता लुमबहादुर श्रीस बताउनुहुन्छ । ‘हामीले एचआइभीको जोखिम पहिचान, सचेतना, सूचना सामग्री वितरणलगायतका कार्यक्रम गरेर धेरै सङ्क्रमितलाई चेतना जगाए पनि अपहेलित हुने डरले कतिपय अझै आफौ खुल्न चाहादैनन्’–उहाले भन्नुभयो ।

जिल्लाका एचआइभी सङ्क्रमित १६० जनामध्ये परिवार र समाजसाग आफ्नो वास्तविकता बताउन नसकेर बस्ने बढी नै छन् । ‘अहिलेसम्म सङ्क्रमित पहिचान भएकामध्ये चारपाचजना मात्र समाजमा एचआइभी सङ्क्रमित भनेर खुलेका छन्’–नार्डेकका एकीकृत एचआइभी एड्स रोकथाम, सहयोग र हेरचाह कार्यक्रमअन्तर्गत मनोसामाजिक परामर्शकर्ता हरिकृष्ण विकले भन्नुभयो । कसैले थाहा पायो भने समाजमा बस्न दिदैनन् भन्ने डरले तीमध्ये २०/२५ जना त परिवारसाग पनि खुल्नसकेका छैनन्–उहा थप्नुहुन्छ ।

रोग सङ्क्रमितलाई सीपमूलक तथा आयमूलक कार्यक्रममा सहभागी गराई आत्मनिर्भर गराउनुपर्ने भए पनि उनीहरू खुल्न नसकेका कारण कार्यक्रममा सहभागी गराउन कठिन भएको सो संस्थाले जनाएको छ ।

‘गाउका राजननीतिक दलहरू र गाविस सचिवहरू सङ्क्रमितहरूलाई आयमूलक कार्यक्रमका लागि बजेट छुट्याऊाभन्दा सकारात्मक हुन्छन् तर मान्छे नै नखुलेपछि कसरी बजेट दिने भन्ने कुरा उठाउाछन्’ परामर्शकर्ता विकले भन्नुभयो ।

फेला परेका सङ्क्रमितमध्ये १०५ जना संस्थाको सम्पर्कमा आई पोषण तथा विभिन्न सेवा लिएका छन् । संस्थाले सम्पर्कमा आएकालाई पोषणबापत प्रत्येक महिना ३० जनालाई पोषण तथा अन्यलाई दुखाइ व्यवस्थापनसम्बन्धी औषधि उपलब्ध गराएको छ । सम्पर्कमा आएकालाई पोषण, प्राथमिक उपचारका औषधि, व्यक्तिगत सरसफाइका सामान, यौनरोगको उपचार नियमति रुपमा गरिादै आएका छौ भन्दै कार्यक्रम संयोजक रामबहादुर कुावरले प्रतिरक्षा क्षमताको जाच नियमित रुपमा गर्नेका लागि सामुदायिक हेरचाह केन्द्रमा नियमित रुपमा पठाउने गरिएको जानकारी दिनुभयो ।

साथै उनीहरूलाई समाजमा सहजताका साथ बाच्ने वातावरणका लागि जिल्लास्थित सरकारी एवम् गैरसरकारी संस्थाहरूसाग आवश्यक तालिमका लागि पहल गरिएको र संस्थाले पनि विभिन्न सीपमूलक कार्यक्रम सञ्चालन गरेको नार्डेकका अध्यक्ष रेशम कुावरले बताउनुभयो । सङ्क्रमितहरूलाई जिल्ला विकास समिति, कृषि, पशुसेवा, महिला विकास, उद्योग वाणिज्य सङ्घलगायतका कार्यालयहरूले सञ्चालन गरेका सीपमूलक तालिम कार्यक्रममा सहभागी गराइएको छ ।

तालिम लिएकामध्ये आधाभन्दा बढीले आफै कृषि, पशुपालन व्यवसाय र नोकरी गरेर आफौ स्वरोजगारीमूलक कार्यक्रम सञ्चालन गरेका र सङ्क्रमितमध्ये तीनजनालाई संस्थाकै स्थलगत कार्यकर्ता र सहयोगीका रुपमा काम गर्नेगरी रोजगारी दिइएको जानकारी पनि अध्यक्ष कुावरले दिनुभयो ।

गुल्मीमा अहिलेसम्म १६० जना एचआइभी सङ्क्रमित फेला परेकामध्ये पछिल्ला वर्षमा फेला परेका ११० जनाको पहिचान भएको छ भने बाकी ५० जनाको लैङ्गिक पहिचान समेत हुननसकेको जिल्ला एड्स समन्वय समिति (डयाक)ले जनाएको छ । पछिल्लो पटक पहिचान भएका सङ्क्रमितमध्ये २५ देखि ३९ वर्षभित्रका ५८ जना छन् भने २० देखि २४ वर्ष उमेरका पाचजना छन् । सङ्क्रममितमध्ये पुरुषको तुलनामा महिला सङ्ख्या ११ प्रतिशतले बढी छ ।

जिल्लामा एचआइभी सङ्क्रमणको उच्च जोखिममा अश्लेवा गाविस रहेको छ । सो गाविसमा १४ जना सङ्क्रमित फेला परेको डयाकका कार्यक्रम संयोजक खनालले जानकारी दिनुभयो । उच्च जोखिममध्ये दोस्रोमा रहेको हस्तीचौरमा ११, अर्खले र हसरामा ६/६, ग्वादी, जुनिया, नयागाउ र ठूलो लुम्पेकमा पाच/पाच, जोहाङ्ग, बामी, वीरवास र पल्लीकोटमा चार/चार तथा कुर्घा र बलिथुममा तीन/तीनजना सङ्क्रमित रहेको बताइएको छ ।

रोग सङ्क्रमितहरू प्रत्येक छ महिनाको फरकमा प्रतिरक्षा क्षमता जाच (सिडिफोर) परीक्षणका लागि लुम्बिनी अञ्चल अस्पताल, बुटवल जानुपर्ने, तर सङ्क्रमितको सङ्ख्या दिनानुदिन बढेका कारण नियमित रुपमा परीक्षण गर्न नपाएको गुनासो सङ्क्रमतिहरूको रहेको छ ।



Nick Name     
comment   




कोरियामा बृहत सांगितीक कार्यक्रम २०७६ भव्य रुपमा सम्पन्न


नेपाली सम्पर्क समितिका कोरियाका निवर्तमान अध्यक्ष शाह ठगीमा मुछिन्दै....












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com