लाओती येहाङ

लिम्बू भाषा संरक्षणको लागि भएका संघर्षको एउटा नमुना
[2013-01-28 오전 12:27:00]

नेपालमा बोलिने भोट–बर्मेली भाषा परिवारमा लिम्बू भाषा आफ्ना छुट्टै लिपि सहितको समृद्ध र लामो लेख्य परम्परा भएको भाषा मध्ये एक हो । यो भाषा नवौं शताब्दीदेखि लेख्य परम्परामा आएको हो भन्नेमा केही विद्वानहरू सहमत छन् । लिम्बू भाषा र लिपिमा लिखित मितियुक्त हालसम्मकै पुरानो लिखित सामग्रीका रुपमा वि.सं. १९०३ सालमा संकलन कार्य समाप्त गरी ‘इण्डिया अफिस लाइब्रेरी’ लण्डन (संयुक्त अधिराज्य) मा सुरक्षित राखिएका हजसन पेपरलाई नै मानिएको छ । जसमा ‘स्वस्ति श्री सम्बत १९०३ साल मार्ग सुदी ५ रोज ३ का दिन (संकलनकार्य?) समाप्ति भयाको लिम्बूहरूको फेदाङबाको पूजाको विधि, उपदेश, विवाह, खेतीपाती, लक्ष्मी सम्वाद, दन्त्य कथा, धर्म र चालचलन मुन्धुम, याक्हाङ सेमा मुन्धुम आदि उल्लेख हुनुको साथै सुक्खिमको कुहि (या?) को पुस्तक बमोजिम लेख्याको’ भन्ने वाक्य समेत खस नेपाली भाषमा पनि उल्लेख गरिएको पाइन्छ । यो प्रयुक्त वाक्यले आज भन्दा एक सय पैसठ्ठी वर्ष अगाडि नै संकलन कार्यमा खटिएका ती सज्जन महानुभावहरूले लिम्बू भाषा र लिपिमा लेखिएको पुस्तक कुहिएको अवस्थामा पाउनुले पनि लिम्बू भाषाको लेख्य परम्परा शुरु भएको ३/४ शताब्दी भयो भन्ने प्रमाणित हुन्छ ।

उल्लेखित हजसन पेपरमा पूजाको विधि, दन्त्यकथा, खेतीपाति, लक्ष्मी सम्वाद आदि वाक्य उल्लेख हुनुले उक्त समय अगावै लिम्बू भाषामा साहित्यिक रचना, धार्मिक विधि–विधान र कृषि सम्बन्धी नीति/नियम आदिको पनि रचना भई पुस्तकाकारमा आइ सकेको प्रमाणित हुन्छ । यो भाषाका बारेमा विश्व आदिवासी अन्तर्राष्ट्रिय दशक तदर्श राष्ट्रिय समिति नेपालद्वारा प्रकाशित ‘नेपालका आदिवासीहरू बारे राष्ट्रिय परामर्श गोष्ठीको प्रतिवेदन–२०५०’ मा यसरी उल्लेख गरिएको पाइन्छ: ‘भोट–बर्मेली भाषा परिवारका सदस्यहरूमा लिम्बू भाषा सबैभन्दा समृद्ध मानिन्छ ।’

यसरी लिम्बू भाषा समृद्ध र लामो लेख्य परम्परा भएको भाषा हो तापनि गोरखा र लिम्बुवान बीच भएको युद्ध पश्चात वि.सं. १८३१ मा दुई पक्षीय भएको सन्धि अनुसार संरक्षित राज्यको रुपमा मात्र लिम्बुवान गोरखा (हाल नेपाल) राज्यमा प्रवेश गरेपछि (केही दशकलाई छाडेर) मन्द गतिले शुरु भई क्रमश: उग्ररुपले यो भाषालाई चलखेलमा बाधा– व्यवधान पुर्‍याउादै वि.सं. २००७ सालसम्म आइ पुग्दा पिञ्जराको सुगा भएर बस्न बाध्य पारियो । लिम्बू भाषामा लेखिएका विभिन्न विषयका पाण्डुलिपिहरू राज्यकै संलग्नतामा यहीा अवधिमा सडाउने/गलाउने कामहरू भए भन्ने विभिन्न लेखकहरूको लेखहरू पाइन्छ । हुन त यो मानव निर्मित प्रकोप, यो अवधिमा नेपालका लिम्बू जातिको मात्र नभै प्राय: सम्पूर्ण आदिवासी जनजातिका भाषा, संस्कृतिले भोग्नु परेको थियो । यहीा कारणले आफ्ना घरमा राखिएका लिम्बू भाषा र लिपिमा लेखिएका विभिन्न विषयका केही कागजातहरू सुरक्षाका लागि लुकाउादा–लुकाउादै सोही स्थानमा सडिएर गए भने हाल प्राप्त केही कागजातहरू पनि सुरक्षाका लागि सिक्किम, दार्जीलिङतर्फ लुकाउन लगि वि.सं. २००७ सालमा प्रजातन्त्र स्थापना पश्चात वि.सं. २००८/९ सालमा मात्र फर्काई ल्याइएको र कतिपय कागजात/दस्तावेजहरू अझै उतै रहेको कुराहरू लिम्बुवानका सचेत बुढापाकाहरूबाट प्रशस्तै सुन्न पाइन्छ ।

राणाशासन अन्त्य हुनै लागेको बखत अर्थात वि.सं. २००७ साल बैशाख महिनामा पान्थर निवासी जम्दार हर्कप्रसाद लिम्बू (नेम्बाङ) ले घुम, दार्जीलिङको ठेगानाबाट श्री ३ महाराज समक्ष पत्र लेखेर लिम्बू भाषा प्रारम्भिक शिक्षामा पठन–पाठनको लागि स्वीकृति माग गरेकोमा ‘नेपाल राज्यभरका बालकहरूलाई एक राष्ट्र भाषा नेपाली पढाइ एक सूत्रमा बााध्ने सरकारको मनशायले ठाउा–ठाउामा स्कूलहरू खोलेको विभिन्न भाषा बोल्ने बालकहरूलाई आफ्नै मातृभाषामा प्रारम्भिक शिक्षा सिक्न सजिलो हुन्छ भन्ने कुरा पनि सरकारले ख्याल राखेको छ, तर यो कुरा सरकारी तौरबाट गर्दा नराम्रो देखिन्छ’ भनी नेपाल सरकार शिक्षा विभाग (अंग्रेजी फाट) को मिति २९/३/२००७ को पत्रबाट जवाफ प्राप्त भएको देखिन्छ । (बिरही काइाला, लिम्बू भाषा र साहित्यको संक्षिप्त परिचय–२०४९.४९…)

वि.सं. २००७ सालपछि प्रजातान्त्रिक खुल्ला वातावरणमा लिम्बू भाषाको विकासको लागि केही उदाहरणीय कार्यहरू भए जस्तै नेपालमै सम्भवत: प्रथमपल्ट पान्थर, आङसराङ स्थित जयनारायण आदर्श विद्यालयले लिम्बू भाषा वोध गराउन निम्ति तत्कालीन सरकारबाट स्वीकृति लिई वि.सं. २०१२ देखि २०१३ सालसम्म कक्षा १,२ र ३ सम्म श्रद्धेय इमानसिंह चेम्जोङ भाषा शिक्षक भई लिम्बू भाषा र लिपि पठन–पाठन गराउनु भएको ऐतिहासिक तथ्यहरू पाइन्छ । (लाओती येहाङ, आदिवादी लिम्बू जातिको संक्षिप्त परिचय–२०६२.१३४) यसरी दीर्घकालपछि खस बाहेक नेपालका अन्य भाषाले पनि केही कालसम्म खुल्ला वातावरणमा चलखेल गर्ने मौका पायो । तर यो मौका दीर्घकालसम्म उपयोगमा ल्याउने सपनामा छोटो अवधिमै छेकबार लाग्यो । वि.सं. २०१७ सालमा बहुदलीय प्रजातन्त्रको स्थानमा एकदलीय पञ्चायती व्यवस्था देशमा लागू गरियो । पञ्चायती व्यवस्थाले एक जाति (आर्य) एक भाषा (खस भाषा) एक धर्म (हिन्दू धर्म) र एक संस्कृति (आर्य संस्कृति) को नीति अपनायो । पञ्चायती नेताहरूले भाषणमा नेपाललाई ‘चार जात छत्तीस वर्णको फूलबारी’ भन्ने शब्द चाहिा बारम्बार दोहोर्‍याउाथे, नेपाल विभिन्न जातजातिबाट निर्मित देश हो भन्ने स्वीकार गर्थे तर व्यवहारमा उतार्न कहिल्यै अगाडि सरेनन् । परिणामस्वरुप यहााका आदिवासीका भाषा, संस्कृति र ऐतिहासिक स्थानहरू सरकारकै अग्रसरतामा मास्ने, नास्ने, थिच्ने, मिच्ने कार्यहरू पुन: तीव्र र व्यापक रुपले भयो । यस्तो अन्याय अत्याचार आफ्ना आमामाथि थोपरिंदा कुन चाहिा सुपुत्रको मन थामिएला र ? यो सोचनीय कुरा हो ।

जाति र भाषालाई अलग राखेर हेर्न कहिल्यै पनि मिल्दैन । त्यसैले जातीय पहिचानको पहिलो आधार नै भाषा हुादा राज्यका नीति भाषा बचाउनेतर्फ नभै विपरीततर्फ संचालन भएकाले सम्बन्धित पक्षबाट पनि संरक्षण नभएमा भाषा संस्कृति साथ–साथै जाति नै विलुप्त हुने सम्भावना भएकोले लिम्बू भाषा र संस्कृति संरक्षण गर्न निरन्तर आवश्यकता महसुस भई ७ मार्च, १९७६ मा पान्थरको याम्बोङमा वीर नेम्वाङ (वर्तमान लिम्बुवान मुक्ति मोर्चाका केन्द्रीय अध्यक्ष) को सभापतित्वमा एक सभा बस्यो । सो सभामा लिम्बू भाषा, संस्कृति लोप हुने क्रम बढेकाले सो लोप भएमा जाति नै लोप हुने सम्भावना हुादा लिम्बू भाषा, लिपि संरक्षण गर्नका निम्ति एउटा विद्यालय खोली सो विद्यालयमा लिम्बू भाषा र लिपि पठन–पाठन गराउने सर्वसम्मत निर्णय भयो र सो प्रयोजनको लागि ‘फक्ताङलुङ निसामहिम’ नामक विद्यालय याम्बोङ्मै स्थापना गरियो । तत्पश्चात सो विद्यालयमा इच्छुक विद्यार्थीहरूलाई लिम्बू भाषा र लिपि पठन–पाठन गराउनुको साथै लिम्बू भाषाबाट नाट्य, सांस्कृतिक कार्यक्रम र अन्तरक्रिया पनि गराउने काम शुरु भयो । लिम्बू भाषा, लिपि पठन–पाठन गराउने विद्यालय स्थापना भएको प्रचार भएपछि सो विद्यालयमा अध्ययन गर्न विद्यालय आसपासका मात्र नभै टाढा–टाढाका विद्यार्थीहरू पनि लिम्बू भाषा र लिपि अध्ययन गर्न आउने क्रम बढ्दै गयो । नेपालको हकमा तत्कालीन समयमा यो फक्ताङलुङ निसामहिमले लिम्बू भाषा र लिपिको उन्नति र प्रचारमा विर्सनै नसकिने गरी सशक्त केन्द्रको भूमिका निभाएको थियो भन्दा अत्युक्ति नहोला ।

यस प्रकारले लिम्बू भाषा र लिपि पठन–पाठन गरिएकोमा एकाधिकारवादीहरूलाई असह्य भएछ उपप्रधानपञ्च हरिचरण आचार्य समेतले फक्ताङलुङ निसामहिममा ‘राजालाई मान्नु हुादैन, देवनागरी लिपि र नेपाली भाषा पढ्नु/पढाउनु हुादैन लिम्बू लिपि तथा भाषा मात्र पढ्नु/पढाउनु पर्छ भनी अराष्ट्रिय गतिविधि गरिन्छ’ भन्ने उजुर पान्थरका प्रमुख जिल्ला अधिकारी समक्ष गरेकाले वीर नेम्बाङ लगायत फक्ताङलुङ निसामहिम सम्बद्ध सम्पूर्ण व्यक्तिहरूलाई पक्राउ गरी लगि तत्कालीन जिल्ला कार्यालय (हाल जिल्ला प्रशासन कार्यालय) मा बयान लिने काम भयो । लगाइएका आरोपहरू सबै झूठा हुन भनी इन्कार गर्दागर्दै कसैले हप्काई खानु पर्‍यो भने कसैले कुटाई पनि खानु पर्‍यो र ‘अब उप्रान्त फक्ताङलुङ निसामहिम सञ्चालन नगर्नु, सञ्चालन गरेको पाइएमा सख्त कारबाही हुनेछ’ भन्ने प्रमुख जिल्ला अधिकारी डम्बरुवल्लभ भट्टराईबाट आदेश भएपछि विद्यालय बन्द गर्न संचालक समिति बाध्य भई विद्यालय बन्द गरियो । सो बन्द विद्यालयलाई पुन: सञ्चालन अनुमतिको लागि प्रधानमन्त्री लगायत सम्बन्धित निकायमा पटक–पटक निवेदन गर्दा समेत पुन: संचालन गर्ने अनुमति त परै जावोस, आश्वासन समेत नपाएपछि सो विद्यालय पुन: स्थापना भएन ।

अत्याचारको पनि एउटा सीमा हुन्छ । सीमा नाघेपछि त्यसको परिणामले पनि सीमा नाघ्छ । वि.सं. १८३१ को सन्धि लालमोहर अनुसार जिमि भूमि रहुञ्जेल कहिल्यै पनि खोसमोस नगर्ने शर्त सहित लिम्बूलाई प्राप्त लिम्बुवानको जग्गा जमिन सहितको विशेषाधिकारयुक्त किपट व्यवस्था लिम्बू जातिबाट जबरजस्ती सरकारले खोसाएको छ वर्ष मात्र व्यतीत हुादै थियो । क्रमगत रुपले यसरी आर्थिक, सामाजिक, राजनैतिक, शैक्षिक सम्पूर्ण क्षेत्रमा आदिवासी लिम्बूउपर शोषण दमनको विषहरु यत्रतत्र छर्ने कामहरू भएपछि धेरै लिम्बुवानीको छातिभित्र सन्तापको आगो बल्न थाल्यो । यहीा क्रममा लिम्बुवान आमाका एक २० वर्षीय युवा सुपुत्रलाई साह्रै नै असह्य भई राजा र पञ्चायती व्यवस्था विरुद्ध आफ्ना नाम/ठेगाना सहितको पर्चा निकाली आफैले बााड्दै पञ्चायती व्यवस्था विरुद्ध एक हुन जनतालाई आÞवान गर्दै ९ मई, १९७९ मा तेह्रथुमका संक्रान्ति बजारमा भाषण गरी ताप्लेजुङ पुग्दा पञ्चायती व्यवस्था विरोधीको आरोपमा उही २० वर्षे युवा वीर नेम्बाङ र उनलाई साथ दिएको अभियोगमा पृथ्वीबहादुर मादेन, गंगाराम लिङखिम, आशहाङ मादेन, प्रमिला नेम्बाङ, सुशीला नेम्बाङ, उर्मिला नेम्बाङ समेतलाई गिरÇतार गरी अन्यलाई सोधपुछ र कागज गराई छाडिदियो भने वीर नेम्बाङ, आशहाङ मादेन र गंगाराम लिङखिमलाई राजकाज अपराध गरेको आरोपमा झापा कारागार चलान गरियो । गंगाराम लिङखिम ६ महिना कैद भुक्तानी पछि छाडियो भने वीर नेम्बाङ र आशहाङ मादेन चाहिा सन १९८१ सालको जनमत संग्रहको लागि सम्पूर्ण राजनीतिक बन्दीले आममाफी पाउादा कारागार मुक्त भए । (इमेत्नासुङ, जनवरी, २००७ सिक्किम)

सन् १९८३ मा पुन: वीर नेम्बाङकै अगुवाइमा पान्थरको याम्बोङ शिवा, रानीटार, ताप्लेजुङको तिरिङगे र सुनसरीको धरानमा लिम्बू भाषा, लिपि पठन–पाठनको लागि विद्यालय खोली पठन–पाठन शुरु गरियो । पुन: प्रशासनबाट विद्यालय बन्द गरियो र वीर नेम्वाङको नाममा पक्राउ पूर्जी जारी भएपछि उनी भूमिगत भए । नेपालमा केन्द्रीकृत शासन व्यवस्थाका कारण लिम्बू भाषा, लिपिको विकास नहुने र यसको लागि लिम्बुवान स्वायत्तता नै चाहिने ठहरका साथ उही वीर नेम्वाङले २० डिसेम्बर, १९८६ मा पान्थरमा आफ्नै अध्यक्षतामा ‘लिम्बुवान मुक्ति मोर्चा’ नामक राजनीतिक संस्था गठन गरी लिम्बुवान स्वायत्तताको मागलाई अगाडि बढाएको इतिहास पाइन्छ । (तान्छोप्पा, साउन, २०६६) हुन त लिम्बुवानलाई भइरहेको स्वायत्तताको अधिकारमा क्रमिक रुपले केन्द्रबाट थिचिंदै मिचिंदै गएपछि केही स्वायत्तताधिकार बााकी छादै रक्षा, मुद्रा, यातायात र परराष्ट्र केन्द्रबाट सञ्चालन हुने र बााकी सम्पूर्ण स्वायत्त सरकारबाट सञ्चालन गर्न पाउने गरी यस अघि पनि लिम्बुवान पूर्ण स्वायत्तताको माग पटक–पटक भएको थियो । उदाहरणको रुपमा श्रद्धेय इमानसिंह चेम्जोङको अगुवाइ र वहााकै सभापतित्वमा सञ्चालित ‘अखिल लिम्बुवान सुधार संघ’ ले पनि माथि लेखिए बमोजिमकै अधिकार सहितको लिम्बुवान स्वायत्तताको माग गरेको पाइन्छ ।

यसरी लिम्बू भाषा र लिपि पठन–पाठनको निम्ति खोलिएको फक्ताङलुङ निसामहिमलाई सञ्चालन गर्न सरकारबाट रोक लगाएपछि निकासको लागि लिम्बुवान मुक्ति मोर्चा गठन भएकोमा हाल सो संगठन समान विचारका अन्य संगठन समेत एक भई अघि बढाएकोले लिम्बुवान स्वायत्तताको मागले चरमविन्दु छोएको छ । किनभने जाति, भाषा र संस्कृतिलाई अलग राखेर हेर्न मिल्दैन, जातीय पहिचानको पहिलो आधार नै भाषा र संस्कृति हो । त्यसैले जातिलाई बचाउनको निम्ति यी दुईलाई पनि बचाउनै पर्ने हुन्छ । भाषा दबाबलाई लिएर विश्वमा भीषण युद्धहरू पनि भएका छन् भने, त्यहीा युद्धकै माध्यमबाट नया देशहरूको पनि जन्म भएको इतिहासहरू पाइन्छन् । उदाहरणार्थ बंगलादेशलाई लिन सकिन्छ । यसरी भाषा दबाबको विषयलाई लिएर पाकिस्तानबाट बंगलादेशले जन्म लियो भने नेपालमा लिम्बुवान मुक्ति मोर्चा नामक पार्टीले जन्म लिएको देखिन्छ । आफ्ना भाषा र संस्कृति सम्बन्धित जातिले निर्वाध रुपले संचालन गर्न पाउनु पर्दछ यो प्रत्येक मानवको नैसर्गिक अधिकार हो । त्यसैले देशका नीति निर्माता (देश हााक्ने नेता) हरूले यसलाई सधैं मनन् गर्नु पर्दछ । देशभित्रका प्रत्येक भाषा, संस्कृति र धर्म सम्बन्धित देशको सम्पत्ति हो, त्यसर्थ राज्यले यी सम्पूर्णलाई समान दृष्टिले हेर्नु पर्दछ र विकास हुने अवसर पनि समानरुपले दिनु पर्दछ । अनि मात्र देशमा जातीय सद्भाव कायम हुन्छ र त्यो देश उन्नति/प्रगतिको पथमा सशक्तरुपले लम्कि सम्पूर्ण देशवासीले सुखानुभूति गर्न पाउादछन् ।
(लेखक संस्कृतिविद् हुन्)



Nick Name     
comment   




कोरियामा बृहत सांगितीक कार्यक्रम २०७६ भव्य रुपमा सम्पन्न


नेपाली सम्पर्क समितिका कोरियाका निवर्तमान अध्यक्ष शाह ठगीमा मुछिन्दै....












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com