स्वामी आनन्द अरुण

मनुष्यताको आहार
[2013-01-21 오후 12:09:00]

भोजन मानिसको पहिलो आवश्यकता हो र गहिरो तृष्णा पनि । आवश्कयता मात्रै नरहेर भोजन यदि वासना भयो भने यो कति प्रबल हुन्छ भने मानिसले अनावश्यक वस्तु खाएर आफ्नो स्वास्थ्य, संवेदनशीलता तथा आध्यामिक शान्ति, नैतिक समझदारी र सौन्दर्यबोध पनि गुमाउाछ । मांसाहारी यस्तै बेहोस र प्रबल तृष्णाले पैदा भएको बानी हो जसल गर्दा मनष्यले चारखुट्टेमा खाट, आकाशमा उड्नेमा हवाइजहाज, पानीमा तैरिनेमा डुंगाबाहेक सबै चिज खाइसकेको छ ।

संसारका अधिकांश संवेदनशील र प्रतिभाशाली व्यक्तिहरु शाकाहारी भएको देखिएको छ । रवीन्द्रनाथ ठाकुर, जर्ज बनार्ड शा, अल्बर्ट स्वाइत्जर, हेनरी फोर्ड, विलियम सेक्सपियर, लियोनार्दो दा भिन्ची, जोन मिल्टन, सोपेनहावर, न्युटन, सुकरात, पाइथागोरस, प्लेटो, लाओत्से, कम्फ्युसियस, एडिसन, लियो टल्सटोई, पल मकार्टनी, स्टिभ जब्स्, आङ साङ सुकी, लियोनार्डो डे क्यापरियो, अमिताभ बच्चन, माधुरी दीक्षित, ब्रायन आडम्स्, ब्राड पिट, जस्टिन टिम्बरलेक, हेमा मालिनी, विद्या बालन, लक्ष्मी मित्तल, मनमोहन सिंह, अब्दुल कलाम, डायना, माइकल ज्याक्सन, रिचर्ड गेर, महात्मा गान्धी, गौतम बुद्ध, जे कृष्णमूर्ति, ओशो । शाकाहारहिरुको सुची लामो छ ।

सैसर्गिक रुपले मानिस शाकाहारी प्राणी हो । उसको शारीरिक बनोट, भोजन पचाउन चाहिने रसहरुको उत्सर्जन प्रकृतिमा भएका अन्य शाकाहारी जनावरजस्तै छ । सबै मांसाहारी जनावरमा पाचन प्रणाली अम्लीय रसपूर्ण हुन्छ भने शाकाहारी जीवजन्तुमा क्षारीय प्रकृतिको । मांसाहारी जनावरमा मासु पचाउन कडा अम्लीय रसहरु पाचन प्रणालीमा छोडिन्छ भने शाकाहारी प्राणीको पाचन प्रणालीमा क्षारीय रस ८० प्रतिशतसम्म हुन्छ । यो तथ्यले के देखाउाछ भने मांसाहारी मानिसको स्वभाविक वृत्ति होइन । अझ मांसाहारी पर्यावरणयि, स्वास्थ्य, आध्यात्मिक, सौन्दर्यबोधका दृष्टिले पनि हानिकारक छ ।

पर्यावरणका कोणले मांसाहार
मांसाहारले विश्वमा निम्त्याएको पर्यावरणीय क्षति भयावह छ । मांसाहारले विश्व बजार कब्जा गरेको र संसारका अधिकांश व्यक्ति मांसाहारी भएकाले मांसाहारले पर्यावरणमा पुर्‍याएको क्षतिबारे सञ्चारमाध्यमबाट सामान्यतया: चर्चा गरिादैन । यससम्बन्धी राष्ट्रसंघले गरेका खोजहरुका रिपोर्टमा यसका यथेष्ट प्रमाण छन् । राष्ट्रसंघका अनुसार मांसाहार पर्यावरण क्षय गर्ने तेसे प्रमुख कारण हो । यस रिपोर्टका अनुसार मासुसाग सम्बन्धित उद्योग कारखानाले विश्व वातावरणलाई सोच्नै नसकिने स्तरसम्म नोक्सानी पुर्‍याएका छन् । मासुका लागि गरिने जनावर खेतीमा जनावर जन्मेर हुर्काउने तरिका, मारिएर प्इाक भई सुपरमार्केटहरुमा पुग्दासम्म यसले वायुमण्डलमा उत्सर्जन गर्ने ग्रिनहाउस ग्याासको मात्रा विश्वमा कार, ट्रक, प्लेन, जहाजहरुले समग्रमा गरेभन्दा बढी छ ।

एक तथ्यांकअनुसार प्रत्येक अमेरिकीले एक हप्तामा एक भोजन चिकेनको सट्टा शाकाहारी गर्ने हो भने ५ लाख कारले छोड्ने कार्वनडाइअक्साइड जस्तो ग्रिन हाउस ग्यासबाट विश्व मुक्त हुन्छ ।एक शाकाहारीले एक वर्षमा सय जनावर तथा एक एकडका रुखहरु जोगाउा छ। वातावरणविद्का अनुसार प्रत्येक मिनेट ७ वटा फुटबल मैदान जति क्षेत्रफलको जंगल नष्ट गरी उक्त जमिन जनावर खेती गर्न सम्याइन्छ ।

विश्वमा पिउने पानीको भयावह संकट भइरहेको अवस्थामा एक किलो मासु उत्पादनमा २०,९४० लिटर पानी खर्च भइरहेको छ । जबकी एक किलो गहुा उत्पादनमा ५ सय ३ लिटर पानी खर्च हुन्छ ।

जनावरबाट १ किलो मासु प्राप्त गर्न १० किलो अन्न खुलाउनुपर्छ । एक दिनका लागि एक व्यक्तिलाई शाकाहारी भोजन उत्पादन गर्न १ हजार १ सय ३७ लिटर पानी आवश्यक पर्छ भने मांसाहारी भोजनका लागि १५ हजार १ सय ६० लिटर पानी चाहिन्छ ।

एक दिन एक व्यक्तिले एक पाउण्ड मासु खाएन भने त्यति पानी जोगिन्छ, जति उसले एक वर्षसम्म ननुहाएरमात्रै जोगाउन सक्छ । अमेरिकाले उत्पादन गर्ने मकैको ९१ प्रतिशत, सोयाको ७७ प्रतिशत, जौको ६४ प्रतिशत मासु खाने उद्देश्यले मात्रै पालेका जनावरलाई खुवाउाछ । यी खाद्य पदार्थ भोजनका लागि मारिने जनावरको सट्टा सोझै मानिसलाई दिइइो भने संसारकै भोकमरीको समस्या तुरुन्तै समाप्त हुन सक्छ ।

स्वास्थ्यमा आउने समस्या
विभिन्न समयमा गरिएका अध्ययनहरुले के देखाएका छन् भने मांसाहारीलाई शाकाहारीका तुलनामा ५० प्रतिशत बढी मुटुको रोग लाग्ने सम्भावना हुन्छ । शाकाहारीलाई भन्दा ४० प्रतिशत बढी क्यान्सर लाग्ने सम्भावना हुन्छ । साधराण अन्य रोग लाग्ने सम्भावना शाकाहारीभन्दा मांसाहारीलाई ३० प्रतिशत बढी हन्छ ।

रेसाको मात्रा कम हुने मासु मानिसको घुमाउादो आन्द्रामा अड्किने भएकाले खाना पच्न धेरै समय लाग्छ । त्यसैले सामान्यतया: मांसाहारीलाई मात्रै आन्द्राको क्यान्सर लाग्छ ।

खाद्यविद्हरु भन्छन्, धेरै रोगबाट बच्न र शीघ्र रोग निको हुने सम्भावना बढाउन शाकाहारी भोजन एक क्रान्तिकारी फड्को हुन सक्छ । राम्रो देखिनेगरी प्याक गरिएको मासुलाई धेरै दिनसम्म नकुहिन दिन यसमा मिसाउने रासायनिक तत्वहरुले पाचन प्रणालीका कोमल अंगमाथि विषाक्त आक्रमण त गरेकै छन्, महिनौंसम्म नकुहिने बनाउन विकिरणबाट गुज्रिएका मासुका प्याकहरुले पनि मानिसको स्वास्थ्यमा घुमाउरो पाराले नकारात्मक असर पार्छ ।

मासुका लागि पालिएका जनावरको मांसापेशी कृत्रिम तरिकाले बढाउन विभिन्न औषधि खुवाउने अभ्यास साधारण हो । यस्तो रासायनिक तरिकाले जनावरको शरीरमा फुलेको मांसपेशीलाई मासुका रुपमा खानु एक किसिमले रोग किनेर खानुजस्तै हो । सिंगो जनावर टुक्रिएर खाने प्रक्रियासम्म आइपुग्दा धेरै हानिनकारक जीवाणु मासुमा पैदा भइसेकेका हुन्छन् । मासुबाट जनावरका रोग मानिसमा संक्रमण हुने प्रमुख कारण यो पनि हो ।

विश्व स्वस्थ्य संगठनका अनुसार मांसाहार १ सय ५९ प्रकारका रोग जन्माउने कारण हो । यसमा मुख्य छन् : हृदय रोग, उच्च रक्तचाप, किड्नीको समस्या, गल ब्लाडरको समस्या, आर्टरीहरुमा रोग, छालासम्बन्धी रोग, लवका, क्षयरोग, कब्जियत, जोर्नी दुख्ने र विभिन्न मानसिक रोग ।

प्राय: मानिसलाई हुने रोग उच्च रक्तचाप, हृदय रोग, युरिक एसिड, किडनीको रोग, लकवा, मोटोपनाबाट ग्रस्त व्यक्तिहरुलाई मांसाहारी डाक्टरहरुले पनि शाकाहारी भोजन अपनाउन सल्लाह दिन्छन् ।

आध्यात्मिक कारण पूर्वमा जन्मेका सबै धर्महरुले शाकाहारको समर्थन गर्छन् र साधनाको लागि यसलाई अपरिहार्य मान्छन् । ध्यान, साधना र योगले मानिसलाई संवेदनशील बनाउा छ। यही संवेदनाले मानिसको हृदयमा करुणा जन्म हुन्छ । यो करुणको उच्च स्थितिमा उसले यो जगत्का सबै जीवनबीच गहिरो एकात्मकता र लयबद्धता महसुस गर्छ । उसले आफ्नो जिब्रोको क्षुद्र स्वादका लागि आफूजस्तै प्राण भएको निरीह प्राणीको हत्या गर्न सक्दैन । यही करुणाको सूक्ष्म अनुभूतिको शिखर अवस्थामा नै हिन्दूहरुद्वारा गीता र उपनिषदहरु जस्ता ग्रन्थ लेखिए । शाकाहारको लामो संस्कृति भएको जातिमा मात्रै ब्रह्म सूत्र, विवेकचुणामणि, धम्मपद, उपनिषद् पैदा हुन सक्छन् । बुद्ध, शंकराचार्य, गान्धी, ओशो र कृष्णमूर्ति जस्ता चेतनाका शिखरहरु पैदा हुन सक्छन् ।

मांसाहारी पश्चिमी देशहरुमा ध्यान सञ्चालन गर्नाको मेरो अनुभव के छ भने नियमित ध्यान र योग गर्ने व्यक्ति स्वाभाविक रुपले आफौ शाकाहारी बन्दै जान्छ । यसको शरीर र मनले मांसाहार सहन गर्नै सक्द्यैन । समाधि प्राप्तिको लागि शाकाहार एक पूर्वाधार बनेर आउाछ ।

योग र साधनाका लागि शाकाहार लाभदायक छ किनभने खाना जति हलुको हुन्छ, शरीर र मन त्यति नै कोमल र संवेदनशील हुन्छ र ध्यान त्यत्तिकै गहिरो हुन्छ । मांसाहारीका लागि योग र ध्यान असम्भव त होइन तर अनावश्यक रुपमा कठिन हुन्छ । यो पिठ्यूामा ढुङ्गा बोकेर हिमाल चढ्नुजस्तै हो । यसरी हिमाल चढ्न सकिन्छ तर अनावश्यक कठिनाइ झेल्नु पर्छ । यदि तपाईा ध्यानबाट विचारशून्य अवस्थामा जान चाहनुहुन्छ भने हल्का खाना त्यसका लागि अीत्यावश्यक छ । शाकाहारी बनेर हेर्नुस्, तपाईाको ध्यान गहिरो हुनेछ । यस्ता अभ्यासले तपाईा अझ संवेदनशील बन्नु हुनेछ, प्रेम अझ सूक्ष्म भएर आउाछ र सबै प्राणीप्रति फैलिन्छ ।

सौन्दर्य बोध :शाकाहारको सम्ब्न्ध धर्म, नैतिकता र स्वास्थ्यसाग मात्रै छैन । यो वैज्ञानिक र सौन्दर्यबोधको विषय पनि हो । आफ्नो स्वदका लागि अरुको जीवन लिनु क्रूर र संवेदनशून्य निर्णय हो । मसुका लागि पालिएका जनावरहरुलाई अत्यन्त कठोर तरिकाले मारिन्छ । भय, निरासा, क्रोध र संत्रासको वातावरणमा जनावरले आफ्नो शरीरमा भय, निरासा र क्रोधका अनेक रस पैदा गर्छन् जुन मासुमा रहिरहन्छ । आक्रान्त र निमुखा जनावरको शरीर त्यस्तै आभा (आउरा) ले बेरिएको हुन्छ जुन हिजोआज क्रिलियन फोटोग्राफीमा पनि देख्न सकिन्छ । त्यस्तो मासु खाएर मानिसमा पनि त्यस्ता वृत्ति फस्टाउाछन् । लिन्डा म्याकन्र्टनीले भनेकी छन्, ‘यदि बधशालाहरुका पर्खाल सिसाका भइदिएका भए सारा संसार शाकाहारी हुन्थ्यो ।’



Nick Name     
comment   




कोरियामा बृहत सांगितीक कार्यक्रम २०७६ भव्य रुपमा सम्पन्न


नेपाली सम्पर्क समितिका कोरियाका निवर्तमान अध्यक्ष शाह ठगीमा मुछिन्दै....












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com